Posted by: crazy_love December 3, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-१२


कोठामा पुग्दा निक्कि आइसकेकी रैछ, उसको अनुहार नपुगी म बाथरुमभित्र गए र अइनामा हेरे। आँखाहरु रसिला थिए, रुघा लागेको जस्तो पनि भन्न सकिन्थ्यो। तर निक्किले मेरो हर कुरा थाहा पाँउथी, उसको अगाडी मेरो आँसु कहिले लुकेको थिएन। शायद भित्र पस्दा उसले मेरो अनुहार पढीसकेकी हुनु पर्छ। मुख धोएँ, एउटा आँखाको कुनाबाट एक ढिक्का आँसु झर्‍यो, त्यसपछि रुने क्रम फेरि शुरु भयो र बाथरुमको धाराहरु त्यतिकै खुलै रहे। केहिबेरपछि फेरि मुख धोएर भान्छातिर गए। निक्कि त्यही थी, तातो तातो चिया बनाएर बसेकी रैछ, साथमा मलाइ मन पर्ने बटर कुकिज पनि प्लेटमा राखि सकेकी रैछ।


चुपचाप दुइ तिन चुस्की चिया पिएपछि मैले भने।
"म यो काम छोडि दिन्छु।"


निक्किले केहि भनिन, बटर कुकिजको प्लेट मतिर घचेडि।


त्यसपछि मैले दिनभरि भएको घटनाहरु एकै सासमा भने।


"दुखी र सुखी हुनु आफ्नै हातको कुरा हो।" निक्किले धेरै बेरपछि निकैबेर सोचेर भनी।


"तिम्रो मतलब म दुखी हुनुको कारण मेरै कमजोरी हो?" मैले उल्टै सोँधे।


"कसैको ब्यबहार देखेर प्रतिक्रिया गर्दा सकारात्मक वा नकारात्मक कुन लिने भन्ने कुरा आफुमा भर पर्छ भनेको।" निक्कि दार्शनिक जस्तो हुन थाली।


"तिमीले के भन्न खोजेको?"


"तिमीले उनिहरुको ब्यबहार देखेर खालि नकारात्मक उर्जा मात्र ग्रहण गर्यौ र दुखको कारण तिमी आफै भयौ।" निक्किले के भन्न खोजेकी हो अझै बुझिन।


"मेरो ठाँउमा तिमी भएको भए नि!" निक्किको प्रतिक्रिया बुझ्न मन लाग्यो।


"म त उनिहरु प्रति सहानुभुति राख्थे।" कति सजिलो जवाफ!


"किन? कसरी?" मलाइ उस्को जवाफ चित्त बुझेन।


"तिनीहरु त्यो ठाँउमा काम गर्दा गर्दै रिटायर्ड हुन लागिसके, तर उनिहरुको जिबन सधै उस्तै छ। कहि केहि परिबर्तन भएको छैन। तिमी आफै सोच त। त्यति थोरै तलबमा दिनका दिन थरि थरिका पागलहरुसङ कुस्ति खेल्दै कति दिन बिताउन सकिन्छ? घरमा छोराछोरीहरु होलान्, पैसाको कति दुख होला? अरु ठाउमा काम गर्नलाइ योग्यता पुग्दैन होला। अनि उनिहरु चिडचिडो र असहयोगी बाहेक अरु के नै हुन सक्थे?" निक्किको कुरालाइ एक्छिन ध्यान दिएर सोचे। उसको तर्क जायज हो जस्तो पनि लाग्यो। तर मैले त्यही कारणले मलाइ दुख दिन पर्छ भन्ने कुरा बुझिन।


"त्यो त उनिहरुको समस्या हो। के उनिहरुको समस्याको कारण मेरो आत्मसम्मानमा ठेस पुर्याउने पर्छ भन्ने छ?"


"यसलाइ पनि तिमी सजिलै हल गर्न सक्छौ। तिम्रो आत्मसम्मानमा ठेस पुर्याउनेहरुलाइ तिमीले नै त्यो कुरा गलत हो भनेर बुझाउनु पर्छ । अब यो सिचुएसनमा तिमी हाकिम हौ। तिमीसङ उनिहरुलाइ तह लगाउने पर्याप्त अधिकार छ। तिमी कसरी त्यो अधिकारलाइ प्रयोग गर्छौ भन त?" निक्किले सोधी।


"मेरो सुपरवाइजरसङ कुरा गर्नु पर्ला।" मैले सोचे।


"समस्या तिमी र उनिहरुबिच छ, यो कुरा तिमी आफैले मात्र सुल्झाउन सक्छौ। अनि एउटा कुरा चाहि कहिले नबिर्स, तिमी जहाँ गए पनि ज्याक्, सुफी, अझ त्यो भन्दा पनि खराब मान्छेहरु भेट्न सक्छौ। उनिहरु खराब भए भन्दै तिमी काम छोड्दै हिड्यौ भने कहि पनि काम गर्न सक्दैनौ।" निक्किले सल्लाह दी।


"यस्तो कुरा तिमीले कसरी सिक्यौ हँ?" मलाइ निक्किको परिपक्वता देखेर अचम्म लाग्यो।


"हाम्रो योगा गुरुले सिकाउनु भएको!" निक्कि योगामा जाने भन्ने धेरै पहिले देखि सुनेको तर गएर यति धेरै सिकाउने भइसकी भनेर चाहि त्यही दिन मात्र थाहा पाए।


"तिमी पनि जान्छौ?" निक्किले धेरै चोटि सोधेकी हो यो प्रश्न, मेरो उत्तर पनि उसलाइ थाहा छ। फेरि पनि सोधी।


"जान्न, म ध्यान गर्न सक्दिन। मनलाइ एकाग्र गर्न सक्दिन।" मैले सधैं झै उही जवाफ दिए।


"प्र्याक्टिस गर्‍यो भने जे पनि सकिन्छ। तर तिम्रो इक्षा छैन भने म कर गर्दिन।" निक्किलाइ थाहा छ म ध्यान गर्न सक्ने केटी हैन, मेरो दिमाग हरपल केहि न केहि सोचिरहेकै हुन्छ।


त्यो रातभरि म कसरी तिनिहरुसङ कुरा गर्ने होला भन्दै बसे। उनिहरुसङ कुरा गर्न मैले अनेक तरिका सोचे। म सङ अधिकार छ र निर्णय गर्ने क्षमता पनि। उनिहरुको कामको मुल्याकन मैले नै गर्नु पर्छ। अन्त्यमा मैले एउटा निर्णय गरेँ।


अर्को दिन मैले एकएक जनालाइ अफिसमा बोलाएर कुरा गर्ने योजना गर्दैथे, सुफी अप्रत्यासित रुपमा हाँस्दै आइ मेरो पछाडी को होला भनेर हेरे, कोहि थिएन। त्यसपछि उ म सङै हाँसेकी भन्ने कुरा पक्का बिस्वाश भयो। मेरो मनमा उ प्रति  बित्रिष्ना   थियो र पनि मैले औपचारिकता निभाए।


"गुड मर्निङ्! सुफी!"


उ अट्टहास गर्दै हाँस्दै आएर मलाइ अंकमाल गरी। मलाइ उसको अँकमालमा मेरो स्वाश अड्किएर निस्सासिए जस्तै भयो। यो के हुँदैछ? मैले सोध्नु भन्दा पहिल्यै उसले भनी।


"हिजो धेरै बिजि थियो, टेन्सनमा काम गरियो है?" मैले हो पनि भनिन, हैन पनि भनिन। उसको प्रश्नको जवाफ नै नदिएपछि राक्षस्नी जस्ती सुफी फेरि हाँस्दै काम गर्न थाली।


के उसले म सङ माफी माग्न आएकी हो त? के उसलाइ उसले मसङ कति रुखो ब्यबहार गरेकी भनेर थाहा पाएकी छे? यदि उसले अँकमाल गरेर माफी माग्न खोजे पनि मैले माफ गर्न सक्छु?


अहँ! मेरो मनले सुफीलाइ माफी दिएन।


क्रमश:

साथीहरु, यदि तपाईंहरु मेरो ठाँउमा हुनु भएको भए सुफीलाई के गर्नु हुन्थ्यो?

 

Last edited: 03-Dec-10 01:57 PM
Read Full Discussion Thread for this article