[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 घर

[Please view other pages to see the rest of the postings. Total posts: 137]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 64201 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 02-27-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर

अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो।  मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। "घर जान ला?" संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। "अँ" भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी "कस्को घर?"

बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।

"आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ --" भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा  गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।

त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।

केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो -- कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।

बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।

बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो "म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन -- मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।"

प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।

किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।

"प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला--- " यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।

उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले  हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।

घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ "तेरो कोई छ भने भन" भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।

आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे -- सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि  जेठी सासु।

प्रकासलाई "अब एक चोटी भेट केटीलाई" भन्दा अलि असजिलो मानेर "पर्दैन" भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।

सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।

बिहे हुने भो।

 

 

अब एक हात बिसाम क्यारे ---


 
Posted on 03-13-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यसपछि के भयो?
 
Posted on 03-13-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो ।
म पनि पढिरहेको छु । बाध्नु भएको छ, बाघपटुलाले ।
म पनि यो कथा बीचमा छोडेर हिड्ने वाला छैन ।

 
Posted on 03-14-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात प्रकासले सुकिर्तीलाई ठुलो शिक्षा दियो आफ्नो कमजोरीको बारेमा। सुकिर्तीलाई उस्ले त्यस्तो हतियारको जानकारी दियो जस्को उ सँग कुनै बचाव थिएन। ..

प्रकासको कमजोरी सुकिर्तीको आत्मबल बन्न पुग्यो।

बिहान अफिस जानु अघि प्रकासले स्वर्णीमको बारेमा सुकिर्तीलाई सोध्यो। सुकिर्तीका जवाफहरु सुरुमा उदासिन भए पनि बिस्तारै रक्षात्मक हुँदै गएको प्रकासले अनुभव गर्यो। स्वास्नीको नियत र चरीत्र माथि गस्ती गर्न थाल्ने हो भने त्यसैलाई सुकिर्तीले चुनौतीको रुपमा लिन बेर छैन भन्ने सोचमा प्रकासले हिँजोका कुराहरुलाई आज अरु नबोलाउने बिचार गर्यो। अबिश्वास चिन्ताको मार्गदर्शक हो भन्दै आफैलाई सम्झायो र गयो अफिस।

सुकिर्तीले कतै काम सुरु गरी सकेकी त थिईन तर त्यो धुनमा भने थिई। उस्लाई घरमा बसीरहन पटक्कै मन थिएन। बिशेष गरेर उसलाई न त आमाको हाजीरी जवाफ मन पर्थ्यो न नै उ प्रतिको जिज्ञासा।

आफ्नै कोठामा सुकिर्ती भोजन पछिको बिश्राममा ढल्केकी थिई। उस्ले थाहै नपाई कतिबेला उ त हिजो स्वर्णीमकहाँ बिताएका क्षणहरुमा पुगीसकीछ। यथार्थलाई उस्ले झन कल्पनाका प्वाँखहरु पनि दिई। त्यो यथार्थ-कल्पना उडदै थ्यो आमा आईन।

त्यस्तो रमाईलो उडानलाई आमाको आबागमनमा उस्ले ओराल्नु परेको सुकिर्तीलाई मन परेन।

आमाले पनि कुरा हिंजैको झिकिन। सुकिर्ती लाई झन मन परेन।

जब आमाले "हिंजो मामाघरमा के थियो?" भनेर सोधिन। सुकिर्ती अलमलिई।

"खै था छैन मलाई, किन के थियो र?" सुकिर्तीले उल्टो सोधी।

आमाको अनुहारमा अलमलको भन्दा चिन्ताका रेखाहरु देखिए।

"तिमी त सुधिरकहाँ बाट मामाघर गयौ रे भन्थ्यो त प्रकास --" आमाले मामाघरको रहस्य बताईन।

सुकिर्ती एकै छिन सोचमा परी। अब हो भनम कि हैन? होईन भने झन काँ गा भन्ने होला -- बरु होस भन्दै "अँ, हो मामाघर पनि गा थेँ" भनी।

एक्कै छिन अघि "के थ्यो र मामाघरमा?" भनेर आफैंले सोधेको सम्झी अनि कुरा सच्च्याई। हिजो तर म कुपण्डोलको सुबोध मामाकहाँ गा थेँ। सुबोधमामा सुकिर्तीका बाउका चैं मामा थिए।

"भोजबाट प्रकास एक्लै आयो--" आमाले भनीन।

"अँ म चै कुर्दा कुर्दा गरें--फोन पनि गरें उठाको हैन--अनि एक्लै के बसीरहनु भनेर सुबोध मामा कहाँ गएँ।

"ए!" आमाले यति मात्रै भनीन।

एक छिन अरु कुरा भए। सुकिर्तीलाई लागेको असजिलो अरु बढ्यो।

"मलाई त कस्तो निन्द्रा लागि रा छ" सुकिर्तीले आमालाई बिदा दिने सुरमा भनी।

आमाले बुझिन क्यारे। गईन। जाँदा जाँदै समय ठिक छैन रात बिरात छोरी बुहारी मान्छे हिन्ने गर्नु हुन्न भन्दै आमाले आफ्ना सुझाबहरु पोखिन। आमाका सुझाबहरुलाई उस्ले आदेश बुझी। ति आदेश पालना गर्ने उस्मा कुनै बिचार नै आएनन।

प्रकासले गरेर आफुले झुटो बोल्नु परेको सुकिर्तीलाई मन परेन। "झुटो बोल्ने उ बेहोर्नु पर्ने मैले" सुकिर्तीले आफै संग भनी।

सुकिर्ती बिहे गरेर आएको केही दिन सम्म त कतै जानु परे आमालाई भनेर जान्थी। सोध्ने त उस्ले गरेकी थिईन तर भनेर चै जान्थी। अचेल त्यो चलन हराईसकेको थ्यो। उ दिनभरी बाहीर गए पनि प्रकास आउने बेला घरमै आईपुग्थी। कति चोटी त प्रकास आईपुग्नु अघि उ भान्छमा पनि पुग्थी। चिया बनाईदिन्थी प्रकासको लागि। प्रकास आफुलाई धन्य ठान्थ्यो।

सुकिर्ती अब आफु मात्रै बाहिर जाने हैन उस्का साथी सहेलीहरु पनि उस्काँ आउन थालेका थिए। स्वर्णीम पनि केही पटक आईसकेको थ्यो। तर उ एक्लै भने आएको थिएन। आजै पनि आएको थ्यो उ अनुजा सँग। आमालाई न त सुकिर्ती बाहीर मन लागि जाने मन पर्थ्यो न नै मन लागि मान्छे उस्लाई भेटन आउने। सुकिर्ती घरमा आमाको उपस्थिती देखेर पनि देख्तिन थी। प्रकासलाई आमाले केही भने उस्ले "जमाना कहाँबाट काँ पुगीसक्यो आमा --" भन्थ्यो।

एउटा साँझ प्रकास अफिसबाट आएर चिया पिउँदै थ्यो कौसीमा। सुकिर्ती उ सँगै उभिएकी थिई। उस्ले क्षितीज तिर हेरेर अनयासै भनी "मैले एम् बि ए गर्न स्टेट्स जाने बिचार गरेँ"। प्रकास त सुनेको सुनै भयो। .....

 

 


 
Posted on 03-14-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी के भो त दीप ब्रो? घरमा ईटा ठप्ने बेला भएन र?
 
Posted on 03-14-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो, म सुनि रहेको छु । पछाडि बसेर । चुपचाप । हल्ला नगरि ।

अरु भाग को पर्खाई छ । म कुरि रहने छु । मन फुकाएर लेख्नु होला ।

 
Posted on 03-14-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa deep kina yati choto choto bhaneko... kati chaandai sakkine... ali laamo lekhaun na please
 
Posted on 04-23-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....

किन एक्कासी यु एस जाने बिचार आयो भन्ने प्रकासको प्रस्नमा सुकिर्तीले एम् बि मात्रै हैन पि एच डी गर्ने रहर उस्को सानै देखि थियो पनि भनी। उस्ले जबाफमा उस्को बिचार एक्कासीको हैन क्रमिकताको रुप हो भन्ने सम्झाई। प्रकास रनभुल्लमा पर्यो।

 

"तिमीलाई मेरो सफलतामा डर लाग्छ हो?" सुकिर्तीले निक्कै कठोर स्वरमा सोधी जब प्रकासले आफ्नो अस्विकृती शब्दका जालहरुमा बुनेर फ्याक्यो।

 

डर उस्लाई सुकिर्तीको सफलताको थिएन। त्यस्मा उस्ले गौरब गर्ने थ्यो। सुकिर्तीको ध्येय बयानमा प्रकासले जुन अन्तर अनुभव गरेको थ्यो। डर उस्लाई त्यस्को थ्यो।

 

"तिमी पनि हिन बरु। हामी सँगै जाम। यहाँ के तिम्रो? त्यही एउटा जागिर हो। त्यस्तो जागिरमा अल्झेर किन जिन्दगी खेर फाल्नु? उता गएर पढ्यो उतै जागिर खायो। जिन्दगी भर यो जागिरमा तिमीले कमाउने उता तिमीले दुई चार बर्षमै कमाउँछौ। फेरी पनि हुन्छु। यो बिग्रेको ढल, दिन दिनको चक्का जाम, नबल्ने बत्ति केहीको पिर गर्नु पर्दैन। ---" सुकिर्ती बोल्दै गै।

 

प्रकास जागिरको लागि नेपालमा बसेको थिएन। जागिर उस्ले नखाए पनि गुजारा हुन्थ्यो। परिबारको लागि बसेको थ्यो। उस्लाई घर छोडेर बिदेस जाने रहर कहिल्यै भएन। दाईले उस्लाई पनि उतै आउन धेरै पटक नभनेका हैनन् तर उस्ले ति बिदेसका कुराहरुलाई सुनेन।

 

जागिरको लागि बसेको हैन यहाँ। परिबारको लागि बसेको। जागिरले अल्झेको भए सायद जान्थें पनि होला। बाध्यताले अडकेको भए पनि जान्थें होला तर रहरले बसेको छु यहाँ। प्रकासले चन्द्रागिरी आकास मिलेझैं देखिने लहरमा हेर्दै भन्यो।

 

"के मेरो परिबार छैन ? मैले परिबार सँग नाता तोडेर जाने भनेको हैन नी" सुकिर्तीले भनी।

 

प्रकासले बुझ्यो उस्को सुकिर्तीको सोचाईमा अन्तर छ। त्यो अन्तर अहिले शब्दले पूर्न सक्दैनन। साँझ पर्यो। उस्को मनमा पनि।

 

घरमा सुकिर्तीका साथि सहेलीहरु आउने क्रम बढ्दै गयो। आमा सुकिर्तीको झडपहरु पनि सँग सँगै बढे। प्रकासलाई अचेल घर आउने बेला मन गर्हौ हुन्थ्यो। घरमा पुग्नु भन्नु नै उजुरीहरु सुन्नु हुन्थ्यो। एउटा असजिलो खेमामा बाँधिए जस्तो हुन्थ्यो। अस्ति बा ले गर्जेर "तेरो स्वास्नी लिएर कता जाने हो जा" सम्म भने। आमाको आँखामा भत्केको कुलेसोमा बगेको थ्यो। त्यस्ता कुराहरु थिए जुन सुकिर्तीलाई सामान्य लाग्थे तर आमालाई काँडा झै बिझाउँथे, अनि त्यस्ता पनि कुराहरु थिए जुन आमालाई सामान्य लाग्थे तर सुकिर्तीको सोचाईलाई चिरेर जान्थे।

 

उस्ले सम्झाउँथ्यो तर उस्का शब्दहरु प्रभावहिन हुँदै गएका थिए। आमाको हेराईमा सायद सुकिर्तीको छाँयामा थियो, सुकिर्तीको हेराईमा आमाको मायामा। प्रकासले आफु अबिस्वासको दायरामा पर्दै गएको देख्यो। आहत भयो तर मन उस्को त्यस्मै बानी पर्दै थ्यो।

 

प्रकासले सुकिर्तीलाई पनि धेरै नै माया गर्थ्यो। उस्लाई कतै जान दिने उस्को मन थिएन। आमालाई पनि छोडेर कतै जान नसक्ने थ्यो। सुकिर्तीलाई उस्ले बल्ल बल्ल सम्झायो। अहिलेलाई यु एस नजाने भै तर त्यो घरमा पनि नबस्ने भै। बाउले प्रकासलाई बनाई दिएको त्यो घरमा यदि सर्ने भए सुकिर्ती सँगै हुने भैइ। "हेर यहाँ सँगै बसेर नराम्रो हुनु भन्दा अलि पर बसेर राम्रो हुन्छ भने त्यो किन नगर्ने?" सुकिर्तीले भनी।

 

प्रकासले घुमाउरो हिसाबले त्यो कुरा बाउ आमालाई सुनायो। बाउले तत्कालै हुन्छ भने। आमाले भनेका कुराहरु प्रकासलाई नराम्रो बिझे। त्यै पनि आमाले रोकिनन उस्लाई।

 

सुकिर्ती खुसी भै। "हामी सँगै नबसे पनि हाम्रो परिबार यही हो। पनि कोसिस गर्छु यो परिबार राम्रो होस भनेर। बाहिर बस्दा त्यो कोसिस गर्न मलाई सजिलो हुन्छ। पछि तयार भएछु भने फेरी हामी यही आउँला, यही घरमा।" सुकिर्तीले उत्साहित भएर सुनाई। त्यो साँझ देखि बिहान सम्मै सुकिर्तीले प्रकासलाई उस्को खुसीमा नुहाईदिईरही। ......

 


 
Posted on 04-23-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो साँझ देखि बिहान सम्मै सुकिर्तीले प्रकासलाई उस्को खुसीमा नुहाईदिईरही। ......

 तर उस्को घर भाडामा दिएको थ्यो। श्रीमान श्रीमती बस्थे क्यारे दाङ्ग तिरका। प्रकासले उनीहरुलाई एक् दुई चोटी भेटेको थ्यो तर त्यो भन्दा बढी चिनेको थिएन। सबै कुरा बाउले हेर्थे। उस्लाई कहिल्यै वास्ता लागेन। उस्ले आफ्नै घर नदेखेको पनि कत्ति भै सकेको थ्यो। त्यो घर भित्र नगएको झन कत्ति भयो कत्ति।

 

" बुबालाई भन्छु भाडामा बसेका मान्छेहरु सँग कुरा गर्न।" उस्ले सुकिर्तीलाई सुनायो।

 

"किन भन्नु पर्यो बुबालाई? तिमी आफै केही गर्न सक्दैनौ?" सुकिर्ती झर्किई। आफै जाने भयो।

 

अफिसबाट हिन्दा हिन्दै उस्ले सुकिर्तीलाई आफु उता भाडामा बसेका मान्छेहरु सँग कुरा गरेर आउने सुनायो। सुकिर्तीको आबाजमा खुसी चिन्यो उस्ले। अचेल घर सर्ने कुरा भए देखी सुकिर्तीका मित्र मण्डलीहरु पनि कमै मात्र आउन थालेका थिए। घरमा तनाब घटेको थ्यो। खाली आमाका उदासीहरु बढेका थिए तर ति उदासीहरुलाई उस्ले बिस्तारै हटाउन सक्छ भन्ने प्रकासलाई थाह थ्यो।

 

अफिसबाट त्यो दिन प्रकास उस्को भाडामा दिएको घरमा पुग्दा साँझ परिसक्या थ्यो। श्रीमती चै रहीछिन घरमा। कमला रे उनको नाम। प्रकास त्यहाँ पुग्दा उनी सारी श्रींगारमा मा सजिएकि थिइन।

 

"भरखर बाहिर गएर आउनु भएको हो कि?" प्रकासले भित्र पस्दा पस्दै सोध्यो।

 

"हैन, किन ?" उनले सोधिन अनि अघि लागिन। आफ्नै घरमा प्रकास पल्याक पुलुक हेर्दै थ्यो।

 

"यसै--" मात्रै भन्यो उस्ले। उनले बैठक कोठामा प्रकासलाई पुर्याउँदै भनीन "बस्नुस --" अनि फेरी मुस्कुराउँदै थपिन "आफ्नै घर हो"

 

प्रकास पनि हाँस्यो। बसेको मात्रै के थ्यो कमला " चिया लिएर आउँछु" भनेर गईन।

 

उस्ले कोठा सबै तिर हेर्यो। एक दम सफा अनि सजाएको थ्यो। उठेर यता उता हेर्न थाल्यो। बिहेको ठुलो पारेर राखेको फोटोमा उस्ले लाज माने झै देखिने कमला भरखरै पदक जिते झैं देखिने उन्को श्रीमानलाई हेर्दै थ्यो कमला आईन।

 

उस्ले उनको श्रीमान प्रति ईँगित गर्दै सोध्यो "खै उहाँ?"

 

"उहाँ हुनुहुन्न" उनले चिया बिस्कुट राख्दै भनीन।

 

"काँ जानु भा?" प्रकासले सोध्यो।

 

"बाहिर" उनले भनीन। बाहिर घरमा घर भित्र नभए पछि उस्ले पनि बुझेकै थ्यो। भित्रै भएको भए भेट भै हाल्थ्यो नी।

 

"--" प्रकासले भन्यो सोफा तिर फर्कियो।

 

चियाको चुस्की लिंदै सोध्यो "कहिले फर्किनु हुन्छ ?"

 

"खै?" उनले त्यति मात्रै भनीन।

 

झण्डै झण्डै सुकिर्ती जस्तै लाग्यो प्रकासलाई कमला पनि।

 

निक्कै बेर बस्यो प्रकास। कमलाका श्रीमान आएनन। कमलाको बोली चाली ब्यबहार उस्लाई एकदम राम्रो लाग्यो। खाली हाँसेर बोल्ने उन्को बानी प्रकासलाई धेरै राम्रो लाग्यो। लोग्ने चाई भाग्गेमानी हुन। उस्ले मनमनै भन्यो।

 

" खाना बनाउँछु है" उनले भनीन।

 

"हैन काँ खाना बनाउनी? जान्छु अब -- खै उहाँ पनि आउनु भएन" प्रकासले भन्यो।

 

"उहाँ अहिले काँ आउनु हुन्छ ?" उनले भनीन।

 

"किन ?" प्रकासले सोध्यो।

 

उनले हाँस्दै भनीन "क्यानाडाबाट पनि छिन छिनमा आउन सकिन्छ कि क्या हो?"

 

"! अघि बाहिर भन्दा ---" प्रकासले भनीसक्न भ्याएन उनले थपिन "अब क्यानाडा भित्र हो ?"

 

प्रकास अलमलियो। .....

 


 
Posted on 04-23-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रकास अलमलियो। .....

"कहिले जानु भा बाहिर क्यानाडा?" प्रकासले "बाहिर"मा अलि जोड दिएर सोध्यो।

 

"अस्ति आईतबार" उनले सजिलै भनीन।

 

"कहिले आउने ?" प्रकासले सोध्यो।

 

" महिनाको ट्रेनिङ्गलाई जानु भा हो क्यारे अफिसबाट" उनले भनीन।

 

प्रकास उठ्यो। कमलाले सुकिर्ती, आमा, बुबाको बारेमा सोधिन।

 

"के काम थ्यो मलाई भनेर हुने भए भन्नुस " उनले भनीन।

 

"खास केही होईन" भन्दै उस्ले बिदा लिने सुर कस्यो।

 

घर तिर फर्किदै गर्दा उस्ले स्वर्णीमलाई एउटा पसल बाहीर चुरोट तान्दै गर्या जस्तो देख्यो। मोटरसाईकल अलि पर  रोकेर हेर्यो अनि भन्यो "हैन रे क्यारे--यत्तिकै" त्यो स्वर्णीमको भुतले उस्लाई बेला बेला तर्साउँथ्यो। "धन्न अमेरीका बत्तियो पातकी" मन मनै भन्दै प्रकास घर तिर लाग्यो।

 

घरमा बेलुका भोजन पछि सुकिर्तीले सोधी घरको बारेमा।

 

"लोग्ने चै रैनछ --तिन मैना पछि आउँछ रे --अब स्वास्नीलाई के भन्ने?" प्रकासले भन्यो।

 

सुकिर्तीको अनुहारमा अघिको उत्साह हराएर अहिले क्रोधका बादलहरु उठ्दै गरेको प्रकासले देख्यो।

 

"अनि? अब के लोग्ने चै नआए सम्म चुपचाप बस्ने बिचार?" सुकिर्तीले सोधी।

 

"के गर्ने ?" प्रकासले सोध्यो।

 

"तिमी केही गर्न सक्दैनौ। मै गएर कुरा गर्छु।" झर्कि।

 

"भैगो फेरी जाउँला-- तिमी जानु पर्दैन। खाली गराउँछु।" प्रकासले बल्ल बल्ल सम्झायो।

 

"आजैको भोली के जानु" भन्दै एक दुई दिन टार्यो प्रकासले। तर सुकिर्ती झर्केर पुग्ली भन्ने डर बेग्लै थ्यो। आज उस्ले जाने बिचार गर्यो कुरा गर्न कमला सँग। फोन गर्यो कमलालाई आफु केही कुरा गर्न अफिसबाट आउने कुरा सुनायो।

 

"के भन्ने कसरी भन्ने" प्रकासको मनमा कुराहरु आईरहे। भन्ने बित्तिकै काँ हुन्छ?सर्न पनि समय चाहिन्छ नी। भन्दै थ्यो आफैलाई।

 

कमला कहाँ पुग्दा चिया तयार थ्यो। एक छिन औपचारीकता पछि कमलाले के काम हो सोधिन। उस्ले एउटा सानो तिनो भुमिका बाँधेर कुरा भन्यो। कमलाको अनुहारमा चिन्ता उस्ले प्रस्टै देख्यो।

 

"अनि हामी कहाँ जाने? उहाँ पनि हुनुहुन्न।" उनले भनीन।

 

प्रकास सँग जवाफ थिएन। " कुरा गर्छु नी सुकिर्ती सँग।" कमलाले भनीन।

 

प्रकासले सुकिर्तीको बानी सँग कमलालाई परिचित गराउँदै के प्रस्ट पार्यो भने सुकिर्ती सँग कुरा गरेर केही फाईदा छैन।

 

"उसो भए बुबा सँग कुरा गर्छु -- आखिर बुबासँग कुरा गरेर बसेको हो हामी" उनले आफ्नो कुरा गरीन।

 

"प्रकासले त्यस्तो नगर्न अनुरोध गर्यो। त्यसो गरेर बुबाले सुकिर्तीको पक्षमा फैसला नगरे कुरा बिग्रिन्थ्यो। सुकिर्तीलाई फेरी अमेरीकाको भुत चढ्ने थ्यो। सुकिर्ती "स्वर्णीमको अमेरीका" जाने कुरा प्रकासको लागि मर्मभेदी बाण थ्यो।

 

तपाई पनि कोसीस गर्नुस। पनि कोसिस गरम्ला एउटा राम्रो घर खोज्न। प्रकासले सम्झायो।

 

एक्कै छिन उदासी अरु मडारिईरह्यो। प्रकास कमलाका आँखामा बिबसता बन्दी भैरहे।

 

बाहिर आकास गर्जियो। कमला तर्सिईन। त्यही तर्साईले हाँसो ल्यायो। पानी पर्न थाल्यो।

 

सुकिर्तीको फोन आयो। प्रकासले आफु भर्खरै आईपुगेको --कुरा गरेर यो पानी पर्न रोकिए पछि हिन्ने कुरा सुनायो।

 

कमलाले कता कता शब्दले बाँधेर सुकिर्तीको सोचाईको  अप्रतक्षरुपमा बिरोध गरीन। खै किन हो प्रकासलाई त्यो मन पर्यो। उनले आमाको सोचाईको सम्मान गरीन। प्रकासलाई त्यो झन मन् पर्यो।

 

"अब खाना खाएर जानुस" कमलाले भनीन।

 

"हैन पर्दैन दु: नगर्नुस" प्रकासले तुरुन्तै भन्यो।

 

"के को दु:? कसै कसैलाई एक्ली आईमाईलाई घरबाट निकाल्न दु: लागेन --" उनले भनीन। प्रकासले सुन्यो मात्रै। सुकिर्तीलाई घोचेको होला। उस्ले ठान्यो।

 

"यो पानीमा तपाईलाई जान दिन्न। मोटरसाईकलमा जानु ---केही भयो भने? आफुलाई कहिलै माफ गर्न सक्दिन -- पानी रोकिन्छ अनि जानु होला -- एक्कै छिनमा बनाईहाल्छु --तपाईँ टि भि हेर्दै गर्नुस" उनले भन्दै टि भि खोलिन।

 

प्रकास चुप चाप टि भि हेर्न थाल्यो। भरखर कमलाले "यो पानीमा तपाईलाई जान दिन्न" भनेको उस्ले सम्झियो। त्यो भनाईमा रहेको अधिकारलाई उस्ले प्रस्न गर्यो तर जबाफ उस्लाई चाहिएन।

 

आखिर उस्ले खाना नखाई हिन्न पाएन। खाना बनुनन्जेल पनि कमला बैठकमा आउँदै कुरा गर्दै गरी। एक चोटी प्रकासले पनि आँट गरेर " पनि केही सघाउन आउँ?" भनेर सोध्यो। "घरमै श्रीमतीलाई सघाउनु" कमलाले हाँस्दै भनी। उस्ले कमलालाई सुकिर्ती सँग दाँजी रह्यो। पानी रोकिईसकेको थ्यो। तर उस्लाई घर जान मन थिएन अहिले। खाना पछिको चियामा अल्झेको थियो।

 

"पानी पनि रोकीएछ अहिले " कमलाले भनी।

"जा भनेकी होला नी" प्रकासले सोच्दै उठ्यो चिया पछिको कप टेबलमा राख्दै।

 

"अँ रोकियो -- अरु दर्केको भए हुन्थ्यो नी" उस्ले बिस्तारै भन्यो। उस्ले भनेको कमलाले

 
Posted on 04-23-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...... 

"अँ रोकियो -- अरु दर्केको भए हुन्थ्यो नी" उस्ले बिस्तारै भन्यो। उस्ले भनेको कमलाले सुने हुन्थ्यो भन्ने पनि थ्यो सुन्ली भन्ने पनि थ्यो।

 

कमलाको अनुहारमा मन्द मुस्कान थ्यो। त्यो उस्को कुरा सुनेर हो वा हैन प्रकासले यसै भन्न सकेन। उस्ले याद गरेको थ्यो कमलाको अनुहार मुस्कानको फुलबारी थ्यो।

 

बिदा भएर प्रकास घर लाग्यो। सुकिर्तीले "किन ढिलो?" भन्दा उस्ले त्यो प्रस्नलाई घर खाली गर्न भनी सकेको त्यसमै कुरा मिलाउँदै गरेको खबरले किच्न खोज्यो। घर खाली हुने कुरा प्रकास किन ढिलो आयो भन्ने भन्दा अरु महत्वको भएकोले सुकिर्ती खुसी भै। प्रकास पनि कता कता खुसी भयो। फेरी आफ्नो ताल देखेर छक्क पनि।

 

एक् दुइ दिन पछि प्रकास अफिसमै थियो, फोन आयो।

कमलाको रहेछ।

 

"घर भेट्टाउनु भयो ?" प्रकास एक छिन अलमलियो। कताको घर? कस्को घर? कस्लाई घर?

 

"बिर्सिनु भयो कि के हो?" कमलाले फेरी सोधी।

 

यतिन्जेल सम्म प्रकासले सम्झि सकेको थ्यो। उस्ले कहाँ घर खोजेको थ्यो ?

 

"काँ बिर्सिनु?" प्रकासले स्वरलाई सकेसम्म स्वभाबिक पारेर भन्यो।

 

"अनि?" उस्ले सोध्ने क्रम रोकिन।

 

"भेट्या छैन, अब जुन पायो त्यै घर भएन। राम्रो चाहियो। हेर्दै छु।"

 

"काँ बाट फोन नम्बर पाईछ" प्रकासले सोच्यो। तर फोन आएको उस्लाई राम्रै लाग्यो। अचेल सुकिर्तीको पनि त्यस्तो फोन आउन्न थ्यो। उस्लाई पनि फोन गरेर सुकिर्तीलाई भन्ने केही थिएन। घरमा ढिलो चाँडो भेट भैहाल्थ्यो।

 

हुन कुन अफिसमा काम गर्ने हो कमलालाई थाहै थ्यो। त्यति थाह भए पछि सकिईहाल्यो नी। उस्ले तर्क गर्यो।

 

"तपाईँले भेट्टाउनु भयो ?" प्रकासले सोध्यो।

 

"मैले भेट्या भए तपाईलाई किन सोध्नु पर्थ्यो ?" उस्ले भनी।

 

प्रकास काममा एकदम ब्यस्त भएको बेला आएको थ्यो फोन। एक छिन अघि मात्रै हाकिमले जरुरी   यो तुरुन्तै हेरेर के भा रे मलाई खबर गर्नोस भनेर एउटा काम जिम्मा लाथ्यो। झन फोन तिर लाग्या देखेर होला हाकिमले प्रकासलाई नियाल्दै थ्यो। प्रकासलाई असजिलो लाग्यो। छेउ बाट आर्को ब्वाँसो पनि कुरा सुन्दै झै गर्दै थ्यो।

 

"सुन्नस -- घर फर्किदा त्यतै भएर जान्छु आज -- अनि कुरा गरम्ला नी है --अहिले --" प्रकासले कुरा सकाउन पाएन कमलाले सोधी "खाना खाएर जाने हो?"

 

"किन ? भरे पनि पानी पर्छ रे?" प्रकासले हांसोमा सोध्यो।

 

उस्को भन्दा उन्मुक्त हाँसो उस्ले कमलाको सुन्यो।

 

"मस्कि मस्कि को सँग हो, गुरु?" ब्वाँसोले सोधि हाल्यो।

"दिमागमा अरु केही कुरा आउँदैन?" प्रकासले झर्के झैं गरी सोध्यो।

 

पटक पटक ध्यान कमला तिर जान थाल्यो। "यो राम्रो कुरा होईन" उस्ले भन्यो उसैलाई।

 

काम सकाएर कमला कहाँ पुग्यो उ। यत्तिकै मन उस्को रोमान्चित भयो। "एक जनाको लोग्ने , एक जना को स्वास्नी -- बिनिसित्ती मन किन असला झै हुने होला?" सोच्दै छिर्यो घर भित्र।

 

अस्ति झै आज पनि कमला सजिएकी रहीछ। अनुहारमा आज पनि मुस्कानका फुलहरु फुलेकै थिए। ...

 


 
Posted on 04-23-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....

फेरी चिया आयो। गफहरु भए। काम सकेर उस्ले फोनमै कुरा गरेको भए पनि हुन्थ्यो तर रहरैले आएको थियो। हतार थिएन।

 

"घर भेटाउनु भएन उसो भए?" कुरा घरकै गर्नु पर्यो।

 

"अहँ! फेरी कता जानु घर खोज्दै। कस्ता कस्ता मान्छे हुन्छन। बाटामा यसै हिन्दा जिउ नै सिरिङ्ग हुने गरी हेर्छन।"

 

"सबै कुरा उहाँले नै हेर्नु हुन्थ्यो?" प्रकासले आँखाको ईसाराले फोटोमा भएका श्रीमानलाई देखाउँदै सोध्यो।

 

"हो सबै" कमलाले भनी। तर जुन भावले उस्ले "सबै" भनी त्यो प्रकासले अलि बुझेन।

 

"त्यसरी सबै भन्या चै के नी?" उस्ले सोध्यो।

 

"कसरी भन्नु पर्ने ?" उस्ले सोधी।

 

त्यो सबै ले के के समेटछ ? प्रकासले सोध्यो।

 

"सबैले सबै समेटछ नी --- घर परिबार श्रीमती -- श्रीमतीहरु --" उस्ले भनी।

 

उस्ले श्रीमती लाई श्रीमतीहरु पारेको प्रति प्रकासको ध्यान बिशेष गयो।

 

"श्रीमतीहरु भनेको चै के नी?" उस्ले सोध्यो।

 

"भन्या एउटी उतै दाँङ्ग तिर छिन यता छु भन्या अरु के --" यस पटक कमलाको अनुहारमा फुल मुर्झाए।

 

"तपाईँ कान्छी?" प्रकासले ह्वात्तै सोध्यो। त्यो प्रस्नलाई यसरी सोध्ने उस्को बिचार थिएन।

 

"अहिले सम्मलाई" कमलाले भनी।

 

प्रकासले के भन्ने हो बुझेन। त्यो जेठी कान्छीको कुरा आउनु पर्ने स्थिती बनेको थियो जस्तो उस्लाई लागेको थिएन। तर कुरा उठ्यो। यो जेठी कान्छीको कुरा --एउटालाई एकातिर अर्कीलाई अर्को तिर राख्ने कुरामा उस्ले आफ्नो बाउलाई सम्झियो। मनमा घृणा, सहानुभुती, स्नेह, बिद्रोह जस्ता थुप्रै भाबहरु उठे।

 

"अब क्यानाडामा को फेला परी सकी होली" कमलाले लामो सास छोडदै भनी।

 

"त्यस्तो थाह पाएर किन बे गरेको ?" प्रकासले प्रतिकृया जनायो।

 

"थाह पाएको भए ---" लौ कता को कुरा कता पुगेछ।

 

"सुन्नुस मलाई यो घरको कुराले एकदम पिर भयो। अब माईत फर्किन्छु। सबै सामान लिएर। आफ्नो कोही मान्छे पनि छैनन् यता" उस्ले भनी।

 

"म कोशीस गर्छु, तपाई पिर नगर्नुस।" प्रकासले भन्यो। उस्लाई जान मन थिएन तै पनि अब जान्छु भनेर उठ्यो।

 

"खाना बनाईसकें मैले" उस्ले भनी "तपाई आउनु अघि नै बनाईसकेकी" उस्को मुहारमा फेरी फुल फुले।

 

"काँ खाना खानी?" प्रकासले भन्नलाई भन्यो।

 

"काँ नी अब? यहीँ नी -- यो पनि तपाईँकै घर हो नी -- कि हैन?" उस्ले मुस्कान छर्दै भनी। प्रकासले ति मुस्कान टिप्यो मात्रै केही भनेन। "घर आफ्नै हो मान्छे चैं --" बहकिदो मनलाई उस्ले लगाम कस्यो।

 

प्रकासले खुसुक्क मोबाईल बन्द गर्यो।

 

पछिल्लो पटकको भन्दा यस पटक कुरा अलि बेग्लै भए। त्यस्ता कुराहरु पहिले उस्ले कसै सँग गरेको थ्यो कसैले सँग। आश, त्रास, नैतिकता, आस्था, मुल्याङ्कन, सहि, गलत यस्ता थुप्रै लहरहरु उठे यस पटक मनमा। ......

 

 


 
Posted on 04-23-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आश, त्रास, नैतिकता, आस्था, मुल्याङ्कन, सहि, गलत यस्ता थुप्रै लहरहरु उठे यस पटक मनमा। ......

कमला सँग जसरी उन्मुक्त भएर कुरा गर्थ्यो त्यसरी सुकिर्ती सँग गर्न सक्दैनथ्यो। सुकिर्ती सँगको कुरामा साबधान धेरै हुन्थ्यो। नभडकियोस भन्ने धुनमा हुन्थ्यो उ। सुकिर्तीले उस्लाई धेरै दोष लाउँथी उस्को कमजोरीहरु सम्झाउँथी। कमलाले उस्को प्रसम्सा गर्थी। उस्ले कमजोरीका कुराहरु गर्दैन थी तर प्रसंसामै कमजोर हुन्थ्यो। तर एक बिबाहित थियो अनि कमला पनि। त्यो उस्ले बिर्सिनु हुन्न भन्दै आफैलाई सम्झाउँथ्यो। आह्वानमा बिदा लिएर निस्कियो।

 

उस्ले पनि यता उता घर खोज्न थाल्यो। जति साटसुट गरे नी काममा कुरो चुहिई हाल्यो। कामका ब्वाँसोहरु "के हो गुरु पैला पैला सोझो जस्तो लाग्थ्यो --अब हुँदा हुँदै घराँ स्वास्नी राखेर बाहिर अर्कैकी स्वास्नीलाई राख्न डेरा खोज्दीन थाल्या भन्या? लौ नसकिने भो" भन्न थाली सक्या थिए।

 

घराँ सुकिर्ती घर कैले सर्नी भन्थी अर्को घराँ कमला। घरले प्रकासलाई पनि निक्कै पिरोल्न थाल्या थ्यो। कमलाको फोन अफिसमा आउँदा ब्वाँसाहरु जमजमाउने हुँदा उस्को मोबाईलको नम्बर दिएको थ्यो। अचेल कमला दुईटैमा गर्थी एउटामा भेट भएन भने।

 

एक दिन बाउले सोधे प्रकासलाई "तेरो घर सर्ने के भो?"

 

उस्ले अहिलेका डेराबाल् सर्न घर हेर्दै छन। लोग्ने चै क्यानाडा गा रेछन। प्रकासले सुनायो।

 

"दाईको घराँ बस्छन कि बुझम्ला" बाउले भने।

 

"किन दाईको घराँ मान्छे छैनन ?" प्रकासले सोध्यो।

 

"उनीहरुको घर रेडी भै सक्यो रे -- आफ्नो घराँ सर्छन अब --" बाउले भने।

 

"मै कुरा गरी रा छु डेरावाल सँग -- आजै गएर भन्दिन्छु म।" प्रकासले भन्यो। भित्र भित्रै दंग पर्यो।

 

सुकिर्ती माईती गएकी थिई। उस्का माईती मामाघरकाहरुका "योङ्ग जेनेरेशन" मिलेर जोमसोम जाने भएका थिए। उस्लाई पनि भनेकी हो सुकिर्तीले तर उस्ले नमिल्ने बताएको थियो। घरको पनि तालमेल मिलाउनु छ। उस्ले घरको पनि दुहाई देको थियो। फेरी सुकिर्तीले पनि कर गरीन। ति सुकिर्तीका हुलले उस्लाई परम्परागत प्राचिन समयमा हराएको भिनाजु झैं गर्थे। उनीहरुको तमासा हुन उस्लाई जान मन थिएन।

 

सुकिर्तीले फर्केर आउँदा घरको कुरा अझै तह लागेको रहेनछ भने उस्ले तह लाउने बद्धता प्रकट गरेकी थिई। प्रकासलाई त्यस्ले चिन्तित गराएको थ्यो। बाउको कुराले उस्को उद्धार हुने छाँट देख्यो उस्ले।

 

कमला काँ बत्तेर पुग्या थ्यो फोन पनि नगरी सर्प्राईज दिन रे भनेर आफै सर्प्राईज भयो। रहिनछ घरमा। मोबाईल् नम्बर थियो सँग तर फोन गरेन बरु पाखामा परेको माछा झै भै रह्यो।

 

यता गयो उता गयो। उस्ले खबर फोनमा दिने बिचार गरेन। मोटरसाईकल लिएर रिङ्ग रोड एक चक्कर लायो।

 

फर्केर जाँदा कमला आईसकिछ। उस्लाई देखेर खुसी भै। प्रकास पनि खुसी भयो।

 

"म अघि पनि थें -- " उस्ले भन्यो।

 

"ल हेर -- फोन किन नगरेको मलाई?" उस्ले सोधी।

प्रकास मुस्काईरह्यो। केही भनेन।

 

"गरेको भए आईहाल्थे नी" उस्ले थपी।

 

"मैले घर भेटें" प्रकासले भन्यो।

 

कमलाको अनुहारमा उदासी प्रस्न एकै चोटी उदाए।

 

"दाईको घरमा जाने -- त्यो घर खाली हुँदै रहेछ" उस्ले सुनायो।

 

"कति तिर्नु पर्ने हो?" कमलाले सोधी।

 

"त्यस्को किन पिर?" प्रकासले भन्यो।

 

"किन तिर्नु पर्दैन?" उस्ले सोधी। .......

 


 
Posted on 04-23-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"किन तिर्नु पर्दैन?" उस्ले सोधी। .......

 कुरा घर भाडावाट सुरु भयो। कमलाका अनुहारमा पहिले जस्तो फुल फुलेका थिएनन अहिले। प्रकास मलजल गर्दै थियो। कुरा अहिले डेरा भाडामा थिएनन। अन्तै पुगीसकेका थिए। बाटो चिप्लो थियो, दुईटै चिप्लिदै थिए पनि फर्किने सुरमा दुईटै थिएनन। जति बेला बिश्राम गरे अनि अनुभब भयो यात्रा कति डरलाग्दो गरेछन।

 

अर्को दिन प्रकास बिहानै दक्षिणकाली पुग्यो। भाले किनीकन चढायो। दिन भरी नै मुक्त बन्दी झै भयो। मोबाईल बन्द गर्यो। समय उल्टाउने निरर्थक उपायमा बल्झियो।  साँझ पर्दै आउँदा सिक्रि छिनाएर फुकेको भोटे कुकुर जस्तो भयो फेरी। फेरी कमला कहाँ पुग्यो।

 

समय एकै छिन स्थिर भयो त्यहाँ फेरी यति छिटो चल्न थाल्यो कि दुबैले हेक्का राख्न छोडीदिए।

 

भोली सुकिर्ती फर्किने कुरा प्रकासले सुनायो। कमला उदास भै। प्रकास रोमान्चित त्रसित दुईटै भयो। उस्लाई के हुन थालेको थ्यो उसैले बुझेको थिएन। उस्का हरेक कृयाकलापलाई एउटा एउटा निउँमा रुजु गराउन थालेको थ्यो। आफ्नो चालचलनमा आएको फरकको दोष सुकिर्तीलाई जिम्मा लगाउँथ्यो। मनमा लागेको डढेलोलाई उस्ले तर निभाउन सकेको थिएन। जहाँ निभ्यो भन्ने सोच्थ्यो त्यहा भुतभुते बाँकि नै हुन्थ्यो। हाबाको सानो लहर चाहिन्थ्यो, आगो सल्किन्थ्यो।

 

सुकिर्ती पनि दंग थिई जब फर्केर आई। जोमसोममा एकदम रमाईलो भयो भनी। "तिमी नभएर मलाई चै सार्है सुन्ने भो" प्रकासले भन्यो। "तिमीलाई पनि हिन भनेकै हो" सुकिर्तीले भनी। "अब अर्को चोटी जान्छु" उस्ले भन्यो।

 

डेरावाल दाईको घरमा सर्ने कुरा सुनायो। सुकिर्ती खुसी भै घर सर्ने कुरामा। त्यो खुसी प्रकासले साँझ छिप्पिदै जाँदा भजाउने सुर मनमा कस्यो।

 

काममा थ्यो कमलाको फोन आयो। "भरे चिया खान आउनुस है" उस्ले निम्ता दिई। "चिया!" प्रकास दंग पर्यो।

 

कमलाकहाँ जाँदै गर्दा उस्ले आफैले आफैलाई सोध्यो "आखिर मैले गर्न खोज्या के?" त्यस्को जबाफ भरे भरे दिने बिचार गर्यो पुग्यो चियाको निम्ता आएको घरमा। साँच्चिनै त्यो घर आखिर उसैको हो।

 

त्यसरी चियाको बन्दोबस्त उस्ले या निम्तामा नभए अनुनयमा भए पनि उस्ले गरीरह्यो।

 

एक दिन जोमसोमका फोटोहरु हेर्दा उस्ले स्वर्णीमलाई पनि देख्यो। मनमा भुँईचालो गयो। "को बिदेस कहिले गयो, कहिले आयो त्यो मलाई था हुन्छ? स्वर्णीमलाई मैले मात्रै चिनेको हो ? मेरो मामाघरमा आउने गरेको अहिले देखि हो? उस्ले पनि जान्छु भनेछ आयो। के ठुलो कुरा भयो?" सुकिर्ती उल्टो सँग रिसाई उस्ले स्वर्णीमको कुरा झिक्दा।

 

"अनि किन मलाई कहिल्यै नभन्या पनि जोमसोम गा कुरा?"

प्रकासलाई चित्त बुझेन।

 

"तिमीले सोध्या थ्यो ? त्यहा को को गा थे सबैको बारेमा मैले तिमीलाई भन्या थें ?" यस्तो संकिर्ण बिचार भएको मान्छे मलाई मन पर्दैन। स्वर्णीम मेरो साथि हो तिमी लोग्ने। त्यस्को फरक तिमीलाई थाह छैन भने तिमी लोग्ने हुन लाएक छैनौ।" सुकिर्ती एकदम रिसाई।.....

 


 
Posted on 04-23-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकिर्ती एकदम रिसाई।....

प्रकासले आफैलाई हेर्यो अरु केही भनेन। तर मन उस्को बिरक्तियो। उस्ले बोकेको तरबारमा जता पट्टी धार थ्यो त्यो सुकिर्ती तिर थ्यो धार नभए पट्टी उस्ले आफुलाई राखेको थ्यो तर त्यो नदेखिने अर्को तरबारको धार आफु तिर फर्केको अनुभबमा होला सायद "धारमा पर्यो जिन्दगी" भन्दै गुनासो गर्थ्यो।

 

अब सुकिर्तीलाई आफुले प्रस्न गरे पछि उस्ले पनि प्रस्न नगर्ली भन्ने छैन। गर्ने अधिकार पनि हो उस्को। सुकिर्तीले केही गल्ती गरेकी कि छैन त्यस्को एकिन सँग छैन तर उस्ले जे गरेको त्यस्को एकिन छ। दोषि को? यस्मा बिबाद थिएन। "को को?" मा सायद थियो पनि तर उस्को हदमा थिएन। उस्ले बुझेको थ्यो। तर बुझाई अस्थाई थियो। त्यो अस्थाई बुझाईले समस्याको डढेलोमा बतास बोलाई बोलाई ल्याउँथ्यो।

 

"अब उहाँ फर्किने रे" एक दिनमा लन्चमा कमलाकहाँ पुगेको बेला उस्ले भनी।

"तिन महिना भन्या हैन ?" प्रकासले सोध्यो।

"त्यस्तै भन्या जस्तो लाग्छ, हैन रे" उस्ले भनी।

"अनि अब के हुन्छ?" प्रकासले सोध्यो।

"कस्तो के?" उस्ले सोधी।

प्रकास यति बेला भ्रमित जस्तो भयो।

 

"उहाँ उहाँ, तपाई तपाई मैले के गर्न सक्छु?" उस्ले उदास भएर भनी।

 

यसो गर्ने भन्ने प्रस्ताब प्रकास सँग पनि थिएन।

 

साँझ घर उही उदासीमा प्रकास पुग्यो। पुग्ना साथ सुकिर्तीले ढोका लगाएर सोधी "तिम्रो त्यो घरमा निक्कै आवत जावत रे नी?"

 

"कुन घर?" बिना बादल चट्याङ्ग पर्या जस्तो भो उस्लाई।

 

"कुन घर अब? तिम्रै घर! के को आबज जाबत हो?" सुकिर्तीको आबाज कठोर थ्यो।

 

"कस्ले भन्यो जे पायो त्यो?" प्रकासले आफुलाई सकेसम्म नियन्त्रण गर्यो।

 

"कस्ले भन्यो सँग के मतलब? " सुकिर्तीले सोधी।

 

"तिमीले नै त्यो घर खाली गराउ भन्या हैन? अनि त्यहाँ नगै आफै खालि हुन्छ? तात्तोनछारो सँग अर्कालाई दोष यत्तिकै" उस्ले पनि स्वर बढाएर भन्यो। दबेको स्वरले पराजय संकेत गर्न सक्थ्यो।

 

"को को त्यो घराँ?" सुकिर्तीले प्रकासको आँखामा हेरेर सोधी।

 

"भन्या हैन अस्ति नै -- लोग्ने स्वास्नी बस्ने --लोग्ने चै बाहिर गा भनेर --अब आउने बेला भयो रे" प्रकासले सुनायो। मन बेतोडले उफ्रिदैथ्यो उस्को।

 

सुकिर्तीले बाण जस्ता हेराईले उस्लाई वार पार गरी तर अरु केही भनीन एउटा फुँकार सँगै बाहिर निस्की।

 

प्रकासलाई केही राहत भयो तर त्यो राहत निरिह थ्यो। सुकिर्ती सँग राम्रो सँग बोलेकी थिईन उस्ले पनि जिस्काएन।

 

भोली पल्ट अफिस जाँदा जाँदै कमलालाई उस्ले हिँजो सुकिर्ती रिसाएकी कुरा सुनायो। कमलाले तर उस्लाई घरमा आउन निम्ता दिई। उस्ले आउन नसक्ने बतायो। कमलाले अनुरोध दोहोर्याई।

 

दिन भरी दिमाग उस्को घुमी रह्यो। प्रकासले के गर्ने के नगर्नेको आगोमा आफुलाई  पाईरह्यो।

 

"के भो गुरु? हनिमुन सकियो?" एउटा ब्वाँसोले सोध्यो।

 

प्रकासलाई आज कसै सँग बोल्न मन थिएन। "उस्ले के गर्यो?" यसैमा अल्झेको थ्यो। उस्ले आफ्नो बाउलाई सम्झियो। बालाजुकि आईमाईलाई पनि। घरमा आमालाई पनि सम्झियो। सुकिर्तीलाई सम्झियो, कमलालाई पनि।

 

काम सकिए पनि आज उस्लाई कतै जान मन थिएन। काम नसकिए हुन्थ्यो --साँझ नपरे हुन्थ्यो। प्रकास गुन्दै थियो। तर एक्लै अफिसमा बसीरहने कुरा थिएन। अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो।


 
Posted on 04-23-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिपदा,

हतारहतार मा पढेर  सकियो --

त्यो घर बिगारेर दिपले गर्न खोज्या के?

जेहोस कथा चै सन्देसप्रद छ। निकै मन पर्यो:)  


 
Posted on 04-23-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो प्रभु? कथा त गोली रहेछ ।  सबै भन्दा खतरा त अफिसका साथीहरु लाग्यो . मेरा पनी थेये तेस्तइ ........ , बल्ल मेरो राज खुल्यो चार - पाँच बर्स पछी नेपाल जाँदा "गुरुले नेपालमा गर्या मस्ती त् पछी मात्र थाहा भयो हामीलाई, गुरु खल्ली " भन्दै थेय पातकीहरु ......    
 
Posted on 04-23-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यु,

WELL-COME BACK!

तपाइलाइ नयाँ बर्सको ढिलै भये पनि शुभकामना।

कथा लेख्दा लेख्दै त्यसरि बिचमा टाप हराउनु त भयेन नि। कि रियल लाइफको स्टोरीलाइ कुरेर बस्या।

कथा सकेको त होइन है????

हतारमा नसक्काउनु है? म एक्दम घत मानि मानि पढदै छु।


 
Posted on 04-23-08 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep dai hajur kaha haraunu bhako?...last nyasro laaisakya thio...inspired by you, maile ni 'koteswor ko jaam' lekheko chhu, padhidinus hai!!!
 
Posted on 04-24-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो! माष्टरपिस बन्न लागेको रहेछ! यो कृती छुटिराको रहेछ! धन्य भइयो!

नारी र पूरूष दुबैको मनोबिज्ञान बुझ्ने कलालाई सलाम छ!

सके सम्म छिटो थप्दै जाउँ, शुभकामना छ!

गजब!!


 
Posted on 04-25-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अहिले कथा जुन वाक्यहरुबाट सुरु गरेको थिएँ तिनै बाक्यहरुमा पुगेर रोकेको छु। यहिँ सम्म लेख्ने बिचार थ्यो। के कथा सकियो त? अहँ। निरन्तरता त जिन्दगी सँगै मात्रै हैन कति पटक त त्यस पछि पनि अस्तित्वमा रहिरह्न्छ। प्रस्तुतीमा स्थिती अहिले एउटा जटिल मोडमा छ। अगाडी के होला त? म साथिहरुलाई नै त्यसको बिस्लेषक बनाउँछु।

साथिहरुलाई मेरो हार्दिक आभार।


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters