[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 194896 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-06-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हाम्लाई पनि नमस्ते भन पुन्टे बुडा
लै लै ले
ए हाम्रो पनि जिन्दगी नै हो पुन्टे बुडा
लै लै लै


 
Posted on 08-06-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिका टाउकेहरु।
१ टाउके= बब दाई
२ टाउके= तिरु जी
३ टाउके= बिर्खे दादु
४ टाउके= हरी र भउते काजी
५ टाउके= पूण्टे दा
 
Posted on 08-06-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबदाइ, नमस्ते शेरखाँ। कता हो अचेल ?

जिम्मी बुढा

पुन्टेदाइ, जुरेलीलाई सन्चै छ?

१० टाउके - राहुल दा, तारेमाम !


 
Posted on 08-06-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी अझ बुध्धु भत्ता रे मलाई!!! गुर्र्र्र्र्र्र्र्र्र @#$#%#@$%#@%#$
 
Posted on 08-06-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ टाउके= तिरु जी mero autaa matra tauko chha rahuldaa

 
Posted on 08-06-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो, हरिको लागि त नसुतम्। फेरि उठ्नै सक्दैन!

लोल, तिरु! त्यो पैसा लाग्नि चईंमा ग-या हो? त्यो त अलिक महँगो छ के। सित्तै वाला नि थियो नि #। त्यो चईं पुजा गरेर राखेकी?

त्यो बोल्ने त म २० बर्षको जवान हुँदा रेकर्ड गरेको आवाज हो। अहिलेको श्वरले त तेस्तो सेउसि बिजिनिसमा ग्राहक भाग्छ के!
 
Posted on 08-06-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL poontudaaa
 
Posted on 08-06-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेकाजी अहिले झन ६ टाउकेमा परमोशन हुनु भयो? कस्ले कति वटा टाउको राख्दो रैछ भनेर गनेर बसेको म त। मलाई १० टाउको रे, रिसानी माफ होस् काजी, मैले टाउको राख्ने गर्‍या छैन।
 
Posted on 08-06-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा मत्र टाउको छ भन्दै तीन-तीनटा देखाई रा'छे। झुट बोल्नु नि शरम् पचाएर?

कोई नपाई, हाफ टाउके राहुलदाई। तारेमाम्।
 
Posted on 08-06-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका बिभिन्न महानुभावहरुले पाउने भत्ताहरु यसप्रकार छन्।

वृद्ध भत्ता- श्री बिर्खै माईला।

भाँड भत्ता- श्रि भउत भाइ भन्डारी।

जाँड भत्ता- श्रि हरितालिके

घरबार भत्ता- श्रि कुम्लेन्द्र

सुड्डा भत्ता- श्रि राहुलभाइ

सफाचट भत्ता- श्रि पुन्टेन्द्र

सेउसि भत्ता- सुश्री ठुल्नानि

ट्याउसी भत्ता - सुश्री तितौरी

डाइपर भत्ता- सान्नानि

जासुसि भत्ता- चित्रबहादुर मुखिया

फोटो भत्ता- श्रि चिप्लेन्द्र


 
Posted on 08-06-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehehe.... la mero taaukai chhaina
 
Posted on 08-06-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्याउसी भत्ता - सुश्री तितौरी kati ruppee paauchha
 
Posted on 08-06-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई! म तिन टाउके रे हाहाहाहाहा :P
 
Posted on 08-06-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा अरू त सबै ठिक छ तर यो सुड्डा भत्ता भनेको के हो?
 
Posted on 08-06-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँड भत्ता - श्री हरितालिके रे

यो भत्ता त कम्पिटिशन नगराइ दिन हुँदैन जिम्मी-दा।

तितौरीको टाउको छैन र ! तिमी मुर्कट्टा हो?
 
Posted on 08-06-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेह त्यस्तो रातो नाक बनाइर आँखामा प्लस राखेर कति रुपियाँ पाइन्छ भन्यो भने त सपै लैजाउ भन्न मन लागिहाल्छ नि हे हे हे

धुत् रिसाउनै बिर्सिराको!!!
तितौरीsss गुर्र्र्र्र्र्र्र
मैले देको पुस्टकारि सपै भाउते लाई पोस्ट गरेर
 
Posted on 08-06-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत् रिसाउनै बिर्सिराको hahahaahh

bhautedaa malai murkutta bhaneko Grrrrrrrrrrr

ahaa arko chautaree banaaune kasle ?
 
Posted on 08-06-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हो! तिरुलाई सपै भत्ता देओ! ट्याउसिको भत्ता घुमि फिरि ट्याउसि डाईबर कैं आईपुग्छ!

जाँड भत्ता चईं साँचिकै खुल्ला प्रतिस्पर्धाद्वारा नैनिर्णय गर्न पर्ला!
 
Posted on 08-06-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज लाई यहीं बिश्रान्ति। ॐ शान्ति, ॐ शान्ति। तारेमाम।
 
Posted on 08-06-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल-बा, सालीको भाग खै त ?

आफ्नी सालीलाई भा' ज्याक लगा'र २टा भत्ता दिन्थे होलान। मेरो भनेर हेला गरेको, ठिकै छ।

आफै टाउको छैन भन्छे, अनि आफै रिसाउँछे।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters