[Show all top banners]

Nirman
Replies to this thread:

More by Nirman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Yatra Sansmaran: Yeuta Beglai Anubhuti

[Please view other pages to see the rest of the postings. Total posts: 82]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 27466 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 04-07-05 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथोहरुको नेपाललाई सहयोग गर्ने भावना देख्दा मलाई साथीहरुको जमर्कोमा केहि सहयोग पुग्ला कि भनेर मेरो यात्रा विवरण राख्दै छु। ञस्लाई म part part मा प्रस्तुत गर्नेछु। नेपालको हालको स्थिति बारे यसबाट ज्ञान पाईएला कि भन्ने आशाको साथ:

"एउटा अनुभुति बेग्लै"

"आब्बुई हो!!! क्या बिघ्न रै?छ हो ऊकालो नि।" ८-९ कक्षातिरको ?घनघस्याको उकालो? पाठको सम्झना गर्दै मैले बोलें। खोई मलाई मात्र लाग्या हो कि तर त्यो पाठ लेख्नेले यो अन्धेरीघाटको उकालो नदेख्या हुनुपर्छ भन्ने लख काटें।
"काहाँ उकालो हुनु नि सर, यो ता क्याहि नि होइन" मलाइ साथ दिन संगै हिडेको लोक दाइले मेरो कुरा काट्यो।
हुन त आफु परियो शहरमा हुर्केको मान्छे, दश पाईला नि गाडिमा चढ्ने बानि लागेको, त्यो दाइ उकालो खाई शेष भएकोसंग कुरा नमिल्ने भइहाल्यो।
"हुन नि शहरमा बस्न छोडेर फिल्डतिर काम गर्ने जोश चलेर यो दु:ख गर्नुपर्यो" भन्ने मनमा चल्यो तर मलाई मजा नि आईराख्या थियो। आखिर काठमाण्डौ गएर साथीभाईलाई भोजपुर जस्तो ठाउमा गएर आएको भन्दा शानै अर्को हुने नि।
बाटो चाहिं परेछ आधा जिउ नै खाने। उकालो र ओरालो मात्र। आफु त्यतिकै दुब्लो मान्छे अब त भोजपुरसम्म पुग्दा त मान्छे नै बिलाउला भन्ने पिर पनि चल्यो मनमा।
बाटोमा कुरा गर्दै हिंड्यो भने बाटो गएको पत्तो पाइँदैन भन्थे, त्यै भएर लोक दाईसंग गफ गर्ने मेशो निकालें।
"अनि दाई, घरमा को को छन्, नि तपाईको???"
"छन् जहान अनि दोइटा भुरा।"
"अनि घर कता नि दाइको।"
"ऊ त्यहि धनकुटा हो, सान्मे गा. बि. स. पर्छ" दाईले फुईया गर्दै उत्तर दिनुभो।
हुन नि अफिसको सामानको भारि टन्नै थियो दाईको, म जस्ता त २ जनाले नि सक्दैन होला त्यत्रो भारि उचाल्न। दाईलाई थकाई लाग्या हुनुपर्छ भन्ने लख काटेँ
"यसो बस्ने कि दाई???"
"होईन, ऊ माथि एउटा होटेल छ, त्यहिं बस्नुपर्छ" दाईले यसो सुझाव दिनुभो।
आफुलाई नि थकाई लागेर भनेको अब भारि बोक्नेले नि त्यसो भनेछि लाजै लाग्यो बसम् भन्न नि।
ऊ माथि भन्या नजिकै होला भन ठानेको त आमै नि आएकै होईन।
"अझ कति छ दाई??" यसो सोधिहाले।"?सरलाई थकाई लाग्यो कि??? ऊल्टो प्रश्न पो बज्रियो।
?होइन, यसो पानी प्यास लाग्यो" मैले नि कुरा मिलाईहाले।
हुन नि त्यत्रो बाटो हिड्नलाई एउटा टुम्लेट नि बोकिएनछ। प्यास नि लागेको थियो आफलाई धन्न दाईले पत्याईहालेछ मेरो कुरा।
"आयो सर, आबो त्यहिं हो" माथ्लो डाँडा देखाउँदै दाईले भन्नु भो।
आफ्नो खुट्टोले करामत देखाउने बेला भैसकेको थियो, झन त्यति माथीलाई त्यहिं भन्दा त सात्तो नै उडिहाल्यो।
"ऊसो भए यसो थकाई नै मारौं न।" मैले लाजै पचाएर भने लु जा त।
"लु बसम् न त सर त्यहि चौतारो मा।" अलि परको चौतारो देखाउँदै दाईले नि सहमति जनाउनुभो।
आफ्नो मनमा पनि यसो आराम भो दाईको शब्द सुनेर।

********************************************


 
Posted on 04-21-05 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जा दादाले के भनेको त्यस्तो....दादा कै लेखाइको लेखासिकि गरेको त त्यस्तो कमेन्ट.....:O(...तर दादा त्यो infatuation भन्छ के जाति। हुँदैन र त्यस्तो??हाहाहाहाहाहा

रुइना अझ १ २ पार्ट बाँकि छ...कुरुम है।

निर्माण
 
Posted on 04-21-05 3:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माणजी,
बुझेँ नि त। तपाईँ पनि अबुझ पक्कै हुनुहुन्न, मेरो टिप्पणी सकारात्मक हो।
 
Posted on 04-21-05 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद दादा,
अरु चाँडै नै पोष्ट गर्नेछु,
निर्माण
 
Posted on 04-21-05 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nirman,

ma ta bhui mai thachchakka basera padhna thalen. Ke bighna ramro lekheko yaar. You have outsmarted keshab raj pindali with your humor. Hats off to you.

बाटोमा सेना भेट्यो भने त हनिहरु त सखाप सखाप आफु नि दोहोरो भिडन्तमा परेर शहिद होला भन्ने डर।

I could not stop laughing after reading this....kati samma ramro humor.

please post more soon,
 
Posted on 04-21-05 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lala uthnai ta kina paryo ra adda(half) ma ruina adda maa, ma basumla ni sangai ;).

Nirma pani kya yaar, side ma thaam deko herdai naheri somaat herna bhanera jhaparne. Hehe.

Aru ke bhanau ma, ekdamnai ramro gairako cha timro katha. I am eagerly waiting for another post.

IndisGuise:)
 
Posted on 04-21-05 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice story nirmaan jee, malai chai gazzabai laagyo hai. Nirman ko katha sunera ta malai pani tehi MILISIYA ma jaam jaam jasto laagna thalyo. kaam pani maam pani.
Dhyeet borai bhai haalyo ni,

Keep it coming broda. Eagerly waiting for some more.


 
Posted on 04-21-05 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o mi god nepali akshyar bhaiisiin barabar..tyo pani kati BI bIG..can u summarize please....pretty please
 
Posted on 04-21-05 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रा?र्मो छ साथि , बढौं अगाडि

आफु पनि पुग्याथ्यो भ्यू टावर सम्म अनि भोजपुर जाने बाटो चैं आर्मी ले बनाईराथ्यो त्यो बेंला । धनकुटाको सुन्तला र हिले को थुम्को अनि त्यहाँ बाट भोजपुर जाने बाटो सम्म चाही देख्या हो । तर अहिले नयाँ शासन चम्केदेखि चै के हो ? त्यो बेलामा पनि एक हुल केटा आछन् भनेर सोध्न आथेरे । पुलिस दाई राति ऊठ्ने दिऊँसो सुत्ने गर्थे भन्थे होटेल साउनि ।
जे होस् ,

" दोहोरो भिडन्तमा परेर शहिद होला "
" केटिहरुको पछि लाग्ने होइन नि, फेरि फस्लास् "

आई एम लभिङ ईट ।।
 
Posted on 04-21-05 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा निर्माण भाइ , दादा जीले बरु के को हो कुन्नि मग मग बासना त भेट्टाउनु भाथ्यो, तिमी त बारुदको बासनामा मात्र परेछौ।

बाटोको मादल बजाउन खोज्दा उल्टै डम्फु बज्छ कि जस्तो रैछ है त्यता त।



आफू पनि सर्भे गर्न सिन्धुली जाँदाको याद आयो । उनिहरुकै क्षेत्रमा पुगिएछ, रात भरि निदाको भे, मरिजाम ल। बिहानी पख साहु जी ले ढोका खोल्दा, ढोकाको आग्लो देखेर हामी त चिच्याएको नि डर ले। गाउँको घर। आग्लो पनि ध्वाँसोले कालै भा'रैछ, बन्दुक भनेर हामी त खर्याम् खुरुम नि।
यसो पछाडि हेर्या त एकजना साथि त खाटमुनि पसिसक्या रैछ। :)

म चैँ हैन है खाटमुनि पस्या, साँच्चि भुन्या ल। :p

ल ल निर्माण, छापामारको पनि मनै त हो, पत्थर होइन क्या रे। नाइटो छोपेर पछि लागम्, फेरि नपत्त्याउलान भनेर क्या, नझरेको देखेर। :)

-सरु


 
Posted on 04-21-05 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइटो छोपेर पछि लागम्, फेरि नपत्त्याउलान भनेर क्या, नझरेको देखेर। >>>>>>>>>>>>
hahahahahaha, lol aaiya aaiya, saru dai le chai ahile hasayo yaar. mero chai petai dukhera aayo bhanya, kasam. Kati aako hau kura pani maakasaam yaar daju haru sangai siknu parla jasto cha guf nikalna lai chai.

can u summarize please....pretty please >>>>>>>>>>>>>>
Huspuppy, common over to my place, i can summarize it for you in one night. hahahahah, lol
Common over puppy. I am waiting for ya.


 
Posted on 04-22-05 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माणको ठाँउमा म भा भे चाहिँ, ती राम्री छापामार सँग नि बन्दुक चलाउन सिक्ने थिएँ ।
"एक पथ दो काज" .....नजीक हुन पनि पाईने, भैपरी आउदा ज्यान जोगाउन पनि सकिने ।

हाहा



 
Posted on 04-22-05 1:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा... ओकेजी जाने त आउनुस् नेपालमा।
अरु जम्मैलाइ धन्यबाद भन्दै,
मेरो नया भाग है:
********************************************
शायद बन्दुक र बारुदको अगाडि प्रेमको महत्व हुन्दैन क्यारे, अब राति त्यत्रो बन्दुक र बारुद देखेछि शायद मेरा प्रेम भावना नि गाइ चर्न गइहाले। राती आगो ताप्दै लोक दाइसंग बिहानै भोजपुरतिर लाग्ने मेशो मिलाइयो। अब बिचरी ती बैनीको नि कत्ति पछि लाग्नु त, बिचरीलाइ आफ्नो बारे केहि थाहा छैन, आफु भने आफ्नै भावनामा मस्त।
अब रातभरि त्यो जाडोमा के निन्द्रा लाग्नु, फेरि ::कान्तिपुर:: लाउँ भने माथि नै कायाहरु बसिराखेका छन्। जसो तसो रात कटाइयो भनम् न। यसो एकछिन् चाहि बोरा सोरा ओछ्याएर त्यहो आगो अगाडि सुतियो, आफ्नो यो पापी मनलाइ सराप्दै, ::थुइया, भोजपुर गाको भए सुत्न त पाइन्थ्यो:: भनेर सोच्दै।
बिहानै लोक दाइ र मैले बिस्तारै कोठाबाट झोला सोला निकाल्यौं, फेरि मुर्दाहरु उठे भने अर्को आपत भनेर डराउदै। लागियो त्यसपछि त भोजपुरतिर, ती बैनी को यादलाई थ्रि नट थ्रिको गोलिले ध्याङ्ग पड्काएर। काल्पनिक प्रेम भन्दा आफ्नो ज्यान नै ठुलो लाग्यो है त्यो बेला, अरु बेला जे बोले नि।
शायद रातभरि निन्द्रा नपुगेर होला, पाइला भने बिस्तारै नै चल्दै थियो। अहिलेको बाटो चाहि ओरालै ओरालो अनि त्यसपछि उकालो रैछ। अब रातभरि को निन्द्रा छैन के कुरा निक्लनु नि बाटो हिद्दा।
१ घण्टा जति ओरालो लागेपछि मुला बारी भन्ने ठाउँ आइपुग्दो रैछ, ठाम् त के भन्ने २ ४ वटा घर अनि १ २ वटा चिया पसल थे त्यहा। चिया सिया खान बसियो त्यहिं।
चिया खाएर बसेको त एकछिनमा एकजना सानी बैनी निस्किइन भित्रबाट। यस्तै ३ ४ बर्षकि होलिन् ती बैनी। मेरो ब्यागमा यसो छामेर हेरे केहि छ कि भनेर ती बैनीलाइ देखेछि। चकलेट रैछ २ ४ वटा।
::नानुको नाम चाहि के नि??::चक्लेट दिंदै ति नानीसंग सोधे।
बिचरी नानी, अन्जान मान्छेले बोलाउदा त यसो हेर्छे।
::ऊ अंकलले के दिनुभएको हेर त:: भनेर भित्रबाट शायद उस्को आमाले भनेछि बल्ल लिइ चक्लेट, त्यो नि लजाउदै, लाएको सानो भोटो जम्मै सोहोरेर मुखतिर लाँदै।
आम्मै नि, ती सानी नानीको त छातीदेखि पेटसम्म पो चिरेको र ताका लगाएको दाग छ। जिज्ञाशाबस् मैले सोधिहाले,
::के भएको नानु त्यहाँ।::

 
Posted on 04-22-05 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

::आया भएको।:: बालशुलभ निश्चलताको साथ ती नानीले उत्तर दिइ।
चिया सिया खान सकेर हामी लागिहाल्यौ त्यहाँबाट।
::सर, अगिकि नानीलाइ त अस्ति नै दोहोरो भिडन्तमा गोली लागेको थ्यो सर, अनि पछि आर्मीले काठमाण्डौ लगेर उपचार गरेर ल्याएको नि। एउटा माओबादि नि मरेको थ्यो क्यारे,आर्मीले त्यहि छाडेर गएछन्, पछि कोहि नि आएनन् त्यल्लाइ उठाउन, पछि गन्हाएपछि यहिका मान्छेहरुले गाढे क्यारे।::लोक दाइले यस्तो भनेछि पो म झसङ्गै भए।
मेरो नि एकजना भतिजाको सानैमा अपरेसन भएको थ्यो, त्यो नानुको नि त्यहि होला भन ठानेको त कहालिलाग्दो कुरा पो सुनियो। एकछिन् त मेरो जिउ नै सिरिङ्ग भयो। शायद धेरै हिंसा देखेछि मान्छेको मन पनि त्यो हिंसामा बिलिन हुन थाल्छ होला, तर नेपालमा त्यो नहोस् भन्ने इच्छा मनमा जाग्यो। मेरो मनमा ::अरुलाइ त जे गरेनि बालबच्चालाइ त हिंसाबाट टाढा राखे हुन्थ्यो नि::भन्ने चाहना नि नउठेको होइन तर शायदै यो कुरा बन्दुक बोकेकाहरुले बुझेका छन।
********************************************

 
Posted on 04-22-05 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>lala uthnai ta kina paryo ra adda(half) ma ruina adda maa, ma basumla ni sangai ;).
--त्यति सानो मुढामा २ जना रे। ल बरु रुइना मेरो चकटिमा नै बस। जे भएनि मेरो पहिलो फ्यान हो। माया (अन्याथा नलिनुहोला) त लागिहाल्छ नि।;OP

>>O mi god nepali akshyar bhaiisiin barabar..tyo pani kati BI bIG..can u summarize please....pretty please
--well hush ji,NEPALI padhna siknuus ...:o)

>> Nirman ko katha sunera ta malai pani tehi MILISIYA ma jaam jaam jasto laagna thalyo. kaam pani maam pani.
--hahahah गोलिले पेट भर्ने मन छ कि के हो हर्के।

 
Posted on 04-22-05 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग::
********************************************
यस्तै अमुल्य तर मुल्यहिन भावनालाइ समेटेर ओरालो लागियो, र जुके खोला आइपुगेपछिको उकालो लागियो। हिजो शायद साथिले भनेको सिमाना यहि होला, एकथरि पारीबाट जिस्काउने अर्को थरि वारीबाट गोली हान्ने अनि बिचमा जनता मर्ने, अनौठो छ देशको अवस्था नि।
बिस्तारै उकालो काटेर माथि भोजपुर पुग्यौ। भोजपुर छिरिसकेपछि, हाम्रो अफिस भएको ठाउँसम्म पुग्न ब्यारेको कटेर जानु पर्ने रैछ। अब त धुक्क भइयो भनेर बाटो लाग्दै थियौं,
::ऐ, रोकौ त।:: कसैले पछाडिबाट खरोसित बोलाए।
यसो हेरेको त म भन्दा कान्छो होला ती भाइ, सिपाहि रहेछन।
::हजुर।:: मैले फर्केर भने।
::कहाँबाट आएको।:: खरो लवजमै उनले बोले।
मेरो कार्ड निकाल्दै आफ्नो परिचय दिदै मैले भने,
::हामी सडकका स्टाफ हौ, माथि अफिससम्म जान लागेको।::
यसो कार्ड हेरेको जस्तो गर्यो अनि कार्ड फिर्ता दिंदै भन्यो,
::कार्ड सार्ड छोडौ, को हो को हो नि,झोलाहरु जम्मै खोलौ त।:: हुकुम गर्दै ति भाइले भन्यो।
मलाइ आफ्ना झोला देखाउन त केहि आपत्ती थिएन तर त्यो भाइको बोलीको जुन लवज थियो शायद त्यसबाट मनमा साह्रै रिस उठ्यो। अब यहाँ नि बन्दुक नै छ अगाडि के बोल्नु। जम्मै देखाएछि ती भाइले जान दिए, तर धम्किपुर्ण वाक्य बोल्दै,
::मास्तिर त खुब भेटिन्छन् होला नि आतङ्ककारिहरु, कि तिमीहरु नि लागेका छौ??::
अब आफु के बोल्नु खुरु खुरु लागियो आफ्नो बाटो, केहि वास्ता नगर्दै।
शायद बन्दुक बोल्ने देशाँ मान्छेको बोलीको महत्व नहुँदो हो, र मान्छेको ज्यानको पनि।
एउटा पंक्ति फुर्यो मेरो मनमा:
::बन्दुक र बारुद बोल्ने देशमा बुद्ध नि रुन्छ रे,
बन्दुक बोलेछि मान्छेको मोल नि पशु सरह हुन्छ रे।::
मेरो गन्तव्य आइसकेको थ्यो तर यो देशको अनिशचित गन्तव्य ठम्याउन मलाइ हम्मे हम्मे नै पर्यो।

***************************अस्तु***************************

मेरो भन्नु:
यो संस्मरण मेरो एकैपटकको नभएर धेरै पटकको फिल्ड ट्रिपमा आधारीत हो र यस्मा मैले अहिलेको मेरो देशको स्थिति दर्शाउन खोजेको छु। यहाँ भएका घटनाहरु ती धेरै पटकका फिल्ड ट्रिपमा भएका भएनि एकै पटकका भनेर देखाइएका छन्। शायद यो बन्दुकको कोलाहलवाट निस्कने बाटो त बन्दुक समाउने हातहरुलाई नै थाहा होला, तर हामी पनि यो देशको नागरिक भएकाले हाम्रो नि स्वतन्त्रतापुर्वक जिउने हाम्रो नि अधिकार हो जुन कुनै पनि हालतमा दुइ बन्दुकको लडाइमा खोसिनु हुन्दैन। यो संस्मरण यो हिंसामा ज्यान गुमाउने जम्मै नेपालीमा समर्पण गर्दै मेरो दुई शब्द यहिं टुङ्ग्याउछु।

 
Posted on 04-22-05 4:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>::आया भएको।:: बालशुलभ निश्चलताको साथ ती नानीले उत्तर दिइ।
>::बन्दुक र बारुद बोल्ने देशमा बुद्ध नि रुन्छ रे,
बन्दुक बोलेछि मान्छेको मोल नि पशु सरह हुन्छ रे।::
मेरो गन्तव्य आइसकेको थ्यो तर यो देशको अनिशचित गन्तव्य ठम्याउन मलाइ हम्मे हम्मे नै पर्यो।

ल अमूल्य बाँड्नू भो।
आउँदा दिनहरुमा अरु नि पढ्न पाइयोस्।


 
Posted on 04-22-05 4:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अमूल्य अनूभव बाँड्नु भो। आउँदा दिनहरुमा अरु नि पढ्न पाइयोस्।
 
Posted on 04-22-05 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>>>>>>>>. मेरो गन्तव्य आइसकेको थ्यो तर यो देशको अनिशचित गन्तव्य ठम्याउन मलाइ हम्मे हम्मे नै पर्यो। <<<<<<<<<<

Well said nirman ji. when some her sons bewilder on thier paths, mother nations needs sons like you.
 
Posted on 04-22-05 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"::आया भएको।:: बालशुलभ निश्चलताको साथ ती नानीले उत्तर दिइ।"
--->Aayaa bhayeko. I could relate to this. Ekdam sune ko suneko jasto. Sarai ramro lagyo nirman ko samrachana. I hope I can enjoy more of your works Nirman. Hail to you.

Kasto chado chakati ma basna bhaneko ho. Yaha maile muuda sano bhayera bhuima basisake. Uslai Muuda ma rakhera. La la aba katha bhanne manche lai ni chakati bathai uthamcham ta hami? Baru ma muda ko tala basera tauko ruina ko kakha (kakh ma) rakhera suneko ni. Bhaima (bhuima) basna ni yeti ramailo hundo raicha. Ahhhhhhhhhaaa. :)

IndisGuise:)
 
Posted on 04-22-05 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You guys are too good. each one is a masterpiece. Wish i could write sometimes.
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters