[Show all top banners]

khadge
Replies to this thread:

More by khadge
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 "निर्दोश मेरो पछ्यौरीमा....."

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 20152 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-09-06 5:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ साथी हो मैले पनि यहाँ केहि लेख्ने प्रयास गरेको छु, मेरो पहिलो लेखाई भएकोले असंख्य त्रुटिहरुलाई माफ गरिदिनुहोला। ---------------------------------------------------------------------------------------------------------- ---------------------------------------------------------------------------------------------------------- "ए सुन् त", कल्पनामा काठमाण्डौ पुगेको मेरो मन, एकाएक बुवा तर्फ पुग्यो। "तँ भोली काठमाण्डौ जाने बेलाँ यो २५,००० पनि घर लगिदे है", २५,००० दिदै बुवाले भन्नुभयो। आज महिनाको अन्तिम दिन यानी तलब बुझ्ने दिन, १२,५०० मेरो बुवाको मासिक तलब । १२,५०० को सट्टा २५००० कसरी भयो यो बुझ्ने मेरो फुर्सद थिएन वा भनौ कुनै कारण पनि थिएन मेरो लागी। ह्या पैसा पाए पुगी हाल्यो नी। बुढाले जसरी ल्याए नि ल्याए। मेरो बुबा अहिले धनुषा जिल्लाको स्था. बि. अ. यानी स्थानिय बिकास अधिकारी हुनुहुन्छ। हाम्रो ७ आना जग्गामा बनेको एकतल्ले घर काठमाण्डौमा ठडिएको छ। उहिले २०३० सालमा जग्गा किनेको रे अनि २०४० - २०४१ सालमा १ लाख दाम हालेर घर पनि बनाएको रे। मेरो प्रारम्भिक शिक्षा बुवा संग बिभिन्न जील्लाहरुमा सरुवा हुने क्रममा अनगिन्ती पठशालाहरुबाट भयो। मुगुको श्री भिमेश्वर महादेव उच्च मा बी देखी संखुवासभाको सदरमुकाम खाँदबारीको चैनपुर हाईएर सेकेण्डरी स्कूल सम्म मेरो पढाई भएको छ। साथीभाईहरुका साथ शत्रुहरुपनि कती जन्माईयो जन्माईयो। अब आफू हाकिमको छोरा, को संग डर, सिधै डि. एस. पी. अंकललाई भनिदिम भनेपछि त सव थर्कमान नी। यस्तै कुराहरु मनमा खेल्दै थिए, फेरी "किन बोल्दैन यो" भन्दै बुवाले घचघच्याउन लाग्नु भो। "हुन्छ नि म लगेर मामी लाई दिऊँला" भनी बुवालाई आश्वासन दिएँ। अव भोली काठमाण्डौ जान त जाने, तर गएर के गर्ने? सवै साथिहरु आ-आफ्नो घर गएका छन्। त्यहाँ गएर त झन् केहि काम नै हुन्न झन मामीको यो गर कि त्यो गर भन्ने किच किच मात्र सुन्नु पर्छ। खै मेरो मात्र मामी त्यस्तो होकी? खाली बसेको त देख्नै हुन्न भन्या। बरु अन्त कतै जानु पर्यो। हो अव आईडिया आयो, बरु फुपाजुको मा कृष्णनगर जानु पर्ला। मेरो कान्छा फुपाजु, नपढेको भएपनि आफ्नो मिजास र श्रमले त्यहाँ डाक्टर साहेब भएका छन्। जम्मा ४ कक्षा सम्म पढेर पनि। अचम्म छ संसार पनि, अब मेरो कान्छि फुपु अहेब भएर खोलेको त्यो औषधी पसलमा, फुपाजु डाक्टर भएका छन। अव कसैले खोकिको दबाई भन्यो भने कुनै कफ सिरप, पेट दुखे यो, यस्तो रोग हो भने यो दबाई भनेर फुपाजुलाई सबै थाहा छ। नेपाली पनि यस्सो आँखा उघारेर पढि पनि हाल्थे, कसैले दबाईको खोस्टा लिएर आयो भने ठ्याक्कै चिन्ने। तर कसैले अंग्रेजीमा दबाईको नाम लेखेर ल्यायो भने चाहीँ बरबाद हुन्थो, तैपनि घरमा छोरीहरु वा अरु कोही, जस्तै म छु भने, एकछिन है भनेर सुटुक्क भित्र आई ऐ यो के लेखेको हेर त हेर भनी बहिर गइ दवाई बेचि छाड्थे। अव कोहि पनि छैन र केहि सिप लागेन भने यो दवाई छैन भनि ग्राहकलाई फर्काइदिन्थे। एक दिन त झन्डै फसेका बुढा। कुरा के भएछ भने, एउटा मान्छे दबाई किन्न आएछ डाक्टरको पुर्जी लिएर, कोहि नभएको बेलाले गर्दा उहाले छैन यो दबाई त भन्नु भएछ, तर त्यो बज्याले त दवाई ठयाक्कै चिनेछ, त्यो पनि अगाडिनै राखेको रहेछ। "डाक्टर साहेब पनि, यहि अगाडि राखेर छैन भन्ने" भन्दापो बुढा खंरङ्ग भएछन। जसो तसो गरि संझाई बुझाई त्यो ग्राहकलाई बिदा गरेछन। जे होस उहाँ निकै रमाईला छन्। जे भएपनि कृष्णनगर जाने अनी त्यहाँबाट आफ्नै तालमा काठमाण्डौ जाने अठोट गर्दै बुवालाई त्यो कुरा सुनाए। पहिला त मलाईनै खाऊला जस्तो गरी हेर्नुभयो तर मेरो अठोटको अगाडी केहि नलाग्ने देखेर स्विकृती दिनु पनि भयो। "जे होस् १-२ दिनका दिन काठमाण्डौ जाने नी" भन्दै अन्तिममा चेतावनी पनि पाईयो। लौ जे भएपनि जान त पाईयो भन्दै म जनकपुर बजार तर्फ लागे। अव फर्कने बेलाँ एक पटक जानकी मन्दिर नी जान पर्यो भन्दै म त्यतै लागेँ। मन्दिरमा आफ्नो श्रद्धाभाव चढाई म धनुष सागर तर्फ लागें। मानिसहरुको घुईचो त्यत्तीकौ थियो त्यहाँ, स-साना बच्चाहरुले पोखरीमा डुबुल्कीमारेको देखेर मलाई पनि जाम जाम लाग्यो तर झलाँस्य सम्झे, मलाई त पौडन आउन्नी। आफ्नो त्यो विवशताको अगाडि हार मानेर म थचक्क तटमै बसे। ओहो हेर्दा हेर्दै रातीको ८ बजेछ, अव बुढाले लठ्ठी लिएर मलाई खोज्न आउने भए भन्दै म क्वाटर फर्कने जमर्को गरे। हेर म त्यो ११ बर्षको हुँदा म्याग्दी जिल्लाको बेनी बजारनिर म्याग्दी खोलामा‍ पौडी खेल्ने हुँदा नडुबेको भए आज म पनि यो धनुष सागरमा