[Show all top banners]

khadge
Replies to this thread:

More by khadge
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "निर्दोश मेरो पछ्यौरीमा....."

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 31259 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 12-09-06 5:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साथी हो मैले पनि यहाँ केहि लेख्ने प्रयास गरेको छु,
मेरो पहिलो लेखाई भएकोले असंख्य त्रुटिहरुलाई माफ गरिदिनुहोला।
----------------------------------------------------------------------------------------------------------
----------------------------------------------------------------------------------------------------------
"ए सुन् त", कल्पनामा काठमाण्डौ पुगेको मेरो मन, एकाएक बुवा तर्फ पुग्यो। "तँ भोली काठमाण्डौ जाने बेलाँ यो २५,००० पनि घर लगिदे है", २५,००० दिदै बुवाले भन्नुभयो। आज महिनाको अन्तिम दिन यानी तलब बुझ्ने दिन, १२,५०० मेरो बुवाको मासिक तलब । १२,५०० को सट्टा २५००० कसरी भयो यो बुझ्ने मेरो फुर्सद थिएन वा भनौ कुनै कारण पनि थिएन मेरो लागी। ह्या पैसा पाए पुगी हाल्यो नी। बुढाले जसरी ल्याए नि ल्याए।

मेरो बुबा अहिले धनुषा जिल्लाको स्था. बि. अ. यानी स्थानिय बिकास अधिकारी हुनुहुन्छ। हाम्रो ७ आना जग्गामा बनेको एकतल्ले घर काठमाण्डौमा ठडिएको छ। उहिले २०३० सालमा जग्गा किनेको रे अनि २०४० - २०४१ सालमा १ लाख दाम हालेर घर पनि बनाएको रे। मेरो प्रारम्भिक शिक्षा बुवा संग बिभिन्न जील्लाहरुमा सरुवा हुने क्रममा अनगिन्ती पठशालाहरुबाट भयो। मुगुको श्री भिमेश्वर महादेव उच्च मा बी देखी संखुवासभाको सदरमुकाम खाँदबारीको चैनपुर हाईएर सेकेण्डरी स्कूल सम्म मेरो पढाई भएको छ। साथीभाईहरुका साथ शत्रुहरुपनि कती जन्माईयो जन्माईयो। अब आफू हाकिमको छोरा, को संग डर, सिधै डि. एस. पी. अंकललाई भनिदिम भनेपछि त सव थर्कमान नी। यस्तै कुराहरु मनमा खेल्दै थिए, फेरी "किन बोल्दैन यो" भन्दै बुवाले घचघच्याउन लाग्नु भो। "हुन्छ नि म लगेर मामी लाई दिऊँला" भनी बुवालाई आश्वासन दिएँ।

अव भोली काठमाण्डौ जान त जाने, तर गएर के गर्ने? सवै साथिहरु आ-आफ्नो घर गएका छन्। त्यहाँ गएर त झन् केहि काम नै हुन्न झन मामीको यो गर कि त्यो गर भन्ने किच किच मात्र सुन्नु पर्छ। खै मेरो मात्र मामी त्यस्तो होकी? खाली बसेको त देख्नै हुन्न भन्या। बरु अन्त कतै जानु पर्यो। हो अव आईडिया आयो, बरु फुपाजुको मा कृष्णनगर जानु पर्ला। मेरो कान्छा फुपाजु, नपढेको भएपनि आफ्नो मिजास र श्रमले त्यहाँ डाक्टर साहेब भएका छन्। जम्मा ४ कक्षा सम्म पढेर पनि। अचम्म छ संसार पनि, अब मेरो कान्छि फुपु अहेब भएर खोलेको त्यो औषधी पसलमा, फुपाजु डाक्टर भएका छन। अव कसैले खोकिको दबाई भन्यो भने कुनै कफ सिरप, पेट दुखे यो, यस्तो रोग हो भने यो दबाई भनेर फुपाजुलाई सबै थाहा छ। नेपाली पनि यस्सो आँखा उघारेर पढि पनि हाल्थे, कसैले दबाईको खोस्टा लिएर आयो भने ठ्याक्कै चिन्ने। तर कसैले अंग्रेजीमा दबाईको नाम लेखेर ल्यायो भने चाहीँ बरबाद हुन्थो, तैपनि घरमा छोरीहरु वा अरु कोही, जस्तै म छु भने, एकछिन है भनेर सुटुक्क भित्र आई ऐ यो के लेखेको हेर त हेर भनी बहिर गइ दवाई बेचि छाड्थे। अव कोहि पनि छैन र केहि सिप लागेन भने यो दवाई छैन भनि ग्राहकलाई फर्काइदिन्थे। एक दिन त झन्डै फसेका बुढा। कुरा के भएछ भने, एउटा मान्छे दबाई किन्न आएछ डाक्टरको पुर्जी लिएर, कोहि नभएको बेलाले गर्दा उहाले छैन यो दबाई त भन्नु भएछ, तर त्यो बज्याले त दवाई ठयाक्कै चिनेछ, त्यो पनि अगाडिनै राखेको रहेछ। "डाक्टर साहेब पनि, यहि अगाडि राखेर छैन भन्ने" भन्दापो बुढा खंरङ्ग भएछन। जसो तसो गरि संझाई बुझाई त्यो ग्राहकलाई बिदा गरेछन। जे होस उहाँ निकै रमाईला छन्। जे भएपनि कृष्णनगर जाने अनी त्यहाँबाट आफ्नै तालमा काठमाण्डौ जाने अठोट गर्दै बुवालाई त्यो कुरा सुनाए। पहिला त मलाईनै खाऊला जस्तो गरी हेर्नुभयो तर मेरो अठोटको अगाडी केहि नलाग्ने देखेर स्विकृती दिनु पनि भयो। "जे होस् १-२ दिनका दिन काठमाण्डौ जाने नी" भन्दै अन्तिममा चेतावनी पनि पाईयो। लौ जे भएपनि जान त पाईयो भन्दै म जनकपुर बजार तर्फ लागे।

