[Show all top banners]

oyaa
Replies to this thread:

More by oyaa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यु येसमा माकुनेलाइ कालो झंडा??

[Please view other pages to see the rest of the postings. Total posts: 72]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 34381 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 09-20-09 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     12       ?     Liked by
 

अमेरिकामा कालो झंडा खाने पहिलो नेपाली प्रधानमत्री माकुने !
हेर बेइजत एमालेको !


http://blackflagmakune.webs.com/


==========================================================


लोकतांत्रिक गणतंत्र नेपालले पहिलो बामे नसर्दै २-२ ठाउबाट लज्जास्पदपूर्ण पराजित नेपाली प्रधानमन्त्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! गणतांत्रिक नेपालको पहिलो गांसमा नै लोकतंत्रमा कालो धब्बा लगाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ !   जनताको राजनितिक प्रतिनिधि चुनने अधिकारको खुल्लम खुला धज्जी उडाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ ! संबिधान सभाको चुनाबमा जनताद्वारा हरायिएको नेताहरुको बहुमत भएको सरकारलाइ नेतृत्व गर्ने लोकतंत्रको कलंक प्रधानमंत्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! जनताको चुनाबी अधिकार जिंदाबाद ! लोकतंत्र जिंदाबाद ! जनताको मतलाइ कुल्चिन पाइदैन, पाइदैन !


स्थान:
United Nation Building को मूल गेट अगाडी
New York, USA
मिति र समय:
September 26 2009
बिहान ९ बजे बिहानदेखि कालो झंडा र प्ले कार्ड  प्रदर्शन (प्रधानमंत्री मकुनेले ११:४५ बिहान यु. एनमा  भाषण गर्दैछन)


नोट:
१) Midwest  र Weast Coast बाट करीब १९७ जना नेपालीसाथीहरु (बिद्यार्थी लगायेत अन्य) बिहान UN Building अगाडी आइपुग्ने निश्चित भईसकेको जानकारी गराइयेको छ ! न्यू योंर्कबाट ३५३ जना साथिहरु (बिद्यार्थी लगायेत अन्य) सहभागी हुने जानकारी गराई सकेका छन !


२) साथीहरुले कालो झंडा वा कालो कपडा र प्ले कार्डहरु आफै ल्याउनु हुन अनुरोध गरिन्छ ! कालो कपडा र कार्डबोर्ड कागज़हरु Walmart, Kmart, Dollar Store, र Big Lot Store आदि ठाउहरुमा उपलब्ध हुनसकने जानकारी गराइन्छ !


३) कृपया कालो झंडा देखाउने बिरोध, शान्ति पूर्वक र सभ्य तरिकाले गरीदिनु हुन अनुरोध छ !


४) न्यू योंर्कमा भएका साथीहरूले Columbia University मा भाग लिनु हुनेछ र त्याहापनि प्रधानमंत्री नेपाललाई कालो झंडा देखाईने कार्यक्रम छ !


५) कृपया प्ले कार्ड्मा नाराहरु सभ्य र अर्थपूर्ण राखिदिनु होला ! हाम्रो यो प्रदर्शन २-२ ठाउमा चुनाब हारेको नेता प्रजातांत्रिक देशमा प्रधानमंत्री हुन सक्दैनन भन्ने बिरोधकोलागी हो !



संयोजक:
अमेरिका-नेपाल लोकतांत्रिक गणतंत्र मंच (तदर्थ) ! 


 

Last edited: 20-Sep-09 05:32 PM

 
Posted on 09-21-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I already reported their activities to the authority. Let's see what will happen on that day.

 
Posted on 09-21-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Democracy is all about culture, attitude, tolerance, harmony. See how this great country of the US has florished on earth as the spearhead of democracy rooted on these values! So long as a demonstration, speech, or any expression of discontent is peaceful and civic, any attempt to trample on it would tantamount to moving against the spirit, values and soul of democracy. I am indifferent to anyone or any party in Nepal; however, I felt an urge to ask all those to reflect on the essence of democracy and muster enough wisdom to let peaceful expressions - for or against anyone or any camp - take place in this land of freedom and democracy. Thank you.

 
Posted on 09-21-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a coward act. shame on you.

 
Posted on 09-21-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

अमेरिकामा धेरै किसिमका नेपालीहरु बस्छन आजभोली ! स्वतंत्र नागरिकको शान्तिपूर्वक बिरोध गर्ने पाउने अधिकारको बिरुद्धमा साझा डट कममा आएर "उल्टी" गर्ने नेपालीहरुको चरित्र यस प्रकारको छ !


१) नेताहरुको मैलो झोला बोकेर सभा-समारोहमा जाने भनेर अमेरिकामा छिर्ने र येतै बेप्पता हुने र बिभिन्न पार्टीको राजनीति गर्ने !


२) हजूर बाऊ र बाऊले नेपालमा राजनितिमा, प्रशासनमा र कलोबजारीमा लागेर करोडौको भ्रस्ताचार गरेर अकूत कालो धन कमाएको र त्यस्तो कालो धनलाई सदुपयोग र शुद्धिकरण गर्न अमेरिकामा बिभिन्न बाहानामा बसोंबॉस गर्ने !


३) मुखमा प्रजातंत्र - प्रजातंत्र भन्ने तर ब्यवहारमा सांसद/सभासदहरु सट्टा-बजारी गर्ने र चुनाबमा हारी सकेपछिपनि मत्री र प्रधानमंत्री बनेकाहरुको तलुवा चाटेर आफ्नो दुनो सोझ्याउनेहरु !


अन्यथा २-२ ठाउमा निर्लजातापूर्वक जनताले हराएको ब्यक्ति प्रजातांत्रिक देशमा प्रधानमंत्री हुनु प्रजातांत्रिक नैतिकता होइन भनेर बिरोध गर्नुमा माथिका प्रजातान्त्रको छाला ओढेको ब्वासोहरुलाई किन आपति भयो ?????  के यी "अमेरिकाको हवाला दिने"  भ्रष्ट प्रजातंत्रबादी भानाउदोहरुको बाऊ, बाजे र आफन्तको भ्रस्ताचारको करतूत माधवे नेपालले धाकछोप गरेर राखेको छ ??????

भक्ते, pire जस्ता येस्तै चरित्र भएको ब्वासोहरुले authority लाइ खबर गरेर  वा फोटो खिचेर खै के ख्यास्ला र ???


हिम्मत भये क्यामेरा बोकेर आये हुन्छ त्यों दिनमा- यी माथिका भ्रष्टचारी र हरुवा टट्टूहरु ! हिम्मत छ, छाती खोलेर सितम्बर २६ मा यु यन बिल्डिंग अगाडी आउने ??? हामी (१९७ + ३५३ +..) को क्यामेराले पनि यी "औलामा गन्न सकिने"  टट्टूहरुको फोटो खिच्नु पर्छ ! 

Last edited: 21-Sep-09 01:56 PM

 
Posted on 09-21-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइ दुई ठाउबाट हारेकलाई बुइ चढाएर संसदमा पुरयाउने र आहिले आफ्नो दुनो सोझिएन भनेर प्रजातन्त्र र नागरिक सर्बोचताको नार दिएर कस्लाई मुर्ख बनाउन खोज्या? १४ हजार जनताको रगतको बली चडाएर पनि पुगेन? तेस्तै हो भने लागे हुन्छ रुस, नर्थ कोरिया वा Cuba तिर, एत्रो खान पूँजीवादी देशमा बस्या? लौ हेरौ के हुन्छ त्यो दिन मा र कती जान आउदा राहेछन, म पनि हेरौ ला ।

 
Posted on 09-21-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr Sour Grapes aka Angur


I have a question for you. Why didn you show black flag to the person who comitted crime against inncoent people of Nepal. Dont you think he deserve black flag for killing 15000 people in the of peoples war?


Lets see how many people will show up. I dont beleive your crap about those number of people.


 
Posted on 09-21-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 


Yestaa harulaee kalo jhanda nadekhaee kastalaeee dekhaunee ho.. I am not supporter of Prachanda or any other parties but this is SO WRONG.. everyone knows how the Dhamala is....

सरकारले मुद्दा फिर्ता लिएपछि पत्रकार ऋषि धमला प्रधानमन्त्री माधवकुमार नेपालसँगै अमेरिका उडेका छन् । सरकार हातहतियार तथा खरखजनाको अभियोगमा धमलाविरुद्ध अदालतमा मुद्दा लडिरहेको थियो ।

रणवीर सेनामा संलग्न रहेर एक व्यापारीसँग पैसा असुलीको प्रयास गरेको र उपत्यकामा भएको विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा २१ माघ ०६५ मा धमला पक्राउ परेका थिए । अदालतले धमलालाई तारेखका छाडे पनि उनीसँगै पक्राउ परेका पत्रकार रामशुभक महतो र वीरेन्द्र केएमलाई भने थुनिराखेको थियो । सरकारले आइतबार तीनैजनाविरुद्धको अभियोग फिर्ता लिएको छ ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री सुजाताले धमलाको मुद्दा फिर्ता लिन दुई महिनाअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेकी थिइन् । तर, गृहमन्त्री भीम रावलका कारण सो प्रस्ताव स्थगित भएको थियो । तर, राष्ट्रसंघको महासभामा अमेरिका जाने प्रधानमन्त्रीको टोलीमा रिपोर्टर्स क्लबका अध्यक्षसमेत रहेका धमला पनि परेपछि मुद्दाको विषय फेरि उठेको थियो ।

स्रोतका अनुसार सरकारले प्रधानमन्त्रीको अमेरिका भ्रमण टोलीमा ऋषि धमलालाई राखे पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । आतंकवादी संगठनमा संलग्न रहेको भनेर हातहतियार तथा खरखजनाको मुद्दा लगाउने सरकारले नै धमलालाई प्रधानमन्त्रीसँगै अमेरिका लग्न थालेपछि अमेरिकी दूतावासले आपत्ति जनाएको थियो ।

भिसा अस्वीकार भएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले धमलाविरुद्धको मुद्दा फिर्ता लिन गृहमन्त्री रावललाई दबाब दिएकी थिइन् । गृहमन्त्रीले भने अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप नगर्ने अडान लिएका थिए । तर, परराष्ट्रमन्त्री सुजाताले दबाब दिएपछि प्रधानमन्त्री नेपालले धमलाको मुद्दा फिर्ता लिन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री अमेरिका उड्नुअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रावलले धमलाविरुद्धको मुद्दा फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, मधेसी मन्त्रीहरूले धमलाको मुद्दा फिर्ता लिने भए दुईजना मधेसी पत्रकारलाई पनि थुनिराख्न पाइन्न भनेर अडान लिएका थिए । मधेसी मन्त्रीहरूको अडानका कारण धमलासहित रामशुभक र वीरेन्द्रको मुद्दा पनि सरकारले फिर्ता लिएको छ ।

सरकारले मुद्दा फिर्ता लिए पनि अदालती औपचारिकता पूरा नभएसम्म रामशुभक र वीरेन्द्र डिल्लीबजार कारागारमै रहनेछन् । तर, धमला भने सरकारको सिफारिसमा आइतबार नै भिसा बुझेर अमेरिका उडेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धमलासहित तीन पत्रकारको नाममा रहेको मुद्दासमेत फिर्ता लिने निर्णय गरे पनि रणवीर सेनाको सैन्य इन्चार्ज भनिएका मनोज महतोको मुद्दा भने फिर्ता भएको छैन । मनोज पनि दुईजना मधेसी पत्रकारसँगै पक्राउ परेका थिए ।

उपत्यकामा शृंखलाबद्ध बम विस्फोट गराउँदै आएको रणवीर सेनामा संलग्न रहेको आरोपमा रिपोर्टर्स क्लबका अध्यक्ष धमला पक्राउ परेका थिए । बम विस्फोट, हतियारको कारोबार र फिरौती संकलनको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत वर्ष २१ माघमा उनलाई पुतलीसडकस्थित रिपोर्टर्स क्लबबाट साँझ ६

:३० बजे पक्राउ गरी हनुमानढोका पुर्‍याएको थियो । प्रहरीले त्यसअघि १९ माघमा पक्राउ गरेका रामशुभक र मनोजको जानकारीको आधारमा क्लबका सुनसरी शाखा अध्यक्ष वीरेन्द्र केएमलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले धमला रणवीर सेनाका सहयोगी, रामशुभक महतो उपत्यका इन्चार्ज, मनोज महतो उपत्यका सैन्य इन्चार्ज, वीरेन्द्र केएम धमलाका सहयोगी रहेको दाबीसहित हातहतियार तथा खरखजना र जबर्जस्ती रकम असुलीको अभियोगमा मुद्दा दायर गरेको थियो । प्रहरीले धमला र रणवीर सेनाका उपत्यका इन्चार्ज मनोज महतोबीच भएको टेलिफोन संवाद भन्दै सार्वजनिक गरेको अडियो टेपमा अपहरण, विस्फोट र फिरौतीसम्बन्धी संवाद छ । तर, धमलाले भने सो टेप नक्कली भएको दाबी गर्दै आफू रणवीर सेनामा संलग्न नभएको दाबी गरेका थिए । यही दाबीका आधारमा उनलाई अदालतले साधारण तारेखका छाडेको थियो ।

रणवीर सेनाले राजतन्त्र र हिन्दू राज्यको माग गर्दै तराईमा हिंसात्मक क्रियाकलाप गर्दै आएको छ । अघिल्लो वर्ष रणवीर सेनाले उपत्यकामा आफ्नो गतिविधि तीव्र बनाएको थियो । गत वर्ष रणवीर सेनाले एक साताभित्रै त्रिभुवन विमानस्थलको मुख्यद्वार, दरबार हाइस्कुल र काठमाडौं मलअगाडि बम विस्फोट गराएको थियो । यसबीचमा प्रहरीले रणवीर सेनाका प्रमुख कुमार पाण्डेलाई पक्राउ गरिसकेको छ । नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीको जानकारीको आधारमा मोरङ प्रहरीले विराटनगर- ४ मा बस्ने पाण्डेलाई दुई साताअघि पक्राउ गरेको हो । पाण्डे प्रहरी हिरासतमा छन् । 

Source http://www.nayapatrika.com/newsportal/cover_story/6266.html


 
Posted on 09-21-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 


Yestaa harulaee kalo jhanda nadekhaee kastalaeee dekhaunee ho.. I am not supporter of Prachanda or any other parties but this is SO WRONG.. everyone knows how the Dhamala is....

सरकारले मुद्दा फिर्ता लिएपछि पत्रकार ऋषि धमला प्रधानमन्त्री माधवकुमार नेपालसँगै अमेरिका उडेका छन् । सरकार हातहतियार तथा खरखजनाको अभियोगमा धमलाविरुद्ध अदालतमा मुद्दा लडिरहेको थियो ।

रणवीर सेनामा संलग्न रहेर एक व्यापारीसँग पैसा असुलीको प्रयास गरेको र उपत्यकामा भएको विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा २१ माघ ०६५ मा धमला पक्राउ परेका थिए । अदालतले धमलालाई तारेखका छाडे पनि उनीसँगै पक्राउ परेका पत्रकार रामशुभक महतो र वीरेन्द्र केएमलाई भने थुनिराखेको थियो । सरकारले आइतबार तीनैजनाविरुद्धको अभियोग फिर्ता लिएको छ ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री सुजाताले धमलाको मुद्दा फिर्ता लिन दुई महिनाअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेकी थिइन् । तर, गृहमन्त्री भीम रावलका कारण सो प्रस्ताव स्थगित भएको थियो । तर, राष्ट्रसंघको महासभामा अमेरिका जाने प्रधानमन्त्रीको टोलीमा रिपोर्टर्स क्लबका अध्यक्षसमेत रहेका धमला पनि परेपछि मुद्दाको विषय फेरि उठेको थियो ।

स्रोतका अनुसार सरकारले प्रधानमन्त्रीको अमेरिका भ्रमण टोलीमा ऋषि धमलालाई राखे पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । आतंकवादी संगठनमा संलग्न रहेको भनेर हातहतियार तथा खरखजनाको मुद्दा लगाउने सरकारले नै धमलालाई प्रधानमन्त्रीसँगै अमेरिका लग्न थालेपछि अमेरिकी दूतावासले आपत्ति जनाएको थियो ।

भिसा अस्वीकार भएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले धमलाविरुद्धको मुद्दा फिर्ता लिन गृहमन्त्री रावललाई दबाब दिएकी थिइन् । गृहमन्त्रीले भने अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप नगर्ने अडान लिएका थिए । तर, परराष्ट्रमन्त्री सुजाताले दबाब दिएपछि प्रधानमन्त्री नेपालले धमलाको मुद्दा फिर्ता लिन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री अमेरिका उड्नुअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रावलले धमलाविरुद्धको मुद्दा फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, मधेसी मन्त्रीहरूले धमलाको मुद्दा फिर्ता लिने भए दुईजना मधेसी पत्रकारलाई पनि थुनिराख्न पाइन्न भनेर अडान लिएका थिए । मधेसी मन्त्रीहरूको अडानका कारण धमलासहित रामशुभक र वीरेन्द्रको मुद्दा पनि सरकारले फिर्ता लिएको छ ।

सरकारले मुद्दा फिर्ता लिए पनि अदालती औपचारिकता पूरा नभएसम्म रामशुभक र वीरेन्द्र डिल्लीबजार कारागारमै रहनेछन् । तर, धमला भने सरकारको सिफारिसमा आइतबार नै भिसा बुझेर अमेरिका उडेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धमलासहित तीन पत्रकारको नाममा रहेको मुद्दासमेत फिर्ता लिने निर्णय गरे पनि रणवीर सेनाको सैन्य इन्चार्ज भनिएका मनोज महतोको मुद्दा भने फिर्ता भएको छैन । मनोज पनि दुईजना मधेसी पत्रकारसँगै पक्राउ परेका थिए ।

उपत्यकामा शृंखलाबद्ध बम विस्फोट गराउँदै आएको रणवीर सेनामा संलग्न रहेको आरोपमा रिपोर्टर्स क्लबका अध्यक्ष धमला पक्राउ परेका थिए । बम विस्फोट, हतियारको कारोबार र फिरौती संकलनको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत वर्ष २१ माघमा उनलाई पुतलीसडकस्थित रिपोर्टर्स क्लबबाट साँझ ६

:३० बजे पक्राउ गरी हनुमानढोका पुर्‍याएको थियो । प्रहरीले त्यसअघि १९ माघमा पक्राउ गरेका रामशुभक र मनोजको जानकारीको आधारमा क्लबका सुनसरी शाखा अध्यक्ष वीरेन्द्र केएमलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले धमला रणवीर सेनाका सहयोगी, रामशुभक महतो उपत्यका इन्चार्ज, मनोज महतो उपत्यका सैन्य इन्चार्ज, वीरेन्द्र केएम धमलाका सहयोगी रहेको दाबीसहित हातहतियार तथा खरखजना र जबर्जस्ती रकम असुलीको अभियोगमा मुद्दा दायर गरेको थियो । प्रहरीले धमला र रणवीर सेनाका उपत्यका इन्चार्ज मनोज महतोबीच भएको टेलिफोन संवाद भन्दै सार्वजनिक गरेको अडियो टेपमा अपहरण, विस्फोट र फिरौतीसम्बन्धी संवाद छ । तर, धमलाले भने सो टेप नक्कली भएको दाबी गर्दै आफू रणवीर सेनामा संलग्न नभएको दाबी गरेका थिए । यही दाबीका आधारमा उनलाई अदालतले साधारण तारेखका छाडेको थियो ।

रणवीर सेनाले राजतन्त्र र हिन्दू राज्यको माग गर्दै तराईमा हिंसात्मक क्रियाकलाप गर्दै आएको छ । अघिल्लो वर्ष रणवीर सेनाले उपत्यकामा आफ्नो गतिविधि तीव्र बनाएको थियो । गत वर्ष रणवीर सेनाले एक साताभित्रै त्रिभुवन विमानस्थलको मुख्यद्वार, दरबार हाइस्कुल र काठमाडौं मलअगाडि बम विस्फोट गराएको थियो । यसबीचमा प्रहरीले रणवीर सेनाका प्रमुख कुमार पाण्डेलाई पक्राउ गरिसकेको छ । नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीको जानकारीको आधारमा मोरङ प्रहरीले विराटनगर- ४ मा बस्ने पाण्डेलाई दुई साताअघि पक्राउ गरेको हो । पाण्डे प्रहरी हिरासतमा छन् । 

Source http://www.nayapatrika.com/newsportal/cover_story/6266.html


 
Posted on 09-21-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Gara gara bhate maobadi ka tattu ho . birodh gara. Tyahi sikya chau. gAra.  Sake dhunga ni hana. Nepal ko khub ijjat huncha UNO ko meeting ma.  

 
Posted on 09-21-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"साझा डट कममा आएर "उल्टी" गर्ने नेपालीहरुको "


हेर हेर यस्को लेखाइ, ठ्याक्कै नेपलमा माओवादीहरुले प्रयोग गर्ने क्षुद्र भाषा छ


अरुलाई 


" नेताहरुको मैलो झोला बोकेर सभा-समारोहमा जाने भनेर अमेरिकामा छिर्ने र येतै बेप्पता हुने र बिभिन्न पार्टीको राजनीति गर्ने !"


भनेर वर्गीकरण गर्ने यो जन्तु आफुले चाहिं गाउँमा कतिको खुट्टा भाँचेर कस्को टाउको गिडेर भागेर आएको होला। कुन ब्यांक डाँका हानेको पैसा लुकाएर आएको थिइस?कसको सहाराले आइपुगिस अमेरिका ?  के भनेर शरणार्थी भइस? मैले कती माओवादी भातेहरुले नेपालाँ माओवादीले दु:ख दियो भनेर शरणार्थी बनेको नदेखेको हैन। ल हामी पनि हेरुम्ला, कती जना पढेलेखेका मान्छे हुन्छन तिमी हत्याराहरुको जुलुसमा। जहाँसम्मा माकुने को कुरो छ, तेस्को र प्रचण्डेको फरक यौटा साधारण घटना बाट छुट्टिन्छ: प्रचण्डेले कती रुकुम का मान्छे मार्‍यो, कहिले कसैलाई बचाएको खबर आएको छैन, माकुनेले अस्ती भर्खर रुकुममा गएर मर्न लागेको आइमाइलाइ उद्दार गर्‍यो। मार्ने पापी भन्दा बचाउने हरुवानै बेस हैन?


 
Posted on 09-21-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I am feeling so proud to learn that Mr. Prime Minister is giving a piece of stone from Mount Everest as a gift to Barack Obama. Right choice! I think this is A-1 gift.


 


let the bloody maoist do what they want. This is another move of them to prove how pathetic they really are!


 
Posted on 09-21-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
Makune PM bhako nepali janta le birodh garekai chaina.   Khali euta maubadi party le birodh garya cha..........

1. Makune lai satta ma lyaune  maubadi nai ho. Ahile PM bho bhanera roera kehi kaam chaina

2. Makune ko party le sansad ma bahumat lyayeko cha.  300 bhanda badi mat cha. Maobadi sakcha bhane bahumat banaos , ani prachanda PM banos. Kasai lai birodh hunna. Prachanda le  sansad ma bahumat lyauna sakya chaina kina bhane sap party eka tira cha.  ani kahi nabhako bakheda jhikya cha .



3. Ho makune chunav harya ho.  Tara janta le chunekai sansad bata uslai PM ghosana bho bhane kasaile birodh garne thau nai rahadaina. Kina bhane tyo pratinidhi lai hami le chose garya ho.



Makune ko birodh garne ahile maubadi matra cha. Kina cha sap lai thaha cha.     Makune malai ni maan pardaina thiyo.  Tara last ko ek dui month ma khub wah wahi pai ra cha.    Kathmandu ma ahile thula thula criminal  bhaka bhaki pakdi ra cha.   asti rukum ma euta kt ko jyan jogayo.  Geri halliwell aayo makune lai kiss khayo.   Ahile obama lai bhetna lagya cha.    Ani prachande kina jealous nahos ta.   

 
Posted on 09-21-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PRACHANDE IS JEALOUS BECAUSE...........


1.  MAKUNE  IS PM AND ENJOYING THE LIME LIGHT

2.  After makune saved life of that woman and  his government help catch a lot of top criminals in kathmandu ........even foreign media have been showering praise for Makune. I was surprised to see one program in  one of the worlds leading television FRANCE 24 channel praisign makune.


3. Geri Halliwell comes to nepal , not only praises makune but also kisses him.


4. Now makune will meet  Obama one to one .


No wonder who has egg in his face.  

Last edited: 21-Sep-09 03:40 PM

 
Posted on 09-21-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

no_quiero ब्रो ,
मलाई पनि आजकाल त्यो गोरिले माकुनेलाई च्याप्प किस खाएर झन प्रचण्डेलाई जियलस बनाइ जस्तो लाग्या छ, त्यही भएर ढुँगा मुढा खुब बढ्याछ अहिले । प्रचण्ड आफुले आफुलाई कती हिरो ठान्थ्यो। जेल लगाएर चिटिक्क परेर आँखा सन्काउदै हिड्ने बेला प्रचण्ड, बेलायत बाट आएर "मसला केटि"ले म्वाइ खाने त्यो रिट्ठे , ताइनतुइको , अनुहार न दनुवारको मादपेलाई।


 त्यो मुला प्रचण्डे नोयडामा लुकेर बस्दा 'स्पाइस गर्ल्' कै गीत सुनेर बस्थ्यो होला , अझ कुन कुन गोप्य कार्यकर्ताको अगाडी एकदिन यो स्पाइस्गर्ल लाई किस खाएर छोड्छु, मेरो कसमै भो ल , भनेर कसम पनि खाएको थियो होला, अनी यस्तो मौका चुक्दा त घाउमा नुन्चुक छरेको जस्तो भएन र त्यो बोकालाई?


Btw,  मलाई त रियल्ली कुन दिन त्यो प्रचण्डेको पनि 'पेरिस हिल्टन्' को जस्तो भिडियो आउँछ जस्तो लाग्छ शक्तिखोरको जस्तो । बादल र पम्फा भुसाल्को त छ भन्छन्, त्यही प्रमाण हेरेर कार्वाही गरेको भनेको सुनेकै हो।


 
Posted on 09-21-09 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Makune lai kalo jhanda nadekhaune bhanera makuneko samarthan garna khojeko hoina, tyo makune pani tehi dyangko mula ho jun dyang ma prachande, girija, tyo rajabadi bhanauda haru parchan...... sabai chorai chor. Kohi bhanda kohi kam chaina......... Nepal ma euta competition cha....sabse bada chor ko banne bhanne....... bharatiya neta ko gulami garer huncha ki, sojha sajha nepaliko dimag bhutera huncha ki, gau gauma sahar saharma banda hadtaalko atanka machhayera huncha jasari bhaye pani sattama pugera nepali ko ragat pasina chusnako lagi din raat lagi pareka chaan yi bwasaaharu......ani raal katdai yi chor bwasaa haruko pachi lagne yi dimag sunya bhayeka ra ankha ma kalo patti lagayeka badar haru le desh ra janatalai audhi dukha diye..... badar haru afu ta kehi gardainan.....sojha sajha janatalai pani garer khana didain..... yi salaharulai tharkayeko bharma khanu pareko cha..... Nepalko harek sasthama rajniti jhagada machhayera kehi kam huna diyeka chainan yi badarharule.........yi bhatuwaharulai kehi kam nagari thulo post ogatna pareko cha..... prachande, makune, girija jasta neta ko daijo ho ra  yo sabbai........mji jatha haru.....timiharuko prachade gaye matra deshma nagarik sarbochha ta huncha? timi mjhi haru le thulo bhag khana paye matra nagarik sarbochhata huncha? yaha adhikansh nepali janata yesta pani chan... jasle na prachande ko taluwa chatcha, na makuneko, na girija ko..... tiniharule chahi kahile khana naparne? tiniharule chahi afno yogyata bhaye pani kahile mathi jana napaune?...... jathaharu nepal yesai pani thil thilo bhai sakyo... ajhai nepal lai kati laat hanchau? makune lai kalo jhanda dekhayera yemale ko beijjat huncha ki nepali ko? timiharuko dui paise khopadi ma buddi bhanne pani kehi kura cha ki? .... cha bhane desh ko lagi kehi kam gara ..... afno yogyata ko adharma kam garer khana sika..... yo netaharuko taluwa chatne kam banda gara .........mjhi bheda haru ho...... 
 
Posted on 09-21-09 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bloody Maos, is this what you're fighting for? in the name of people?
sucking the blood of poor nepalese as parasites
grabbing their food, clothes and shelter
dividing the people in the name of ethnicity and religion
destroying other's property
sheltering all the criminals
Thousands, if not millions of nepalese are suffering because their beloved ones are killed due to maoist's bloody war. Hundreds of health posts and hospitals were destroyed by maoists. Bloody maoists targeted the heart of the infrastructures such as bridges, due to which many villagers are forced to cross the river risking their life.

Few news from the last week related to bloody maoists:
Bloody maoists are trying to remove the property rights from our constitution; has anybody noticed this news?

मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण

माओवादीबाहेक दलको विरोध -
काठमाडौ, असोज ३ (नागरिक)- संविधानसभा अन्तर्गतको प्राकृतिक स्रोत तथा आर्थिक अधिकारसम्बन्धी समितिले हदबन्दीभन्दा बढी जग्गा सरकारले बिना मुआब्जा अधिकरण गर्न पाउने निर्णय गरेको छ। 
सरकारसँग प्रयाप्त बजेट नहुने हुँदा हदबन्दी भन्दा बढी जग्गा अधिकरण गर्दा मुआब्जा नदिने निर्णय समितिले गरे पनि त्यसमा माओवादीबाहेकका दलले असहमित व्यक्त गरेका छन्। 

माओवादी बाहेकका दलहरुले भने सभापतिले जवरजस्ती निर्णय गराएको भन्दै प्रक्रियाप्रति पनि असहमति व्यक्त गरे। निर्णय प्रक्रियाप्रति असहमती राख्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद्ले बैठक बहिष्कार गरे। 

नेपाली कां‌ग्रेस, नेकपा एमाले तथा मधेसवादी दलका सभासद्हरुले सहमतिको लागि थप समय माग गरेपनि समितिकी सभापति अमृता थापाले ध्वनीमतबाट उक्त प्रस्ताव पारित भएको बताइन्। अन्य दलहरुले जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने मत राखेका छन् ।

समितिको ४३ सदस्य मध्ये शुक्रबारको बैठकमा ३१ जना सभासद् उपस्थित थिए। माओवादी बाहेकका दलका सभासद्ले कम्तीमा थप एक दिन सहमतिको लागि समय लिन माग गरेपनि सभापति थापाले त्यसलाई मानिनन्।

कांग्रेसले अन्य चल सम्पत्तिसरह भूमिलाई पनि 'सम्पत्तिको अधिकार' मा व्यवस्था गर्नुपर्ने अडान राखेका थिए। कांग्रेस सभासद् रामशरण महतले भने, 'जमिनको अधिकार व्यक्तिगत सम्पत्तिको अधिकार हो, त्यसैले त्यो राज्यले अधिग्रहण गर्दा क्षतिपूर्ति दिनैपर्छ।'

भूमिसुधार संविधानमा लेखिने विषय नभए पनि सहमतिका लागि कांग्रेसले स्वीकारेको बताउँदै महतले भने, 'भूमिसुधार संविधानमै नलेखी कानून बनाएर गरिने विषय हो, यो मौलिकहकमा लेखिन्न।'

माओवादीलगायत भूमिसुधारको वकालत गर्ने वामपन्थीहरूले भने जमिन्दारको जग्गा राज्यले किनेर भूमिसुधार नहुने, राज्यले तोकेको हदबन्दीभन्दा बढी जग्गा राज्यले कब्जा गरेर भूमिहीनहरूलाई वितरण गर्नुपर्ने धारणा राख्छन्। जिमीदारप्रति नरम दृष्टिकोण राखेकै कारण भूमिसुधार हुन नसकेको माओवादी मत छ।

समितिको सोमबारको बैठकमा तिलक रावल, मनोनित सभासद् राजेन्द्र खेतान, विनोद चौधरी, दिवाकर गोल्छा श्रवणकुमार अग्रवाललगायत १२ जना अनुपस्थित थिए। तराइ-मधेश लोकतान्त्रिक पार्टीका जीतेन्द्रप्रसाद सोनारले भने, 'मधेशका चार दलले भूमिसुधारको नाममा मधेशको भूमि अतिक्रमण स्वीकार्य नहुने संयुक्त रूपमै भनिसकेका छन्।' भूमिसुधार वा कुनै पनि बहानामा क्षतिपूर्ति नदिई अधिग्रहण स्वीकार्य नहुने सोनारले बताए।

समितिमा ध्वनी मतका आधारमा बहुमतले गरेको निर्णयप्रति अरु दलले आपत्ति जनाएका छन्। माओवादीले भने लोकतान्त्रिक विधिअनुरुप निर्णय गरेको जनाएको छ। बहुमतको निर्णय सहमतिको लागि आफूले गरेको प्रयासमाथि 'पानी खन्याएको' आरोप लगाउँदै एमाले सभासद् विजयकुमार पौडेलले भने, 'सभापतिले तानाशाही काम गर्नुभएको छ।' सहमतिकै लागि पटक-पटक सारिए पनि निर्णय हुन नसकेको सभापति अमृता थापा मगरले बताएकी थिइन्।

निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आरोप लगाए, 'आज अपर्झट साथीहरू नभएको मौका पारी निर्णयमा पुग्यौं, नेपाली कांग्रेसका तर्फबाट दुःख व्यक्त गर्दछु।' समितिको बैठकमा सद्भावनाका रामनरेश रायले मधेशले नमान्ने बताएपछि माओवादीका इसलाम मिया धोबीले कडा प्रतिवाद गरेका थिए। 'मधेशको ठेकेदार तपाईंमात्र हैन, हामी पनि मधेशवादी हौं', धोबीले भने, 'मधेशका गरीब वर्गको आवाज मधेशवादी भन्नेहरूले बोल्दैनन्।' उनले मधेशमा आएर यसबारे सामना गर्न चुनौती दिएका थिए।

कांग्रेसका रामशरण महतले पटक-पटक बैठक बहिस्कार गर्ने बताए पनि अन्तिमसम्म बसेर निर्णयमा सामेल भएका थिए। 
४३ सदस्यीय समितिमा माओवादीमात्र क्रान्तिकारी भूमिसुधारको पक्षमा छ। भूमिसुधारबारे पारित प्रस्ताव सहमतिको प्रयासमा आफूले तयार गरेको एमालेका विजय पौडेलले बताएका थिए। असहमत हुनेहरूका लागि फरकमत पेश गर्न दुई दिनको समय दिइएको छ। १६ जनामात्र प्रस्तावको पक्षमा भएकाले प्रतिवेदनको फरकमतमा बहुमत सदस्य रहने कांग्रेसका घिमिरेको दाबी छ। एमाले र कांग्रेसका ८-८ जना सदस्य छन्। आफैंले तयार गरेको प्रस्तावको विपक्षमा हस्ताक्षर गर्न भने एमाले सभासद्हरूलाई धर्मसंकट पर्ने माओवादीको अनुमान छ।

'आर्थिक स्वतन्त्रता' को साटो 'मिश्रित अर्थ प्रणाली' र 'बहुलवादी लोकतान्त्रिक समाजवाद' को साटो 'बहुदलीय प्रतिस्पर्धा' राखेर सहमतिमा पुग्न सहमत भएका हुन्। स्रोतमाथि 'आदिबासी जनजातिको अग्राधिकार' राख्नुपर्ने अडानमा रहेको माओवादी 'स्थानीय जनताको पहिलो प्राथमिकता' राखेमा मान्न सहमत देखिएको छ।

शनिबार अपरान्ह चार बजेसम्मका लागि असमतहरुलाई फरकमत राख्ने समय भने दिइएको छ।

http://nagariknews.com/politics/parliament/5213-2009-09-18-13-52-20.html


५० हजार हेक्टर जग्गा माओवादी कब्जामै

उजिर मगर/किरण पुन, काठमाडौं, असोज ४- एकीकृत माओवादीले युद्धकालमा कब्जा गरिएका ५० हजार हेक्टर जग्गामा खेतीबाली लगाइरहेको छ। सरकारसँगको सहमतिविपरीत उसले ती जग्गामा भोगचलन गरेको हो।
त्यसको उब्जनीमा गुजारा चलाइरहेका किसानहरूलाई अर्को व्यवस्था नहुँदासम्म जमिन फिर्ता नगरिने माओवादी निकट अखिल नेपाल किसान संघ (२००७) ले जनाएको छ। 
'युद्धकालमा कब्जा गरिएका ५० हजार हेक्टर जग्गामा किसानले खेतीबाली गरिरहेका छन्,' संघका अध्यक्ष तथा सभासद् चित्रबहादुर श्रेष्ठले नागरिकसित भने, 'खाली जग्गामा बाली लगाउन निर्देशन दिएका छौं।'

प्रधानमन्त्री रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले गत वैशाख ६ गतेभित्र कब्जा जग्गा फिर्ता गर्ने तेस्रोपटक प्रतिबद्धता गरेका थिए। माओवादीको प्रतिबद्धता कार्यान्वयन अनुगमन संसदीय समितिले मनाङ, मुस्ताङ र डोल्पाबाहेक बाँकी सबै जिल्लामा दलका नेता-कार्यकर्ता र सर्वसाधारणको सम्पत्ति अझै कब्जामा रहेको निष्कर्ष निकालेको थियो। 

समितिका अनुसार ३० हजार परिवारको जग्गा अझै माओवादी कब्जामा छ। संघको असार १० गतेको बैठकले 'हजारौं किसानका हितमा मिलापत्र र रजिस्ट्रेसन आफ्ना आधार क्षेत्रमा भएकाले त्यसलाई कानुनी मान्यता दिनुपर्ने' निर्णय गरेको श्रेष्ठले बताए। 

प्रतिपक्षमा हुँदा कांग्रेसले माओवादीबाट कब्जा घरजग्गा फिर्ता हुनुपर्ने माग सबभन्दा बढी उठाएको थियो। तर, अहिले सत्तामा गएपछि त्यो मुद्दा ओझेलमा परेको छ। संसदीय अनुगमन समितिको म्यादसमेत गत साउन ७ सकिएको छ।

'सरकारसँग कहिले सहमति भयो कब्जामा लिएका जग्गा फिर्ता गर्ने भन्ने?' उनले भने, 'अर्को व्यवस्था नहुँदासम्म किसानले खेती गरिरहने छन्।'
युद्धकालमा माओवादीले केन्द्रमा क्रान्तिकारी जनपरिषद् बनाई त्यसै मातहतबाट गाउँमा झैझगडा र जग्गा किनबेचलगायत छिनोफानो गरेको थियो। त्यसैलाई अहिले कानुनी मान्यता दिनुपर्ने जिकिर संघको छ।

सम्पत्ति कब्जा पर्नेमा सबैभन्दा बढी कांग्रेस कार्यकर्ता छन्। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उसका २ हजार २ सय ५३ नेता तथा कार्यकर्ताले सम्पत्ति फिर्ता पाएका छैनन्। देशभर अझै ३० हजार परिवारको सम्पत्ति कब्जामा रहेको र ५० हजार परिवार विस्थापित हुन बाध्य भएको कांग्रेसले जनाएको छ। यसैबीच भारतबाट आयात हुने गुणस्तरहीन अन्डा र दूधले नेपाली किसान मारमा परेको भन्दै संघले प्रतिबन्ध लगाउने तयारी गरेको छ। 

कमसल अन्डा र दूध भिœयाउँदा नेपाली उत्पादनले बजार नपाइरहेको संघको दाबी छ। 'दूध र अन्डामा नेपाल आत्मनिर्भर छ। तर, सबै भारतबाट गुणस्तरहीन भित्र्याएर कम मूल्यमा बेच्न थालेपछि यहाँका किसान मारमा परेका छन्,' श्रेष्ठले भने, 'कात्तिकदेखि भारतबाट भित्रिने त्यस्ता गुणस्तरहीन अन्डा, दूधलाई प्रतिबन्ध लगाउँछौं।'

पहिले सरकारलाई ध्यानाकार्षण गराउने र सुनुवाइ नभए संघकै पहलमा भारतबाट भित्रिने कृषिजन्य वस्तुलाई सीमा क्षेत्रमै रोक्ने तयारी भएको उनले बताए।



 
Posted on 09-22-09 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what the hell is going on here? why they m.......f............are trying to do those kind of shit? i got a question do they have sense of humor? the us govt must deport from the us these bloody son of bitches m........f...............those who are planning to show that kind of black flag to prime minister who came to un(us) representing our motherland nepal to all over the world why these bloody bitches came to us ? how they got visa come to us  what the heck ?
 
Posted on 09-22-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अपडेट: http://blackflagmakune.webs.com/
 
१) मेरील्यांड, भर्जिनिया, वाशिंगटन डी सी, र ड़ेलेवेर राज्यहरुका ६७ जना हाम्रा नेपाली साथीहरुलेपनि २-२ ठाउमा हारेका प्रधानमंत्री माकुनेलाइ कालोझंडा देखाई बिरोध गर्ने कार्यक्रममा सहभागी हुन आउने सूचना दिएको जानकारी गराउदछौ !


२) कनेक्तिकट, न्यू जर्शी र न्यू यार्कका अरु ९४ जना नेपाली साथीहरूले २-२ ठाउमा हारेका प्रधानमंत्री माकुनेलाइ कालोझंडा देखाई बिरोध गर्ने कार्यक्रममा सहभागी हुन आउने सूचना दिएको जानकारी गराउदछौ !


 
भ्रष्ट कांग्रेसी म
Posted on 09-24-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

माधव नेपालका नजिकका एक मित्र डा. सुन्दरमणि दीक्षितको यो लेख पढ़दापनि थाहा हुन्छ, माधव नेपाल कस्ता   कु-चरित्रका मान्छे हुन !  


"माधव नेपाललाइ खुल्लापत्र"
http://www.nayapatrika.com/newsportal/view/6416.html



माथिको ओबामासंगको फोटोमा माधव नेपाल Clown (चंखे)  जस्ता देखियेका छन !  कुनैपनि अभ्रष्ट, सांसद नबेच्ने र सुत्केरीको दबाईको दाम नखाने सच्चा प्रजातंत्रबादीले २-२ ठाउको चुनाबमा जनताले गोदेको माधव नेपाललाइ प्रजातंत्रको माहा-कलंक चंखे कै रुपमा देख्छन !


हरुवा मकुनेलाई कालो झंडा देखाउन संयोजन गरी रहनु मित्रहरु, हिजो भारतमा साम्राज्य गरिरहेका अग्रेजहरुले भारती स्वतंत्रा सग्रामको लड़ाईलाइ नेपालबाट समर्थन दिईरहेका आदणीय बी पि कोइरालालाईपनि आतंकबादीको बिल्ला भिराएको कुरा इतिहासमा लेखिएको छ त्येसैले यी साझा डट कममा आएर तपाईहरुलाई गाली-गलोज गर्ने "मंडलेहरुबाट" बिचलित हुनुपर्ने कुनै कुरा नै छैन ! "काग कराउदै गर्छ पीना सुक्दै गर्छ" अथवा "यी साझा डट कमका "मंडलेहरु" भुक्दै गर्छ हात्ती लमक्दै गर्छ" !  २६ तारीख सबै भन्दा ठुलो कालो झंडा लिएर LA बाट मपनि आई पुग्ने छू! यी साझा डट कमका मंडलेहरुलाइ फोटो खिचेर FBI र CIA मा पठाउन च्यालेन्ज दिन्छु !



 


 
Posted on 09-24-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

My question is still same



Why only Makune? Why not Prachanda when he visited USA? I dont see big difference between those two infact Prachanda deserver not only black flat but aslo big middle finger.


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters