Posted by: cosmo September 21, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     3       ?         Liked by


Yestaa harulaee kalo jhanda nadekhaee kastalaeee dekhaunee ho.. I am not supporter of Prachanda or any other parties but this is SO WRONG.. everyone knows how the Dhamala is....

सरकारले मुद्दा फिर्ता लिएपछि पत्रकार ऋषि धमला प्रधानमन्त्री माधवकुमार नेपालसँगै अमेरिका उडेका छन् । सरकार हातहतियार तथा खरखजनाको अभियोगमा धमलाविरुद्ध अदालतमा मुद्दा लडिरहेको थियो ।

रणवीर सेनामा संलग्न रहेर एक व्यापारीसँग पैसा असुलीको प्रयास गरेको र उपत्यकामा भएको विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा २१ माघ ०६५ मा धमला पक्राउ परेका थिए । अदालतले धमलालाई तारेखका छाडे पनि उनीसँगै पक्राउ परेका पत्रकार रामशुभक महतो र वीरेन्द्र केएमलाई भने थुनिराखेको थियो । सरकारले आइतबार तीनैजनाविरुद्धको अभियोग फिर्ता लिएको छ ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री सुजाताले धमलाको मुद्दा फिर्ता लिन दुई महिनाअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेकी थिइन् । तर, गृहमन्त्री भीम रावलका कारण सो प्रस्ताव स्थगित भएको थियो । तर, राष्ट्रसंघको महासभामा अमेरिका जाने प्रधानमन्त्रीको टोलीमा रिपोर्टर्स क्लबका अध्यक्षसमेत रहेका धमला पनि परेपछि मुद्दाको विषय फेरि उठेको थियो ।

स्रोतका अनुसार सरकारले प्रधानमन्त्रीको अमेरिका भ्रमण टोलीमा ऋषि धमलालाई राखे पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । आतंकवादी संगठनमा संलग्न रहेको भनेर हातहतियार तथा खरखजनाको मुद्दा लगाउने सरकारले नै धमलालाई प्रधानमन्त्रीसँगै अमेरिका लग्न थालेपछि अमेरिकी दूतावासले आपत्ति जनाएको थियो ।

भिसा अस्वीकार भएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले धमलाविरुद्धको मुद्दा फिर्ता लिन गृहमन्त्री रावललाई दबाब दिएकी थिइन् । गृहमन्त्रीले भने अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप नगर्ने अडान लिएका थिए । तर, परराष्ट्रमन्त्री सुजाताले दबाब दिएपछि प्रधानमन्त्री नेपालले धमलाको मुद्दा फिर्ता लिन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री अमेरिका उड्नुअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रावलले धमलाविरुद्धको मुद्दा फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, मधेसी मन्त्रीहरूले धमलाको मुद्दा फिर्ता लिने भए दुईजना मधेसी पत्रकारलाई पनि थुनिराख्न पाइन्न भनेर अडान लिएका थिए । मधेसी मन्त्रीहरूको अडानका कारण धमलासहित रामशुभक र वीरेन्द्रको मुद्दा पनि सरकारले फिर्ता लिएको छ ।

सरकारले मुद्दा फिर्ता लिए पनि अदालती औपचारिकता पूरा नभएसम्म रामशुभक र वीरेन्द्र डिल्लीबजार कारागारमै रहनेछन् । तर, धमला भने सरकारको सिफारिसमा आइतबार नै भिसा बुझेर अमेरिका उडेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धमलासहित तीन पत्रकारको नाममा रहेको मुद्दासमेत फिर्ता लिने निर्णय गरे पनि रणवीर सेनाको सैन्य इन्चार्ज भनिएका मनोज महतोको मुद्दा भने फिर्ता भएको छैन । मनोज पनि दुईजना मधेसी पत्रकारसँगै पक्राउ परेका थिए ।

उपत्यकामा शृंखलाबद्ध बम विस्फोट गराउँदै आएको रणवीर सेनामा संलग्न रहेको आरोपमा रिपोर्टर्स क्लबका अध्यक्ष धमला पक्राउ परेका थिए । बम विस्फोट, हतियारको कारोबार र फिरौती संकलनको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत वर्ष २१ माघमा उनलाई पुतलीसडकस्थित रिपोर्टर्स क्लबबाट साँझ ६

:३० बजे पक्राउ गरी हनुमानढोका पुर्‍याएको थियो । प्रहरीले त्यसअघि १९ माघमा पक्राउ गरेका रामशुभक र मनोजको जानकारीको आधारमा क्लबका सुनसरी शाखा अध्यक्ष वीरेन्द्र केएमलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले धमला रणवीर सेनाका सहयोगी, रामशुभक महतो उपत्यका इन्चार्ज, मनोज महतो उपत्यका सैन्य इन्चार्ज, वीरेन्द्र केएम धमलाका सहयोगी रहेको दाबीसहित हातहतियार तथा खरखजना र जबर्जस्ती रकम असुलीको अभियोगमा मुद्दा दायर गरेको थियो । प्रहरीले धमला र रणवीर सेनाका उपत्यका इन्चार्ज मनोज महतोबीच भएको टेलिफोन संवाद भन्दै सार्वजनिक गरेको अडियो टेपमा अपहरण, विस्फोट र फिरौतीसम्बन्धी संवाद छ । तर, धमलाले भने सो टेप नक्कली भएको दाबी गर्दै आफू रणवीर सेनामा संलग्न नभएको दाबी गरेका थिए । यही दाबीका आधारमा उनलाई अदालतले साधारण तारेखका छाडेको थियो ।

रणवीर सेनाले राजतन्त्र र हिन्दू राज्यको माग गर्दै तराईमा हिंसात्मक क्रियाकलाप गर्दै आएको छ । अघिल्लो वर्ष रणवीर सेनाले उपत्यकामा आफ्नो गतिविधि तीव्र बनाएको थियो । गत वर्ष रणवीर सेनाले एक साताभित्रै त्रिभुवन विमानस्थलको मुख्यद्वार, दरबार हाइस्कुल र काठमाडौं मलअगाडि बम विस्फोट गराएको थियो । यसबीचमा प्रहरीले रणवीर सेनाका प्रमुख कुमार पाण्डेलाई पक्राउ गरिसकेको छ । नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीको जानकारीको आधारमा मोरङ प्रहरीले विराटनगर- ४ मा बस्ने पाण्डेलाई दुई साताअघि पक्राउ गरेको हो । पाण्डे प्रहरी हिरासतमा छन् । 

Source http://www.nayapatrika.com/newsportal/cover_story/6266.html

Read Full Discussion Thread for this article