crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 क्रमश:

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 47246 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-26-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

भाग-१


ओरिएन्टेसनको पहिलो दिन मैले पाँच जनासङ कुरा गरेँ। ती मध्ये चार जना पुरुष र एक महिला थिए। त्यहीको स्टाफले चिनाएपछि उनिहरु म सङ कुरा गर्न राजी भएका थिए। शुरुमा त मलाइ बिस्वाश लागीरहेको थिएन कि उनिहरु मानसिक रोगी थिए। हुन सक्छ उनिहरु औषधीको असरले सामान्य अबस्थामा आइसकेका थिए। भित्र भित्र मलाइ डर पनि लागीरहेको थियो, कतै उनिहरु अचानक आबेशमा आएर प्रहार त गर्दैनन्। त्यसैले बस्ने मेच बिरामी भन्दा मैले केहि दुरीमा राखेकी थिंए। बाहिर सानो बंगैचा थियो, अरु स्टाफहरु पनि थिए। म सकेसम्म स्टाफ कतातिर छन भनेर बिस्वस्त हुन चाहन्थे। यदि मलाइ केहि समस्या परि हाल्यो भने उनिहरु मेरो उद्वार गर्न कति छिटो आउन सक्लान भनेर उनिहरु र हामीहरु बिचको दुरी कुराकानीको बिचबिचमा अबलोकन गर्थे। दुइजना सङ कुरा गरिसकेपछि म मा हौसला बढ्यो, मैले तेस्रो बिरामी आफै छाने र कुरा गर्न सक्छु भनेर अनुमति लिँए। कुरा शुरु गरेको एकै छिन पछि उसले पर एउटा महिला बिरामी बाहिर निस्केको हेर्दै थियो, उ त मेरो प्रश्न सुन्दै नसुनी उतैतिर गयो। पछि मैले देखे, उ बिक्षिप्त जस्तै थियो, उ बेला बेलामा धर्धरी रोइरहेको थियो। उ एकजना बाहेक अरु सबै मलाइ बिल्कुलै सामाजिक लागेको थियो त्यो दिन।


साइकोलोजीले किन हो मलाइ सधैँ तान्थ्यो। मानिसको साइकोलोजी त्यसको असर, मानसिक स्वास्थ्य र त्यो भन्दा पनि महत्वपूर्ण अनुभवको लागि राम्रो अबसर थियो। साइकोलोजी कहिले बुझ्नै नसकिने बिषय भयो मेरो लागि। रुचि भए पनि अहिलेको अबस्था चुनौतीपुर्ण थियो। म मा अनेकौ किसिमका शंका उपशँका हरु थिए। तिनीहरुलाइ लुकाएर पनि म सामान्य बन्ने प्रयास गरीरहेकी थिए। पाँचौ बिरामी, जो महिला थी। उसैले पहिलो प्रश्न मलाइ गरी।


"अब के गर्छौ त तिमी?"


"भनेको मतलब।" एक्कासी उसको यो प्रश्न मैले बुझ्न सकिन, उ मेरो परिचय पत्र हेर्दैथी।


"अब तिमी यहाको कर्मचारी भैहाल्यौ। तलब पाइ हाल्छौ, पढाइ पनि सकियो। अब तिम्रो के छ त अरु योजना?"


"हँ---?" मैले नसोचेको प्रश्न थियो, त्यसैले जवाफ खोज्नै सकिन। जे पायो त्यही भन्न मन लागेन।


"त्यसबारे मैले सोचेको छैन। तपाइ यहा आउनु भएको कति भयो?" मैले मेरो प्रश्न थाले।


"यसपटक तीन महिना भयो। अब छिट्टै जेल फिर्ता पठाँउछन् होला मलाइ।" उसले जेल पनि त्यसरी नै भनी जसरी हामीहरु पसल जान्छौ। मनमा किन होला जेल जानु पर्ने भन्ने प्रश्न त थियो, तर सोध्न अप्ठ्यारो लाग्यो। त्यसैले चुप भए।


"म आमा  बन्दैछु नि!" उसले आमा बन्नु पनि कुनै उत्साह नदेखाइ भनी। पहिले मैले उसको शरीर मोटै भएको कारण राम्ररी देखिन। उसले भनेपछि उ गर्भबती जस्तो देखिन थाली। मेरो अनुहारमा अरु आश्चर्यबाचक चिन्हहरु उदाउन थाले। कति सम्म ब्यक्तिगत प्रश्न सोध्न मिल्ने हो वा कति सम्म नमिल्ने म दुबिधामा परेँ।


"उ त्यो युनिट छ नि!" उसले हामी बसेकै ठाँउबाट अर्को उनिट देखाइ। "हो त्यहिको एउटा बिरामी सङ मेरो सम्बन्ध भयो पोहोर आँउदा। म प्रेग्नेन्ट भएको कुरा त्यसलाइ नि थाहा छैन। अब एक महिना बाँकी छ, बच्चा जन्मिन्छ अनि म हलुका हुन्छु।" उसको कुराहरु मेरो लागि झन झन कथा जस्तो रुचिपुर्ण लाग्न थाल्यो।


"अनि त्यसपछि--!" मलाइ सोध्न मन लागेको थियो, तैपनि नसोधी "ए, ए!" भन्दै टाउको हलाइरहेँ। फेरि उसैले भनी।


"यो बच्चा लिनलाइ एक परिवार तयार भइसके। सामाजिक कार्यकर्ताले सबै मिलाइसक्यो। मैले बच्चा राखेर पनि के गर्नु हैन? आफै छ- छ महिनामा अस्पतालमा भर्ना हुनु पर्छ।" उसैले सोधी, उसैले उत्तर दिइ।


मैले उसको बारेमा धेरै सोध्नै परेन। बाइपोलार डिस्अर्डर रहेछ शायद स्किजोफ्रेनिया पनि, अरु पनि धेरै डाइग्नोसिस थिए। उसको अरु पनि हुर्किसकेका बच्चाहरु थिए तर उसङ थिएनन्। उ कोर्ट अर्डर कुरीरहेकी थी, मैले त्यसमा केहि मद्दत गर्न सक्छु की भन्ने पनि बुझ्न चाहन्थी। म केही गर्न सक्दिन थें। कुराकानी अन्त्य गर्ने मोडमा आएपछि उसले फेरि सोधी।


"तिम्रो जीबनको लक्ष्य के?"


"अँ---!" म अकमक्किए।


"लक्ष्य क्या लक्ष्य?" उ "गोल" "गोल" भन्दैथी मैले बुझिन कि भनेर।


म उसङ माफी माग्दै रिपोर्ट बुझाउने बेला भयो भनेर हिँडे।


मेरो कानमा उसको सोधाइ गुन्जिरहेको थियो "तिम्रो जीबनको लक्ष्य के?"


कथाको शीर्षक नैं क्रमश: छ नि है?


to be continued..

Last edited: 26-Sep-10 01:56 PM
Last edited: 26-Sep-10 02:06 PM

 
Posted on 10-26-10 12:50 PM     [Snapshot: 1822]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, म नि एक चित्त भएर कथा पढ्दै छु है। मज्जा को कथा रैछ नि। लु अर्को भाग पनि चाडै टासम त।


 
Posted on 10-27-10 2:06 PM     [Snapshot: 1922]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-९


"ल, बधाइ छ, आजदेखि तिमी पूर्ण रुपमा यहाँको कर्मचारी भयौ।" तालिम सकेको दिन सुपरवाइजरले मलाइ अङालो मारी। मलाइ अलि अलि डर डर लाग्यो। पहिले पो उसको पछि पछि लाग्यो, उसैलाइ सोध्यो, सबै उसैको जिम्मा हुन्थ्यो। अब गार्हो दिनहरु आइरहेझैँ भान भयो। तर मैले उसलाइ धन्यबाद दिँए।


"तिम्रो मातहतहतमा ५ जना कर्मचारी हुनेछन्। तिमीले समय, बिरामीको अबस्था र कर्मचारीको दक्षता हेरी उपयुक्त निर्णय लिन सक्नु पर्नेछ।"


मैले लामो स्वाश फेरेँ। सबै नयाँ, सबै नौलो। त्यसमाथि खाउ भने कान्छा बाउको अनुहार, नखाउ भने दिनभरिको शिकार जस्तो काम। यताउता पल्याक पुलुक हेर्दा, ज्याक र एउटी महिला कर्मचारी मलाइ नै हेरी कुरा गरिरहेको देखेँ।


"आज देखि तिमीहरुको सुपरबाइजर उनी हुन्।" सुपरवाइजरले म तिर देखाउदै भनी। उनिहरु नजिकै आए।


"यिनी शेरी  र उ ज्याक।" सुपरवाइजरले परिचय गराउन खोजी।


ज्याकले एकचोटि मलाइ सर्लक्क मलाइ हेर्‍यो, फिस्स हाँस्यो मात्र केहि भनेन तर शेरी ले हात मिलाइ। "म त हाम्रो नया सुपरवाइजर अग्लो, ६ फुटको ज्याङो मान्छे होला भनेको त, तिमी त मै जत्रो पो रैछ्यौ।" उ हाँस्दा मलाइ अपहेलित महसुस भयो।


"बाइ द वे,  म यहाँको सबै भन्दा पुरानो स्टाफ हुँ, तिमी जस्तो कति जना हाकिमसङ काम गरेँ, केहि बुझेनौ भने मलाइ सोध्नु तर मेरो अनुमति बिना केहि पनि परिबर्तन गर्ने कोशिश नगर्नु।" शुरु मै धम्कि को भाषा बोली शेरीले, मलाइ कस्तो कस्तो लाग्यो।


मैले मेरो सुपरवाइजरलाइ हेरे। उसले कुरा बुझी क्यारे, बाताबरणलाइ सजिलो बनाउन शेरीलाइ भनी" तिमी पुरानो उ नयाँ, सबै मिलेर काम गर्नु पर्छ, कसैसङ कसैले जोरी खोज्नु हुँदैन।"


पछि सुपरवाइजरले मलाइ शेरीको बारेमा सबै बताइ। शेरी त्यो ठाँउको सबै भन्दा ज्याद्रो स्टाफ रैछे, कसैले तह लाउन नसकेको, कर्मचारी युनियनतिर पनि लागेकी, काम ठग्न एक नम्बर सिपालु अनि हकिम बिरोधी तत्व। सबै उसले कहिले काम छोड्ली भनेर पर्खी बसेका रहेछन्। हिस्प्यानिक मुलकी, हिँड्दा सिपाही जस्ती शेरीसङको पहिलो भेट धेरै नराम्रो लाग्यो मलाइ। मैले आफ्नो भबिष्यमा सबैभन्दा ठुलो चुनौति उसैलाइ देखे। उ मेरो मातहतको कर्मचारीहरुको हाकिम, तर मेरो हाकिम हैन र पनि उ पहिलो दिनमै मेरो उपहास गर्दैथी। के मेरो शरीरको अग्लाइले मेरो कार्य दक्षता झल्काँउछ। कस्तो नराम्रो बुझाइ मानिसहरुको ? यत्रो समान हक र अधिकारको कुरा गर्ने देशमा पनि मानिसहरु रङ, जात र शारिरिक बनावटको आधारमा पुर्ब धारणा बनाउन चुक्दैनन्। कत्रो बिडम्बना ?


"फुच्चि पो रैछ हाम्री नयाँ हाकिम त !" भन्दै अर्की काली अधबैशे आइमाइ ड्र्याकुला हाँसेजस्तो ठुलो अट्टहास गरी। मुडुली, गन्जी जस्तो बाक्लो भेस्ट, क्रिम रङको पाँइट लगाएकी तिनिलाइ नजिक बाट हेर्दा मात्र आइमाइ भनेर चिनियो, टाढाबाट उ लोग्नेमान्छे जस्तै देखिन्थी।


"यिनी सुफि, तिम्रो सहयोगी!" सुपरवाइजरले चिनाइ। सुफिले म सङ हात मिलाइ, उसको हात काठभन्दा कडा थियो। मान्छे पनि कडै देखिन्थी।


"अरु दुइ जना स्टाफ आज बिदामा छन्। भोली भेटौली।" भन्दै सुपरवाइज अर्कै वार्डतिर हिँडी।


"हामीलाइ आफ्नो काम थाहा छ।" भन्दै सुफि अट्टहास गर्दै अर्कैतिर लागी।


"यो मात्र कति दिन टिक्ली र?" शेरीले ज्याकलाइ भनेको मैले प्रस्टै सुने। ज्याक फेरि फिस्स हाँस्यो, शेरीले आँखैले नहाँस्ने इशारा गरी। म सबै देखेर, सुनेर पनि नसुनेको झै गरे।


"स्वागत छ तिमीलाइ!" लुइस झ्यालबाट म सङ कुरा गर्न खोजिरहेको थियो।


"धन्यबाद!" भने।


"म यहाँको सबै स्टाफ र बिरामीलाइ राम्ररी चिन्छु।" लुइसले आँखा झिम्कायो।


"तपाइ पनि यही जागीर खाने बेला भयो जस्तो छ।" मैले पनि जिस्काँए लुइसलाइ।


"यहाँ कर्मचारीहरु नै पागल जस्तो छन्, सद्धे मान्छेलाइ काम गर्नै दिन्नन्। बरु बिरामीहरु सद्धे जस्तो देखिन्छन्।" लुइसले यताउति हेर्दै भन्यो।


"तिमी झन सानै देखिन्छौ, यिनीहरुले तिमीलाइ टेर्ला जस्तो छैन।" लुइसले  ओँठ लेप्र्याँउदै भन्यो।


"उमेरले काम गर्ने हैन नि, आफ्नो बुद्धि, बिबेक र क्षमता अनुसार पो काम गर्ने हैन र?" मैले हाँस्दै सोधेँ।


"तैपनि यिनीहरु धेरै अटेरी छन्। कसैले तह लाउन सक्दैनन्। तिमीलाइ नि दुख दिन्छन् हेर्दै जाउ न।" लुइसले सानो स्वरमा भन्यो।


"मलाइ किन दुख दिने?" मैले लुइसलाइ सोधे।


"तिमी पनि त बिश्वको माइनरिटी बर्गमा पर्छौ नि। यहाँ तिमी हामी जस्तो एथ्निक माइनरिटीलाइ कसैले पुछ्दैनन्।" लुइसले के भनेको मैले बुझिन। उ पो कालो हो म त हैन नि।


"कसरी म एथ्निक माइनरिटीमा परे?" मैले लुइसलाइ सोधेँ।


"सर्बप्रथम त तिमी नारी, तिमी पुरुषको तुलनामा कतै पनि अघि बढ्न सक्दिनौ---"


"--यो २१ औँ शताब्दि हो महाशय!" मैले लुइसको कुरालाइ बिचैमा काटेर भनेँ।


"तिम्रो रङ सेतो छैन, अनि तिमी पटिट साइजकी छौ। तिमी त्यसै पनि हार्ने समुहमा पर्छौ। तिमीलाइ कसैले जित्न दिदैँनन्।" लुइस हे हे गरेर हाँस्यो।


"हार्ने र जित्ने भन्दा पनि आफ्नो कर्तब्यमा बिस्वाश राख्छु। यदि म आफ्नो बाटोमा सहि उदेश्य लिएर हिँड्छु भने कुनै पनि अबरोधले मलाइ छेक्न सक्दैन। चाहे त्यो मेरो लिङ, रङ वा साइज किन नहोस्।" मैले जति नै आत्म-बिस्वाशको साथ भने पनि मनको एउटा कुनामा भने डर रहिरह्यो।



"हेर्दा त तिमी त्यस्ती निडर देखिदैनौ। तर  कुरामा त कसैले जित्न सक्दैन जस्तो छ। तिमीलाइ मेरो शुभकामना, फुच्चि केटि!" लुइस फेरि हे हे गर्दै हाँस्यो।


"लुइस, के तिमीलाइ मेरो नाम थाहा छैन?" लुइसले हाँसो बन्द गर्‍यो।


"तिम्रो नाम जे भए पनि म त तिमीलाइ  फुच्ची नैं भन्छु। म त भाँगे।" भन्दै लुइस गयो।


साँच्चै म नारी, पहेँली र सानी भएकै कारणले मेरो चुनौतीहरु अप्रत्याशित रुपमा अरुको भन्दा बढी हुनुपर्छ भन्ने के छ?


क्रमश:


 


 


 
Posted on 10-29-10 2:13 PM     [Snapshot: 2021]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्रेजी को कथा ले नयाँ मोड लिएछ। अफिसको वास्तविक बातावरण झल्काउदै नयाँ नयाँ पात्र हरु आउँदा रमाइलो लागेको छ ।
अरु पनि लेख्दै गरौ है फुच्ची ! 
 
Posted on 11-02-10 9:14 AM     [Snapshot: 2139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, नेपाल को छोरो को नि दर्शन पाइयो कति पछि। हैन लाहुर जानु भएको थियो कि क्या हो? खोइ त आजकाल कथाहरु पनि तपाइको कथाहरु पनि आउदैन नि साझामा साथी? खुशी लाग्यो धेरै पछि भए पनि अौनुभयो। बाटो नबिर्सिनु होला।


stat, देख्यो कि मलाइ emergency मा दिने औषधीको अर्डर याद आँउछ।he he!




 
Posted on 11-05-10 2:04 PM     [Snapshot: 2254]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै साथीहरुलाइ तिहारको शुभकामना!


कथाको नयाँ भाग फुर्सदमा लेख्नेछु। प्रतीक्षाको लागि धन्यबाद!


 
Posted on 11-05-10 9:41 PM     [Snapshot: 2302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hattari..naya bhag aayo bhaner phung hale ko ta ....raina raicha...

tapai lai pani tihar shubha kamana cray_love jiyu...

waiting for next part desperately.......

 
Posted on 11-09-10 1:45 PM     [Snapshot: 2382]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१०


दिनभरि मेरो मनमा त्यही प्रश्न गुन्जिरह्यो। म सानी, एसियन र पहेलीँ केटि!


साँझ डेराँमा पुग्दा निक्कि अघि आकिसकेकी रैछ। कपाल ड्राइ गर्दै रैछ, ओछ्यानमा उसले इस्त्री गरेको प्याजी कुर्ता देखेँ। शायद आज कतै जादैछे जस्तो लाग्यो। म टि वि अन गरेर सोफाको एउटा कुनामा ढले।


"तिमी आज के लाउने?" मलाइ झकझकाँउदै थी निक्के। शायद म एकछिनको लागि निदाइसकेकी थिएं।


"किन र?" मैले आफ्नो लुगा हेर्दै भने।


"आज त्यो नेपाली दाइ कहा खान बोलाएको छ नि। बिर्स्यौ?" निक्किले आफ्नो अनुहारमा मोइस्चराइजर लाउदै भनी।


"किन हाम्रो घरमा खाने कुरा छैन?"


"तिहारको उपलक्ष्यमा निमन्त्रणा दिनु भएको क्या त!" अस्ति कुन दिन हो निक्किले भनेको त याद छ, तर आजै भनेर थाहा थिएन। जाने मन पनि थिएन खासमा।


"ह्या--, थकाइ लागिरहेको छ म जान्न।"


"एकचोटि नुहाउ, म चिया बनाइदिन्छु। कहिलेकहि यसो नेपालीहरुलाइ पनि भेट्नु पर्छ नि लाटि।" भन्दै निक्कि किचेनतिर लागि। मलाइ झनै लछि लाग्यो।


"त्यहाँ गएर पनि हामी कुनै समुहमा घुलमिल हुन सक्दैनौ। सबै सतही लाग्छन्। पैसाको धाक, लुगा गहनाको फेसन, बिद्वताको झुठो प्रदशन जस्तो लाग्छ मलाइ त्यहाँ। बास्तबमा मलाइ त्यस्तो ठाँउ रमाइलो पनि लाग्दैन। म यहीँ बस्छु।" मैले टि बि मा चार्ली शीनले न्यु योर्कको होटेलमा गरेको तमाशाको न्युज हेर्न थाले। "ओन यान्ड् हाफ म्यान" कमेडीका कलाकार चार्ली शीनको नाम गत बर्षदेखि पत्रपत्रिकामा निकै आउन थालेको छ। भर्खरै उनलाइ न्यु योर्कको कुनै होटेलमा रिसले त्यहाको सामानहरु तोडफोड गरिरहेको अबस्थामा भेटिएको थियो। उनलाइ पुलिसले मानसिक रुपमा पनि जाँच्न पठाएको थियो। उनको साथैमा एउटी कुनै निलो चलचित्रकी नायिका पनि थिइ। चार्लीले त्यो केटीले उसको बहुमूल्य घडि चोरेको आरोप लगाएको थियो। पुलिसले उक्त अबस्थामा चार्ली शीनले रक्सी सेवन गरेको पनि बताएको थियो।


"हामीलाइ अरुले के गर्छन् भन्ने कुरासङ के को सरोकार?" भन्दै निक्किले टि बि अफ गरिदी।


"साँच्चै निक्कि! हामी त जहाँ पनि माइनरिटि बर्गमा पर्दो रहेछौ?"


"कसरी?" उसले आँखामा खरानी स्याडो लाउन थाली।


"पहिलो कुरा त हामी नारी भयौ?"


"बेलाइतकी महारानी नारी हैन?" निक्किले झट्ट उदाहरण दीहाली।


"पहिला मेरो कुरा सुन न।"


"पहिला नुहाएर आउ न त!" आजकाल निक्कि बार्गेनिङ् गर्ने भएकी छे हरेक कुरामा।


"म त यही जिन्स लाँउछु।" मलाइ सिङार पटार कुर्ता इस्त्रि गर्न झन्झट लाग्यो। निक्किले सरर एकचोटि मेरो लुगा हेरी, केहि भनिन।


नुहाएर ताजा भएर निस्किदाँ चिया तयार थियो र मेरो कलेजी कुर्ता पनि। निक्किले आफै इस्त्रि गरिदी। निक्किले गालामा रुज पनि लगाएकी थिइ। कानमा प्याजी रङको झुम्का र गलामा सानो नेकलेस पनि लगाएकी थिइ। सधै भन्दा निक्कि झन उज्याली र राम्री देखिएकी थी। उसलाइ देखेर मलाइ पनि सजिन मन लाग्यो तर समय धेरै बाँकि थिएन।


नेपालीको घर तिहारको जस्तै झिलिमिलि सजाइेको थियो। सबै मान्छे नयाँ देखिन्थे, निक्कि र मैले प्रायलाइ पहिले देखेका थिएनौ। हामीले चिन्ने अझै दुइ- चार जना आएका थिए। सबै एक से एक लुगा र गहनामा सजिएका थिए। सेल, खीर, पुरी, बिभिन्न परिकारहरु पकाइेका थिए। यस्तो लाग्थ्यो हामीहरु नेपालमा छौ। कोहि नाचिरहेका थिए, कोहि हाँसीरहेका थिए। निक्कि र मैले पहिले त्यो दाइलाइ तिहारको शुभकामना दियौँ।  त्यसपछि खाना खान थाल्यौँ। खाँदा खाँदै एक जना अलि उमेर ढल्किएको एक जना सज्जन हामी भएतिरै आए


"ओहो, नानी सन्चै हुनुहुन्छ?" उनले निक्किलाइ हेर्दै सोध्दै थिए। मैले नचिनेको भएर ढुक्कै लाग्यो।


"नमस्ते!" निक्कीले मुखभरी सेल चपाँउदै भनी। उसले नमस्ते गरेपछि मैले पनि हत्त न पत्त मुख खाली गरेर नमस्ते गरेँ।


"अनि अस्ति नानी छिट्टै हिँड्नु भएछ नि।" उक्त सज्जनले निक्किलाइ अस्तिको कुरा गर्यो मैले बुझिन।


"कहिले बुबा?" निक्किले नि बुझिन।


"त्यो क्या त जितबादुरको घरमा!" सज्जनले लिएको नामसङ म परिचित थिइन, मैले निक्किलाइ हेरेँ। उ पनि सोच्दैथी।


"को जितबादुर बुबा?" निक्किले पनि जितबादुरलाइ चिनेकी रैनछ।


"ए, उसोभए त्यो हरिका भेट्या हो क्यारे नानीलाइ मैले।" सज्जनले कुन हरि भनेका हुन मलाइ चासोको बिषय भएन।


"रामहरि दाइ हो बुबा?" निक्किले हरि हैन रामहरिको नाम लिइ।


"हरि को अर्को नाम नि छ र नानि?" उक्त सज्जनलाइ हरि मात्र थाहा रैछ। अब पर्‍यो आपत।


"यो नानिलाइ मैले कतै देखेको हुनु पर्छ।" भन्दै उक्त सज्जन महोदय अर्कैतिर फर्केर कुरा गर्न थाले।


निक्किले खान पनि राम्ररी पाइन, प्रश्न आएको आयै भयो, उत्तर दिनै पर्‍यो। मैले खाइसकेपछि निक्किले पनि हतार हतार खाइ र मेरै पछि लागि। उक्त सज्जन अरु कोहि सङ कुरा गर्दैथे।


"तिमीले चिनेको छैनौ?" मैले निक्किलाइ पछि सोधे।


"देख्या देख्या जस्तो त लाग्छ त को भनेर सम्झिन सक्दिन।" निक्किले साँचो कुरा बताइ।


"ओइ राम्री केटी, अब कहिले भोज खुवाउनी हो हामीलाइ?" एउटी मोटी मोटी दिदी निकीलाइ  जिस्काउन आउनु भयो।


"साइत जुरेकै छैन, दिदी! साइत आए पछि  खुवाउला नि " निक्किले ठट्टा गरी।


"तिमीहरुलाइ कस्ले बिहे गर्छ हौ?" मोटी दिदीले हामी दुबैलाइ अनौठो पाराले हेरी।


"किन दिदी?" निक्कि पनि झस्की।


"यो अमेरिकामा त जवान केटीहरु सङै बसेपछि के के शँका गर्छन् रे नि त।" मोटी दिदीले निक्कि र मेरो सम्बन्धको अर्कै अर्थ लगाउन खोजी।


"शँका गर्नेको मुख कस्ले थुन्न सक्छ र?" भन्दै निक्कि अघि अघि लागी, म पनि निक्किको पछि लागी।


एउटा कोठामा एक हुल भर्खरकी केटिहरु नाच्दै थिए। हामी त्यही हेर्न बस्यौँ।


"ए, नानी त यहाँ पो हुनु हुँदो रैछ।" अघिको सज्जन फेरि निक्किकै सामुने उभिएका थिए।


"हो त बुबा! उ हेर्नु न, यी केटीहरु कस्तो राम्रो नेपाली गीतमा नाचिरहेका छन्। बिदेशमा बसेर पनि आफ्नो भाषा संस्क्रिती भुलेका छैनन्।" निक्किले त्यो सज्जनतिर नफर्की भनी।


"हाम्रो नेपाली संस्कारमा हुर्किएका बच्चाहरुको कति राम्रो बोली! यो अमेरिकाका भुराहरुको भने आफुभन्दा ठुलोलाइ पनि मनपरि गाली गर्ने। कति खराब बानी!" सज्जन आफ्नै पारामा भन्दै थिए।


"के भयो र बुबा?" मैले उक्त सज्जनको अनुभब सुन्न चाहे। निक्किले टुलुटुलु मलाइ हेरी।


"अस्ति नि नानी!" निक्किलाइ हेर्दै बुढो मान्छेले भने,"हो यै नानी जत्रै केटीले कार चलाएकी थी। रातो बत्ति निभेर हरियो बत्ती बल्दा पनि अघि बढिन क्या। खोइ के के गरिरेहेकी थी। मैले पछाडीबाट हरन बजाए। बाबै, त्यस्ले त कस्तो कस्तो हात पो गरी त। झ्याल खोलेर सुन्नै नहुने गाली पनि गर्दैथी।" बुढो मान्छेले जिब्रो काटे।


तुरुन्तै निक्किले मलाइ कुहिनामा चिमोटी र तान्दै बाहिर ल्याइ। बुढो मान्छे हेर्‍या हेर्यै भए।


"अब यहाँ बस्नु ठिक हुँदैन।" भन्दै कारतिर लागि।


"तिमी पनि अचम्मकी छौ। कहिले सामाजिक हुनु पर्छ भन्छौ, कहिले कुरा गर्दा गर्दै तानेर घर फर्काउछौ।" मैले निक्किलाइ भने।


"तिमीलाइ थाहा छ त्यो मान्छेले मलाइ कहा देखेको?" निक्किले सोधी।


"रामहरि का।" मैले जिस्काए।


"अस्ति उस्लाइ त्यो गाली गर्ने र हात देखाउने मै त हो नि।" निक्किले एकै स्वासमा भनी।


म छक्क परे।


"रातो बत्ति बलिरहेको थियो। मैले भर्खर नङ पलिश लाएर हिडेको थिए, त्यो बिग्रिन्छ भनेर खाली खुट्टा ब्रेक र ग्यास चलाइरहेको थिए। पलिश सुक्यो भनेर जुत्ता लाउदै थिए। हरियो बत्ति बलि सकेछ। पछाडी बाट "ट्याँ---" गरेर हरन बजायो। म कस्तरी तर्सेँ भन्या। मलाइ पनि रिस उठ्यो र माझि औँला देखाइ दिए।"


"त्यो त अत्ति भयो। माझि औँला देखाउनु भनेको त अत्ति निच ब्यबहार पो हो।"निक्किले त्यस्तो गर्ला जस्तो मलाइ लागेन।


"त्यति मात्र कहाँ हो र अझ झ्याल खोलेर रिसको झोंकमा बुढोलाइ "एफ यु" पनि भने त।"


"धत! त्यस्तो पनि गर्नुहुन्छ?"


"मलाइ त्यो बुढो नेपाली भनेर के थाहा त? फेरि भेटिन्छ भन्ने के थाहा? " निक्किले स्पस्टिकरण दि।


"खुब राम्रो गरेछौ। तिमीलाइ त पुरस्कार नै दिनु पर्ने रहेछ।"


"के तिमीलाइ कहिल्यै रिस उठ्दैन?" निक्किले सोधी।


"उठेपनि---मेरो बिचारमा" निक्किले बिचमै मेरो बाक्य काटेर सोधी।


"तिमी कहिले झोक चलेको बेलामा "एफ" भन्दैनौ?"


म चुप लागे। अब देखि मनमनै निक्किसङ कतै नजाने आफैसित बाचा गरे।


क्रमश:

Last edited: 09-Nov-10 04:05 PM

 
Posted on 11-11-10 9:19 AM     [Snapshot: 2490]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ, नयाँ भाग लेखेको कति दिन भैसक्यो, राक्षस पनि आउनु भएन, देउता नि आउनु भएन।


फेरि एकचोटि माथि धकेले यो क्रमशलाइ।


 
Posted on 11-11-10 1:44 PM     [Snapshot: 2523]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढेर पनि गाली पाईन्छ जस्तो छ "किन ढिलो पढेको?" भनेर ।


हैन यो निक्की ले लाउने मेक अप को लिस्ट पनि कती लामो हो ? बुढो लाई हरिकङाल बनाउने छाँट् छ 
हाहा निक्की त खुब  रमाइली छ जस्तो छ ।प्रत्येक् वाक्यमा 'बम्ब' फ्याक्ने त होला नि


अनी म त किन नर्स हरुले मेरो नाम सुने पछी हुरुक्कै हुन्छन भनेको त प्रत्येक् औषधी अर्डर मा सम्झने रहेछन अनी
 


 
Posted on 11-11-10 2:20 PM     [Snapshot: 2535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhanesi maile ta jhan tannai gali khane bahye ...


 wow  here you are sis ... maile padhekai chhaina tara  padhera lekhchhu hai kasto lagyo ..i am sure must be  iteresting!!


 
Posted on 11-11-10 3:44 PM     [Snapshot: 2560]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHAHH... so funny nikki di ta bichara hamro crazy di lai po Aapat parechh:)

 
Posted on 11-12-10 8:17 AM     [Snapshot: 2604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma yehi chu crazy_love jiyu..kaha janu ra.....sajha ma aaune karan nai tapai, deep dai, rahul dai ho..woha haru ta khoi kata haraunu bhayo dhanna ho tapai ta hunu huncha ni ...kehi din bhayo computer pani kholna pa chaina ...wohi ta ho hour job .

aaba nikki ta ta testo khatarnak raicha bhanne aaj po thaa payee ta..herda ta sojhi dekhinthi mori.....tara tapai le nikki ko saath chodna bhayen ni hai...she is good girl though......kahile kahi ta ris uthi halcha ni...

 
Posted on 11-19-10 9:56 AM     [Snapshot: 2774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-११


त्यो दिनको घटनापछि निक्कि र मेरो बोलचाल बन्द भयो। हुन त पहिले यस्तो हुन्थ्यो, तर फेरि उ नै कुरा गर्न आउँथी म सङ। म घमन्ड गरेर बस्थे। उसले माफी माग्नु पर्‍थ्यो गल्ती जसको भए पनि।


एकदिन चिसो अत्ति बढ्यो, ज्याकेट लाउनुपर्ने भयो। मैले आफ्नो ज्याकेट सारा ठाँउ खोज्दा पनि भेटिन। कहिले कहि निक्किले लगाउथी, उसैले राखेकी छ कि भनेर सोध्नु पर्‍थ्यो तर हाम्रो सम्झौता भइसकेको थिएन। त्यसैले मैले बाथरुमको ऐनामा "मेरो कालो ज्याकेट कहाँ छ?" भनेर पोस्ट-इटमा लेखेर टाँसे। जवाफमा निक्किले "म तिमीसङ बोलेको छैन।" भनेर अर्को स्टिकि टाँसेकी थी। मलाइ हाँस उठ्यो तर निक्किको अगाडि हाँसिन। उ लुकि लुकि मेरो मुखमा हेरिरहेकी हुन्थी। उ नभएको बेला एक्लै हाँसे।


काम नगरी माम खान नपाउने अबस्थामा मैले पनि आफ्नो नयाँ रोल निभाउन थाले। शुरुमा सार्है गार्हो भयो। कोहि पनि मैले भनेको नमान्ने। सुफि त बाक्य पिच्छे ब्यँग गर्ने, ज्याक र शेरी मलाइ ओठे जवाफ लगाँउथे। समग्रमा भन्नु पर्दा म उनिहरुको हाकिम हैन कि उनीहरु मेरो हाकिम जस्तो गर्थे।


एक्दिन मैले ज्याकले एउटा बिरामीलाइ "तँलाइ चोर।" भन्दै गाली गरेको सुने। बिरामी रिसायो र झन्डै हाताहाल जस्तो भयो। मैले ज्याकलाइ बोलाएर भने "उ बिरामी हो, तर तिमी यहाँको कर्मचारी।"


"काम गर्न अल्छि भएर सित्तैमा सोसिअल सेक्युरिटिको भत्ता पचाउन नाटक गर्न आएको त्यो ठग हो। तिमीलाइ के थाहा? यहाँ कस्ता कस्ता मान्छे आँउछन्?" ज्याकले ओँठ् बङाउदै भन्यो।


"बिरामीलाइ हामीले त्यस्तो अपशब्द गर्न मिल्दैन ज्याक। तिमीले बिर्स्यौ हामी जहिले पनि "सम्मान र सदभाव" मा बिस्वाश गर्छौ। त्यसरी उसको आत्म सम्मानमा ठेस पुर्‍याउने शब्दहरु प्रयोग नगर।"


"शब्द मात्र प्रयोग गर्ने हैन, त्यसको घाँटि न्याकेर मार्दिन्छु" भन्दै ज्याक खोल्च्याङ खोल्च्याङ गर्दै गयो।


"कस्ले के बोल्ने भनेर हामीलाइ सिकाउनु पर्दैन, यो अस्पतालमा काम गर्दै रिटायर्ड हुन लागिसक्यौँ हामी।" सुफीले एकछिन पछि मेरो नजिक आएर भनी।


मैले सुफीलाइ केहि भन्न सकिन। उसको मुहारको भाव एक्दमै डरलाग्दो थियो। उ रिसमा बोलेकी थी, निधारबाट चिट चिट पसिना पनि बग्दै थियो। त्यस्तो तनाबमा आएकीलाइ मैले केहि भन्न उचित सम्झिन। मात्र सोचिरहे कसरी यिनीहरुसङ काम गर्ने भनेर। शेरी त्यो दिन बिदामा थिइ।


"ओइ, साले सुङुर!" एकछिनपछि ज्याकले जसलाइ चोर भनेको थियो, त्यही बिरामी ज्याकलाइ ठुलो स्वरमा गाली गर्दै थियो। आफ्नै धुनमा काम गरिरहेको ज्याक छिटो छिटो त्यो बिरामी भएतिर दौड्यो। म अब त्यहाँ झगडा हुने सम्भावना देखेर हतार हतार उनिहरु भएतिर दौडेँ। सुफी र अन्य कर्मचारी हरु त्यही नजिक भए पनि आएनन्, खालि हेरि मात्र रहे। ज्याकले गएर सिधै त्यो बिरामीको कठालो समात्यो, मैले ज्याकलाइ ताने, बिरामी अलि हच्किएर पछाडि सर्‍यो। ज्याक अघि बढ्यो मैले ज्याकलाइ छोडिदिए।


"तपाइलाइ मेरो कर्मचारीलाइ जथाभाबि भन्ने अधिकार छैन। ज्याक मेरो स्टाफ हो, त्यसरी जे पायो त्यही नबोल्नुस्!" तनाब र भय मिस्रित स्वरमा मैले उक्त बिरामीलाइ भने।


त्यसपछि ज्याकले उसलाइ छोडिदियो र थुक्दै बाहिर निस्कियो।


"यसले मलाइ कहिल्यै पनि मन पराउदैन।" बिरामीले रातो मुख गर्दै भन्यो।


"सबैले सबैलाइ मन पराउनु पर्छ भन्ने छैन। हामी यहाँ काम गर्छौ, यहाँ कसैलाइ मन पराउने वा मन नपराउने कुरा हुँदैन। आइन्दा, तपाइलाइ केहि समस्या परे म सङ कुरा गर्नुस्। प्लिज, मेरो स्टाफलाइ अभद्र ब्यबहार नगर्नुस्।" भन्दै मैले बिरामीलाइ सम्झाए।


"तँ कुकुर्नी अझै मलाइ सिकाँउछस्।" भन्दै बिरामी भन्न हुने- नहुने शब्द बोल्दै ठुलो ठुलो स्वरले कराउन थाल्यो। मैले उसलाइ जवाफ फर्काउन उपयुक्त थिएन। उ झन्डै छ फिट अग्लो, मोटे, ठुलो ज्याङो, घाँटिमा पनि ट्याट्टु गरेको हेर्दै जेलभित्रको कैदी जस्तो देखिन्थ्यो। उसको एक मुड्कीले म भुँइमा पछारिन सक्थेँ। म हेरेको हेर्यै भएँ। सुफि र अरु स्टाफ त्यो सबै सुनेर पनि मेरो लागि केहि बोल्न आएनन् न त मेरो मद्दतको लागि आए। मेरो लागि त्यो ठाँउ खतरनाक भइसकेको थियो। म आफ्नो अपमान र बिबशतालाइ निलेर अलि सुरक्षित स्थानमा आएर बसे। उ त पागल थियो उसले जे पनि गर्‍न सक्थ्यो। तर मैले आफ्नो सुरक्षा आफै गर्नु पर्‍थ्यो।


कामबाट फर्किदा म यति तनाबमा थिँए कि मैले आफ्नो अगाडिको एउटा कारलाइ झन्डै झन्डै ठक्कर दिएकी थिए। मेरो दिमागमा सुफी, ज्याक र त्यो बिरामीको अनुहारहरु घुम्दै थिए निरन्तर। उनिहरु सबै मलाइ खिस्याँउदै थिए, मेरो आत्म सम्मानमा ठेस लगाउदै थिए। म अरु केहि सोच्न सकिरहेकी थिइन। मेरो आँखाहरु अनायासै बर्षिन थालेका थिए।


क्रमश:


 
Posted on 11-29-10 7:43 AM     [Snapshot: 2976]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रमश: कहाँ पुग्यो भनेर हेर्न आएको! जहाको त्यही रैछ।
 
Posted on 11-29-10 8:08 AM     [Snapshot: 2984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो आयो बल्ल आर्को भाग आयो. 
 
Posted on 12-02-10 1:07 PM     [Snapshot: 3064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा क्रेजिलाई फुर्सद नै मिलेन जस्तो छ, क्रमश: लाई समाप्त लेखौ भो
अब भेटेरै सुनौला कथा
 
Posted on 12-02-10 1:40 PM     [Snapshot: 3073]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न धन्न मारएनछ। तेही  भयर हो क्रमश: पनी रोकिअय को।  छिट्टै है अर्को भाग। 
 
Posted on 12-02-10 2:36 PM     [Snapshot: 3091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँउछ आँउछ साथी,
क्रमश: फेरि आँउछ,
आजकाल क्रेजीले एउटा बोले,
अरुले अर्कै सुन्छ,
बिना कारण बेला कुबेला
बिनासित्ति टेन्सन हुन्छ,
तर केहि छैन साथी,
क्रमश: फेरि आँउछ। 
 
Posted on 12-03-10 1:50 PM     [Snapshot: 3149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१२


कोठामा पुग्दा निक्कि आइसकेकी रैछ, उसको अनुहार नपुगी म बाथरुमभित्र गए र अइनामा हेरे। आँखाहरु रसिला थिए, रुघा लागेको जस्तो पनि भन्न सकिन्थ्यो। तर निक्किले मेरो हर कुरा थाहा पाँउथी, उसको अगाडी मेरो आँसु कहिले लुकेको थिएन। शायद भित्र पस्दा उसले मेरो अनुहार पढीसकेकी हुनु पर्छ। मुख धोएँ, एउटा आँखाको कुनाबाट एक ढिक्का आँसु झर्‍यो, त्यसपछि रुने क्रम फेरि शुरु भयो र बाथरुमको धाराहरु त्यतिकै खुलै रहे। केहिबेरपछि फेरि मुख धोएर भान्छातिर गए। निक्कि त्यही थी, तातो तातो चिया बनाएर बसेकी रैछ, साथमा मलाइ मन पर्ने बटर कुकिज पनि प्लेटमा राखि सकेकी रैछ।


चुपचाप दुइ तिन चुस्की चिया पिएपछि मैले भने।
"म यो काम छोडि दिन्छु।"


निक्किले केहि भनिन, बटर कुकिजको प्लेट मतिर घचेडि।


त्यसपछि मैले दिनभरि भएको घटनाहरु एकै सासमा भने।


"दुखी र सुखी हुनु आफ्नै हातको कुरा हो।" निक्किले धेरै बेरपछि निकैबेर सोचेर भनी।


"तिम्रो मतलब म दुखी हुनुको कारण मेरै कमजोरी हो?" मैले उल्टै सोँधे।


"कसैको ब्यबहार देखेर प्रतिक्रिया गर्दा सकारात्मक वा नकारात्मक कुन लिने भन्ने कुरा आफुमा भर पर्छ भनेको।" निक्कि दार्शनिक जस्तो हुन थाली।


"तिमीले के भन्न खोजेको?"


"तिमीले उनिहरुको ब्यबहार देखेर खालि नकारात्मक उर्जा मात्र ग्रहण गर्यौ र दुखको कारण तिमी आफै भयौ।" निक्किले के भन्न खोजेकी हो अझै बुझिन।


"मेरो ठाँउमा तिमी भएको भए नि!" निक्किको प्रतिक्रिया बुझ्न मन लाग्यो।


"म त उनिहरु प्रति सहानुभुति राख्थे।" कति सजिलो जवाफ!


"किन? कसरी?" मलाइ उस्को जवाफ चित्त बुझेन।


"तिनीहरु त्यो ठाँउमा काम गर्दा गर्दै रिटायर्ड हुन लागिसके, तर उनिहरुको जिबन सधै उस्तै छ। कहि केहि परिबर्तन भएको छैन। तिमी आफै सोच त। त्यति थोरै तलबमा दिनका दिन थरि थरिका पागलहरुसङ कुस्ति खेल्दै कति दिन बिताउन सकिन्छ? घरमा छोराछोरीहरु होलान्, पैसाको कति दुख होला? अरु ठाउमा काम गर्नलाइ योग्यता पुग्दैन होला। अनि उनिहरु चिडचिडो र असहयोगी बाहेक अरु के नै हुन सक्थे?" निक्किको कुरालाइ एक्छिन ध्यान दिएर सोचे। उसको तर्क जायज हो जस्तो पनि लाग्यो। तर मैले त्यही कारणले मलाइ दुख दिन पर्छ भन्ने कुरा बुझिन।


"त्यो त उनिहरुको समस्या हो। के उनिहरुको समस्याको कारण मेरो आत्मसम्मानमा ठेस पुर्याउने पर्छ भन्ने छ?"


"यसलाइ पनि तिमी सजिलै हल गर्न सक्छौ। तिम्रो आत्मसम्मानमा ठेस पुर्याउनेहरुलाइ तिमीले नै त्यो कुरा गलत हो भनेर बुझाउनु पर्छ । अब यो सिचुएसनमा तिमी हाकिम हौ। तिमीसङ उनिहरुलाइ तह लगाउने पर्याप्त अधिकार छ। तिमी कसरी त्यो अधिकारलाइ प्रयोग गर्छौ भन त?" निक्किले सोधी।


"मेरो सुपरवाइजरसङ कुरा गर्नु पर्ला।" मैले सोचे।


"समस्या तिमी र उनिहरुबिच छ, यो कुरा तिमी आफैले मात्र सुल्झाउन सक्छौ। अनि एउटा कुरा चाहि कहिले नबिर्स, तिमी जहाँ गए पनि ज्याक्, सुफी, अझ त्यो भन्दा पनि खराब मान्छेहरु भेट्न सक्छौ। उनिहरु खराब भए भन्दै तिमी काम छोड्दै हिड्यौ भने कहि पनि काम गर्न सक्दैनौ।" निक्किले सल्लाह दी।


"यस्तो कुरा तिमीले कसरी सिक्यौ हँ?" मलाइ निक्किको परिपक्वता देखेर अचम्म लाग्यो।


"हाम्रो योगा गुरुले सिकाउनु भएको!" निक्कि योगामा जाने भन्ने धेरै पहिले देखि सुनेको तर गएर यति धेरै सिकाउने भइसकी भनेर चाहि त्यही दिन मात्र थाहा पाए।


"तिमी पनि जान्छौ?" निक्किले धेरै चोटि सोधेकी हो यो प्रश्न, मेरो उत्तर पनि उसलाइ थाहा छ। फेरि पनि सोधी।


"जान्न, म ध्यान गर्न सक्दिन। मनलाइ एकाग्र गर्न सक्दिन।" मैले सधैं झै उही जवाफ दिए।


"प्र्याक्टिस गर्‍यो भने जे पनि सकिन्छ। तर तिम्रो इक्षा छैन भने म कर गर्दिन।" निक्किलाइ थाहा छ म ध्यान गर्न सक्ने केटी हैन, मेरो दिमाग हरपल केहि न केहि सोचिरहेकै हुन्छ।


त्यो रातभरि म कसरी तिनिहरुसङ कुरा गर्ने होला भन्दै बसे। उनिहरुसङ कुरा गर्न मैले अनेक तरिका सोचे। म सङ अधिकार छ र निर्णय गर्ने क्षमता पनि। उनिहरुको कामको मुल्याकन मैले नै गर्नु पर्छ। अन्त्यमा मैले एउटा निर्णय गरेँ।


अर्को दिन मैले एकएक जनालाइ अफिसमा बोलाएर कुरा गर्ने योजना गर्दैथे, सुफी अप्रत्यासित रुपमा हाँस्दै आइ मेरो पछाडी को होला भनेर हेरे, कोहि थिएन। त्यसपछि उ म सङै हाँसेकी भन्ने कुरा पक्का बिस्वाश भयो। मेरो मनमा उ प्रति  बित्रिष्ना   थियो र पनि मैले औपचारिकता निभाए।


"गुड मर्निङ्! सुफी!"


उ अट्टहास गर्दै हाँस्दै आएर मलाइ अंकमाल गरी। मलाइ उसको अँकमालमा मेरो स्वाश अड्किएर निस्सासिए जस्तै भयो। यो के हुँदैछ? मैले सोध्नु भन्दा पहिल्यै उसले भनी।


"हिजो धेरै बिजि थियो, टेन्सनमा काम गरियो है?" मैले हो पनि भनिन, हैन पनि भनिन। उसको प्रश्नको जवाफ नै नदिएपछि राक्षस्नी जस्ती सुफी फेरि हाँस्दै काम गर्न थाली।


के उसले म सङ माफी माग्न आएकी हो त? के उसलाइ उसले मसङ कति रुखो ब्यबहार गरेकी भनेर थाहा पाएकी छे? यदि उसले अँकमाल गरेर माफी माग्न खोजे पनि मैले माफ गर्न सक्छु?


अहँ! मेरो मनले सुफीलाइ माफी दिएन।


क्रमश:

साथीहरु, यदि तपाईंहरु मेरो ठाँउमा हुनु भएको भए सुफीलाई के गर्नु हुन्थ्यो?

 

Last edited: 03-Dec-10 01:57 PM

 
Posted on 12-03-10 3:01 PM     [Snapshot: 3162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let it go. i would forget about all the things within a second. When somebody appolizes, then forgive them...

aab aarko bhag kahile aaune hola...????? 

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters