Posted by: Nirman April 22, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
::आया भएको।:: बालशुलभ निश्चलताको साथ ती नानीले उत्तर दिइ। चिया सिया खान सकेर हामी लागिहाल्यौ त्यहाँबाट। ::सर, अगिकि नानीलाइ त अस्ति नै दोहोरो भिडन्तमा गोली लागेको थ्यो सर, अनि पछि आर्मीले काठमाण्डौ लगेर उपचार गरेर ल्याएको नि। एउटा माओबादि नि मरेको थ्यो क्यारे,आर्मीले त्यहि छाडेर गएछन्, पछि कोहि नि आएनन् त्यल्लाइ उठाउन, पछि गन्हाएपछि यहिका मान्छेहरुले गाढे क्यारे।::लोक दाइले यस्तो भनेछि पो म झसङ्गै भए। मेरो नि एकजना भतिजाको सानैमा अपरेसन भएको थ्यो, त्यो नानुको नि त्यहि होला भन ठानेको त कहालिलाग्दो कुरा पो सुनियो। एकछिन् त मेरो जिउ नै सिरिङ्ग भयो। शायद धेरै हिंसा देखेछि मान्छेको मन पनि त्यो हिंसामा बिलिन हुन थाल्छ होला, तर नेपालमा त्यो नहोस् भन्ने इच्छा मनमा जाग्यो। मेरो मनमा ::अरुलाइ त जे गरेनि बालबच्चालाइ त हिंसाबाट टाढा राखे हुन्थ्यो नि::भन्ने चाहना नि नउठेको होइन तर शायदै यो कुरा बन्दुक बोकेकाहरुले बुझेका छन। ********************************************
Read Full Discussion Thread for this article