“हराएको” (missing) भन्ने मामला प्रति असम्बन्धित मान्छेहरुमा समाचारिय अम्वेदनशिलता वा अचिन्ता (indifference, aloofness) हुँदोरहेछ । नक्कलीज्यूको यो लघुकथाले त्यस असम्वेदनशिलतालाई तोडेर “हराएका” का प्रियजनले खेप्नुपर्ने विशेष पीडाको एक फाँको अनुभूति झ्याप्प दिलाईदियो बाबै ।
पीडानुभूतिको लागि धन्यवाद र मर्मस्पर्शी कथाको लागि बधाई, नक्कलीज्यू !
यो त्यति रुमानी तुलना त हुँदैन, तैपनि नेपालमा राजनैतिक कारणले “गायब पारिएका” (disappeared) व्यक्तिहरुले भोगीरहेका पीडा पनि कल्पनामा आयो ।
पछिल्लो पटक नेपाल जाँदा मैले एकजना आफ्नो छोराको “disappearance” बाट पुरै टुटेका बाबुसंग कुरा गर्ने मौका पाएको थिएँ । मेरै जिल्लाको एउटा पर्यटकिय शहरमा राम्रो स्तरको रेस्टुराँ २०-२५ वर्षदेखि सफलतापूर्वक चलाएर बसेका उनको रेस्टुराँमा जब म पुगें, मलाई विश्वासै भएन यो त्यही रेस्टुराँ र त्यही साहु हुन् । त्यो कुनै पाटी जस्तो थियो र उनी मणी हराएको सर्प जस्ता । उनीसंगको दुई घण्टा जतिको कुराकानीबाट मैले पहिलो पल्ट उनको जस्तो पीडासंग साक्षात्कार हुने मौका पाएँ । त्यसले ममाथि ठूलो प्रभाव पारेको छ । राजनैतिक सम्झौता राजनैतिक व्यावहारिकता भए पनि न्यायको मामलामा भने कुनै सम्झौता, कुनै वेवास्ता, कुनै क्षमा गर्नु हुँदैन भन्ने बलियो विश्वास र अठोट जगाईदिएको छ त्यसले ममा ।
राजनैतिक digress को लागि क्षमायाचना, तर केही सान्दर्भिकै लागेर यो प्रसंग झिकेको हुँ ।
अन्त्यमा, एकपटक फेरि यस्तो सन्देशपूर्ण र मर्मस्पर्शी लघुकथाको लागि धन्यवाद र बधाई !
Nepe