अव फर्कने बेलाँ एक पटक जानकी मन्दिर नी जान पर्यो भन्दै म त्यतै लागेँ। मन्दिरमा आफ्नो श्रद्धाभाव चढाई म धनुष सागर तर्फ लागें। मानिसहरुको घुईचो त्यत्तीकौ थियो त्यहाँ, स-साना बच्चाहरुले पोखरीमा डुबुल्कीमारेको देखेर मलाई पनि जाम जाम लाग्यो तर झलाँस्य सम्झे, मलाई त पौडन आउन्नी। आफ्नो त्यो विवशताको अगाडि हार मानेर म थचक्क तटमै बसे। ओहो हेर्दा हेर्दै रातीको ८ बजेछ, अव बुढाले लठ्ठी लिएर मलाई खोज्न आउने भए भन्दै म क्वाटर फर्कने जमर्को गरे। हेर म त्यो ११ बर्षको हुँदा म्याग्दी जिल्लाको बेनी बजारनिर म्याग्दी खोलामा‍ पौडी खेल्ने हुँदा नडुबेको भए आज म पनि यो धनुष सागरमा पौडदै हुन्थे होला। झण्डै खुस्केको नी त्यो दिन, सञ्जिव नभा भए त बेनीमा मेरो कृयाक्रम हुने। त्यसको ४-५ बर्ष सम्म त नुहाउन पनि नसक्ने भन्या। खै के हाईड्रोफोविया हो कि के भन्थे भा रे मलाई। अहिलेनी नुहाउँदा टाउकोबाट पानी खन्याउन सक्दिन म। सोच्दै थिएँ पछाडिबाट कसलेमेरो काँधमा हात राख्यो, यसो हेर्छु त बुढा। ओहो नाम लिया सैतान हाजिर (सैतान त भन्न मिलेन, अब बुढा हाजिर) भन्या यहिहो। कतै बुढाले लठ्ठित ल्याएनन् भनि हात हेरेको त धन्न रित्तै रहेछ। आज त बचियो। "घर जानु पर्दैन तलाई, त्यहाँ गंगेले खाना कुरि राछ, ल छिटो जा", जहिले पनि ढिलो भयो भने आगो हुने मान्छे आज किन रिसाएनन् भनेको त संगै सि डि यो अंकल, ए सि डि यो को अगाडि छोरालाई गाली गर्न त भएन नि, बल्ल बुझे।
"नमस्ते है अंकल, आन्टि खै त?" भन्दै सि डि यो अंकललाई सोधें,
"ह्या कहाँ यस्तो बेलाँ, तेल्लाई सम्झि रा, संगै लिएर हिड्न मिल्छ र? हिड्यो कि किच किच मात्रै",
"त्यसैले त्यो पूजामा बसेकी बेला यसो एल डि ओ साब संग भलाकुसारी गरौं भनेर नी"
आन्टि धर्ममा निकै आश्था राख्नुहुन्थ्यो र दिनहुँ २ पटक पूजा आजा गर्नुहुन्थ्यो। एकादशी, पूर्णिमा र सोमबारको ब्रत बस्न थालेको २० बर्ष भयो रे। बिहे हुने बित्तीकै शुरु गरेको रे ब्रत बस्न। अंकल चाहि नास्तिकै नभएपनि त्यस्तो पूजा आजामा चाख लिएको मैले कैले नि मानिन। ४ बर्ष अघि बाजुरामा बुवा एल डि ओ हुँदा अंकल त्यहि सि डि यो हुनुहन्थ्यो अनि त्यहि भेटभा मेरो नि अंकल र आन्टि संग। नेपालगंजबाट सा ने बा नि को त्यो ट्विनअर्टर चढेर बाजुरा जाँदा आन्टि मेरो संगैको सिटमा पर्नुभएछ। उडेपछि त डराएर छुट्टी, प्लेन रोक भनेर चिच्याउन थाल्नु भो, लौ भएन भनेर म उहाँ संग कुरा गर्दै मन बहलाईदिन लागे। एकछिनमा बल्ल ठिक हुनु भयो। कोल्टि बिमानश्थलमा उत्रदा अंकल र बुवा संगै लिन अउनुभा रै छ। त्यहाबाट धोडा चढि मार्तडि गैया थियो। उनिहरुको कुनै सन्तान नभएकाले मलाई आफ्नै छोरा जस्तै माया गर्नुहुन्छ। सि डि यो लाई अंकल भन्न पाएपछि त पुलिसहरु नि थर्कमान नी।
"लौ अंकल म भोली फर्कन्छु, आन्टिसंग भेट्न पाईन, सुनाईदिनुस है" भन्दै म क्वाटर तिर लागें।

"ट्वार्र, ट्वार्र", गर्दै बिहान ५ बजे मैले राखेको घडिको अलार्म बज्यो। म हेत्तेरी किन बिहानै जाने भने हुँला भन्दै उठे र नित्य कर्म सकाएर निस्कदाँ पौने ६ भै सक्या रहेछ। छिटो छिटो गर्दै बुवालाई गए भन्दै बसपार्क तिर कुदेर गए। गएर हेर्छु त नेपालगंज जाने बस छैन। अव जनकपुरबाट सिधै कृष्णनगर जाने बस थिएन, त्यसैले जनकपुरबाट नेपालगंज जाने बस लिएर हेटौंडा, नारायणगढ, बुटवल, गोरुसिंगे हुदै चनौटा भन्ने ठाऊमा झरेर त्यहाँबाट लोकल बस, ट्याक्सी, रिक्सा, ट्याम्पो आदि जे चढेर पनि कृष्णनगर पुग्नपर्ने। तर यहाँ त नेपालगंज जाने बस नै छुटिसकेको, कास्टिङ्गनै झुर भयो भन्दै थिए, पोखरा जान लागेको बस हिड्नैला रहेछ। यसो सोंचे, पोखरा जाने बसमा नारायणगढ सम्म जाने, अनि त्यहाँबाट सकेसम्म काठमाण्डौबाट आएको नेपालगंजको बस भेटिएला, नभए बुटवल सम्मनै गएर त्यहाँबाट कृष्णनगर जाने बस पनि त पाईन्छ। हो न हो यहि पोखराकैमा जाने पर्यो भन्ने ठानेर बसतिर गएं। खलासी चै मच्ची मच्ची "ल आउनुहोस, जनकपुर, हेटौंडा, नारायणगढ, मुंगलिगं हुँदै पोखरा पोखरा" भन्दै रहेछ। बस भित्र छिरेको त पछाडिको लहरे सिट र त्यसको अगाडिकोमात्रै बाँकि। हेत्तेरी उफारेर खत्तम भईने भैयो भन्दै, लहरेभन्दा अगाडिकोमा झ्यालतिर हैन कि बाटोतिरको मा बसें। मलाई कहिलेपनि झ्याल तिर भने बस्ने बानी थिएन। बस हिड्यो, लौ बल्ल ठिक भयो भनेकोत के हुन्थ्यो, २ पाईलामै घिचिक्क गर्दै फेरि रोक्छ बा। लौ यस्तै तालले त आज कृष्णनगर पुग्या पुग्यै हो भन्दै यसो अगाडी तिर हेर्दै थिए। ठ्याक्कै तेतिबेला आकासे रंगको कुर्ता सुरुवाल लगाएकी परि को आगमन भयो। बसका सबै मान्छैले खाऊलाझै गरि उसैलाई हेर्न पुगे, म पनि के कम, म त अझ "हे जानकी माता यि कन्यालाई मेरै सिटमा पठाउनुहोस्" भन्दै प्राथाना गर्न लागें। श्वेत वर्ण, मृगको जस्तो चालले उनी मेरै तर्फ आउन लागिन। हुन पनि मेरोमा एउटा सिट खाली पनि थियो, कि मेरो संगैको सिट नभए लहरे सिट। अव लहरे त के रोज्लिन र यिनीले भन्दै म फेरी "हे कमलबिनायक, यिनी यदि मेरै सिटमा बसिन भने यहाँलाई १०८ वटा लड्डु चढाउला" भन्दै उनै लम्बोदरलाई भाकल गर्न पुगें।

-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
क्रमश:
 
Posted on 12-12-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खड्गेजी,

राम्रो लाग्यो लेखाई तपाईको, मजाले लेख्नुभयो । बरु क्रमश: ले बोर् गर्यो।
पुरा गरौँ यसलाई छिटै।

एउटा सानो जिज्ञासा, के तपाइ साचिकै काठमाण्डौ ईन्जिनियरिंग कलेजमा सिभिल पढ्नु भाको हो? हो भने, कुन चाइ batch को पर्नु भयो?
 
Posted on 12-12-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khadge ji,
nikai romanchak hundai gayo kahani ta, gantabya ma kahile puraunu hune ho? nikai ramailo bhai ra chha, aarko bhag ko pratichhaya ma...

tat....
 
Posted on 12-12-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकेसम्म हिन्दीमा नबोल, अंग्रेजीमै बोल्नु अनि नेपाल भन्नु नी फेरी जान्ने भएर "ईट ईज क्लोज टु बिहार नभन्नु, मार्लान तलाई" भन्नुभा थियो।

hahahahahahhahahahahahha hahahah
 
Posted on 12-12-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Marvelous! Keep on coming.
 
Posted on 12-12-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खतरा लेख्नु भएछ खड्गजी.....
तपाईको साहित्य सराहनिय छ ।
तपाईको पहिलो रचनाले एक छिनलाई
भएपनि परीक्षाको तनावलाई बिर्साईदिएको छ ।
अर्को अँशको प्रतिक्षामा........
 
Posted on 12-12-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकाएक मेरो काखमा ती कन्या हुत्तीएर आईन बा, ओहो ढुंगा खोज्दा देवता मिल्यो भन्या यहि हो। लौ अव लम्बोदरले १०८ हैन २१६ वटै लड्डु खाने भए भन्दै म उनलाई नियाल्न लागें। कुरा के भएछ भने उनी आफ्नो झोला सिटमाथीको ठाऊमा राख्न लागेको बेला बस ठ्याक्कै हिड्न पुगेछ, अनी उनको सन्तुलन बिग्रेर म तिर पो हुत्तिया रहिछन्।

"आर यु ओके? तपाईलाई कहिं चोट त लागेन हैन? " ,भन्दै म चै ड्राईभरलाई मनमनै धन्यबाद दिदैं उनलाई सोध्न पुगें।

How brilliantly and vividly written!

अली पर दक्षिण तर्फ गए भारतको बिहार राज्य जसमा राज गर्छन श्री लालु प्रसाद यादव, हेत्तेरी कहाँ अव लालु प्रसादलाई सम्झन पुगेको भन्या। यो मन पनि के हो के हो। जे होस बिहार संग जोडिएकाले नेपालले निकै दु:ख झेल्नु परेको छ। दुनियाभरिमै नभएका गुण्डा, मवाली र भ्रष्टाचारीहरु त्यहि बस्छन्।

You were thinking the things..you were carried away with your thoughts and you realized that; yet again, you started thinking. More than a detailed non-fiction..what can I say..transcr`ipt of the feelings? Simply amazing! :)
 
Posted on 12-13-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय साझाबसीहरु,
मेरो यो पहिलो रचनालाई यतीबिघ्न मन पराईदिनु भएको मा यहाँहरुलाई मुरी का मुरी धन्यवाद चढाउँदछु। अव त बाँकी भागहरु पनि यत्तीकै रोमाञ्चक भएनन् भने? डर पो लाग्न थाल्यो। तैपनि बाँकी भागहरु पनि यत्तीकै रोमाञ्चक बनाउने प्रयत्न गर्ने नै छु। मैले बाँकी भाग लेख्ने समयनै पाउन सकिराखेको छैन, के गर्ने कथा मात्र लेखेर हुँदैन रहिछ, मुखाँ माड पनि त हाल्न परो नी हैन त। जे होस चिन्ता नगर्नुहोस्, तपाईहरुले यत्रो माया दि हाल्नु भो, म समय निकाल्ने नै छु।

मी नाईस गाय ज्यू,
मेरो यो तुच्छ कृतीलाई उत्कृष्ट भन्नुभएकोमा धन्यवाद छ यहाँलाई, प्रतिक्षा गर्नुहोस म छिट्टै नै आर्को भाग ल्याउने छु।

प्रिटी जी,
क्रमश पनि जिवनको एक साश्वत सत्यनै हैन त।

नानु जी,
म तपाईलाई यो मेरो पहिलो रचनानै हो भन्ने आश्वासन दिन बाहेक के नै सक्छु र? मन पराईदिनु भएकोमा धन्यवाद। कक्षा ५ मा हुँदा नाटक खेल्या बाहेक अरु केहि सम्झना छैन।

हेत्तेरिका!! जी,
नारायणगढ भन्दा टाँढीनै ठिक होला जस्तो लाग्यो, टाढी सम्म त साथनै छ नी हैन? आधा घण्टा एक्सट्राले पुगेन के। मन पराईदिनु भएकोमा धन्यवाद।

राहुल भाईसाहेव,
अव म ईञ्जिनियर नभएकोले खै के भन्ने, कमललाई सोधेर उत्तर दिम्ला, कसो? मन पराईदिनु भएकोमा धन्यवाद।

नेपाल को छोरा (अव नेपाल को छोरा भन्दा त नेपालका सबै १ करोड ४५ लाख पुरुषहरु परे खै के भन्ने),
अगी भने झै क्रमश पनि जिवनको एक साश्वत सत्यनै हैन त। अनी हैन हजुर म काठमाण्डौ ईन्जिनियरिंग कलेजमा सिभिल पढ्या हैन, अव हैन भने के पढ्या त भनेर चै नसोधम ल, यत्ती मात्र भन्न सक्छु की, म यो अम्रिकामा कम्प्यूटर ईन्जिनियरिंग पढ्या।

तात तातो चिया जी,
रोमाञ्चक हुँदै गयो र भन्या? मन पराईदिनु भएकोमा धन्यवाद। आर्को भाग आउँछ प्रतिक्षा गर्नुस न प्लिज।

अमेजिङ्ग जी,
उक्त हरफहरु सत्य हैनन् र? हाँसौ हाँस्न चै पर्छ जिन्दगीमा। मन पराईदिनु भएकोमा धन्यवाद।

पवनचा जी,
मन पराईदिनु भएकोमा धन्यवाद।

कुश जी,
लव पनि साथै छन्की, जे होस मेरो यो कृतीले तपाईको परिक्षाको तनावग्रस्त समयमा राहत प्रदान गरेको सुन्दा म हर्शबिभोर भएँ। परिक्षामा राम्रो गर्नुस, शुभ कामना यहाँलाई।

स्लाकेडेमीक ज्यू,
लौ हेर यहाँले त के गर्या त्यो भन्या, मेरो यो तुच्छ रचनालाई ‍विश्लेषण गर्न थाल्नु भएछ, मेरो त नाक बढेर यो मनिटरलाईनै छुन थाली सक्यो। जे होस मन पराईदिनु भएकोमा धन्यवाद।
 
Posted on 12-13-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरी! पुरै पढेर मात्र कमेन्ट हानुम् भनेको, बिचैमा अड्केछ कथा त! हेटौंडाऽसि नारनगढ पुग्न कति ट्याम् ला'को? कि बस भन्ठानेर चढेको, ट्र्याक्टर परो? ट्र्याक्टर त के, खड्गे भाईलाई त पैदल जान मन थियो होला के रे हुन त! जानकीलाई काँधाँ बोकेर त्यो नि!

ल, ल, झट्टै बजाईदिम् अरु नि! देर ना करियो, कि चटपट से छेरपट लईयो? :p
 
Posted on 12-13-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent narration !
खड्गेजी, ढुक्क भएर लेख्दै जानुस् है पढ्ने मान्छे को कमि छैन साझा मा :D
 
Posted on 12-13-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खड्गेजी OR पण्डितजी यानकी पन्डितको जवाईजी अर्थत पण्डितीनिको पोइजी, कथा त बबाल राम्रो लेख्नु भो।

कि तपाईं मेरो साझाको पहिलेको पुरानो इस्ट पण्डित त पर्नु भएन ?

-ओके
 
Posted on 12-13-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरल र सरस् भाषामा, सबै नेपालीले बुझ्ने गरी लेखिएको साथै साह्रै मनोरन्जान्त्मक तरिकाले पस्किनु भएको छ खद्गेजीले। तपाइलाइ मुरी मुरी धन्यवाद!

अस्तु,
मि
 
Posted on 12-13-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great written, being one of the same character,i always wanted to write but hey u did it.great job KHUDOS TO KHADGE.
 
Posted on 12-14-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई,
काँ सकेपछि, यसो कमेन्ट त हान्दै जान परो नी। मुटुले त सोह्रै आना ट्रयाक्टर होस भन्ने चाहेको हो के गर्ने पर्न त बसै परेछ नि त हो। अव हेर्दै जाम के हुन्छ।

टायरा ज्यू,
अव तपाईजस्ता पाठकहरु पाये पछि त नलेख्ने कुरै भएन नि हो।

ओके दाजु,
तपाईजस्तो रचनाकारले मेरो हौसला बढाईदिनुभएकोमा म निकै आभारी छु। अनी कहाँ बिहे भो र पण्डितको छोरी संग भन्या पण्डितनीको पोई हुनलाई भन्या हेत्तरी, के भा यो नेपालिहरुलाई केटी संग त कुरो गर्नै हुन्न भन्या पोई नै भनि दिने। अव तपाईकै ईष्ट भएपनि उल्लेखित पण्डितचैं परिन के। जे भएपनि कथा मन पराईदिनु भएको मा यहाँलाई मुरी का मुरी धन्यवाद।

मी ज्यू,
धन्यवाद।

डाकी हजुर,
कूडोज टू यू टु।
 
Posted on 12-14-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय साझाबासीहरु,
प्रस्तुत छ, आत्मकथाको तेश्रो भाग, हतार हतार गरेर लेखें कस्तो भयो कुन्नी?
-----------------------------------------------------------------------------------------------------------
-----------------------------------------------------------------------------------------------------------

बस हिड्यो। म आफ्नो आतंकित मनलाई सम्हाल्ने असफल प्रयास गर्दै थिए।
"ओहो नारायणगढ आउनै लागेछ हगी", जानकीले आ‍ँखा मिच्दै भनिन
"अव तपाई यहाँबाट पश्चिमलाग्ने म चै उत्तर, हैन" अझै थपिन।
मेरो भने यहाँ हालत सहिनसक्नु भै सक्यो, यिनी चै भूगोलको पाठ चाहन्छिन।
"कमल, म संग किन रिसा?"
"हैन रिसा हैन, यो जीन्दगी पनि कत्ती निर्दयी छ है, अव मैले तिमीलाई ५ घण्टा अघी चिनेकै थिईन, अहिले छुट्टिनु पर्दा, कस्तो नरमाईलो लाग्या",
मैले मेरो मनको पुरै हालत नभनेपनि केहि अंश सम्म उनको सामुन्ने राख्ने प्रयत्न गरें।
"हेत्तेरी, तिमी पनि के कुरा गरेको भन्या, तिमी पनि काठमाण्डौमै पढ्ने, बस्ने हो, म पनि त्यहि, भेट किन हुन्न र, दुई चार दिन त हो नी", उनले भावुक हुँदै मलाई सम्झाउने प्रयत्न गरिन।
ए हो त है अहिलेको क्षणिक आनन्द पाउने बिचारमाचै पछिको कुरो त भुसुक्कै बिर्सेछु।
"त्यो त हो" मैले बुझे जस्तो गरी भने।
"तिमी कृष्णनगरमा मोज गरेर काठमाण्डौ आउ अनी हामी बेलाबेलामा भेटघाट गर्दै गरौलानी हुन्न", जानकीले आशाको एउटा किरण देखाईन।
"भै हाल्छ नी, बरु तिमीलाई कसरी भेट्ने मैले काठमाण्डौमा? "
"म फोन नं दिमला नी, अनि फोन गर न मलाई"
"अनी खै त फोन नं", अहिलेसम्म ती बेदनाका काँडाहरुले घोच्ने क्रम रोकिसकेको थियो। एउटा सुखद अनुभूतीको आभाष भै रहेको थियो मेरो मानसपटलमा।
उनले आफ्नो फोन नं र पोखराको मामाघरको पनि फोन नं आफ्नो व्यागबाट निकालेको कागजमा लेख्दै दिईन र व्यागलाई बाटोमै राखीन।
उनको झोला हेर्छु त ठयाक्कै मेरो जस्तै "कासा पेको, मेड ईन थाईल्याण्ड" लेखेको। अचम्मको संजोग भयो अहिलेत। मेरो झोला संगै राखेर उनी पनि अचम्म मानिन र पुलिक्क म तर्फ हेरेर मुसुक्क मुस्काईन्। उनको त्यो मुस्कानले मेरो त्यो बञ्जर जमिनमा आशाका टुसाहरु पलाउन लागे। मैले पनि उत्तरमा एक मन्द मुस्कान फर्काईदिए। उनको मुखमण्डल देखेर लाग्यो उनी तृप्त भईन।
मैले पनि उनलाई मेरो घरको फोन नं दिएर फोन गर्ने बाचामा बाँधे।
यत्तीकैमा बस नारायणगढ चोक तिर ओरालो लाग्यो।
"नारायणगढ झर्ने आउनुस है", खलासी करायो।
अहिले म अघि कसरी छुट्टिने होला भनेर हतासीएको जस्तो हतासीएको छैन। मलाई थाहा छ, ७ - ८ दिनमै उनी र म दुवै जमलको मिराज रेष्टुरेन्टमा हुने छौं, म मलाई मन पर्ने चिकेन चाउमिन खाँदै, उनी संग हाँस्दै कुरा गर्दै।
हतार हतार गर्दै म झोला टिपेर बसबाट झरें, यसो फर्केर बस तर्फ हेरें जानकी मलाईनै हेर्दै रहिछन, उनको मलिन मुहार देखेर मेरो पनि मन खिन्न भयो। ठिकै छ अव यहिं सम्मको साथ रहेछ भने पनि भाग्यनै यहि, हैन भने अरु समयहरु कसो नआउला जीवनमा संगै बसबाट झर्ने भन्दै एक अन्तिम पटक उनलाई हेरेर बिदा दिने संकेत गरें। उनले पनि मौननै भएर स्विकृती दिए जस्तो लाग्यो।
अव कता लाग्ने, म कता जाँदै छु मैले त भुसुक्कै बिर्सेंछु। दश मिनेट एउटा होटलको बेन्चीमा बसें, त्यो पोखराको बस तर्फ आफ्नो नजर घुमाए, बस त गैसकेछ। एकाएक मेरो शरिर सिथील भएर आयो, बेन्चीमा नबसेको भए म पक्कै पछारिने।
"एक बोत्तल बिसलेरी मिनेरल वाटर ल्याउनु न दिदी", भन्दै म त्यो होटलकी साहुनीलाई आग्रह गरें।
"यि, रु २० मात्र", भन्दै साहुनी दिदी ले पानी दिइन।
अघी कण्डक्टरले फिर्ता दिएको २० को नोट ती दिदीलाई दिए र पानी पिउन थालें। मेरो आँत भरिदैं गयो। खुसुर पुसुर, खित खित गरेको कतैबाट आवाज आयो, यता उती नजर घुमाए, अली पर दुई बेन्च तल दुईटी सुन्दरीहरु मलाई हेर्दै मुसुक्क हाँस्दै रहिछन्। मलाई केहि रमाइलो लागेन। ६ घण्टा अघी भएको भए म मख्ख पर्दै ति सुन्दरीहरुलाई ईम्प्रेस पार्ने र बोल्ने र संबन्ध बढाउने युक्ती निकाल्न तिर लाग्थें हुँला तर के भा यो, मलाई त तिनीहरुलाई हेर्दा पनि केहि भएन, केहि गरौं जस्तो पनि भएन, मानौं रोमाञ्चनै थिएन त्यस कार्यमा। यती चाँडो म कस्तो बदलीएछु, यस्तो पनि हुन्छ र, कि अप्राकृतिक रुपले म बदलिएछुकि क्या हो, एकछिन त लौ के भयो मलाई भन्दै आत्तिए तर पछि बुझें तिनीहरू जती राम्रा भएपनि, सुन्दरीहरु भएपनि जानकी त हैनन नी। अहिलेसम्म मैले कती कन्याहरु संग हँसी ठट्यौली गरें यसको कुनै लेखाजोखा नै छैन। जाजरकोट की सरिता, चरिकोटकी सिता, मार्तडीकी बबिता, ओहो, मेरा यी कन्या साथीहरुबाट त क्या लय मिल्दो रहिछ रमाईलो कविता झैं। यी सबै संग मेरो राम्रो संबन्ध थियो तर छुट्टनेबेलाँ त कहिले यस्तो भा थिएन बा। बरु जाजरकोटमा बुवा सरुवा भएर हामी त्यहाँबाट हिन्दा सरिता बलिन्द्र धारा आँशु चुहाऊँदै रोएकी थिई, किन रुन्छे यो भनी मैले बुझ्न सकेको थिईन, सायद अहिले मेरो जे हालत छ, त्यतीखेर त्यसको पनि त्यहि हुनु पर्छ। विवशता.......।

बिस्तारै आफूलाई संभाले, याद आयो म कृष्णनगर जानु पर्ने, यसो आँखा घुमाउदै थिए भेरी यातायातको काठमाण्डौ बाट नेपालगंज लेखेको बस आउँदै रहिछ। ठिकै छ यसमै चढ्नु पर्यो भनी झोला समातेर बाटो तर्फ गए, ड्राईभरलाई रोक्ने संकेत गरें। बस अडियो, म भित्र पस्नासाथ बस हिडी पनि हाल्यो।
"मेरे नसिबमे तु है के नहि तेरे नसिबमें मै हुँ के नहि", हिन्दी सिनेमा नसिब को यो गित बस भित्र गुञ्जीरहेको थियो। ओहो त्यो गितमा हेमा मालीनी कत्ती राम्री देखएकी साँच्चै ड्रिमगर्ल। जेहोस यो गित अहिले यो बसमा गुञ्जिनु कतै संयोग मात्र नभै कुनै बाहिरी दैवी शक्तीबाट अभिप्रेरित त छैन भन्ने पनि लाग्यो। तर पछि पक्कै पनि ड्राईभर हेमा मालिनी को ठूलो फ्यान होला भनी चित्त बुझाए। यस बेला चै बसमा अगाडिनै बस्न पाईयो। ढोका बाट तेश्रो पंत्तीमा झ्याल तिरको सिट खाली रहिछ। यतापट्टि चै एउटा अध बैसे घुर्दै रहेछ। जे होस झोलालाई माथी राखेर झ्याल तिर बस्न गए। झ्याल मा बस्न त मन थिएन तर आई एस्सी मा मिश्र सरले "बेगर्स क्यानट बि चुजर्स" भनेको संझी होत्त नी भन्दै झ्यालतिरकै मा गएर बसें। म झ्याल तिर बस्दा डिस्टर्ब भएछ के रे त्यो सहयात्रीलाई, उठेर मलाई यत्रो आँखाले हेर्दै फरी आँखा चिम्म गर्यो। म पनि तेसको बाउको त पक्कै हैन होला यो बस भन्दै ढसमस्स परि बसे र बाहिर हेर्न थालें।

बस भर्खर नारायणी नदीमाथी को पुल तर्न सुरु गर्दै रहिछ। निकै ठूली छन् नारायणी नदी, ८ किलोमिटर जती उत्तरमा देवघाट भन्ने पवित्र तिर्थ स्थलमा काली गण्डकी र त्रिशुलीको संगम निकै रमणिय छ, ती नदी हरु तथा अरू ५ बटा; बुढी गण्डकी, मर्स्याङ्दी, दरौंदी, सेती, मादी को संगमले बनेको यो नारायणी नदी। नेपालकै सबैभन्दा गहराई भएको नदी हो क्यारे। मकर संक्रान्तीको दिन देवघाटमा रमाईलो मेला लाग्छ। मैले पनि दुई बर्ष अघी हजुरआमालाई लिएर आको बेला, कस्तो घुईचो देवघाटमा, १० लाखको हाराहारीमा थिए होलान मानिसहरु। नारायणगढमै रिगल रेस्ट हाउस भन्नी होटलमा बस्या। क्या लामखुट्टेले टोक्या थियो भन्या, होटेलले झुल दिया भएनी गुन गुन गरेर सुत्नै पाईया हैन भन्या। फेरी हजुराँ अरुले पकाको नखाने अव नारायणगढा कहाँ भान्सा खोज्न जाने, क्या फसाद पर्या थियो त्यो बेला। बल्ल बल्ल एउटा मारवाडीको मा बाहुन भान्से रहिछ, हजुरआमालाई लगेर त्यसको जनै देखाएर, सधै नुहाउँछ भनी बल्ल बल्ल राजी गराएर रोटी, तरकारी खा। क्या दु:ख पा भने त्यो बेलाँ।
"ओ दाई भाडा पाम त", कण्डक्टर कराउन लाग्यो।
"चनौटा सम्म", भन्दै खुरुक्क १०० को नोट निकालेर दिए, मोल गर्ने न मेरो शक्ती नै थियो न कुनै कारण नै।
"अझै १० ल्याउनुस, ११० हो त्यहाँसम्मको", होला नि त भन्दै आर्को १०० को नोट दिए। एउटा ५० र दुइटा काती परेका २० को नोट दिदै पछाडि तर्फ लाग्यो।
ती नोटहरु पाकेटमा राख्न घिन लाग्यो र यतीकै सर्टको माथिको गोजिमा राखें। के गर्छन बा मानिसहरु, कसरी नोटहरु त्यस्तो काती परेको भन्या भनी फतफताउँदै बाहिर हेर्न लागें।

बस आफ्नै गतीमा फेरी बाटो तताउँदै थियो। छिन छिनमा नयाँ गाऊँहरु आउँथे जान्थे। बल्ल १५ किमी आईया रहिछ, कस्तो ढिलो बितेको भन्या अहिले पलहरु? आफै अचम्ममा परें। फेरी आईन्सटाईनले थ्योरी अफ रिलेटिभिटी मा स्पेस र टाईम रिलेटिभ हुन्छ भनी सम्झाउने बखत दिएको उदाहरणको समंझना आयो। "यदि तपाईलाई तातो तावामा ५ मिनेट बस्नु परे ५ घण्टा सरह हुन्छ भने राम्री आईमाईको काखमा ५ घण्टा बस्नु परे ५ मिनेट पनि नभएको आभाष हुन्छ", कती सहि थिए उनी, मानिस सुखमा समय गएको पत्तै पाउन्न दुखमा पल पल गनेर बस्नु पर्छ। अव रिलेटिभिटीमा कत्तिको मिल्छ त थाहा छैन त्यो उदाहरण तर त्यो आफैमा कती सहि छ।

"तेरे मेरे बिचमे कैसा है यह बन्धन अन्जाना, कैसा है यह बन्धन अन्जाना......", ड्राईभरले फेरी अर्कै गीत बजाएछ। एक दुजे के लिए भन्ने अर्को हिन्दी सिनेमाको गाना त्यो, कती मार्मिक छ त्यो सिनेमा। त्यसमा त त्यो केरे नेपाली भिलेन भएर खेल्ने, सुनिल थापा पनी छ त। बज्जे ले रती अग्निहोत्रीलाई झण्डै भ्याको। अस्ती तेसको टिभी मा ईन्टरभ्यू हेरेको, बज्जे त "अँ, मैले हिन्दी सिनेमा मा पनि खेलेको छु, एक दुजे के लिए हिट बनाईयो भन्दो रछ", अव हिरोईनलाई समात्न जाँदैमा सिनेमा हिट हुने भए, म पनि नं १ हुने थिए। बज्जेलाई नेपाली त राम्रो संग बोल्न आउन्न, हिन्दी सिनेमा हिट बनाउने रे।

त्यो गितको माध्य्यमबाट, अहिले मेरो स्थितीलाई खिल्ली उडाईराख्या त छैन कसैले, शंका नै लाग्यो बा। तर खै कसलाई थाहा र। मलाईनै मेरो हालतमा आत्मसंगत हुने गीतहरु मात्र याद भा हुनु पर्छ भन्दै बाहिर हेरें। बाहिर रातो माटोको पहाडबाट छिचोलिदै थियौ हामी, सालका कत्रा कत्रा रुख, ओहो सालको त जंगल नै रहिछ यहाँ। उहाँ काठमाण्डौमा चाहिँ सराध्दे, पूजा आजामा टपरी, दुना, बौता बनाउन, एउटा मुठाको रु १० मा किन्नु पर्छ, एउटामा २० बटा पात पनि हुन्नन यहाँ भने जंगल नै, पात त फाला फाल। यहाँबाट पात लगेर पूजाको बेलाँ मामी ले पात किनेर ले भन्या बेलाँ मामी संग रु २० लिदै सुटुक्क यहाँको पात को दुई पोका बानाएर एक बोत्तल कोक र पानपराग खान पा त कत्ती रमाईलो हुन्थ्यो नी।

ह्वास्स गनायो। ओहो नाकै थुन्नु पर्ने गरी के गनाको यो भन्दै त्यो गन्दलाई बिश्लेषण गर्न पट्टि लागे। यसो सोचेको त यो ह्विस्की, रम, जस्तो पो छ। हैन कस्ले भट्टी पसलै भत्काएछ भनि बाहिर हेर्छु भन्दा त अरुण खोला पो आईपुग्या रहेछ। अव बल्ल थाहा भो गन्धको रहस्य, अरुण खोलामा अवश्थित श्री डिस्टिलरी का उत्पादन को गन्ध पो त त्यो। यो श्री डिस्टिलरीबाट उत्पादित "गोरखाली रम", "श्री भोड्का" धोक्राऊँदा त गन्हाजस्तो लाग्दैनथ्यो, अव फेक्ट्री निर चै के खान गन्हा नी भन्दै अचम्म मानेर महेन्द्र राजमार्गकै किनारमा यो अरुण खोला भन्ने ठाउँमा अवस्थित श्री डिस्टिलरीको फेक्ट्रीलाई एक तमासले हेर्न पुगें।
"एक्सक्यूज मी, यो सिट खाली हो",
म झसंग भए, यसो हेर्छु त पहेंलो टि सर्ट, कालो जिन्स पाईन्ट, आँखामा गगल्स लगाएकी गहूँगोरी नारीले कोईलीको स्वरमा मलाई सोद्धै रहिछन्। बगलको सिट हेरे, खाली रहिछ, उ महासय कतिखेर कहाँ झरे केहि लत्तो पत्तो भएन।
"यस, खाली नै हो", खै अघिको सहयात्री भन्दा त यि मैया त बेसै होलिन नी भन्दै उनलाई उत्तर दिए।
"हाउ नाईस, क्यान आई सिट हियर देन", बस्दै सोधीन,
अव बसिनै सकेपछि त हुन्न उठेर जाउ भन्न पनि त मिलेन।
"यस यस, ह्वाई नट, ईट विल बि माई प्लेजर", भन्दै उनलाई स्वागत गरें।
"बाई द बे, आई एम बैदेहि, एण्ड यु आर?", आफ्नो नाम भन्दै मलाई सोधिन,
"कमल", मैले ट्वाल्ल परेर उत्तर दिए।

-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
क्रमश:
 
Posted on 12-14-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो फेरी क्रमश: खड्गे जी? It's getting very interesting, can't wait के।
 
Posted on 12-14-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरीका, फेरी क्रमश:! मासु खांदा खांदा बीचमा हड्डी नै चपाए जस्तो भो। छिटो छिटो सकम् न हो, क्या climax को सिन् आइरा' बेलां। मलाइ त कसैको आत्मकथा पढिरा जस्तो लाग्यो। जे होस् खड्गेजी, धागोलाइ नटुटाम् है। सोचेको भन्दा धेरै नै राम्रो छ। अरु सबै कामहरू छोडेर यही मात्र पढिरहूं जस्तो लाग्यो भन्या।
 
Posted on 12-14-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बोर गर्देर, यो क्रमश: ले । झन झन इन्ट्रेस्टीङ भै र छ, अर्को टुक्र हाल्नु पर्‍यो छिटो ।
 
Posted on 12-14-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठेलम खड्गेजी ठेलम!
अर्को भाग छिटै ठेलम:)
साह्रै मजा आउँदैछ, जमानामा रात्रि बस चढेको सम्झना आयो।
आफ्नो फुटेको कर्ममा कोहि यस्तो रमाईलो सहयात्रि त परेनन् तर पनि त्यतिबेलाको सम्झना भने मजाले आयो। :)
 
Posted on 12-14-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन नै छुने गरी सुनाउनु भयो कथा, खड्गे जी ले । अब साथी हरु पनि क्रमश मा दु:क्ख मने जस्तो गर्नु हुन्छ, कम्सेकम साझा बेला बेला मा हेर्नु को एउटा गतिलो रिजन त भयो नि । अब यहाँ ताल ताल का धागो हेर्नु को सटा्, म त खड्गे जी कै कथा दोह्रै तेराहि पदेर एक्लाई मुसुमुसु हाँस्छु!
 
Posted on 12-14-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैलाई खोजी, खोजी
खड्गेलाई रोजी रोजी
आफ्नो चईं ताल न बेताल
खड्गेलाई माला माल!

के खाने ग-या थियौ खड्गे भाई उस्बेलाँ? था पा' भे त तेई खान्थे के रे म नि! अब त टु लेट भई सक्यो। एउटैसँग बस उक्लने, तेईसँग उत्रने चाँजो मिलाई सक्यो जिन्दगीले!

हे, नारायण परभु! अर्को जुनीमा चईं खड्गे भाईले खाने गरेको आहारको भण्डार निरै जन्मन पाऊँ! लम्बोदरलाई २१६ त के, लड्डुको फेक्टरी नै टक्र्याऊँथें!

थ्याङ्क यु फर गुड ईनटरटेमेन्ट। बैदेहि देवी, लुकिङ् फर्वार्ड टु गेटिङ् मोर ईन्टरटेनमेन्ट फ्रम् यु टु! :D
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters