Posted by: crazy_love November 9, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-१०


दिनभरि मेरो मनमा त्यही प्रश्न गुन्जिरह्यो। म सानी, एसियन र पहेलीँ केटि!


साँझ डेराँमा पुग्दा निक्कि अघि आकिसकेकी रैछ। कपाल ड्राइ गर्दै रैछ, ओछ्यानमा उसले इस्त्री गरेको प्याजी कुर्ता देखेँ। शायद आज कतै जादैछे जस्तो लाग्यो। म टि वि अन गरेर सोफाको एउटा कुनामा ढले।


"तिमी आज के लाउने?" मलाइ झकझकाँउदै थी निक्के। शायद म एकछिनको लागि निदाइसकेकी थिएं।


"किन र?" मैले आफ्नो लुगा हेर्दै भने।


"आज त्यो नेपाली दाइ कहा खान बोलाएको छ नि। बिर्स्यौ?" निक्किले आफ्नो अनुहारमा मोइस्चराइजर लाउदै भनी।


"किन हाम्रो घरमा खाने कुरा छैन?"


"तिहारको उपलक्ष्यमा निमन्त्रणा दिनु भएको क्या त!" अस्ति कुन दिन हो निक्किले भनेको त याद छ, तर आजै भनेर थाहा थिएन। जाने मन पनि थिएन खासमा।


"ह्या--, थकाइ लागिरहेको छ म जान्न।"


"एकचोटि नुहाउ, म चिया बनाइदिन्छु। कहिलेकहि यसो नेपालीहरुलाइ पनि भेट्नु पर्छ नि लाटि।" भन्दै निक्कि किचेनतिर लागि। मलाइ झनै लछि लाग्यो।


"त्यहाँ गएर पनि हामी कुनै समुहमा घुलमिल हुन सक्दैनौ। सबै सतही लाग्छन्। पैसाको धाक, लुगा गहनाको फेसन, बिद्वताको झुठो प्रदशन जस्तो लाग्छ मलाइ त्यहाँ। बास्तबमा मलाइ त्यस्तो ठाँउ रमाइलो पनि लाग्दैन। म यहीँ बस्छु।" मैले टि बि मा चार्ली शीनले न्यु योर्कको होटेलमा गरेको तमाशाको न्युज हेर्न थाले। "ओन यान्ड् हाफ म्यान" कमेडीका कलाकार चार्ली शीनको नाम गत बर्षदेखि पत्रपत्रिकामा निकै आउन थालेको छ। भर्खरै उनलाइ न्यु योर्कको कुनै होटेलमा रिसले त्यहाको सामानहरु तोडफोड गरिरहेको अबस्थामा भेटिएको थियो। उनलाइ पुलिसले मानसिक रुपमा पनि जाँच्न पठाएको थियो। उनको साथैमा एउटी कुनै निलो चलचित्रकी नायिका पनि थिइ। चार्लीले त्यो केटीले उसको बहुमूल्य घडि चोरेको आरोप लगाएको थियो। पुलिसले उक्त अबस्थामा चार्ली शीनले रक्सी सेवन गरेको पनि बताएको थियो।


"हामीलाइ अरुले के गर्छन् भन्ने कुरासङ के को सरोकार?" भन्दै निक्किले टि बि अफ गरिदी।


"साँच्चै निक्कि! हामी त जहाँ पनि माइनरिटि बर्गमा पर्दो रहेछौ?"


"कसरी?" उसले आँखामा खरानी स्याडो लाउन थाली।


"पहिलो कुरा त हामी नारी भयौ?"


"बेलाइतकी महारानी नारी हैन?" निक्किले झट्ट उदाहरण दीहाली।


"पहिला मेरो कुरा सुन न।"


"पहिला नुहाएर आउ न त!" आजकाल निक्कि बार्गेनिङ् गर्ने भएकी छे हरेक कुरामा।


"म त यही जिन्स लाँउछु।" मलाइ सिङार पटार कुर्ता इस्त्रि गर्न झन्झट लाग्यो। निक्किले सरर एकचोटि मेरो लुगा हेरी, केहि भनिन।


नुहाएर ताजा भएर निस्किदाँ चिया तयार थियो र मेरो कलेजी कुर्ता पनि। निक्किले आफै इस्त्रि गरिदी। निक्किले गालामा रुज पनि लगाएकी थिइ। कानमा प्याजी रङको झुम्का र गलामा सानो नेकलेस पनि लगाएकी थिइ। सधै भन्दा निक्कि झन उज्याली र राम्री देखिएकी थी। उसलाइ देखेर मलाइ पनि सजिन मन लाग्यो तर समय धेरै बाँकि थिएन।


नेपालीको घर तिहारको जस्तै झिलिमिलि सजाइेको थियो। सबै मान्छे नयाँ देखिन्थे, निक्कि र मैले प्रायलाइ पहिले देखेका थिएनौ। हामीले चिन्ने अझै दुइ- चार जना आएका थिए। सबै एक से एक लुगा र गहनामा सजिएका थिए। सेल, खीर, पुरी, बिभिन्न परिकारहरु पकाइेका थिए। यस्तो लाग्थ्यो हामीहरु नेपालमा छौ। कोहि नाचिरहेका थिए, कोहि हाँसीरहेका थिए। निक्कि र मैले पहिले त्यो दाइलाइ तिहारको शुभकामना दियौँ।  त्यसपछि खाना खान थाल्यौँ। खाँदा खाँदै एक जना अलि उमेर ढल्किएको एक जना सज्जन हामी भएतिरै आए


"ओहो, नानी सन्चै हुनुहुन्छ?" उनले निक्किलाइ हेर्दै सोध्दै थिए। मैले नचिनेको भएर ढुक्कै लाग्यो।


"नमस्ते!" निक्कीले मुखभरी सेल चपाँउदै भनी। उसले नमस्ते गरेपछि मैले पनि हत्त न पत्त मुख खाली गरेर नमस्ते गरेँ।


"अनि अस्ति नानी छिट्टै हिँड्नु भएछ नि।" उक्त सज्जनले निक्किलाइ अस्तिको कुरा गर्यो मैले बुझिन।


"कहिले बुबा?" निक्किले नि बुझिन।


"त्यो क्या त जितबादुरको घरमा!" सज्जनले लिएको नामसङ म परिचित थिइन, मैले निक्किलाइ हेरेँ। उ पनि सोच्दैथी।


"को जितबादुर बुबा?" निक्किले पनि जितबादुरलाइ चिनेकी रैनछ।


"ए, उसोभए त्यो हरिका भेट्या हो क्यारे नानीलाइ मैले।" सज्जनले कुन हरि भनेका हुन मलाइ चासोको बिषय भएन।


"रामहरि दाइ हो बुबा?" निक्किले हरि हैन रामहरिको नाम लिइ।


"हरि को अर्को नाम नि छ र नानि?" उक्त सज्जनलाइ हरि मात्र थाहा रैछ। अब पर्‍यो आपत।


"यो नानिलाइ मैले कतै देखेको हुनु पर्छ।" भन्दै उक्त सज्जन महोदय अर्कैतिर फर्केर कुरा गर्न थाले।


निक्किले खान पनि राम्ररी पाइन, प्रश्न आएको आयै भयो, उत्तर दिनै पर्‍यो। मैले खाइसकेपछि निक्किले पनि हतार हतार खाइ र मेरै पछि लागि। उक्त सज्जन अरु कोहि सङ कुरा गर्दैथे।


"तिमीले चिनेको छैनौ?" मैले निक्किलाइ पछि सोधे।


"देख्या देख्या जस्तो त लाग्छ त को भनेर सम्झिन सक्दिन।" निक्किले साँचो कुरा बताइ।


"ओइ राम्री केटी, अब कहिले भोज खुवाउनी हो हामीलाइ?" एउटी मोटी मोटी दिदी निकीलाइ  जिस्काउन आउनु भयो।


"साइत जुरेकै छैन, दिदी! साइत आए पछि  खुवाउला नि " निक्किले ठट्टा गरी।


"तिमीहरुलाइ कस्ले बिहे गर्छ हौ?" मोटी दिदीले हामी दुबैलाइ अनौठो पाराले हेरी।


"किन दिदी?" निक्कि पनि झस्की।


"यो अमेरिकामा त जवान केटीहरु सङै बसेपछि के के शँका गर्छन् रे नि त।" मोटी दिदीले निक्कि र मेरो सम्बन्धको अर्कै अर्थ लगाउन खोजी।


"शँका गर्नेको मुख कस्ले थुन्न सक्छ र?" भन्दै निक्कि अघि अघि लागी, म पनि निक्किको पछि लागी।


एउटा कोठामा एक हुल भर्खरकी केटिहरु नाच्दै थिए। हामी त्यही हेर्न बस्यौँ।


"ए, नानी त यहाँ पो हुनु हुँदो रैछ।" अघिको सज्जन फेरि निक्किकै सामुने उभिएका थिए।


"हो त बुबा! उ हेर्नु न, यी केटीहरु कस्तो राम्रो नेपाली गीतमा नाचिरहेका छन्। बिदेशमा बसेर पनि आफ्नो भाषा संस्क्रिती भुलेका छैनन्।" निक्किले त्यो सज्जनतिर नफर्की भनी।


"हाम्रो नेपाली संस्कारमा हुर्किएका बच्चाहरुको कति राम्रो बोली! यो अमेरिकाका भुराहरुको भने आफुभन्दा ठुलोलाइ पनि मनपरि गाली गर्ने। कति खराब बानी!" सज्जन आफ्नै पारामा भन्दै थिए।


"के भयो र बुबा?" मैले उक्त सज्जनको अनुभब सुन्न चाहे। निक्किले टुलुटुलु मलाइ हेरी।


"अस्ति नि नानी!" निक्किलाइ हेर्दै बुढो मान्छेले भने,"हो यै नानी जत्रै केटीले कार चलाएकी थी। रातो बत्ति निभेर हरियो बत्ती बल्दा पनि अघि बढिन क्या। खोइ के के गरिरेहेकी थी। मैले पछाडीबाट हरन बजाए। बाबै, त्यस्ले त कस्तो कस्तो हात पो गरी त। झ्याल खोलेर सुन्नै नहुने गाली पनि गर्दैथी।" बुढो मान्छेले जिब्रो काटे।


तुरुन्तै निक्किले मलाइ कुहिनामा चिमोटी र तान्दै बाहिर ल्याइ। बुढो मान्छे हेर्‍या हेर्यै भए।


"अब यहाँ बस्नु ठिक हुँदैन।" भन्दै कारतिर लागि।


"तिमी पनि अचम्मकी छौ। कहिले सामाजिक हुनु पर्छ भन्छौ, कहिले कुरा गर्दा गर्दै तानेर घर फर्काउछौ।" मैले निक्किलाइ भने।


"तिमीलाइ थाहा छ त्यो मान्छेले मलाइ कहा देखेको?" निक्किले सोधी।


"रामहरि का।" मैले जिस्काए।


"अस्ति उस्लाइ त्यो गाली गर्ने र हात देखाउने मै त हो नि।" निक्किले एकै स्वासमा भनी।


म छक्क परे।


"रातो बत्ति बलिरहेको थियो। मैले भर्खर नङ पलिश लाएर हिडेको थिए, त्यो बिग्रिन्छ भनेर खाली खुट्टा ब्रेक र ग्यास चलाइरहेको थिए। पलिश सुक्यो भनेर जुत्ता लाउदै थिए। हरियो बत्ति बलि सकेछ। पछाडी बाट "ट्याँ---" गरेर हरन बजायो। म कस्तरी तर्सेँ भन्या। मलाइ पनि रिस उठ्यो र माझि औँला देखाइ दिए।"


"त्यो त अत्ति भयो। माझि औँला देखाउनु भनेको त अत्ति निच ब्यबहार पो हो।"निक्किले त्यस्तो गर्ला जस्तो मलाइ लागेन।


"त्यति मात्र कहाँ हो र अझ झ्याल खोलेर रिसको झोंकमा बुढोलाइ "एफ यु" पनि भने त।"


"धत! त्यस्तो पनि गर्नुहुन्छ?"


"मलाइ त्यो बुढो नेपाली भनेर के थाहा त? फेरि भेटिन्छ भन्ने के थाहा? " निक्किले स्पस्टिकरण दि।


"खुब राम्रो गरेछौ। तिमीलाइ त पुरस्कार नै दिनु पर्ने रहेछ।"


"के तिमीलाइ कहिल्यै रिस उठ्दैन?" निक्किले सोधी।


"उठेपनि---मेरो बिचारमा" निक्किले बिचमै मेरो बाक्य काटेर सोधी।


"तिमी कहिले झोक चलेको बेलामा "एफ" भन्दैनौ?"


म चुप लागे। अब देखि मनमनै निक्किसङ कतै नजाने आफैसित बाचा गरे।


क्रमश:

Last edited: 09-Nov-10 04:05 PM
Read Full Discussion Thread for this article