दीप ज्युको कथाको बारेमा मैले केहि बोल्नु भनेको हीराको गहनाको बारेमा साधारन मान्छेको अड्कल जस्तै हुन जान्छ। तै पनि 'घर' सुरु देखि नै रोचक भयेकोले आफुलाइ लागेको केहि कुराहरु भन्न मन लाग्यो।
कथामा मानब मनोबिग्यानको संकुचनहरुलाइ प्रस्ट देखाइएको छ। सुकिर्तिको पारदशी र अलि खुला बिचारधाराबाट सुरु भएको कथाले प्रकाशको असुरक्षित मानसिक अबस्थालाइ "अर्की आइमाइ" (डेरावालको स्वास्नीसङको सम्बन्धमा)सुरक्ष्या पाँउछ। स्वभावैले सुकिर्ति "निर्भिक" छे, उ महत्वाकान्क्षी पनि देखिन्छे। उ पढ्नको लागि बिदेश जान चाहन्छे र प्रकाशलाइ "मेरो सफलतादेखि तिमिलाइ डर लाग्छ हो?" भन्न हिच्किचाउदिन। प्रकासको डेरावालकि स्वास्नीसङको सम्बन्धको केहि सुइको पाएपनि उ पछाडी बसेर चियो चर्चो गर्नु भन्दा प्रकासको आँखामा आँखा मिलाएर सत्य कुरा बुझ्न चाहन्छे र त्यस कुरालाइ संकाको आधार बनाएर प्रकास जस्तो तनाबमा देखिन्न। उ प्रत्यक्ष्य सोध्छे अनि चुप लाग्छे। बुझे जस्तो गर्छे तर बिनाकारण झगडाको मुद्धा बनादिन। यस पक्ष्यबाटा हेर्दा सुकिर्ति प्रकास भन्दा धेरै कुरामा परिपक्व ब्यबहार देखाँउछे। उ आधुनिक महिलाले पाउने पर्ने स्वतन्त्रताको लागि सासु सङ छुट्टिएर टाढा जान चाहन्छे, त्यसैले उसको मुख्य उद्धेश्य जसरी पनि घरबाट सर्नु हो। उसले प्रकास र अर्को आइमाइको सम्बन्धमा त्यति चासो देखाउदिन।
स्वर्णीम मेरो साथि हो तिमी लोग्ने। त्यस्को फरक तिमीलाई थाह छैन भने तिमी लोग्ने हुन लाएक छैनौ।"
प्रकास सुकिर्तिलाइ माया गर्छ तर सुकिर्ति जस्तो ब्यक्त गर्न सक्दैन। उ खुलेर नाच्न जान्दैन न त पिउने कुरामा रुचि राख्छ। सुकिर्तिको ब्यबहारबाट शसंकित प्रकास लोग्ने स्वास्नीको सम्बन्ध बिग्रेला भनेर पनि डराँउछ र कता कता सुकिर्तिलाइ हराउने डर पनि लाग्छ उसलाइ। उ स्विकिर्ति जस्तै अघि बढ्ने स्वभाबको छैन। उ पछ्याउन चाहन्छ। उ पुरुश दम्भको कारण पनि स्विकिर्तिको खुलापनालाइ सजिलै पचाउन सक्दैन। उ कतै रिक्त छ, उ त्यो खालिपनलाइ पुरा गर्न कमलाको शरणमा पुग्छ। जहाँ उ बास्तबिक जिवनभन्दा रमाइलो रोमान्चकता पाँउछ। कमला उसमा दोशहरु देख्दिन किनभने कमला उसको बिहे गरेकि स्वास्नि होइन।
कमला आफुलाइ जिबनको परिबेशमा ढाल्न सजिलै सक्छे। उसलाइ लोग्नेको कान्छि स्वास्नी हुनुको दुख् छ र पनि उ प्रकाससङको सम्बन्धलाइ स्पस्ट ब्याख्या गर्न सक्छे। उ आफ्नो लोग्ने र प्रकासलाइ रेखाले छुट्याउन सक्छे।
"उहाँ उहाँ, तपाई तपाई मैले के गर्न सक्छु?" उस्ले उदास भएर भनी।
बहिर्मुखी सुकिर्ति, अन्तर्मुखी प्रकास र सम्योजित कमलाको भुमिकाहरु आ-आफ्नै ठाँउमा उतिकै महत्वपुर्ण देखिन्छन्।
समग्रमा "घर" मानब जीबनको जोडघटाउहरुको सफल उधाहरण हो, जहाँ सन्तुलन मिलाउन पात्रहरु पराइसङ समर्पित हुन्छन् र आफन्तसङ पराइ बन्छन्। अन्त्यमा, सन्तुलन कतिसम्म रहन्छ र कसरी अघि बढ्छ भन्ने कुराको प्रस्नले कथालाइ अझै अनुतरित बनाएको छ।
दीप ज्यु, भुलचुक माफ पाँउ है।