crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 खाली पानाबाट.....

[Please view other pages to see the rest of the postings. Total posts: 129]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 45521 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।


निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।


बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको  बचपना त कति छिटो सकिएछ निलुले सोचि।


"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।

"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।


"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।


"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।


"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।


निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको  पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्‍यो। यस्तो बिषयमा  मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।

भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।

क्रमश:..........

 

 

Last edited: 11-May-08 05:10 PM
Last edited: 11-May-08 05:55 PM

 
Posted on 05-15-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bangkok ma ED ko treatment garna jana lagya justo cha !!

Sajal "gay" po ho ki ?

Hey Crazy ..kati suspense ma rakhi chadya ?


 
Posted on 05-15-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish Jyu,

bharkhar ta biheko 4 din bhayo. aba ahile kasari sabai kura tha huncha ta? pakhnu na nilule katai kehi evidence bhettauche ki?

na sajal saachikai stressed out bhako cha ki? k tha?

yo sabaiko uttar chittai aucha.

tapaiko ruchiko karan katha lekhne utsah ajhai badhyo mero.

Thank u very much for your comment.


 
Posted on 05-15-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सजले ले बिहे नगर्नु पर्थ्यो निलु सँग ! हाम्री निलुको नैसर्गिक अधिकार सँग खेल्ने तेस्को कत्रो हिम्मत ! अहिले सम्मको प्रस्तुतीको मुलयान्कन गर्ने हो भने सजले को १०१% गल्ती छ !

हा हा हा कथा पढदा पढ्दै कस्तो माया लाग्यो क्या निलु को तेइ भ'र !

क्रेजी तिम्ले त किताब निकाल यार !


 
Posted on 05-16-08 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Female psychology at its best, कथाहरु मा पढ्न लेख्न सबै भन्दा मजा आउने ,अनि u have done full justice to the female charector ,I am loving this story...................मैले यो कथाको दुइ किसिम को अन्त्य गेस गरेँ हेरौँ मिल्छ कि मिल्दैन !!!!!!!!!!!!


 
Posted on 05-16-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katti chittai this part got over.... even i am beginning to think that Sajal is gay!
 
Posted on 05-16-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think Sajal is really having bad time, as he says. Its just Nilu who is thinking otherwise.

Whatever the case might be, I'm loving it.


 
Posted on 05-16-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story is adding more mysteries to it as it moves ahead. It seems CL is heading towards a psychological suspense this time. Good job, gurl !!
 
Posted on 05-16-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश ले भने जस्ताइ ED को treatment गर्न बैंकक गको हुनुपर्छ हाहाहाहा


 
Posted on 05-17-08 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awesome...smooth... binding..equations.. analysis... constraints.. .. solutions... emotions.. flow...everything...

this  is the best one i have read from you... its simply great... quality female psycology.... perfect expressions...

welll crafted...

go saili go... you are at your best...

thank you for sharing..


 
Posted on 05-18-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,

 किताब त मैले स्कुल जाँदा ब्यागबाट कति निकालेको कति, रुटिन अनुसार हरेक दिन ब्यागबाट निकाल्दै राख्नु पर्ने। किताब निकाल्दा निकाल्दा बल्ल त थाकेर बसेको म।

प्रोत्साहनको लागि धेरै धेरै धन्यबाद।

फुच्चे ज्यु,

मलाइ खुसुक्क भन्नु न तपाइको गेस। कतै मिल्छ कि?

Sheetalb,

There are many parts coming up. म पनि सजलको ब्यबहार देखेर चकित छु।

सुजाता,

हो त नि। सजललाइ ठुलै समस्या पर्‍या जस्तो छ है? हेर्दै जाँउ के के हुँदो रैछ।

NKC,
Thank u very much for your comment.

mohanB,
मलाइ पनि त्यस्तै लाग्न थाल्यो बाइ। साँच्चै हो कि के हो?

सोमेसाइला,

के छ तिम्रो हालखबर्? खोइ त कथा लेखेको? तिम्रो कथा पढ्न नपाएको धेरै भयो। छिट्टै लेख न।
कमेन्टको लागि मुरिमुरि धन्यबाद।

साथीहरु,

समय ब्यस्तताले गर्दा केहि दिन अर्को भाग लेख्न सकिन। तर फुर्सद मिल्नासाथ तुरुन्त लेख्छु भन्ने बिचार गरेकी छु। प्रतिक्षाको लागि धन्यबाद!


 


 
Posted on 05-20-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको रिसिवर कानमा राखेर निलु सोच्न थाली। बिहे भाको चौथो दिन उ एक्लै हुने भइ। सजल हुँदा पनि त उ एक्लै नै त थी। सजल हुनु र नहुनुको फरक छुट्याउन सकिन निलुले। अर्थात् लोग्ने हुनु र नुहुनुमा केहि भिन्नता देखिन। सजललाइ झन् बलियो बहाना मिल्यो निलुसङ टाढा हुने। निलु सजलसङ नजिकिने उपायहरु खोज्न थाली।

"निलु मैयाँ, कस्को फोन?" सानी देखेर निलु झस्कि। फोन हत्तपत्त राखी।


"सजल बैंकक जाँदैछ आज। उसको एकदम जरुरी मीटिङ छ रे।"


"कस्तो अचम्म!" सानी छक्क परी।


"किन र सानी?"


"किन पनि होइन। हुन त ठुलाबडाको कुरा अर्कै हुन्छ होला।"


"किन भन्न?" निलुले अलिकति आशा राखेर सोधी।


"हिजो राती त हजुर खुबै के के भन्दै हुनु हुन्थ्यो नि। सजल राजाको के छैन भनेर। बिहे गरेपछि निलु मैंयाँ कस्तो मात्तिएको बाइ? त्यस्तो कुरा पनि जोक गर्ने हो त?" सानीले आँखा घुमाँउदै भनी।


"मैले जोक गरेको होइन।" निलु अन्जान पारामा बोली।


"आफ्नो लोग्नेको त्यस्तो कुरा पनि थाहा हुन्न त?"


"मलाइ के थाहा नि? सजलले मलाइ अझैसम्म छोएकै छैन त। मलाइ उसको हात नरम, कडा कस्तो छ पनि थाहा छैन" निलुले कसैलाइ भन्दिन भनेको कुरा फुस्क्यो।


"झुठ नबोल्स्यो त निलु मैंयाँ। त्यस्तो पनि कहिं हुन्छ?"


"धरोधर्म मैले झुठ बोल्या होइन।"


"मेरो कसम?"


"तेरो कसम!"


"पशुपतिनाथको कसम?"


"पशुपतिनाथको कसम!"


बल्ल सानी गम्भिर भइ। केहि बेर सोचेर भनी।


"निलु मैंयाँ हजुर पढेलेखेको मान्छे। यस्तो कुरामा बिस्वास गर्सिन्न होला।"


"कस्तो कुरामा?"


"कहिले कहिं टुनामुनाले पनि लोग्ने आफ्नो बनाउनु पर्छ क्या। कति मान्छे हरु अझै पनि त्यस्तै गर्छन्। अरुतिर लागेको लोग्ने आफैसङ फर्किन्छन् बाइ।"


"लोग्नेको मन नै अरुसित छ भने लोग्ने मात्र फर्केर के काम। जे हुन्छ हुन्छ, हुने कुरालाइ कसले टार्न सक्छ।" निलु बेफिक्री भइ एकछिनको लागि।


"त्यसो भनेर कहाँ हुन्छ। हजुरलाइ त बाजा बजाएर बिहे गरेको। सजल राजाप्रतिको पहिलो अधिकार नैं हजुरको हुन्छ।"


"भैगो यो कुरा नगर्। मेरो टाउको त्यसै ह्याङओवरले दुखिराको छ।"


"हजुर कहिले सम्म चुप लाग्सिन्छ?।"


"ओहो!  सानी अहिलेलाइ भैगो। प्लिज यो कुरा कसैलाइ नभन है?"

सानी बोलीन।


"मेरो कसम?"


"हजुरको कसम!" भित्तातिर हेर्दै सानीले भनी।


"पशुपतिनाथको कसम?" निलुलाइ बिस्वास लागेन।


"पशुपतिनाथको कसम।" बल्ल निलु ढुक्क भै।

फोनको घन्टी फेरि बज्यो। सानी बाहिर गइ। निलुको सासुले सजल बैंकक गए पनि तिन बास गर्नु हुँदैन, घर आजै फर्किनु भनेर बोलाउनु भयो। निलुलाइ जान मन नलागे पनि हुन्छ भन्न
करै लाग्यो। साँझतिर निलु बेमनले त्यो घर गइ जहाँ उस्को लोग्ने थिएन। घर पुग्नासाथ सासुले बिहेको फोटोहरु हेर्न भनेर उहाँको कोठामा लानु भयो। कोठामा उसले कतै देखिसकेको एउटा अनुहार देखी।


"नयनलाइ चिन्यौ निलु?" सासुले सोध्नु भयो।


"कतै देखेको जस्तो लाग्यो।" निलुको उत्तर आयो।


"तिम्रो बिहेमा फोटोग्राफर नैं उहि थ्यो नि। कुरा छिन्ने दिनमा पनि आको थ्यो नि हामीसङ तिम्रो माइतीमा। बिर्स्यौ?" सासुले सम्झादिनु भयो। बल्ल निलुले सम्झी हरेक कोणबाट नयनले निलु र सजलको फोटो खिचि रहेको हुन्थ्यो। नयन सजल कै उमेरको हुँदो हो, तर सजल जति आकर्सक होइन। सामान्य खालको ब्यक्तित्व।


"म त भाउजु भन्दिन है, निलु? धेरै औपचारिकता आँउदैन मलाइ। म "तिमी" नैं भन्छु। सजल मेरो साथी, तिमी पनि मेरो साथी।"


"नयनको यहि बानी मन पर्दैन मलाइ। मान  सम्मान भन्ने कुरो बिर्सिनु हुन्न नि। निलुलाइ मन पर्छ कि पर्दैन उ चाहीं नामै काटेर बोलाउछु भन्छ।" सासुले आफ्नो कुरा राख्नु भयो।


"सजलको साथी भए ठिकै छ नि त।" निलुले सजिलै उत्तर दी।


"नयनको बोली रुखो भएपनि मन सफा छ। अत्ति मिलनसार छ। कसैको चित्त दुखाँउदैन र परेको बेला मद्दत गरिहाल्छ। त्यसैले उसको कुराहरुलाइ लिएर चित्त नदुखाउनु।" सासुले हांस्दै भन्नु भयो।


"फोटोहरु राम्रो आएको छ। मैले त सबभन्दा राम्रो फोटोलाइ ठुलो बनाएर "फ्रेम" मा राखेर ल्याँए। तिमीलाइ मन पर्छ कि पर्दैन?" नयनले सामुन्ने रहेको फोटो अल्बमहरु देखायो र केहि फ्रेममा सजिएको फोटोहरु।

निलु फोटो हेर्न थाली। सबै फोटोहरु राम्रा थिए। सजल र निलुको जोडि एकदम सुहाएको थ्यो। सुनौलो फ्रेमको फोटो झनै राम्रो थियो। उसले त्यो फ्रेमलाइ उठाएर नजिकैको टेबलमा राखी।  फ्रेममा सजिएको  फोटो टेबलमा राखनासाथ अकस्मात चिप्लिएर भुँइमा झर्‍याम झुर्रुम भयो। निलुको अनुहारमा थरिथरि रङहरु देखिन थाले। "अपशगुन"को भयले निलु डराइ। त्यसै त चिसो सजल र उसको सम्बन्ध अब फेरि के हुने होला भन्ने शंका आयो मनमा। उ मुर्ति जस्तै ठिङ उठि रहि। सासुको मुहारमा पनि चिन्ताको लहर देखा पर्‍यो। निलुलाइ हेर्दै भुँइमा फुटेको फोटो हेर्दै सासुको मन अमिलियो।


"अर्को फोटो बनाउला नि। के को पीर?" नयनले बाताबरणलाइ सहज बनायो।


"तेइ त, टबल नै चिप्लो थियो। मैले अघि नैं भन्नु पर्ने तिमीलाइ।" सासुले मन नलागी नलागी भन्नु भयो।


"यो सिसा खुट्टामा बिझ्न सक्छ। म सफा गर्छु।" निलु कुचो खोज्न थाली।


"गीताले सफा गरि हाल्छे नि। गीता बोलाइस्यो न मम्मी।" नयनले निलुलाइ बुझ्या जस्तो गर्‍यो।


"गीता घर गाकी छ, उसको बुबा सिकिस्त बिरामी भएर।"


"कहिले?" निलुको स्वर अलि ठुलो भयो।


"आज बिहान। सजल हिँड्नुभन्दा १ घन्टा पहिले।"


क्रमश:

 

Last edited: 20-May-08 11:05 AM

 
Posted on 05-20-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau lau... so sad for Nilu... malai nai kasto maya lagyo niluko...
 
Posted on 05-20-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ra?

Sheetalb tapailai niluko maya kasari lagyo?

 

 


 
Posted on 05-20-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो कुरा बुझ्दा यो गीता भन्ने जन्तुले भिल्लैन खेले जस्तो छ


 
Posted on 05-20-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

mohanB,

गीता जन्तु कहाँ हुनु?  उ त हामी जस्तै दुइटा खुट्टा भाको प्राणी हो। नाक, मुख, आँखा सबै छ रे क्या उसको। सुकोमल नारी, सजलकि प्यारी। हे हे हे.....

Thanks for commenting.


 
Posted on 05-20-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>सजललाइ झन् बलियो बहाना मिल्यो निलुसङ टाढा हुने।<<<

यो भागको दोश्रो लाइनमा राखेको माथि उल्लेखित यो वाक्य कस्ले भनेको हो? निलुले सोचेको हो कि क्रेजी (कथाकार) को भनाइ हो?

निलु ले सोचेको हो भने:-
के अब निलु लाई स्पस्ट भईसकेको हो सजल उ बाट टाढा हुन खोज्दैछ भनेर? हो भने अघिल्लो भाग सम्म मा त निलुको सजल प्रतीको सोचाइ त्यस्तो देखाइएको छैन त !

क्रेजी (कथाकार) को भनाइ हो भने:-

के साच्चै नै सजल आफ्नो ब्यापारको काम कारवाही ले नभएर निलु सँग टाढा नै हुन खोजेको हो भन्ने कुरा देखाउन खोजेको हो र?

 

 
Posted on 05-20-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी सबै पढेर सिध्याएँ। कस्तो मोड मा रोकेको यार? त्यो सजल ले गर्न खोजेको के हो ? उस्को त त्यही गीता सँग चक्कर हो कि क्या हो? अनी किन बिहे गरेको त निलु सँग? अब एक्कै चोटि पुरै टाँसिदेउ न मिल्छ भने।  म जस्तो पाठकहरुको खुल्दुली मेटाउनु पर्‍यो है


 
Posted on 05-20-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish Ji,

ho bhanya malai pani testai sanka lagyo kya. kasto hai tyo sajal?


 
Posted on 05-20-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ज्यु,

धेरै राम्रो प्रश्न गर्नु भएकोमा धन्यबाद!

निलुको 'क्रेजी' मनले त्यो सोचेको हो। कथामा निलुको मन आफैसङ बोलीरहेको सन्दर्भमा त्यो बाक्यको प्रयोग भएको हो।

कस्तो गार्हो गार्हो प्रस्न सोधेको यो रिट्ठेले बाइ।

निँहु खोज्या हो?

नयनलाइ भन्दिउँ?

दिपिका,

एक्कैचोटि सप्पै लेखु भन्या सजल बैंककमै छ। निलुलाइ नबोलाए पनि मलाइ बोअलाँउछकि भन्ने झिनो आशामा छु क्या साथी।

तिम्रो नयाँ कथा कहिले आँउछ नि साझामा?

कलेजो कि पित्त भन्ने साथी पनि हरायो आजकाल। उसको कलेजो नैं हरायो भनेर कान्तिपुरमा पढेकी थें।


 
Posted on 05-20-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश ज्युको प्रश्न मैले बुझ्न सकिन हजुर!
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters