[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

shirish

ThahaChaena

Geology Tiger
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रहस्य

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 17143 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-06-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

यस् कथाका बिसयबस्तु, घटनाक्रम, तथा पात्रहरु सबै काल्पनीक हुन। कसैको वास्तविक जीवनसँग मेल खाएमा केबल सँयोग मात्र हुने छ।

रहस्य

 

:१५ भएछ, घर जाने बेला भयो। घर पनि के भन्नु खै? ७०, ७५ को  speed मा  हुइँकिएर पुग्यो तर त्यहाँ उही सुन्यपन। highway मा आँधी झैं उढेको जीवन apartment मा पुग्ने बित्तिकै टक्क रोकिन्छ। मैले यो शहरलाई अझै मन पराउन सकिन। आएको पनि त ४ महिना भइ सक्यो। पूर्ण एक्लो बनाइदिएको छ यस्ले मलाई। पुराना साथीहरु असाध्य खडकिन्छन। मान्छे पनि त त्यस्तै छु म, झट्ट साथी बनाइहाल्न नसक्ने। तर एक चोटि बनाएपछी जीवनभर का लागि हुन्छन। तर यो fast life मा कस्ले मेरो मित्रतालाई पर्खिरहने? सबै आफ्नना गन्तब्यतिर लागिरहेका छन अनी म चै बाटो हराएको यात्री भएको छु।


"यो अमेरिका मा एउटा boyfriend त हुनैपर्छ  बुझीस। धेरै support हुन्छ।" सुस्मा ले एक साँझ भनेको कुरा सम्झीरहन्छु। उस्ले फेरी सोधेकी थी " दीप्ती साँचै भन त तँलाई अहिलेसम्म कोही मन परेको छैन? तँलाई त धेरैले मन पराए होलान नि। ३२ मा ३२ लक्छ्यन छन तँ सँग। बुझिस म केटा भइ दिएको भए त तँसङै घरजम गर्थें।" This is America darling कि गर्छेस त मसँग घरजम" मैले जिस्क्याएँ। " अँ निरजले धोका दियो भने गर्नु पर्ला" उ पनि जिस्की।


मलाई सुस्माको साथ न्यायो लाग्छ। मनमा केही कुरा लुकाउँदिन। तर मैले भने त्यो दिन पनि आफ्नो कथा उस्लाई सुनाउन सकिन। उ जस्तो खुला किताब कहाँ हो र म? म त कपटी छु। आफ्नना हरेक कुराहरुलाई मनको सन्दूकमा चाबी लगाएर राक्छु। साथीहरुले पनि पहिले भन्थे " केटी मान्छेको रुद्रघन्टी हुँदैन भन्थे तर यो दीप्तिको त ३, ४ वटा छ कि के हो, खै तेरो घाँटी देखा त" भनेर। म सधैं "मेरो रुद्रघन्टी पेटमा छ" भन्थें। कती रमाइला थिए ति दिनहरु।  १६, १७ बर्षको उमेरको उमङ, उस्का मायालु हेराइमा बढ्ने ढुकढुकी अनी रङीन संसारमा हराइरहने मन। किन हामीलाई बर्तमान को महत्व अतित भए पछी मात्र थाहा हुन्छ?


" कस्तो decent छ यार सुमन" +२ पढ्दा हाम्रो classको केटीहरुको लागि hot topic थियो सुमन। उनिहरु सुमन मेरो र तेरो भनेर झगडा गरीरहन्थे म मनमनै हाँसेर सुनिरहन्थें। हाम्रो सम्बन्धको बारेमा कसैलाई थाहा थिएन। होइन मेरो दादालाई थाहा थियो। त्यसैले त जिस्काइरहनुहुन्थो "काली पनि ठुलि भइछे अब" भनेर। +२ सकेर उ बाङ्लादेशमा एमबिबिएस गर्न जाने भयो म नेपालमा नै पढ्ने भएँ। उ बाङ्लादेश जानु भन्दा अघिल्लो रात थियो त्यो दादा माथिबाट कराउनु भयो "काली तेरो सुमनको फोन आयो" भनेर। तेस्रो पटक फोन गरेको थियो उस्ले, त्यो दिन हामी छुट्टीएपछी। मन दुखी थियो, आँखामा आँसुहरु पनि टल्पलाएका थिए। उ पनि चिन्तित थियो। तर पनि सुनौला दिनहरु आउनेछन भनेर हामी छुट्टीएका थियौं। ८ बर्ष भइ सकेछ तर त्यो बेला कल्पेका सुनौला दिनहरु  फेरी फर्केनन। केवल स्‍मृतिमात्र बाँकी रहे।


उ गएको ३, ४ महिनासम्म चिट्ठी र फोनमा हाम्रो कुराकानी भइरहन्थ्यो। २ महिना पछी गर्मी बिदामा आउँछु भन्थ्यो। त्यस पछी धेरै दिनसम्म न फोन आयो न त चिट्ठी नै। सुरुमा त busy भयो होला भनेर खासै वास्ता गरिन तर पछी पिर लाग्न थाल्यो।  उस्को होस्टलमा फोन गरे उसङै गएको साथीले receive गर्‍यो। मैले "सुमन खोइ" भनेर सोधें। "दीप्ती सुमन त १५,२० दिन देखी हराइ राखेको छ। पुलिसमा रिपोर्ट गरेको छ तर अहिलेसम्म केही पत्ता लागेको छैन। त्यो दिन town जानु छ भनेर गएको थियो तर फर्किंदै फर्किएन। उस्को दाई पनि यही आउनु भएको छ तर केही थाहा भएको छैन" उस्ले दुखी भएर सुनायो। पहिले त विश्वाश नै लागेन। किन joke गरेको जस्तो लाग्यो। उस्को घरमा फोन गरेर सोधें। उस्को ममिले रुँदै सबै कुरा भन्नु भयो।


कसरी हराउन सक्छ र उ, बच्चा हो र हराउनलाई? तर उस्को केही पत्तो नै लागेन। सबैले उ मारीएको निस्कर्स निकाले तर उस्को शब पनि कतै भेटिएन। मैले उस्को मृत्‍यु स्विकार्न सकिन। कसरी स्विकारौं म उस्को मृत्‍यु? मृत्‍यु भनेको त आत्मा बिनाको सरीर हो तर उस्को त न आत्मा छ न त सरीर नै। शायद हराउनु भनेको त्यही हो। यो त मृत्‍यु भन्दा पनि भयन्कर रहेछ। मृत्‍यु त एउटा अन्त्य हो र हरेक अन्त्यसङै एउटा नयाँ सुरुवात हुन्छ। तर म न तिमी मर्यौ भनेर अगाडि बढ्न सक्छु न त एक दिन आउने छौ भनेर प्रतिक्षा। मृत्‍युले त आफ्नो अस्थित्व निर्जीव शरीर छोडेर प्रमाणीत गर्छ तर हराउनु कुनै प्रमाणिकता नभएको भोगाइ रहेछ।  जीवन र मृत्‍यु मात्र २ सत्य रहेनरहेछन। हराउनु तेस्रो सत्य रहेछ। एउटा बिचित्रको अवस्था, एउटा घिड घिडो।


walmart तिर वा जहाँ काही म missing भनेर टाँसिएका फोटोहरु देख्छु ति सबै अनुहारहरु प्रश्न चिन्ह जस्ता लाग्छन। हरेक मृत्‍युलाई मान्छेहरुले आ आफ्नो दर्जा अनुसारको भाग लागाउँछन् अनी आफ्नो भाग अनुसार शोक प्रकट गर्छन् तर एउटी आमले छोरो हराउनु, प्रेमिकाले प्रेमी हराउनु, पतिले पत्नी हराउनु वा छोरीले बाउ हराउनुमा केही फरक छैन। त्यहाँ हरेका लागि केवल एउटा रहस्य हुन्छ। एक अनुतरित प्रश्न। मलाई " त्यस्तो पनि हुन्छ?' "साँच्चै हो र?" जस्ता थप प्रश्नहरु मन पर्दैनन त्यसैले त यी सब कुराहरु लुकाएर राक्छु। मरेका मान्छे स्वर्ग वा नर्क जान्छन अरे तर हराएका मान्छे कहाँ जाँदा हुन? मरेर गएका मान्छेहरुले हामीहरुलाई हेरिरहेका हुन्छन अरे। के हराएका मान्छेले पनि देक्छन होला? सुमन यदी तिमीले मलाई देख्न सुन्न सक्छौ भने एउटा बिन्ती छ। तिमीले लगेको मेरो मन तिमीसङै हराएको छ। मलाई त्यो मन फिर्ता पठाइदेउ। म त्यो मन कहिल्यै नहराउने वाचा गर्ने मान्छेलाई दिन चाहन्छु।


अस्तु

Last edited: 06-Nov-08 03:15 PM

 
Posted on 11-07-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nakkali Keti,

 Wow...Good Job. Hoping to read more!!!


 
Posted on 11-07-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nicely put together!

 
Posted on 11-07-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

harauna lai ta sajha maa pani harauchan mancheharu. aba naam nai tokna namilne. k garne?
Last edited: 07-Nov-08 12:54 PM

 
Posted on 11-07-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएको (missing) भन्ने मामला प्रति असम्बन्धित मान्छेहरुमा समाचारिय अम्वेदनशिलता वा अचिन्ता (indifference, aloofness) हुँदोरहेछ । नक्कलीज्यूको यो लघुकथाले त्यस असम्वेदनशिलतालाई तोडेर हराएका का प्रियजनले खेप्नुपर्ने विशेष पीडाको एक फाँको अनुभूति झ्याप्प दिलाईदियो बाबै ।

 

पीडानुभूतिको लागि धन्यवाद र मर्मस्पर्शी कथाको लागि बधाई, नक्कलीज्यू !

 

यो त्यति रुमानी तुलना त हुँदैन, तैपनि नेपालमा राजनैतिक कारणले गायब पारिएका (disappeared) व्यक्तिहरुले भोगीरहेका पीडा पनि कल्पनामा आयो ।

 

पछिल्लो पटक नेपाल जाँदा मैले एकजना आफ्नो छोराको “disappearance” बाट पुरै टुटेका बाबुसंग कुरा गर्ने मौका पाएको थिएँ । मेरै जिल्लाको एउटा पर्यटकिय शहरमा राम्रो स्तरको रेस्टुराँ २०-२५ वर्षदेखि सफलतापूर्वक चलाएर बसेका उनको रेस्टुराँमा जब म पुगें, मलाई विश्वासै भएन यो त्यही रेस्टुराँ र त्यही साहु हुन् । त्यो कुनै पाटी जस्तो थियो र उनी मणी हराएको सर्प जस्ता । उनीसंगको दुई घण्टा जतिको कुराकानीबाट मैले पहिलो पल्ट उनको जस्तो पीडासंग साक्षात्कार हुने मौका पाएँ । त्यसले ममाथि ठूलो प्रभाव पारेको छ । राजनैतिक सम्झौता राजनैतिक व्यावहारिकता भए पनि न्यायको मामलामा भने कुनै सम्झौता, कुनै वेवास्ता, कुनै क्षमा गर्नु हुँदैन भन्ने बलियो विश्वास र अठोट जगाईदिएको छ त्यसले ममा ।

 

राजनैतिक digress को लागि क्षमायाचना, तर केही सान्दर्भिकै लागेर यो प्रसंग झिकेको हुँ ।

 

अन्त्यमा, एकपटक फेरि यस्तो सन्देशपूर्ण र मर्मस्पर्शी लघुकथाको लागि धन्यवाद र बधाई !

 

Nepe   

 


 
Posted on 11-07-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-07-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ नक्कली केटी। 
सुमनसँग कही कतै जम्का भेट भए, म भनिदिउला तिम्रो नक्कली तिमीलाई पर्खिरहेकी चे भनेर है।
अरु पनि एस्तै रहस्य हरु पढ्न पाईन्छ होला भन्ने आशा गर्दछु।

 
Posted on 11-08-08 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली जी, नक्कली जी को सक्कली जवाफ को लागि आदफ । हराउने मान्छे को चित्रन अबस्य पनि जिबित रुप म| गर्नु भयको छ सन्का छैन र गर्ने ठाउँ पनि छैन , बिचार आफ्नो आफ्नो हुन्छ अनी फरक पनि त्यो एउटा सत्य हो । आर्को अर्थ म हेर्दा बरु हराउनु सत्य हो । प्रतिक्षा कहाँ नै खतम हुन्छ र ? सम्झना र आत्मियत त्यो पनि सत्य हो । कथा म| खोट लगाउने ठाउँ नै छैन त्यो पनि अर्को सत्य हो अनी आफ्नो वास्तविकता बाट टाढा पुगेर सोच्न सक्नु पनि एउटा सत्य हो । हो जीवन एउटा सत्य हो तर एक पटक अली टाढा बाट हेर्दा मृत्‍यु सत्य हो न कि जीवन । सत्य के हो त, जुन अटल छ, अमर छ त्यो सत्य हो, जीवन अमर छैन, त्यो त एक दिन उडेर जान्छ तर मृत्‍यु अबस्यभाबी छ, त्यो सत्य हो । एश अर्थ म मेल मृत्‍यु लाई सत्य थानाको ।
 
Posted on 11-10-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial

धन्यवाद! लहरे लहरीको कथा पनि निक्कै रमाइलो थियो। तपाईंहरुको सुमधुर

सम्बन्धहकोलागि शुभकामना ।

 

nAyAni

अरुलाई परेको पिडाको अन्दाजी भावना मात्र हुन यी। प्रसन्साको लागि धेरै धन्यवाद।

 

o ho

I am so glad you like my posting.  I really appreciate your comments.

 

Spring

Thanks for sweet words. I wish your life as colorful as your words.

 

aveeral (nice nick!)

Believe me this is an imaginary story. Thanks so much for such a nice comment.

 

gal 1

Definitely you will get chance to read more and hope I will get Wow! again.

 

throughnepaltous

Thanks for reading and nice comment

 

hawaa

साझामा मान्छे हराएर साह्रै tense हुनुहुन्छ जस्तो छ। तपाईंले खोजी राख्नु भएको छ भनेर थाहा नपाएका हुन कि?

 

Nepe

तपाईंको प्रसँग राजनीतिक Digress जस्तो लागेन। "हराएका" को अर्को पाटोको कथा हो त्यो। हाम्रो देशका बहु सन्ख्यक को दुर्भाग्यपूर्ण कथा। बरु त्यो कथामा मेरो कथामा भन्दा वास्तविकता धेरै छ ।त्यो पाटोको बारेमा पनि अनुभुती गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद।

 

Maverik

Thank you

 

बिस्टे

कृपया तपाईंले त्यो मेरो सन्देस पुर्याइदिनु भयो भने धन्य हुने थिए। सुमनको पहिचान्को लागि एउटा फोटो पठाइदिन्छु है।

 

The Invisible Star

तपाईंले आफ्ना बिचार हरु खुलेर रखिदिनु भयो त्यस्कालागी धेरै धन्यवाद। Hope to get feedback in future too.

 


Thanks everybody for reading this post.

-nakkali

 

 

 

 

 


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters