Posted by: world_map February 27, 2008
केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।
Login in to Rate this Post:     0       ?        
हा हा हा! हाम्रा भिक्षु महासयले पनि हसाउँछन्, ट्राजेडि परेर भिक्षु बन्न गएका रे!
यो सबै उमेरको खेल हो, १९,२० वर्षमा यस्तै त हुन्छ नि।
गजबको भिक्षु मनुवाको मनोविज्ञान चित्रण गरेछौ लप्पू तिमीले, दामी तरिकाले।
अलिकति ईन्सेक्योर, केही शंकालु स्वभावको रहेछ भिक्षु चैं। 
अनि अगुल्टोले पोल्या कुकुर पनि रैछ! अनि राम्री राम्री बिजुली झैं चम्कने केटी देखेपछि किन नतर्सोस् त?

अब कुरा आयो केटीहरूलाइ बुझ्ने या नबुझ्ने भन्ने, केटीलाइ मात्र के, कोही पनि मान्छेलाइ जति बढी बुझ्न खोज्यो
उति बुझ्न गाह्रो हुन्छ। हामीले आफैले आफैंलाइ त बुझ्न सक्दैनौ, मानव मनोविज्ञान त्यति जटील छ। फेरी सम्पूर्ण
रूपमा बुझ्नै किन पर्यो, मिलेर बस्न सके, मिल्ने कुरा गर्न सके भैहाल्यो नि। यो तिम्रै लाइनले मनग्गे जवाफ दिन्छ पनि।

>>>"धेरै आधिपत्य नजमाइकन आफ्नो प्रेमि/प्रेमिकाको प्राकितिक स्वभावलाइ सहज रुपमा बुझ्ने। गहिरो हिसाबको साध्यहरु जस्तो जटिल नबनाउने। एक मानवमा हुने केही त्रुटि कमजोरीहरुले उसको सम्पुर्ण माया अरु बिशेषताहरुलाइ ग्रहण लगाउन पनि मिल्दैन नि।"<<<

Read Full Discussion Thread for this article