Posted by: oyaa September 20, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     12       ?         Liked by

अमेरिकामा कालो झंडा खाने पहिलो नेपाली प्रधानमत्री माकुने !
हेर बेइजत एमालेको !


http://blackflagmakune.webs.com/


==========================================================


लोकतांत्रिक गणतंत्र नेपालले पहिलो बामे नसर्दै २-२ ठाउबाट लज्जास्पदपूर्ण पराजित नेपाली प्रधानमन्त्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! गणतांत्रिक नेपालको पहिलो गांसमा नै लोकतंत्रमा कालो धब्बा लगाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ !   जनताको राजनितिक प्रतिनिधि चुनने अधिकारको खुल्लम खुला धज्जी उडाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ ! संबिधान सभाको चुनाबमा जनताद्वारा हरायिएको नेताहरुको बहुमत भएको सरकारलाइ नेतृत्व गर्ने लोकतंत्रको कलंक प्रधानमंत्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! जनताको चुनाबी अधिकार जिंदाबाद ! लोकतंत्र जिंदाबाद ! जनताको मतलाइ कुल्चिन पाइदैन, पाइदैन !


स्थान:
United Nation Building को मूल गेट अगाडी
New York, USA
मिति र समय:
September 26 2009
बिहान ९ बजे बिहानदेखि कालो झंडा र प्ले कार्ड  प्रदर्शन (प्रधानमंत्री मकुनेले ११:४५ बिहान यु. एनमा  भाषण गर्दैछन)


नोट:
१) Midwest  र Weast Coast बाट करीब १९७ जना नेपालीसाथीहरु (बिद्यार्थी लगायेत अन्य) बिहान UN Building अगाडी आइपुग्ने निश्चित भईसकेको जानकारी गराइयेको छ ! न्यू योंर्कबाट ३५३ जना साथिहरु (बिद्यार्थी लगायेत अन्य) सहभागी हुने जानकारी गराई सकेका छन !


२) साथीहरुले कालो झंडा वा कालो कपडा र प्ले कार्डहरु आफै ल्याउनु हुन अनुरोध गरिन्छ ! कालो कपडा र कार्डबोर्ड कागज़हरु Walmart, Kmart, Dollar Store, र Big Lot Store आदि ठाउहरुमा उपलब्ध हुनसकने जानकारी गराइन्छ !


३) कृपया कालो झंडा देखाउने बिरोध, शान्ति पूर्वक र सभ्य तरिकाले गरीदिनु हुन अनुरोध छ !


४) न्यू योंर्कमा भएका साथीहरूले Columbia University मा भाग लिनु हुनेछ र त्याहापनि प्रधानमंत्री नेपाललाई कालो झंडा देखाईने कार्यक्रम छ !


५) कृपया प्ले कार्ड्मा नाराहरु सभ्य र अर्थपूर्ण राखिदिनु होला ! हाम्रो यो प्रदर्शन २-२ ठाउमा चुनाब हारेको नेता प्रजातांत्रिक देशमा प्रधानमंत्री हुन सक्दैनन भन्ने बिरोधकोलागी हो !



संयोजक:
अमेरिका-नेपाल लोकतांत्रिक गणतंत्र मंच (तदर्थ) ! 


 

Last edited: 20-Sep-09 05:32 PM
Read Full Discussion Thread for this article