पौडदै हुन्थे होला। झण्डै खुस्केको नी त्यो दिन, सञ्जिव नभा भए त बेनीमा मेरो कृयाक्रम हुने। त्यसको ४-५ बर्ष सम्म त नुहाउन पनि नसक्ने भन्या। खै के हाईड्रोफोविया हो कि के भन्थे भा रे मलाई। अहिलेनी नुहाउँदा टाउकोबाट पानी खन्याउन सक्दिन म। सोच्दै थिएँ पछाडिबाट कसलेमेरो काँधमा हात राख्यो, यसो हेर्छु त बुढा। ओहो नाम लिया सैतान हाजिर (सैतान त भन्न मिलेन, अब बुढा हाजिर) भन्या यहिहो। कतै बुढाले लठ्ठित ल्याएनन् भनि हात हेरेको त धन्न रित्तै रहेछ। आज त बचियो। "घर जानु पर्दैन तलाई, त्यहाँ गंगेले खाना कुरि राछ, ल छिटो जा", जहिले पनि ढिलो भयो भने आगो हुने मान्छे आज किन रिसाएनन् भनेको त संगै सि डि यो अंकल, ए सि डि यो को अगाडि छोरालाई गाली गर्न त भएन नि, बल्ल बुझे। "नमस्ते है अंकल, आन्टि खै त?" भन्दै सि डि यो अंकललाई सोधें, "ह्या कहाँ यस्तो बेलाँ, तेल्लाई सम्झि रा, संगै लिएर हिड्न मिल्छ र? हिड्यो कि किच किच मात्रै", "त्यसैले त्यो पूजामा बसेकी बेला यसो एल डि ओ साब संग भलाकुसारी गरौं भनेर नी" आन्टि धर्ममा निकै आश्था राख्नुहुन्थ्यो र दिनहुँ २ पटक पूजा आजा गर्नुहुन्थ्यो। एकादशी, पूर्णिमा र सोमबारको ब्रत बस्न थालेको २० बर्ष भयो रे। बिहे हुने बित्तीकै शुरु गरेको रे ब्रत बस्न। अंकल चाहि नास्तिकै नभएपनि त्यस्तो पूजा आजामा चाख लिएको मैले कैले नि मानिन। ४ बर्ष अघि बाजुरामा बुवा एल डि ओ हुँदा अंकल त्यहि सि डि यो हुनुहन्थ्यो अनि त्यहि भेटभा मेरो नि अंकल र आन्टि संग। नेपालगंजबाट सा ने बा नि को त्यो ट्विनअर्टर चढेर बाजुरा जाँदा आन्टि मेरो संगैको सिटमा पर्नुभएछ। उडेपछि त डराएर छुट्टी, प्लेन रोक भनेर चिच्याउन थाल्नु भो, लौ भएन भनेर म उहाँ संग कुरा गर्दै मन बहलाईदिन लागे। एकछिनमा बल्ल ठिक हुनु भयो। कोल्टि बिमानश्थलमा उत्रदा अंकल र बुवा संगै लिन अउनुभा रै छ। त्यहाबाट धोडा चढि मार्तडि गैया थियो। उनिहरुको कुनै सन्तान नभएकाले मलाई आफ्नै छोरा जस्तै माया गर्नुहुन्छ। सि डि यो लाई अंकल भन्न पाएपछि त पुलिसहरु नि थर्कमान नी। "लौ अंकल म भोली फर्कन्छु, आन्टिसंग भेट्न पाईन, सुनाईदिनुस है" भन्दै म क्वाटर तिर लागें। "ट्वार्र, ट्वार्र", गर्दै बिहान ५ बजे मैले राखेको घडिको अलार्म बज्यो। म हेत्तेरी किन बिहानै जाने भने हुँला भन्दै उठे र नित्य कर्म सकाएर निस्कदाँ पौने ६ भै सक्या रहेछ। छिटो छिटो गर्दै बुवालाई गए भन्दै बसपार्क तिर कुदेर गए। गएर हेर्छु त नेपालगंज जाने बस छैन। अव जनकपुरबाट सिधै कृष्णनगर जाने बस थिएन, त्यसैले जनकपुरबाट नेपालगंज जाने बस लिएर हेटौंडा, नारायणगढ, बुटवल, गोरुसिंगे हुदै चनौटा भन्ने ठाऊमा झरेर त्यहाँबाट लोकल बस, ट्याक्सी, रिक्सा, ट्याम्पो आदि जे चढेर पनि कृष्णनगर पुग्नपर्ने। तर यहाँ त नेपालगंज जाने बस नै छुटिसकेको, कास्टिङ्गनै झुर भयो भन्दै थिए, पोखरा जान लागेको बस हिड्नैला रहेछ। यसो सोंचे, पोखरा जाने बसमा नारायणगढ सम्म जाने, अनि त्यहाँबाट सकेसम्म काठमाण्डौबाट आएको नेपालगंजको बस भेटिएला, नभए बुटवल सम्मनै गएर त्यहाँबाट कृष्णनगर जाने बस पनि त पाईन्छ। हो न हो यहि पोखराकैमा जाने पर्यो भन्ने ठानेर बसतिर गएं। खलासी चै मच्ची मच्ची "ल आउनुहोस, जनकपुर, हेटौंडा, नारायणगढ, मुंगलिगं हुँदै पोखरा पोखरा" भन्दै रहेछ। बस भित्र छिरेको त पछाडिको लहरे सिट र त्यसको अगाडिकोमात्रै बाँकि। हेत्तेरी उफारेर खत्तम भईने भैयो भन्दै, लहरेभन्दा अगाडिकोमा झ्यालतिर हैन कि बाटोतिरको मा बसें। मलाई कहिलेपनि झ्याल तिर भने बस्ने बानी थिएन। बस हिड्यो, लौ बल्ल ठिक भयो भनेकोत के हुन्थ्यो, २ पाईलामै घिचिक्क गर्दै फेरि रोक्छ बा। लौ यस्तै तालले त आज कृष्णनगर पुग्या पुग्यै हो भन्दै यसो अगाडी तिर हेर्दै थिए। ठ्याक्कै तेतिबेला आकासे रंगको कुर्ता सुरुवाल लगाएकी परि को आगमन भयो। बसका सबै मान्छैले खाऊलाझै गरि उसैलाई हेर्न पुगे, म पनि के कम, म त अझ "हे जानकी माता यि कन्यालाई मेरै सिटमा पठाउनुहोस्" भन्दै प्राथाना गर्न लागें। श्वेत वर्ण, मृगको जस्तो चालले उनी मेरै तर्फ आउन लागिन। हुन पनि मेरोमा एउटा सिट खाली पनि थियो, कि मेरो संगैको सिट नभए लहरे सिट। अव लहरे त के रोज्लिन र यिनीले भन्दै म फेरी "हे कमलबिनायक, यिनी यदि मेरै सिटमा बसिन भने यहाँलाई १०८ वटा लड्डु चढाउला" भन्दै उनै लम्बोदरलाई भाकल गर्न पुगें। ------------------------------------------------------------------------------------------------- ------------------------------------------------------------------------------------------------- क्रमश:
 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-19-06 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ह्यत्तेरी, भोली भनेको त भैसक्यो, तर कति बजे आउने हो त्यो चै थाहा भएन । ल है खड्गेजी छिट्टै पस्कनुस् थप् यात्रा विवरण! हामी सबै ब्यग्रताका साथ् प्रतिछा गरिरहेका छौं ।
 
Posted on 12-19-06 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आदरणीय साझावासीहरु, तपाईहरुले साह्रै प्रेशर दिनुभयो हतार हतार आत्मकथाको चौथो भाग लेंखे, यदि यो मोड त्यती राम्रो भएन भने चैं मलाई गाली नगर्नुहोला है। प्रस्तुत छ आत्मकथाको चौथो भाग। ------------------------------------------------------------------------------------------------- ------------------------------------------------------------------------------------------------- "अनी तपाई नेपालगंज तिरै", ति मैयाले फेरी थपिन। कस्तो कुरा गर्ने पर्ने रहिछ यिनीलाई। आफूलाई भने झ्याउ लागी सक्यो, यी मैयाले भने प्रश्न सोधेर हैरान। "हैन", मैले छोटो उत्तर दिए। "यहाँलाई बोल्न तेती मन पर्दैन जस्तो छ", मैयाले फेरी थपिन। कता कता सुने झै लाग्यो यी हरफहरु। ओहो, यो त मैले जानकी नबोल्दा प्रयोग गरेको शव्द हो। हैन साँच्चै म कती बदलिएछु यो ७-८ घण्टामा। "हैन त्यस्तो केहि हैन, बिहानै देखी हिडेको अली थाके जस्तो भयो", मैले स्थितीलाई संभाल्ने प्रयात्न गर्दै भने। "म कृष्णनगर तिर, अनी तपाई नी", अव जवाफ त दिनै परो के गर्ने। अनी साधारण शिष्टाचार पनि त गर्नै परो। "मेरो एउटा सानो काम छ नेपालगंजमा अनी त्यसपछि पोखरा दुई हफ्तालाई", मैयाले जवाफ दिईन। ओहो, हैन के छ हँ त्यो पोखरामा, जोल्लाई भेटेनी पोखरै जाने भन्छन बा। "अनी यहाँ अरूण खोलामा कसरी", कती टेन्सन मात्र लिएर बस्ने, यसो रमाइलै संग टाईमपास गर्न पर्यो भन्ने मनसायले सोध्न पुगें। "अरुण खोला? कस्तो अरुण खोला", अचम्म मानेर सोधिन हेत्तेरी अव अरुणखोलामा चढेर कस्तो अरुण खोला भन्दै सोद्धछिन बा। "हैन तपाई उ त्यो अघीको बस अढ्याको ठाऊँ अरुण खोलाबाट चढेको हैन?", मैले सोधें। "हैन म त नारायणगढदेखीनै छु, यो बसमा, अली पछाडिको सिटमा थिएँ, सो यु डिड्न्ट नोटिस मी? आई थट यू वेर लुकिङ्ग राईट एट मी" ओहो त्यस्तो गल्ती त म बाट नहुनु पर्ने, यस्ती सुन्दर कन्या, मैले नदेखेकै होला त? देख्या भए त याद आउनु पर्ने नी। "आई एम सरी, आई रियल्ली डिड्न्ट नोटिस यू", मैले माफी मागे। "तपाई निकै चिन्ता मा हुनु हुन्छ जस्तो छ? कोहि आफन्त संगै छुट्टिनु परे जस्तो" उनले थपिन। "हैन, त्यस्तो केहि हैन, भनि हाले नी अली थाके जस्तो भएर", अव यिनलाई के भन्ने खै। हाम्रो बिस्तारै कुरा गर्ने क्रम बढ्दै गयो। उनको घर काठमाण्डौमा रहेछ। निकै धनाढ्य बाबुकि एक्ली छोरी। टाईगर टप रेसोर्ट को मालिक की छोरी। अहिले लिटिल एन्जल्स मा कमर्स लिएर १२ पढ्दै। यसो हेर्दै, निकै पुल्किएकी होलीन जस्ती। अहिले चितवन निकुञ्जमा ३ दिन बिताएर, बर्दियाको निकुञ्जमा रहेको उनको बुबाको रिसोर्टमा जाने रे। त्यहाँ २-४ दिन बिताएर, पोखरा फिस टेल लज बाई दि लेक साईड मा आफ्ना साथिहरुलाई भेटेर पोखरा दुई चार दिन बसी काठमाण्डौ फर्कने रे। निकै फ्रयांक, एकै सासमा आफ्नो रामकहानी भन्न भ्याएकी। मचै अझै संकोचित भएर उनको प्रश्नको जवाफ मात्र दिए। बस आफ्नै गतीले हिड्दै थियो। म घरि बाहिर हेर्थे घरी बैदेहीका प्रश्नका जवाफहरु दिन्थें। कुरा गर्ने क्रममा बुझ्दै गएँ उनी कती बिघ्न पुल्किएकि रहिछन भनेर् अहिले सम्म उनले चाहेको नुपुगेको छैन रे। बुबालाई पैसा बनाउदै ठिक्क, आमालाई साथिहरु संग भेट, पार्टि गर्दै , रमी खेल्दै ठिक्क, नोकर चाकरहरुको बिच हुर्किएकी। उनको ईतिहास बुझ्दै गएपछि मलाई उनी प्रती करुणा जागेर आयो, तर म गर्न नै के सक्छु होला र? जहाँसम्म मलाई लाग्छ उनीलाई आफ्नो दशाको अनुभूतीनै छैन होला। बुझ्दै गएँ, उनीले आफ्नो जिवनमा भएको आमा बाबुको मायाको कमीको पूर्ती पैसाले किन्न सकिने सवै भौतिक सामानहरुबाट असफलतापूर्वक गरेकी रहिछन। एकाएक बसको रफ्तार घट्दै गयो। टाटा बस न पर्यो, एस्सो उकालो आउन हुन्न, १ गियर भन्दा त तान्दै तान्दैन। घ्वाँ घ्वाँ गरेर, ट्याम्पू नै चढे जस्तो भन्या। हैन त्यहि पनि यो तराईको महेन्द्र राजमार्गमा किन कताबाट उकालो आयो भनेकोत दाउन्ने आउनैलाको रहेछ। यो भेगका मानिसको लागी दाउन्ने माई को निकै ठूलो महत्व छ। बर्षमा एक पटक यहाँ मेला लाग्छ क्यारे किन कहिले त थाहा भएन तर लाग्न चै लाग्छ। अव धार्मिक महत्व मात्र नभै अर्को एक महत्व पनि छ यो दाउन्ने डाडाको। अव यहि त छनी त्यो दूरसञ्चारको रिपिटर टावर। यो डाँडामा टावर भएको ले नै त होनी भैरहवा, बुटवल, पाल्पा र अरु समस्त पश्चिम नेपालका जनताले टेलिफोन को सुविधा पा। यो काठमाण्डौबाट दोश्रो रिपिटर हो के रे। यसबाट बाँकि पश्चिम नेपालका रिपिटरहरुले सिग्नल पाउँछन्। ओहो, झण्डै बिर्सेको यहाँ त ने टि भी को पनि त छ नी टावर, नभए कृष्णनगरमा कसरी हेर्ने त्यो "आज भोली का कुरा"। क्या हँसाउने सन्तोष पन्तले भने। पहिला त्यो के रे अँ "नरिसाउनुस है" भन्ने थियो उनको। त्यसमा केटि भएर खेलेको त मलाई तृप्ती भन्दा राम्री लाग्या ल सन्तोष पन्त। सन्तोष पन्त, निकै प्रतिभाशाली कमेडियन हुन उनी। नेपालमा जन्मिएर मात्र, नभए उन्को जस्तो प्रतिभावान मानिसत बिश्व बिख्यात हुनु पर्ने। अ त नि त्यो "नरिसाउनुस है" मा त होनी सबैभन्दा बढि रोल गर्ने उनी तर खै नेपाल सानो भएर हो की के हो "गिनीज बुक" ले मानेन, बज्या हरु। "तपाई त साह्रै बोर मान्छे, बरु पछाडि नै बस्न जान्छु", एकाएक बैदेहि कराउन थालिन। मैले उत्तर दिन नपाई, एकाएक बस रोकियो। के भए छ भनेको त पछाडिको टायर पञ्चट। "ल अव यहिं दाउन्ने मै खाजा खाऊ है, १ घण्टा लाग्छ", भन्दै कन्डक्टर झर्यो। खै के के हुने हो आजै भन्दै फतफताउन लागें। यत्तीकैमा "आउ त कमल तल झरेर यसो घुमम", भनेर मलाई तान्दै लगिन। म पनि अव कति बिलाप मत्रै गर्नु अनि फेरि किन नै बिलाप गर्नु र भनि म पनि तानिन्दै गएँ। "पानी पुरी खाने", मलाई सोधिन, मैले पनि स्विकृती दिएँ। त्यहाँ एउटा ठेलाबाट हामीले पानी पुरी खायौं। बिस्तारै म आफ्ना बेदनाहरुलाई भुल्दै थिए। "वाह क्या सिन", भन्दै यत्तीकैमा बैदेहिले आफ्नो पर्सबाट यासिका क्यामेरा निकालीन। हुन पनि हो, त्यो दाउन्ने पहाडबाट तल कति राम्रो देखेको भन्या। त्यो पारी नारायणी नदिको बगर, अनी तल त्यो फाँट, आहा। उनी चैं फोटा खिच्नमै तल्लिन थिईन। एक्कासी म तर्फ फर्केर "स्माईल" भन्न पो थालिन बा। एक छिन त संकोच लाग्या थियो तर पछि म पनि एक्सन एक्सन दिएर फोटो खिच्न लागें। एक पटक त झण्डै सिधै तल पुगेको, खुव ब्रुश ली बन्न पर्ने नी मलाई, त्यो रुख नगिच नभा भये त सिधै २०० फिट तल। बैदेही अत्तालिएर आईन र मेरो मुटुमा हात राखिन। "ओहो, क्या धड्केको यो, ढुक ढुक, ईनट्रेस्टिङ्ग", आफ्नो चै धन्न राम नाम सत्य भा थियो यिनलाई चै ईनट्रेस्टिङ्ग रे, हुन्छ नी एउटा, अलिकती पनि सोमत रहिनछ, झन टिठाउनु त कहाँ कहाँ, ईनट्रेस्टिङ्ग। उनले एउटा सहयात्रीलाई बोलाएर म र उनी दुवै बसेर फोटो खिचिदिने आग्रह गरिन। त्यो मान्छेको मुख हेर्छु त डाहडले भुतुक्क भएको रहिछ, मनमनै अरुले हेर्दा त म हिरो नै रहेछु केटि साथमा, रमाईलो पनि लाग्यो तर के गर्ने नयाँ जुत्ताले दुखाऊँछ भन्ने कुरा त लगाउनेलाई मात्रै थाहा हुन्छ, हेर्ने ले त जुत्ता टिलिक्क टल्केको मात्र देख्छन नी, मेरो हालत तेहि थियो। न मलाई बैदेहि तर्फ कुनै चासो नै थियो न साथ नै चाहिया थियो। मेरो मन त पोखरा पुग्नै लाग्यो होला अहिले यतिबेला। मनमनै बैदेहिलाई लाने भए लैजा भने, के बुझ्थ्यो तेल्ले। जेहोस फोटा हरु खिच्ने क्रम सकियो। उनले फोटा धुलाएपछि मलाई पठाईदिने बाचा गर्दै मेरो काठमाण्डौ को फोन नं अनि ठेगाना लिईन। "ह्वा ह्वा", ओहो, बसले हर्न बजायो, कस्तो बच्चा रोएको जस्तो हर्न रहेछ भन्या। हामी हतार हतार बस तर्फ लाग्यौ। बसमा चढ्यौ बस हिडी पनि हाल्यो। अव दाउन्ने को डाँडा तल बर्दधाट, अनि सुनवल र त्यसपछि आधा धण्टा जतीमा त बुटवल पुगिन्छ। सुनवलमा लुम्बिनी चिनी मिल पनि त छ, अव छ भनौ की थियो भनौं, घुस खाने क्रममा चिनी मिलले निकै घाटा बेहोरेर अहिले लिलाम हुने स्थितीमा छ। यहाँ भने चिनी भारतबाट आयात गर्नु पर्छ, यो चिनी मिल चै घाटा मा छ भन्ने सुन्दा अचम्म। यो ठाममा त सबैले आखिर ऊँखु नै खेती गर्छन नी, फेरी किन डुब्या त त्यो मिल। अचम्म छ। नेपालीहरुको आय भन्दा खर्च बढि हुने भएकाले होला। यस्तै रफ्तारले बस अगाडि बढ्दै थियो, बर्दघाट, सुनवल, अनि अव वुटबल आएछ। "ल म गए है", भन्दै बैदेहि झर्न लागिन बा। "म संग किन झुटो बोल्या त नेपालगंज जाने भनेर", मैले सोधें। "झुटो बोल्या हैन, म नेपालगंज नै जाने भनेर चढेको तर ......" "तर के", मैले सोधें, "तपाईले म प्रती कुनै ईन्ट्रेष्ट नै देखाउनु भएन, दियर ईज नो पोईन्ट ईन गोईंग दियर के" "हँ", म अचम्म परें। "आई थट वी कुड बि फ्रेण्डस्, तर यु आर जस्ट बोरिंग", "हैन, म त्यस्तो त छैन जस्तो लाग्छ", "एनीवे मलाई लाग्यो हामी संगै बर्दिया घुम्न जान सक्छम भनेर, तर खै तपाईलाई देखेर अहिले त्यस्तो लागेन" ओहो, यो के भन्छे यो केटि, खै कसरी दिने यसको जवाफ। म निरुत्तर भए। "सो आई डिसाईडेड टु गो टु, पोखरा ईन्सटेड", "आई वाज गोङग टु बि एलोन ईन बर्दिया एनिवेज" लौ ठिकै भो, मलाई पनि झ्याउ लागी सक्या थियो। उनी झरिन र कता गईन मैले त्यती बास्ता गरिन। बाहिर हेर्न लागें। मान्छे हरु को निकै हुल थियो। हुन पनि बुटवल पश्चिम नेपालकै एक ठुलो सेन्टर हो। पोखरा, पाल्पा, नारायणगढ, भैरहवा, नेपालगंज तिर जताबाट जता जान नी यहाँ नआई हुन्न। पहाडको फाँटमा अवश्थित कती राम्रो छ यो शहर। तिनाऊ खोला ले झन यो शहरलाई सुनमा सुगंध छरे झैं छ। अली उता उत्तरतिर पाल्पा जाने बाटो मा शिद्ध बाबाको मन्दिर छ, भनिन्छ त्यहाँ गएर शुद्ध मनले जे मागे पनि पुग्छ। मैले पनि उतै फर्केर एक पटक बाबालाई प्रणाम गर्न पुगें। गर्मी को समयमा यहाँको तापमान लगभग १०-१२ डिग्री कम हुन्छ भैरहवाको तुलनामा जबकी भैरहवा जम्मा १९ किमी मात्र दक्षिणमा पर्छ। यो पनि उनै शिद्ध बाबाको आशिर्वादले भएको भन्छन यहाँका मानिसहरु। गर्मीमा लामखुट्टे नलाग्ने, बिहानी पख्ख चिसो हावा चलेर सवै जिवहरुमा नयाँ स्फूर्ती ल्याउने पनि उनै शिद्ध बाबाको आशिर्वादले रे। यहाँ बाट ३६ किमी उत्तरमा पाल्पा जिल्लाको सगरमुकाम तानसेन। बाह, सम्झदै मेरो मनमा रोमाञ्च भरियो। सायद यो सारा नेपालमै त्यति राम्रो ठाऊँ छैन होला। तानसेन, कती राम्रो छ, माथि श्रीनगर डाँडा, त्यहाँ सल्लाका ति रुख, बिभिन्न थरिका लाली गुराँस फूलेका त्यहाँबाट काली गण्डकी नदि कत्ति राम्रो संग देखिन्छ। अन्नपूर्ण हिमाल देखी कानजिरोवा तथा पूर्वमा लांटाङसम्म त्यहाँबाट देखिन्छ। १३५० मिटरको उचाईमा अवस्थित यो तानसेन शहरबाट तल मदनपोखरा उपत्यका तिर हेर्दा त झन स्वर्गै आए जस्तो हुन्छ। झन तानसेन को टुँडिखेल मैदान त पहाडको डिल मै छ, ओहो, त्यहाँबाट क्षितिजमा हेर्दा त उडेकै आभाष हुन्छ। नेपाली हुँ भन्ने ले तानसेन गएको छैन भने नेपाली हुँ भनेर त नभने पनि हुन्छ मेरो बिचारमा। तानसेन मै अवस्थित तानसेन दरबार कति राम्रो छ।
(साथीहरु यो कथाको समयमा तानसेन दरबार सहि सलामत नै थियो, तर पछि, माओवादि को आक्रमणमा परि यो दरबार अव भग्नावशेष को रुपमा मात्र छ। खै किन माओबादिले यो दरबारलाई भत्काए, उनै जानुन, तर यो दरबार नेपालको सम्पत्ती थियो, यो दरबारलाई भत्काएकोमा म चै माओबादिलाई अहिले पनि धिक्कार्छु। यसरी देशका सबै सम्पत्ती को नाश गर्दै जानु कत्तिको युक्तीसंगत छ, कसले दिने यसको उत्तर?
खड्ग प्रसाद
) दरबार भित्रको सित्तलपाटि उत्तिकै राम्रो। तानसेनको बर्णन त जती गरे नी सकिन्न। ईतिहासमा हेर्नु पर्दापनि, उतिखेर खुबै बैभवशाली राज्य थियो तानसेन। पृथ्वीनारायण शाहको आमा सेन बंशी भएर मात्रै, नभए नेपाल एकिकरण गर्ने समयमा पाल्पालाई जित्न विरताले, छलले नसक्ने, अन्तिममा हार मनी पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेनलाई काठमाण्डौ बोलाएर घाटि काटी यो राज्य हासिल गरेका थिए रे। हाम्रा बाले पनि हार्न नसकी पाल्पा संग बैवाहिक संबन्ध गाँस्या त्यसैले मेरो मामाघर नी पाल्पा। यहि मामाघरमै मेरो ब्रतबन्ध भा। बुटवल बाट पाल्पाजाने बाटो पनि उत्तिकै रमाइलो छ। ओहो, एक पटक त म पाल्पाबाट बुटवल आउँदा केहि नपाएर ट्रकको माथी छतमा बसेर आको, कत्ति रमाईलो भाको तर केराबारी निर आउँदा चै निकै ठूलो बाँसको झ्याङ रहिछ, मलाई त्यो एउटा बाँसको नुगेको टुप्पोले क्या सोंठ्याको भन्या, बाटोमै नुगेर बस्या, मैले देखिन पछित स्वाँट्ठ गर्दा पो थाहा भो। गाला त स्याउ जस्तो रातो भा, एक छिनमा सुम्ला उठेर, रुन मात्र सकिन। क्या दुख्या, झन मामीले सुम्ला देखेर कसरी भो भन्दा बुद्धि फुटेर ट्रकको छत मात्र के भन्या थिएँ, सुरु भैगो नी ट्रकको माथी किन बस्या भनेर। यता सुम्लो पोलेर टेन्सन, उता मामी उफ्रेर टेन्सन। घचक्क गर्दै बस रोकियो। निकै जोडले नै ब्रेक लगाएको हुनु पर्दछ ड्राईभरले। एउटा महासय त सिधै ड्राईभरको काखमा पुगेछन हुत्तिएर। एक्कासी एउटी आईमाई निकै रिसाउदै बस तर्फ आउदै गरेको देखें। "मेरो चोंचेलाई, मार्यो भन्दै चिच्याउँदै थिइन ती" कुरो के भएछ भने एउटा बँदेलको बच्चा बसको मुनी परेर किचिएछ। ओहो, हैन आजै मेरो यो यात्रामा के के हुनु पर्ने हो भन्दै बसें म। कण्डक्टर र ती आईमाई खुव बाजे। अव कण्डक्टर चैं यो बच्चाको पैसा लिउ भन्दो रछ, ति आईमाई भने त्यो बच्चा ठूलो भएर निकै पैसामा बेच्न मिल्थ्यो, ठूलै बदेलजती पैसा तिर भन्दि रहिछन। अव बिचरा कण्डक्टर, ठग्न पायो भन्दैमा त्यसरी ठग्न त हुन्न नी। अव बाटोमा खुलै छाड्ने काम पनि त गर्न नहुने। आफ्नो गल्ती हुँदा हुँदै पनि कराउन पछि परिनन् ती आईमाई। जे होस् आधा धण्टामा आधा बदेलको पैसामा राजी गराएर बस अघि बढ्यो। बस एकपटक फेरी पश्चिम तर्फ बढ्दै थियो। म चै घरी जानकीलाई सम्झिन्थें , घरी बाहिर हेर्थे। जानकी पुगिन होला पोखरा, मामाघरमा भान्जी आईन भनेर सवै कती खुसी भए होलान्। हेर म अझै उनलाई बिर्सिन सकेको छैन। उनले मलाई सम्झि होलिन त? संझिने फूर्सद पनि त छैन होला उनको। अव मामाघर गएकी। भाइको ब्रतबन्धको होहल्ला होला फेरी त्यहाँ। हेत्तेरी म कती उनैलाई सम्झि राख्या भन्या। फेरी याद आयो, मैले फूपाजुलाई आऊँदै छु त भन्या छैन नी। फेरी कोहि नि घर नभा भए त टेन्सन नै हुन्छ भन्या। म चै पुग्ने त्यहाँ कोहि नभए त बबाल बोर हुन्छ नी। हैन एक पटक फोन गरेरै जान पर्ला। अव गोरुसिंगेमा पुगेर रोक्ला नी यो बस, अनी त्यहि बाट फोन गर्नु पर्यो। अझै लाग्छ होला २-३ घण्टा गोरुसिंगे आउन। म बाटोमा आउने हरेक कोसेढुंगालाई पढ्न थाले। गोरूसिंगे १०० किमी, ९५ किमी, ९२ किमी, ओहो, कती ढिलो हिडेको यो बस। अव ती कोसेढुगांलाई गन्दै बस्ने बाहेक मेरो कुनै काम नै थिएन। बगलको सिटमा निकै थरिका मानिसहरु बस्दै जाँदै गर्थै। एकपटक त एउटी आईमाई आफ्नो सानो बच्चा संग थिईन। बेला बेलामा उनी निदाउथिन, बच्चा चैं मौका पाएर मलाई भुत्ल्याउन थाल्थ्यो। मैले यसो आँखाले तरिदिन्थे अनि उ डराएर आफ्नी आमाको कपाल समाउन जान्थ्यो। उस्की आमाको कपाल हेरे कस्तो फूलेको रहिछ। मेरो हजुरआमाको जस्तै। खै के रहेछ कुन्नी कालो र सेतो कपालको मिक्स भयो भने चिलाउँछ कि क्या हो? मेरो हजुरआमाले मलाई टाउकोबाट सेतो कपाल निकालेको एउटाको ५ पैसा दिने भन्या। तेती खेर त्यती साह्रो कपाल फुलेको थिएन उहाँको। एक घण्टा खोज्यो बल्ल बल्ल २० बटा निक्लने। अव १ रुप्पेले ४ बटा आरेन्ज बल चकलेट खाने म। ओहो एक पटक त रिस उठेर, अव जती गरेनी कपाल भेट्या हैन, मेरो पालो काम्लोबाट सेता भुत्ला निकालेर ५० बटा बनाएर देखाईदिए हजुरआमालाई। उहाँ आत्तिएर, "बिहान ऐना हेर्दा त यत्ती बिघ्न थिएनन्, २-४ घण्टामै कती धेरै", भन्दै मलाई २ रुप्पे पचास पैसा दिनु भयो। म चै लौ बुढिले मार्ने भइन भन्या त थाहा पाइनन्। एक्कासी म आफूलाई फेवा ताल मा पाउँछु। म र जानकी डुगां चलाउदै, कती रमाईलो भाको, समय आफ्नो गति ले बहँदै। "ईज दिस वाई यू डिड्नट टक टु मी", हेरेको त बगरबाट बैदेहि कराऊँदै रहिछन्। मैले जानकीलाई हेरें, उनी मूर्ती झै बसेकी थिइन, मेरो तालु, ओंठ दुवै सुकि सक्या थियो। मैले के गर्ने के नगर्ने केहि सोच्न सकिन। बैदेहि आँखा रातो रातो पार्दै उग्र चण्डिको रुप धरेर हामी तर्फ हेर्दै रहिछन्। "गोरुसिगें झर्नुस है", खलासी करायो। ओहो कस्तो भयानक सपना। म त पसिनाले निछ्रुप्पै भिजेको रहेछु। के भा यो बैदेहिलाई कसरी सम्झें मैले ओहो यो सपना साच्चै भयो भने त। हेत्तेरी हुन्न हुन्न, कदापी हुन्न, फेरी मैले केहि गरेकै त छैन नी अव आफै आईलाग्नेलाई मैले के नै गर्न सक्छु र? लौ जे हुनु छ हुन्छ भन्दै म बसबाट तल झरें। "भाई, यहाँ कतिबेला सम्म रोक्ने?" मैले कण्डक्टरलाई सोधें। "आधा घण्टा" ए ल ठिकै छ, आधा घण्टामा त मैले फोन गर्न मज्जाले भ्याउँछु। ठाडा पिसिओ सर्भिस लेखेको पसलमा गएर कृष्णनगर फोन गर्न थालें। "रिङ .... रिङ .... रिङ .... रिङ .... रिङ ...." खै फोन नै उठेन बा। फेरी दश मिनेटमा फेरी प्रयास गरें, "रिङ .... रिङ .... रिङ ....", फेरी पनि फोन उठेन। अव औषधी पसल छोडेर कतै जानु त नपर्ने घरमै भए त फोन स्योर उठ्थ्यो। अव भएन भनेर यो के आईलाग्यो भन्या? ओहो अव के गर्ने कता जाने। कस्तो फँसाद पर्यो। "फोन उठेन कि क्या हो", पिसिओ चलाउने कन्या ले मलाई हेर्दै सोधिन्। "हो, हेर्नु न खै के गर्ने गर्ने भन्या", मैले आफ्नो विवशता जनाए। उनले मेरो मुखमात्रै हेरिन, उत्तर के नै दिन सक्थिन र? ------------------------------------------------------------------------------------------------- ------------------------------------------------------------------------------------------------- क्रमश:
 
Posted on 12-19-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जति भाग भए नि यो "क्रमश:" को क्रम चैँ नछुटोस है ।
 
Posted on 12-19-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

खड्गेजी को पटके आत्मकथा को प्रशंसा गर्न उपयुक्त शब्दक खोजीमा छु । यसै बीचमा टिप्पणी गर्दा सदर नहोला भन्ने डर । तै पनि हिम्मत गरेको छु । पूर्ण प्रकाश नेपाली, घनाशयाम राजकर्णिकार आदी इत्यदि यात्रा संस्मरण का बाद्शाह हरुको हाल पनि खड्गे जी को नयाँ यात्रा आन्दोलन को जुलुस् हुलुस् को क्रम जारी भए पछि, ज्ञानेको जस्तो हुने भो । बिचरा हरु । अस्तु!
 
Posted on 12-19-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जति प्रशन्शा गरे नि कमै हुन्छ यो आत्मकथाको, रमाइलो हुनुका साथै सुचना बर्धक् पनि छ। "नेपाली हुँ भन्ने ले तानसेन गएको छैन भने नेपाली हुँ भनेर त नभने पनि हुन्छ मेरो बिचारमा।" ला म त गएको छैन त तानसेन। milestome लाइ कोसेढुंगा भन्दो रैछ भन्ने कुरा नि सिखेँ आज। धन्यबाद् खडगेजी।
 
Posted on 12-19-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 12-19-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जाओस् जाओस् khadge ji अहा क्या राम्रो,अर्को भाग चाडअए aaos
 
Posted on 12-19-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"नेपाली हुँ भन्ने ले तानसेन गएको छैन भने नेपाली हुँ भनेर त नभने पनि हुन्छ मेरो बिचारमा।" ला म त गएको छैन त तानसेन। अव कण्डक्टर चैं यो बच्चाको पैसा लिउ भन्दो रछ, ति आईमाई भने त्यो बच्चा ठूलो भएर निकै पैसामा बेच्न मिल्थ्यो, ठूलै बदेलजती पैसा तिर भन्दि रहिछन। lol!
 
Posted on 12-19-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यसो भए म चाँहि नेपाली रहेछु। बास्तबमै सार्है राम्रो ठाउँ छ तानसेन बजार। तानसेनबाट तल रानीमहल सम्मको हिडाइँ चाहिँ यादगार भा'थियो। त्यहाँ हाँसको छोएला खान नी खुब रमाईलो भा'थ्यो। खड्गे जी, राम्रो गइरहेको छ, ठ्याक्क सस्पेन्समा राखेर कथा रोकिदिने भन्या। ल ल पर्खिनै पर्यो नि, हैन त? सपना चाहिँ खतरा देखेको हो है खड्गे जी ले, हा हा हा!! अरु नि जाओस प्रभु!! :-)
 
Posted on 12-20-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राम्रो छ, धेरै नै राम्रो छ, खड्गेजी । लाग्छ, यहाँको प्रत्यक क्रमश: सँग नेपालनै घुम्न पाईने भयो ।
 
Posted on 12-22-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

khadge ji kata harako,banki nhag khoi,chadai lekhnu paryo ho
 
Posted on 12-24-06 6:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

kati wait garnu par'ya chha ham'lai ............. purai le'ra aauna khadge........chhittai bhaya'
 
Posted on 01-01-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

i'm pushing this up to remind khadge
 
Posted on 01-01-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

khadge ji chittai lekhnu paryo
 
Posted on 01-09-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओ खड्गे ब्रो, यो क्रमश: यत्तिकै छोडेर कता हरा' हो? आर्को लेख्ने हैन? कुर्या कुरेइ भो!!
 
Posted on 01-09-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तेहि त नि। ओ खड्गे ब्रो, यो क्रमश: यत्तिकै छोडेर कता हरा' हो? आर्को लेख्ने हैन? कुर्या कुरेइ भो!!
 
Posted on 01-09-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो त नि। ओ खड्गे ब्रो, यो क्रमश: यत्तिकै छोडेर कता हरा' हो? आर्को लेख्ने हैन? कुर्या कुरेइ भो!!
 
Posted on 05-07-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

check this out guys....i am bookmarking it for more read!
 
Posted on 05-08-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 05-08-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओ खड्गे ब्रो, यो क्रमश: यत्तिकै छोडेर कता हरा' हो? आर्को लेख्ने हैन? कुर्या कुरेइ भो!!
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
अनभिज्ञ तिमी
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
TPS FEDERAL NOTICE
नेपाली समुदायको भारी समर्थन Iowa caucus मा Bernie Sanders लाई - PHOTOS
Anyone renewed their passport through DC embassy lately?
W2 issue
is it good to marry girl who are already in US or go back to Nepal and do arrange marriage?
travel from nepal to US amid corona virus
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
My new song "kaliko thumka"
पिउनको सम्पत्ति ९ करोड ७३ लाख
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
बिहे गर्न अगाडी प्रियांकाले आफ्ना शुभेक्छुकहरुलाई यसरी आफ्नो पोल्ने धुंवादार शरीर (smoking hot body) देखाईन
Room available
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
पुन्टर पिन्कु र नाज ब्रो
need room at Kentucky
Pete Buttigieg is the new Hillary Clinton
Send money in Nepal
Presidential rights to assassination rights?
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters