Posted by: Nirman April 22, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहाहा... ओकेजी जाने त आउनुस् नेपालमा। अरु जम्मैलाइ धन्यबाद भन्दै, मेरो नया भाग है: ******************************************** शायद बन्दुक र बारुदको अगाडि प्रेमको महत्व हुन्दैन क्यारे, अब राति त्यत्रो बन्दुक र बारुद देखेछि शायद मेरा प्रेम भावना नि गाइ चर्न गइहाले। राती आगो ताप्दै लोक दाइसंग बिहानै भोजपुरतिर लाग्ने मेशो मिलाइयो। अब बिचरी ती बैनीको नि कत्ति पछि लाग्नु त, बिचरीलाइ आफ्नो बारे केहि थाहा छैन, आफु भने आफ्नै भावनामा मस्त। अब रातभरि त्यो जाडोमा के निन्द्रा लाग्नु, फेरि ::कान्तिपुर:: लाउँ भने माथि नै कायाहरु बसिराखेका छन्। जसो तसो रात कटाइयो भनम् न। यसो एकछिन् चाहि बोरा सोरा ओछ्याएर त्यहो आगो अगाडि सुतियो, आफ्नो यो पापी मनलाइ सराप्दै, ::थुइया, भोजपुर गाको भए सुत्न त पाइन्थ्यो:: भनेर सोच्दै। बिहानै लोक दाइ र मैले बिस्तारै कोठाबाट झोला सोला निकाल्यौं, फेरि मुर्दाहरु उठे भने अर्को आपत भनेर डराउदै। लागियो त्यसपछि त भोजपुरतिर, ती बैनी को यादलाई थ्रि नट थ्रिको गोलिले ध्याङ्ग पड्काएर। काल्पनिक प्रेम भन्दा आफ्नो ज्यान नै ठुलो लाग्यो है त्यो बेला, अरु बेला जे बोले नि। शायद रातभरि निन्द्रा नपुगेर होला, पाइला भने बिस्तारै नै चल्दै थियो। अहिलेको बाटो चाहि ओरालै ओरालो अनि त्यसपछि उकालो रैछ। अब रातभरि को निन्द्रा छैन के कुरा निक्लनु नि बाटो हिद्दा। १ घण्टा जति ओरालो लागेपछि मुला बारी भन्ने ठाउँ आइपुग्दो रैछ, ठाम् त के भन्ने २ ४ वटा घर अनि १ २ वटा चिया पसल थे त्यहा। चिया सिया खान बसियो त्यहिं। चिया खाएर बसेको त एकछिनमा एकजना सानी बैनी निस्किइन भित्रबाट। यस्तै ३ ४ बर्षकि होलिन् ती बैनी। मेरो ब्यागमा यसो छामेर हेरे केहि छ कि भनेर ती बैनीलाइ देखेछि। चकलेट रैछ २ ४ वटा। ::नानुको नाम चाहि के नि??::चक्लेट दिंदै ति नानीसंग सोधे। बिचरी नानी, अन्जान मान्छेले बोलाउदा त यसो हेर्छे। ::ऊ अंकलले के दिनुभएको हेर त:: भनेर भित्रबाट शायद उस्को आमाले भनेछि बल्ल लिइ चक्लेट, त्यो नि लजाउदै, लाएको सानो भोटो जम्मै सोहोरेर मुखतिर लाँदै। आम्मै नि, ती सानी नानीको त छातीदेखि पेटसम्म पो चिरेको र ताका लगाएको दाग छ। जिज्ञाशाबस् मैले सोधिहाले, ::के भएको नानु त्यहाँ।::
Read Full Discussion Thread for this article