[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 23403 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-26-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यो कथा पुरै कल्पनामा आधारित , कसैको जिबनसङ मेल खान गएमा संयोग मात्र हुन जानेछ।)

"बुद्धलाइ ढोग्दा पाँच बिन्दुले छुनु पर्छ। दुइ घुँडा, दुइ कुहिना निधार। यी यसरी" भन्दै मेरो दाँया उसले पहिले बुद्धको मुर्तिलाइ  दुइ हात जोडेर नमस्कार गर्यो, त्यसपछि घुँडा टेक्यो अनि दुइ हत्केलाहरुलाइ भुइँमा  घोप्ट्याएर निधार राख्यो।

"धन्यबाद।" मैले उसलाइ नहेरी भनें।

""किन तिमीलाइ पहिले कसैले सिकाएन?"

"सिकाको थ्यो, तर मलाइ अल्छि लागेर नमस्ते मात्र गर्या हुँ। जसरी ढोगेपनि मनभित्रको आस्था उस्तै हो नि।" उसको प्रश्नलाइ त्यति ध्यान दिन मन लागेन।

"हाम्रो भाषा राम्रै बोल्दि रहेछौ नि। तर अलि उच्चारण चाँही अझै सुधार्नु पर्ने रैछ।" मन्दिर घुम्दै मेरै पछि पछि आउदै रैछ।

"हैन, तिम्रो काम छैन?  खालि मैले कहाँ के गल्ती गर्यो भन्दै हेर्दै हिँड्दो रहेछ।" मलाइ देखि झर्को लाग्यो।

"कस्तो छिटो रिस उठ्दो रैछ तिमीलाइ ! मन्दिरमा रिसाउनु राम्रो हुँदैन भनेर थाहा छैन?" उल्टै  प्रश्न गर्छ।

जति बोल्यो उति नै छेउ पुच्छरको कुरा गर्ने बानी, कस्तो रहेछ यो मान्छे त । बल्लबल्ल हप्ताको एकदिन येसो मन्दिरमा आएर शान्त अनुभव गरुँ भन्दा पनि फेरि कुन चाँही फतौरे आइपुग्या हो यो।

"मलाइ तिम्रो अर्को कुरा पनि थाहा छ।" कानैमा आएर सासले बोल्यो उ।

"के?" झसङ हुँदै मैले सोधें।

"तिमी जहिले पनि entrance fee  नतिरीकन मन्दिर आँउछौ। अरुले तिमीलाइ बिदेशी भनेर नचिन्दा हुन्, तर मैले तिमीलाइ पहिलो दिनमै चिनेको। तिनीहरुलाइ भन्दिउँ?" ठ्याक्कै अगाडी बिदेशी हरुलाइ टिकट बेचिरहेका स्टाफहरु देखाँउदै भन्यो उसले। उसको आँखामा चोर भेट्या जस्तै खुशी थियो। अलिकति डर लुकाँउदै छेउकै पाटीजस्तो बुद्धको मुर्तिहरु भयेको ठाँउमा बस्न गयें।

"भगवानको दर्शन गर्न को लागि पैसा चाहिदैन। तिमीहरु चाहि फ्री मा मन्दिर आउन पाउने हामी चाही किन पैसा तिर्ने। त्यो पनि एकचोटिमा डलर। हरेक Sunday आँउछु, त्यो हिसाबले महिनाको २० अनि बर्सको २४० डलर अत्ति महङो भयो। तैपनि तिमीलाइ यो कुरा किन चासो भाको हँ?"

"मुख हेर्दा सोझी देखिन्थ्यौ। तर येस्तो ओठें जवाब फर्काउलौ जस्तो लागेको थिएन। त्यो पैसाले मन्दिरको जिर्णोद्वार गर्छ नि ? हामीलाइ बाँड्नलाइ हो ? तिमीहरु तेत्रो पैसा कमाउने मान्छेले तेति पनि धर्म गर्न सक्दैनौ?"

 

Contd................

"

 
Posted on 02-27-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 27-Feb-08 10:24 AM

 
Posted on 02-27-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिटिक्क र छरितो कथ्य, पठनीय कथा र मननीय सारांश !

 

अनि पाठकहरुसंगको जीवित र रूचीपूर्ण सम्वादले अन्त कतै नपाईने सौहार्दता र जीवन्तता थपेको छ नै ।

 

सृजनाको लागि बधाई र प्रस्तुतीको लागि धन्यवाद छ है ।

 

अनि यो पनि सुखद लाग्यो, हामी एउटै दर्शनका अनुयायी रहेछौं ।

 

मैले यस्तै दर्शन चर्चा गर्ने अवसर एकबाजी पाएको थिएँ, Amazing को एउटा व्यक्तिगत र मार्मिक धागो (“My GF Dumped Me" ) मा ।

 

फरक के भने मैले बुझ्न सकिएका कुराहरुलाई भन्दा पनि बुझ्नै नसकिएका कुराहरुलाई समेत स्वीकार गर्नु पर्ने आवश्यकतातिर औंल्याएको थिएँ ।

 

“When it comes to relationship, there is always more to it than you can sense, make sense and talk about. Something will always remain unknown, a mystery and untold. Be mindful of that and don't ever try to get to the bottom of it, [be it] out of mere curiosity or like for the purpose of giving an accounted closure to it. No, neither you can or must understand it fully, nor a closure is really needed. Closure is for weak people and for uncherishable relationships. It's not for you and this one.”

 

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=61&PageNum=3&forum=2&threadid=42838#399349

 

 

Nepe


 
Posted on 02-27-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! हाम्रा भिक्षु महासयले पनि हसाउँछन्, ट्राजेडि परेर भिक्षु बन्न गएका रे!
यो सबै उमेरको खेल हो, १९,२० वर्षमा यस्तै त हुन्छ नि।
गजबको भिक्षु मनुवाको मनोविज्ञान चित्रण गरेछौ लप्पू तिमीले, दामी तरिकाले।
अलिकति ईन्सेक्योर, केही शंकालु स्वभावको रहेछ भिक्षु चैं। 
अनि अगुल्टोले पोल्या कुकुर पनि रैछ! अनि राम्री राम्री बिजुली झैं चम्कने केटी देखेपछि किन नतर्सोस् त?

अब कुरा आयो केटीहरूलाइ बुझ्ने या नबुझ्ने भन्ने, केटीलाइ मात्र के, कोही पनि मान्छेलाइ जति बढी बुझ्न खोज्यो
उति बुझ्न गाह्रो हुन्छ। हामीले आफैले आफैंलाइ त बुझ्न सक्दैनौ, मानव मनोविज्ञान त्यति जटील छ। फेरी सम्पूर्ण
रूपमा बुझ्नै किन पर्यो, मिलेर बस्न सके, मिल्ने कुरा गर्न सके भैहाल्यो नि। यो तिम्रै लाइनले मनग्गे जवाफ दिन्छ पनि।

>>>"धेरै आधिपत्य नजमाइकन आफ्नो प्रेमि/प्रेमिकाको प्राकितिक स्वभावलाइ सहज रुपमा बुझ्ने। गहिरो हिसाबको साध्यहरु जस्तो जटिल नबनाउने। एक मानवमा हुने केही त्रुटि कमजोरीहरुले उसको सम्पुर्ण माया अरु बिशेषताहरुलाइ ग्रहण लगाउन पनि मिल्दैन नि।"<<<


 
Posted on 02-27-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एउटै पोस्टिङमा नआउने रइछ है


 
Posted on 02-27-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेकाजीले ठूलो चित्र कोरेर कुरा छर्लङ्ग पारिदिए । कुरोको चुरोमा मानवको जटिल मनोविज्ञान (subject को मात्र होईन observer को पनि) निहित छ ।


 
Posted on 02-27-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal,

hera na. ketiharu swarthi huncha re? kasto nabhako kura garne bhanya!

Shubha,

Welcome.

riTThe,

म त मेरो computer बाट मात्र नमिल्ने रहेछ भन्या। होइन रैछ। अब नमिल्ने कुरालाइ कति मिलाउनु? ल भै हाल्यो। Thank u for your help.

“When it comes to relationship, there is always more to it than you can sense, make sense and talk about. Something will always remain unknown, a mystery and untold. Be mindful of that and don't ever try to get to the bottom of it, [be it] out of mere curiosity or like for the purpose of giving an accounted closure to it. No, neither you can or must understand it fully, nor a closure is really needed. Closure is for weak people and for uncherishable relationships. It's not for you and this one.”

 

I like this.

नेपे ज्यु, हजुरको अमूल्य प्रतिक्रियाको  लागि धन्यबाद।
जिबनमा धेरै कुराहरु बुझ्न सकिदैन, तर सबै बुझ्यो भने अरु के नै रुचिकर होला र जस्तो लाग्छ। सहज तरिकाले हेर्न खोज्छु र घरिघरि फेरि मानबीय दोषले ब्युँझिन्छु। कथाको पुरुष पात्र पनि त्यही अबस्थाबाट गुज्रिरहेको छ।

World _map,

"धेरै आधिपत्य नजमाइकन आफ्नो प्रेमिप्रेमिकाको प्राकितिक स्वभावलाइ सहज रुपमा बुझ्ने। गहिरो हिसाबको साध्यहरु जस्तो जटिल नबनाउने। एक मानवमा हुने केही त्रुटि र कमजोरीहरुले उसको सम्पुर्ण माया र अरु बिशेषताहरुलाइ ग्रहण लगाउन पनि मिल्दैन नि।"

मलाइ पनि यो कुरा सारै मन पर्छ, भन्दा र लेख्दा। तर जीबनमा लागु गर्न चाहिँ गारो हुँदो रहेछ। तर पनि प्रयास जारी छ। झगडा पर्दा चाहिँ तो कुरा होइन होइन जस्तो लाग्छ क्या फेरि।

Last edited: 27-Feb-08 12:07 PM

 
Posted on 02-27-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी माता!

जति बुझ्यो त्यति कठिन, अझै बुझ्यो अझै कठिन, सकिन मैले क्रेजीलाइ बुझ्न।

I gave up.


 
Posted on 02-27-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भिक्षु ले कहिले निर्वाण(?) हो कि ग्यान हो, ध्यान गरेर प्राप्त नगर्ने भयो, GFs लाइ भुल्न आ रे, क्रेजि लाइ देखेर पछ्या छ पछ्या छ,   क्रेजि फर्किए पछि अर्को एक महिना को समय थप गर्यो होला ध्यान गर्न लाइ - - -बिचरो   हरे बुद्धम् शरणम् गच्छामि।

crazy, excellent write, din dinai timro lekhai nikhaaridai jadai chha -- keep it up girl!


 
Posted on 02-27-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Justareader,

हा.. हा.. हा,  मलाइ पनि किताब सम्झिनु भएछ यहाँले त।

के गर्नु प्रेरणा?
गाली गर्न पनि नमिल्ने पर्‍यो उ त। बल्ल बल्ल च्याङ्बा पछि कोहि त अघि लाग्याथ्यो त्यो पनि गुरु मान्नु पर्ने भयो। आफ्नो त casting नै झुर हुन्छ यार।

बुद्धम शरणम गच्छामि!


 
Posted on 02-27-08 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

सुर्यास्त न हुँदै कथा त सकी सकेछ। म त सुर्यास्त कहिले होला भनेर पो कुरी राको थे।  लेखाइ त खै के भन्नु,सदा झै सलल बगेको छ। तिम्रो लेखाइ मा मनोबिज्ञानको दरिलो बिष्लेषण हुन्छ। अरु पनि लेख्दै  गर। बिचरा भिक्षु जी को जिन्दगी केटी हरु लाई बुझ्दै जाने भयो। तर खै किन किन मलाई पनि भन्न मन लाग्यो "केटीहरुलाइ मैले पनि कहिले बुझ्न सकिन"  


 
Posted on 02-27-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC, Thanks a lot!

तर खै किन किन मलाई पनि भन्न मन लाग्यो "केटीहरुलाइ मैले पनि कहिले बुझ्न सकिन"  
बुझ्न नसक्दा जति रमाइलो लाग्छ, बुझ्यो भने त्यो रोमान्चकता नै रहदैन।

त्यसैले नबुझेकै राम्रो क्या। मन बुझ्नेतिर होइन अब मन मिलाउनेतिर कोशिश गर्नु पर्यो। नेपालमा क्रिश्न प्रसाद भट्टराइहरु धेरै जन्मिनु भएन भन्या।


 
Posted on 02-27-08 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey CL,

For me it is either

केटिहरुलाइ किन कहिले बुझ्न सकिन ?

Or sad to say उही बिषयबस्तु, उही निराशापन र उही पट्यारलाग्दो जिज्ञासा।


 




Last edited: 27-Feb-08 06:52 PM

 
Posted on 02-27-08 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy yo pani babaal raicha...
 
Posted on 02-27-08 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Going BABAAAl krazy

Crazy ko kathaale.......
CRAZY KIYA RE..............



 
Posted on 02-27-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kya_nam_disturb,

तेहि त भन्या। मलाइ पनि त्यस्तै लाग्छ कहिले काहीँ।

म  केटाहरुलाइ किन कहिले बुझ्न सकिन ?

Or sad to say उही बिषयबस्तु, उही निराशापन र उही पट्यारलाग्दो जिज्ञासा।

 

Kancha01
तिम्रो जुम्ल्याहा दाइ कि भाइ खोइ हँ? अस्ति भ्यालेन्टाइन डे को दिन देखि लापता छ। पुलिसलाइ खबर पो गर्नु पर्ने हो कि?

 


 
Posted on 02-27-08 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing,

तिम्रो युरोप टुर कहाँ पुग्यो भन्या?


 
Posted on 02-27-08 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरेजी, म यो यो गाम्मा पुगेर हल्ल्लिएर आए।
तिमी जाने भए म फेरी जान्छु क्यारे।

जाम भने जाम तनी, किरेजी, दुई चार मैना घुमेर आम तनी...............

 
Posted on 02-27-08 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भइहाल्छनि, किन नहुनु?

अर्को बर्स हामी ( म र उ) दुबै आँउला अनि तिमी हाम्रो गाइड बनेर घुमाउ है त।

We both ( I mean me and him) love to travel frequently. First , we need to save money and visit your place hai.


 
Posted on 02-28-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

तिमी हाम्रो मनको कुरा किन कथा बनाएर टाँस्छौ हँ? तिमीलाइ सर्बोच्चमा मुद्धा हाल्नु पर्‍यो कि के हो? केहि कुरा पनि गोप्य नराख्ने कसम खाको छौ कि के हो?

जिस्केको मात्र है। वकिल खोज्न नजाउ नि फेरि।


 
Posted on 02-28-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो दुइ कक्षामा नै दुइ चोटि लव परेको अनि तिन कक्षामा तिन चोटि ट्र्याजिडी धन्न जोगीनी बनिन।"

crazy, timro unique style le marchha yar hasaara.....yo pani raamro...

केटीहरुलाइ बुझ्न कहाँ त्यती सजिलो हुन्छ र हैन भन्या


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters