ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 163101 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-25-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिप्लेको स्मरण्सक्ती त मान्नै पर्छ बाSSSS, पा'को हो केटोले! तर अस्ती एता साथीलाई चाइने डिक्लेर गरेछी ल्याउन देछन भन्या, अलिकती चाखियो, तर झन्डै पचाउनै नसकेर बित्यास परेन

सनीरा चाइने कसैको मुकुन्डो हैन भनेर म गरेन्टी लिन्छु ल, यो लहरेले गर्नु गर्या छ, सब माथि शँका लाग्नुको कारण नै एइ लहरे मुर्दार हो, असत्ती काइँको!
 
Posted on 08-25-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पुरे तिम्रो ग्यारेन्टी ले के फरक पर्छ र -


केही मतलब छ तिम्रो ग्यारेन्टी को -


साइली लाई मेरो मुकुन्डो भनेर हल्ला गर्ने ठुल्दाइ र पुरे हो क्यारे -


नचाहिदो हल्ला फैलाउने अनी अहिले आएर ग्यारेन्टी लिन्छु रे -


सरम भन्या छैन कि क्या हो यो केटा सँग


 
Posted on 08-25-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्मरण शक्ती यस्तो अजङ्गको नभाभे चिप्ले अन्तै चिप्लिसकेको हुन्थे ?  मखुला?


जिम्माल बा कता भूमिगत हुनु भा नि ?


रुकुम, रोल्पा तिर का त सतहगत भैसकेको बेला। डोल्पा तिर हो कि ? यारसागुम्बा को जोगार गर्न ?


 
Posted on 08-25-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद पुरे, भाई हो तो एसा
चिप्ले जि लगयता अरु गाम्ले जि हरुलाई सन्खा लागेमा , पुरे यनी मेरो भाई लाई संपर्क राख्न अनुरोध छ
मुकुन्दो भनेर कसैले भने भने   मलाई कस्तो हसो लाग्छ भनेको ?


 
Posted on 08-25-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यस्मा सनीरा लगायत अरु अवतारीहरुको केइ दोश छैन, त्यो लहरे पाटकी तेस्तै छ, चाइने नचाइने काम गर्छ, अरुलाई दु:ख दिन बाहेक केइ जान्दैन। तेल्लाई त समातेर सिस्नो पानीले ड्याम्-कि-ड्याम बजाउन पर्छ अनी ठीक पर्छ!
 
Posted on 08-25-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु मलाई थाहा भएन राजु १६१ को हो भनेर थाहा पाइय
 किन त्यसरी हासेको 



 
Posted on 08-25-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाबो पेडा किनेर खान नि म बुडोसिर पइसो माग्न पर्छ तिम्लाई लहरेका काल? बरु " ए बुडा लु गैँडा चुरोट किनेर खानुस" भनेर मलाई दिनु कता हो कता बडो मइँसित माग्दो पो रेछ!


चिप्ले, त्यहि त गर्मी पनि सकिन लागिसक्यो, यहि मौकामा र 'अमेरिका पदार्पण' को सोह्रौँ पुण्य  तिथी....आच्या....वार्षीकोत्सवको उपलक्षमा बियर खाँदै कुरा क्लियर गरम न त जे पर्ला पर्ला! :-)


 


 
Posted on 08-25-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हांस्न मन लागेर हासेको साइली


नहाँस्न मन नलागेर हाँसेको होइन जस्तो लाग्छ मलाई त


 
Posted on 08-25-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अरु मलाई थाहा भएन राजु १६१ को हो भनेर थाहा पाइय>>>

को रेछ त? राजु माड्साप त पुरा साझामा यत्र-तत्र सर्वत्र छन, सनीराले चाइने कसरी चिन्नु भो कुन्नी

जिम्मालबा त्यो लहरे तेस्तै हो, ऐले ५ रुपैयाँ मागेर पेडा खान्छु भन्छ, अनी पछी लगेर खुत्रुकेमा हाल्छ, पछी लहरिलाई जामा किन्दिने भनेर, एक तरिकाले हेर्नी हो भने त ठिकै पनि हो, तर पैसो भनेछी दाँतबाट पसिनो चुहिन्छ उस्को। 

 
Posted on 08-25-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु सँग भा भे तिमी सँग मागिराख्थे कि क्या हो -


फेरी गैंडा किन्न किन पैसा चाहियो तिमीलाई कहिले नै पैसा तिरेर चुरोट किन्या छौ ए बुढा -


बाटो मा जो जो भेट्छ - मागे भैहाल्यो नि - तिमी बुढा को किच्किच सुन्नु भन्दा चिरोट नै दिएर जान्छ


अनी खाउलाउ गैंडा याक बिजुले सबै


 
Posted on 08-25-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँव, हाँसेको एउटा उत्तर अर्कोले पो दियो त बै
 
Posted on 08-25-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को करायो ग्यारेन्टी लिने मान्छे -


हैन बाटा मा भेटोस् न एसलाई को घुचुकमा नहानी कन कहाँ छाड्छु र -


बडा निहुँ खोजिरा छ -


 
Posted on 08-25-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रे? मइँले कइले नि पैसो तिरेर चुरोट खान्न रे? हन ए असत्ति क्यार्न पैसो तिर्न परो हँ? यो बुडालाई देखेसि सप्पै गाम्ले, ओल्लो गाम्ले पल्लो गाम्ले सपले तमाखु टक्राम्छन, फलैँचामा बसाल्छन र मोहि ख्वाम्छन ए रात्तै! बुडो भओ भनेर नानाभाँति फलाक्या होलाऊ मलाई, हेर बाबु, बुडो भ' नि हेरि सक्छऊ भन्देखुन म सँअ काठमाँडु हिँड, हेरि तिम्लाई भन्दा गोडा एक बिसेक तरुनिले यो ज्यानलाई हेरेनन भन्देखुन चइनेकेरे मा मेरो नाम बिर्खे हईन! ए राता मकै! भैँसिको ममचा खा'र भैँसि जस्तो ज्यान बना'र मात्तै हुँदैन गाँठे, बल भने बोइलर कुखुरा अस्तो! हाम्रा बरु ज्यान सुकेर बनओ स्याल जस्तो भ' नि बल् मुर्रा राँगो जस्तो छ ए रात्तै!


अझै पनि घरओ छानो आफैँ छाइन्छ, बुडो भओ भन्दैमा जे पाओ तेई भन्न पाइन्छ???


 
Posted on 08-25-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमाल्बा ग्रेट गोइङ, लोल लोल महालोल BMLB
 
Posted on 08-25-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मन्त्रीपरीषद्को सूचना:


 


विषेश कारणबस  बिगत लामो समयदेखि चौतारी मन्त्रीपरीषद्को बैठक बस्न नसकेको व्यहोरा सर्वविदितै छ। यस अन्तरालमा धेरै औतारीहरुको चौतारी आगमन भएको तथ्य तर्फ ध्यान दिँदै आज बसेको बैठकले नयाँ तथा चौतारी नालिबेली सुचीमा नाम तथा पद नामांकरण गर्न बाँकि औतारीहरुलाई अनुरोध गर्दछ। मन्त्रीपरीषदमा निम्न औतारीहरुको नाम तथा पद उल्लेख भएकोमा आ-आफ्नो नाम हेरिदिनुहुन र छुटेकाले 'नाम थपिपाऊँ' को निवेदन दिनुहुन अनुरोध गरिन्छ।


चौतारी मन्त्रीपरीषद्


चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

 

Last edited: 25-Aug-09 03:23 PM

 
Posted on 08-25-09 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 25-Aug-09 03:24 PM

 
Posted on 08-25-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्तमान चौतारीका हर्तकर्ताहरुको नाम, चौतारीको अभिलेखमा ससम्मान अंकित गरिदिन हुन प्रवक्ता महोदयमा हार्दिक अनुरोध गर्दछु।

 
Posted on 08-25-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्तमान चौतारीका हर्तकर्ताहरुको नाम, चौतारीको अभिलेखमा ससम्मान अंकित गरिदिन हुन प्रवक्ता महोदयमा हार्दिक अनुरोध गर्दछु।

त्यहाँ प्रस्तुत नामावली धेरै नै पुरानो भाको र पञ्चायत ताका बेलाको हुनाले नयाँ नेपालमा नयाँ नामावली, नयाँ मन्त्रालय सहित सुचिक्रित गरी हामी आम जनतालाई सुसुचित गर्न बिनम्र आग्रह गरिन्छ

 
Posted on 08-25-09 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोहर साल खुशी फाट्दा जतन गरी मन ले टाँले


 










Pohor Saal - Aruna Lama


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters