[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 घर

[Please view other pages to see the rest of the postings. Total posts: 137]
PAGE: <<  1 2 3 4 5 6 7  
[VIEWED 40797 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-27-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

घर

अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो।  मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। "घर जान ला?" संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। "अँ" भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी "कस्को घर?"

बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।

"आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ --" भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा  गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।

त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।

केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो -- कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।

बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।

बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो "म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन -- मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।"

प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।

किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।

"प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला--- " यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।

उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले  हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ "तेरो कोई छ भने भन" भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे -- सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि  जेठी सासु।

प्रकासलाई "अब एक चोटी भेट केटीलाई" भन्दा अलि असजिलो मानेर "पर्दैन" भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।

सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।

बिहे हुने भो।

 

 

अब एक हात बिसाम क्यारे ---


 
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-23-08 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

deep dai hajur kaha haraunu bhako?...last nyasro laaisakya thio...inspired by you, maile ni 'koteswor ko jaam' lekheko chhu, padhidinus hai!!!
 
Posted on 04-24-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

प्रभो! माष्टरपिस बन्न लागेको रहेछ! यो कृती छुटिराको रहेछ! धन्य भइयो!

नारी र पूरूष दुबैको मनोबिज्ञान बुझ्ने कलालाई सलाम छ!

सके सम्म छिटो थप्दै जाउँ, शुभकामना छ!

गजब!!


 
Posted on 04-25-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले अहिले कथा जुन वाक्यहरुबाट सुरु गरेको थिएँ तिनै बाक्यहरुमा पुगेर रोकेको छु। यहिँ सम्म लेख्ने बिचार थ्यो। के कथा सकियो त? अहँ। निरन्तरता त जिन्दगी सँगै मात्रै हैन कति पटक त त्यस पछि पनि अस्तित्वमा रहिरह्न्छ। प्रस्तुतीमा स्थिती अहिले एउटा जटिल मोडमा छ। अगाडी के होला त? म साथिहरुलाई नै त्यसको बिस्लेषक बनाउँछु।

साथिहरुलाई मेरो हार्दिक आभार।


 
Posted on 04-25-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यतिखेर म के सोच्दैछु ? म आफै बयान गर्न सक्तिन । कथा चै हिजोस्ति नै पढेको । असाध्यै राम्रो लायो, धेरै पछि दीप झुल्किएछ, लाहुरबाट फर्क्या लाहुरेले टन्न कोसेली ल्या'झैं अरेर टन्न कथा पस्के । पढ्दै गएँ, सक्यो होला भन्ठान्या सक्या होइन, आर्को पछि आर्को भाग लुतुलुतु आ'को आइ । बिचाँ छोड्न नि नसक्नि । तर त्यस्तरी हुरुरुरु पढ्न पाउँदा साह्रो मज्जा आउने रेछ । अब देखुन भाग भाग गरेर कथा राख्नीहरुलाइ अन्तीम भाग कहिले राख्ने हो भनेर सोधेर मात्र  पढ्न बसम्ला जस्तो नि लायो । यति सम्म ठीक थ्यो ।

 

आज आएर दीपले फेरी "कथा जुन वाक्यहरुबाट सुरु गरेको थिएँ तिनै बाक्यहरुमा पुगेर रोकेको छु " भन्दा पो झल्याँस्स भएँ । हो रैछ त । शुरुको भाग त एकबाजि विर्सिसक्या रैछ । उही रोकिएको ठामबाट पढ्न ला'सिन त्यताहुँदीको कुराहरु याद आ'र क्रमभंग नभा' रेछ । अनि फेरी शुरुको भाग पढ्न थाले - पढ्दा पढ्दै लास्टसम्मै पुगिएछ, टाइम पास भ'को यादै भएन गाँठे । अनि फेरी सक्किएसिन शुरुबाटै पढ्न मन लाउन थालो ।

 

यस्तो चक्रे धाराबाहिक कथा त मैले जिन्दगिआँ फसटाइम पढेँ । माने प्रभो माने दीपज्यो क्षमतालाइ । एकमनाँ रीस नि उठीरा'छ - कस्तो कथा लेख्या होला, चक्रब्युह जस्तो - फस्याफस्यै हुनि ।

 

 


 
Posted on 04-25-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जदौ दिप पर्भु
पहिलो तल्ला को त फिनिसिङ सम्मा त हेरया हो दोस्रो तल्ला नि सुरु गर्नु भछ तेसैले एस्सो उक्लेको निक्कै राम्रो रछ डिजाइन, तर यो नौ इन्ची को गाह्रो पिलर नहाली बना घर अली कम्जोर हुन्न र? एकै दिन मा सब्बै गाह्रो उथाइ सक्नु भएछ अब ढलान छिट्टै गर्नु पर्‍यो।
अनी गाह्रो चर्कन दिनु भएन घर को,राम्रो बिम हरु हाल्नु होला।
 
Posted on 04-25-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

प्रकाश सोझो भन्थान्या त खतरा रइछ। आखिर आगोको अगाडि त पग्लिहाल्छ मैन

जे होस् समाज को राम्रो चित्रन गर्नु भा छ । गजबको लेख्नु भा छ । 


 
Posted on 04-25-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lau ghar ta tahas nahas bhayecha... tara kya jiwanta katha... atti nai raamro laagyo!


 
Posted on 04-27-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

deep,

its a very good story. i can predict your conclusion at this point but i don't want to comment right now.

but one thing i personally believe, your story really reflects the storming situation of men woman of this so called modern society.

good luck and keep it up


 
Posted on 04-28-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 04-28-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दीप ज्यु,
लामो समयको पर्खाइ पछी त्यत्रो धेरै थपि सक्नु भएछ। ट्याम मिलाएर पढौला। अब अहिले सुरु गर्‍यो भने छोड्न मन लाग्दैन, जागिर पनि त खान पर्‍यो। नत्र आज त साझा पढेको पैसो ल्या खैरे भन्या जस्तो हुन्छ।
 
Posted on 04-28-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

सम्मोहक अनि एउटा पर्फेक्ट कथामा हुनपर्ने सबै तत्वहरु भएको कथा !

 

अब केही शुष्क समिक्षागत टिप्पणी । दीपका पुराना बाल्यकालिन कथाहरुलाई तीनमा भएको पाकृतिक काँचोपनाको विशिष्टताको आधारमा नेपाली कथासाहित्यको एउटा नविन विधा (genre) मा राख्नुपर्ने मत राखेको थिएँ मैले ।

 

दीपको यो कथाले भने विषय र प्रस्तुती दुबैको हिसाबले विधागत छलाङ मारेको छ र मूलधारमा आईपुगेको छ भन्दा हुन्छ । कथाले मूलधारका साहित्यमा स्वीकृत शास्त्रिय सौन्दर्य (aesthetics) लाई झन्डै पूर्ण रुपले ग्रहण गरेको छ (फाट्टफुट्ट केही शाब्दिक प्रयोगका अपवाद बाहेक) ।

 

यस्ता रचनालाई सिमित पाठकमा सिमित राख्नु रचनाप्रति अन्याय हुनेछ । वृहद पाठकवर्गलाई पस्किने गरी पेशेवर पस्कुवा (प्रकाशक) खोज्ने हो कि ?

 

Nepe

 


 
Posted on 04-28-08 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Deep,

Wonderful writing..

कुरा घर भाडावाट सुरु भयो। कमलाका अनुहारमा पहिले जस्तो फुल फुलेका थिएनन अहिले। प्रकास मलजल गर्दै थियो। कुरा अहिले डेरा भाडामा थिएनन। अन्तै पुगीसकेका थिए। बाटो चिप्लो थियो, दुईटै चिप्लिदै थिए पनि फर्किने सुरमा दुईटै थिएनन। जति बेला बिश्राम गरे अनि अनुभब भयो यात्रा कति डरलाग्दो गरेछन।अर्को दिन प्रकास बिहानै दक्षिणकाली पुग्यो। भाले किनीकन चढायो। दिन भरी नै मुक्त बन्दी झै भयो। मोबाईल बन्द गर्यो। समय उल्टाउने निरर्थक उपायमा बल्झियो।

चिप्लो बाटोमा लडे पछी दखिनकाली गएर कुखुरा चाडऔने कुरो साएकोलोजी chaiin के हो??

 
 
Posted on 04-29-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपे प्रभोले मेरो लेखाई प्रति राखेका बिचारलाई मैले मेरो लागि एउटा पुरस्कारको रुपमा लिएको छ। तर त्यो पुरस्कारको दाबेदार म अझै भैसकेको छैन। जित्ने त अरु परको कुरा हो।

साथीहरुको सदभाव नै हो जस्ले मेरो लेखाई प्रतिको रुझानलाई जिवन्त राख्छ।


 
Posted on 04-29-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

A very different genre then usual !

Wonderful piece..athough fictional, it says something about real life- events or characters-we’ve seen everywhere. I believe that a good piece o literature is always connected to life because human being -the enduring character -behaves in fairly consistent way, and that is what I have found in this piece. There is no doubt that deep’s writing always attract big crowd of fans, including me of course, this kind of writing definitely broaden the range of reader. After all that is what a writer craves for - readers--readers--and more readers , is he/she not?  Thanks for sharing such a beautiful story!

Last edited: 29-Apr-08 11:48 AM

 
Posted on 05-06-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Was a long read. Enjoyed every bit of it. 

Deep Jyu, I should say, you have a God given gift. Please share more with us. Thank you so much.

Last edited: 06-May-08 03:21 PM

 
Posted on 05-06-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दीप ज्युको कथाको बारेमा मैले केहि बोल्नु भनेको हीराको गहनाको बारेमा साधारन मान्छेको अड्कल जस्तै हुन जान्छ। तै पनि 'घर' सुरु देखि नै रोचक भयेकोले आफुलाइ लागेको केहि कुराहरु भन्न मन लाग्यो।

कथामा मानब मनोबिग्यानको संकुचनहरुलाइ प्रस्ट देखाइएको छ। सुकिर्तिको पारदशी र अलि खुला बिचारधाराबाट सुरु भएको कथाले प्रकाशको असुरक्षित मानसिक अबस्थालाइ "अर्की आइमाइ"  (डेरावालको स्वास्नीसङको सम्बन्धमा)सुरक्ष्या  पाँउछ। स्वभावैले सुकिर्ति "निर्भिक" छे, उ महत्वाकान्क्षी पनि देखिन्छे। उ पढ्नको लागि बिदेश जान चाहन्छे र प्रकाशलाइ "मेरो सफलतादेखि तिमिलाइ डर लाग्छ हो?" भन्न हिच्किचाउदिन। प्रकासको डेरावालकि स्वास्नीसङको सम्बन्धको केहि सुइको पाएपनि उ पछाडी बसेर चियो चर्चो गर्नु भन्दा प्रकासको आँखामा आँखा मिलाएर सत्य कुरा बुझ्न चाहन्छे र त्यस कुरालाइ संकाको आधार बनाएर प्रकास जस्तो तनाबमा देखिन्न। उ प्रत्यक्ष्य सोध्छे अनि चुप लाग्छे। बुझे जस्तो गर्छे तर बिनाकारण झगडाको मुद्धा बनादिन। यस पक्ष्यबाटा हेर्दा सुकिर्ति प्रकास भन्दा धेरै कुरामा परिपक्व ब्यबहार देखाँउछे। उ आधुनिक महिलाले पाउने पर्ने स्वतन्त्रताको लागि सासु सङ छुट्टिएर टाढा जान चाहन्छे, त्यसैले उसको मुख्य उद्धेश्य जसरी पनि घरबाट सर्नु हो। उसले प्रकास र अर्को आइमाइको सम्बन्धमा त्यति चासो देखाउदिन।

स्वर्णीम मेरो साथि हो तिमी लोग्ने। त्यस्को फरक तिमीलाई थाह छैन भने तिमी लोग्ने हुन लाएक छैनौ।"

प्रकास सुकिर्तिलाइ माया गर्छ तर सुकिर्ति जस्तो ब्यक्त गर्न सक्दैन। उ खुलेर नाच्न जान्दैन न त पिउने कुरामा रुचि राख्छ। सुकिर्तिको ब्यबहारबाट शसंकित प्रकास लोग्ने स्वास्नीको सम्बन्ध बिग्रेला भनेर पनि डराँउछ र कता कता सुकिर्तिलाइ हराउने डर पनि लाग्छ उसलाइ। उ स्विकिर्ति जस्तै अघि बढ्ने स्वभाबको छैन। उ पछ्याउन चाहन्छ। उ पुरुश दम्भको कारण पनि स्विकिर्तिको खुलापनालाइ सजिलै पचाउन सक्दैन। उ कतै रिक्त छ, उ त्यो खालिपनलाइ पुरा गर्न कमलाको शरणमा पुग्छ। जहाँ उ बास्तबिक जिवनभन्दा रमाइलो रोमान्चकता पाँउछ। कमला उसमा दोशहरु देख्दिन किनभने कमला उसको बिहे गरेकि स्वास्नि होइन।

कमला आफुलाइ जिबनको परिबेशमा ढाल्न सजिलै सक्छे। उसलाइ लोग्नेको कान्छि स्वास्नी हुनुको दुख् छ र पनि उ प्रकाससङको सम्बन्धलाइ स्पस्ट ब्याख्या गर्न सक्छे। उ आफ्नो लोग्ने र प्रकासलाइ रेखाले छुट्याउन सक्छे।

"उहाँ उहाँ, तपाई तपाई मैले के गर्न सक्छु?" उस्ले उदास भएर भनी।

बहिर्मुखी सुकिर्ति, अन्तर्मुखी प्रकास र सम्योजित कमलाको भुमिकाहरु आ-आफ्नै ठाँउमा उतिकै महत्वपुर्ण देखिन्छन्।
समग्रमा "घर" मानब जीबनको जोडघटाउहरुको सफल उधाहरण हो, जहाँ सन्तुलन मिलाउन  पात्रहरु पराइसङ समर्पित हुन्छन् र आफन्तसङ पराइ बन्छन्। अन्त्यमा, सन्तुलन कतिसम्म रहन्छ र कसरी अघि बढ्छ भन्ने कुराको प्रस्नले कथालाइ अझै अनुतरित बनाएको छ।

 

दीप ज्यु, भुलचुक माफ पाँउ है।


 
Posted on 06-14-14 8:35 AM     [Snapshot: 17437]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दीप दा,

एउटा पुरानो मणि साझाको सन्दुकबाट निकालेर नियालें , जाँचे या भनम कोशिश गरें तर म जस्तो तुच्छ जीवले मणिको परख के गर्न सक्थ्यो र...... ६ बर्ष पुरानो कथा ..... धकेल्दै छु माथि ..... नया साझाका मित्रहरुले पनि यो कथा छुटाउन हुन्न भन्ने मेरो धेय हो .....

अरु कथा कहिले पढ्न पाउने हो थाहा छैन , तर आशा मरेको छुईन ...

- थाहा छैन
 
Posted on 06-15-14 7:05 AM     [Snapshot: 17842]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thaney--- hahahahah...what I expected was true...यो कथा वाहिर निक्लेको देख्दा पक्कै थानेकै काम हुनुपर्छ भन्ने थ्यो हो रैछ। हैन यी दिप व्रो कता हराए आजकल...?
 
Posted on 06-16-14 7:32 AM     [Snapshot: 18107]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ekchin ta Deep jyu ko naam dekhera I was so excited, thought he's BACK but disappointed when I noticed the date. Nonetheless, it's always refreshing to read him. Such a gifted writer. Deep jyu, we all miss you and your stories so much (And bange too, lol).

 
Posted on 06-16-14 2:32 PM     [Snapshot: 18295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

sidhiyeko ta hoina jasto lagyo yo katha...kaile sidhela ta aaba
 



PAGE: <<  1 2 3 4 5 6 7  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
~चौतारी १९९~
तुरन्त सम्पर्क गर्नु होस् !
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Mnang, Mustang Treking and Our Engagement
Tired of nepali attitude
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
Indian Worker Attitude
Learning computer programming
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
प्रियंका .का. लै चिठी भाग १
ICE RAID
सेतो इन्द्रणी
"टी पी एस" अत्यन्त जरुरी
NEPALI CHARLES SHOBRAJ ZUBIN SHARMA URF PRAKASH PAUDYAL!
Nepal TPS action committee
Anyone questioning vaccines are getting banned
Don't apply Canada Immigration through COLIN R. SINGER
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters