dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पुराना दिनहरु

[Please view other pages to see the rest of the postings. Total posts: 53]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 34274 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-13-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Undergraduate" भन्ने अदभुत जन्तुको सम्झनाले पनि कहिले नछोड्ने भो मलाई। यसो उसो गर्‍यो, तेही पुरानो दिनहरुमा पुगिहाल्छु। दिनहरु पनि उस्तै थिए आफ्नो। सुरुको सेमेस्टर केही राम्रो सँग नबुझेर १९ क्रेडिट लिन पुगेछु। सेमेस्टर बिच मा पुगेपछी त काम पनि सुरु भयो, के चहियो र? न खाने ठेगान, न सुत्ने नै। खाली दौडादौड। फेरी Cafeteria को खाना उही ताल को, घाँटिबाटै नछिर्ने। अरु त ठिकै थ्यो, तर खानकै बिजोग हुने। आफु बच्चा देखिनै खानमा किच्किचे, जहिले आमाको एउटै राग सुनिन्थ्यो "मेरो छोरी चाइ किन यस्तो खाने बेलामा बाहिर निकालेको जस्तो भएकी होली" भन्ने अब त झन के हुनु? दिनहु जस्तो फलफुल मा भर पर्थे, एकादशीको बर्त लिएको जस्तो। यस्तो तालले चाइ चल्दैन, अर्को सेमेस्टर त थोरै क्रेडिट लिन्छु , अझ मिल्यो भने त बस्दिन यो डोर्ममा भनेर सोचेको पनि धेरै नै  भईसकेकोथ्यो। बाहिर बस्न पनि एक्लै त गाह्रै पर्ने, साथि खोज्न त्यस्तो धेरै आफुले चिनेको कोहि थिएनन। फेरि कक्षा र काम ले गर्दा भेट पनि कोहि सँग नहुने।

दही र स्याउ खादा खादा दुब्लाएर हेर्न नहुने भएको बेलामा  उता भाई र आमा चाइ घरि घरि फोटो पठाउनु पर्‍यो भन्ने। फोटो देखेर सबै जना उल्टै तर्सिनु होला भन्ने डर। भागदौड मै दिनहरु बितिरा थे, डोर्ममा नबस्ने कुरा पनि उखान नै होला जस्तो भईसकेकोथ्यो। एकदिन Cafeteria मा के खाने होला फेरी भनेर आँखा चहार्दै थिए, एउटी  नेपाली केटी म तिर नै आइरहेको देखेँ। उ कोही सँग बोल्दिनथी, मैले त झन के चिन्नु? त्यसैले दिक्क मान्दै खाना तिर नै हेर्दै थिएँ, उ मेरै नजिक आएर उभीइ। म उ तिर फर्केर हाँसे। उ त सिधै "दिपिका तिमी अर्को सेमेस्टर अपार्ट्मेन्टमा बस्ने हो ?" भन्छे। "खोइ भनेको त त्यही हो तर ठेगान छैन"-- मैले पनि सुनाएँ। "म पनि साथि खोजिराछु, तिमी र म बस्ने हो?"--उस्ले सोधि। आफुलाइ सिधै हुन्छ भन्न पनि उस्को आखीभौमा लगाएको मुन्द्रा र ठाडो बोलिले सोच मै पार्यो। फेरि उस्को नाम सारिका थाहा छ, बाँकि केहि थाह छैन। "म बिचार गरेर भन्छु नि हुन्छ?"--मैले भने। "जाबो डेरामा बस्न पनि के बिचार गर्नु पर्यो" भन्छे उ त। अब तिम्रो बानी व्यबहार बिचार गर्नु पर्यो भन्ने कुरा भएन, फेरि राम्रो सँग नबुझिकन तातो खाउँ जल्दै मरौँ गर्दा बेक्कार फन्दामा फसिएला भनेर मैले दुइ दिनभित्रै भन्छु भनेर उस्लाइ पठाएँ।

पछि सोचे त्यो डोर्म मा बसेर केहि नखाइ पैसा मात्र चडाउनु भन्दा बरु उहि सँग बस्नु ठिक होला, मान्छे राम्रै पनि त हुन सक्छे। बाकि रह्यो आखिभौ छेड्ने कुरा, त्यो त उस्को अनुहार् जता सुकै छेडोस मलाइ के को सर्को। भोलि पल्ट फोन गरेर "हुन्छ" भने उ त  तुरुन्तै आइपुगि म कहाँ। त्यस्को ताल देखेर पनि डरै लाग्ने। उस्ले पहिलेनै एक दुइ ओटा अपार्ट्मन्ट हेरि सकेकि रहिछे, त्यस मध्ये एउटामा बस्ने भयौँ। स्कुल र काम दुबैबाट नजिकै थियो झन सजिलो भयो। दुइटा कोठामा हामी दुइजना बस्ने भयौ। हुनत दुइटामा चार जना बस्दा सस्तो पर्थ्यो तर मलाई आफ्नो कोठामा नचिनेको राख्न मन थिएन, फेरी ४-४ जना त बाँसको बोटमा सारौँ कराएको जस्तो झ्याउँ झ्याउँ मा बस्न पनि गाह्रो। सारीकालाई सोधें उ त झन "म धेरै केटीहरुलाई सहन सक्दिन, नाटक नै बेसी हुन्छ तिनिहरुको" भन्छे। त्यो सँग कुरा गर्‍यो कि झर्सँग-झर्सँग हुने उत्तर दिन्थी, आफ्नो मन त्यसै आत्तिन्थे। "अनी म सँग किन बस्न खोजेको ? मलाई चाइ सहन सक्छौ त?"-- झोकै चलेर भन्देँ। "खोइ अहिले सम्म हेर्दा त सकिन्छ जस्तो छ,  किन?बानी ठीक छैन कि क्या हो?"-- उस्को उही ठाडो जवाफ, हुनत सिधा जवाफ आउला भन्ने आश पनि थिएन।

जाँच पनि सिद्ध्यो, Christmas को बिदा सुरु भयो र सर्ने तयारी पनि। खुब चुरोट उडाउनु पर्ने रहेछ उस्लाई, कोठा त एक्छिन मै धुँवा ले कुहिरी मन्डल । अनी बन्यो कोठाको पहिलो नियम, चुरोट भित्र तान्न नपाईने। उस्ले नाइ नास्ति गरिन। तर चुरोट तानेको देख्दा चै मै तर्सिन्थे, एक पछी अर्को। अरु बेलामा चै अलिकती कोठा चिसो भयो भने पनि हिट बढाउनु पर्‍यो भन्थी, चुरोट तान्न चै जती चिसो त के हिउँको डल्लै भए पनि पुग्थी बाहिर।

मित्रता बड्दै गयो, "तिमी" बाट "तँ" मा पुग्यो। बानिहरु सँग चिनापर्ची पनि दिन प्रतीदिन उग्र गतीमा हुँदै थियो। नियमहरु त दिनहुँ नयाँ नयाँ बन्थे। कहिले खानामा के पकाउनै पर्ने नियम त कहिले कोठाको सफाइ कुन हद सम्म गर्नै पर्ने। नियम को पालना चैँ पहिलो हप्ता लागु हुन्थ्यो, दोश्रो हप्ता तै बिशेक, तेस्रो हप्ता त उही ताल जस्ताको त्यस्तै। फेरी चार हप्ता पछी सुरु हुन्थ्यो केलाउन, कस्ले कता पहिले नियम तोड्यो भनेर। केही सिप नलागेर सेतो बोर्ड नै किनेर लेरायौँ, कस्को कुन दिन के गर्ने पालो लेख्न को लागि, र लेख्यौ पनि। दुई दिन त दुबै जना कस्सेर आ-आफ्नो काम गरी टोपलेका थियौँ, तेस्रो दिन देखी त्यो बोर्डमा खाना पकाउदै बाँदरको अनुहार बनाउन बाहेक अरु केही गर्न काम लागेन।

घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु भने झैं जुन कुराले सर्न वाध्य भएको थिएँ त्यो कुराले त डेरामा पनि छोडेन। खाना को लागि त ताल उस्तै। आफुलाई हत्तपत्त केही नरुच्ने, उस्लाई पकाउन कहिले अड्कल नहुने। हाम्रो खाना  पकाउने पनि पालो थियो, तर उस्ले पकाएको बेलामा त खाइसाद्धेनै नहुने के खानु? कहिले hot dog मा झोल हाल्दिन्थी, देख्ने बित्तिकै दिमाग तात्ने गरेर। चिया पकायो भने दुई जनालाई पकाएको चिया अड्कल नै नगरी जत्रो भाँडा छ तेइ भरी चिया बनाइदिन्थी। पुरै दिनलाई पुग्ने चिया बन्थे। ल अब खान चै सधैं मै पकाउछु तँ भाडा माझ भन्यो भाँडा सधैं माझ्न त अल्छि लाग्छ, खानै पकाउन सिक्छु भन्न थालि। उस्ले सिकेर पकाउन्जेल सम्ममा त आफु भोक भोकै मारिएला जस्तो।

Christmas को बिदा ४ हप्ताको थियो, त्यो बेलामा धेरै नै काम गर्थे। सारीका लाई चै आपत हुन्थ्यो दिन बिताउन। उस्को बाबा Hong Kong को लाहुरे, हरेक ३ महिनामा पैसा  आउने, उस्लाई किन काम गर्नु पर्‍यो र? उ त अझ मलाई पनि "छोड्दे काम-साम, यस्तो उमेरमा पनि काम गरेर दिन बिताउछ?" भन्थी। तर सोफामा बसेर सिनेमा हेर्न थाले पछी बिहान उठे देखी बेलुक सुत्ने बेला सम्म आँखा झिम्म नगरेर हेर्न सक्थी।  अनी हेर्दा हेर्दा वाक्क भई भने चाइ फोन गर्न थाल्थी मलाई। म नआउनेजेल छट्पट्टी हुन्थ्यो उस्लाई। एकदिन त काम बाट फर्कदा अपार्ट्मेन्ट अगाडि ४ वोट फायर ट्रक। कता आगो लाग्यो भनेर तर्सेर भित्र गएँ। कोठा भित्र त धुवै धुवाँ। "के भयो? भनेर सोधेको त प्यान मा तेल तताउदै थिइ रे, फोन आएछ, कुरा गर्न थालिछे।  अनी त बिर्सिछे प्यान मा तेल तताएको।  प्यान र तेल दुइटै  डडेर कोठाभरी धुवा भएछ, अपार्ट्मेन्ट को अलार्म बजेपछी थाहा पाइछ।  उस्ले त बाहिर को ढोका खोल्दिछे, झ्याल खोल्नु सट्टा। धुवा बाहिर गएर अपार्ट्मेन्ट बिल्डिङको फायर अलार्म बजेछ, एक्कै छिन्मा ४ वोटा फायर ट्रक अपार्ट्मेन्ट बाहिर। उ त झन तर्सेर जस्ले ढोका ढक्ढक्याए पनि नखोलेर बसिरा रैछे। "तँ यस्तो बेलामा झन ढोका थुनेर बस्ने हो त? बाहिर पो निस्किनु पर्छ" भनेको त, "अब आगो लाग्या होइन भन्ने थाहा हुँदा हुँदा पनि के खान बाहिर दौडिने नि? खैरे ले जे गर्‍यो हाम्ले नि तेही गर्नु पर्छ?" पो भन्छे।

हाम्रो प्राय कुराहरु मिल्थे। तर खाने कुरा मा चाइ झगडा नै पर्ने। बनाउन प्रयास त गर्थी तर अड्कल गर्नै नसक्ने, कहिले नबनाएको भएर होला। एकदिन काम बाट थाकेर भोक ले रन्थनिदै आएकी थिए। उस्को पकाउने पालो थियो। कोठा भित्र छिर्दा बास्ना हर्हर आयिराथ्यो। "कस्तो मिठो बास्ना आएको, के पकाकी सारीका?"--मैले सोधेँ। "बाबु, मैले आज त यती मिठो गरेर पकाकी छु मस्यौरा र आलु तँ त पल्किन्छेस" -- उ फुर्ती लाउदै अझ मलाई बाबु भनी भनी सुनाइराथी। खुब चलाई चलाई पकाइराथी। लुगा फेरेर , हात मुख धोएर खान गएँ। हेर्छु त तरकारी मा फिजै फिज छ। "यो केस्को यस्तो फिज आएको" भनेर सोध्या " पिठोको नि, बाक्लो बनाउन तैले अस्ती तामा बोडी मा हालेकी थीइस नि तेही भएर हालेको" भन्छे। "अनी पिठोको यस्तो फिज आउछ त?" भनेर सोधेको "के था त? आउदो रहेछ" भनी। कुन पिठो हालेको देखा त भनेर सोधेको  उ त सिसी मा राखेको भाँडा माझ्ने पाउडर पो देखाउछे। बट्टा ठुलो भएर कतै अटेन त्यसैले सानो सिसी मा खन्याएर डिश वासरको छेउमा राखेकी थिएँ। उस्ले त मस्यौरा मा हालेर अझ अरु खानेकुराहरु राख्ने ठाउँमा राखिछे पिठो भनेर। मेरो त सात्तो नै उड्यो धन्न उस्ले खाएकी रहिनछे। त्यो सबै फालेर रामेन नूडल्स खाएर सुत्नु पर्‍यो। त्यहा देखी मैले सके सम्म आँफै पकाउथे र उ भाडा माझ्थी। कहिले चै जहिले भाडा माझ्न सक्दिन म भनेर ठुस्किन्थी तर नमाझेर पनि के गरोस? म खाना पनि पकाउने भाडा पनि माझ्ने किन गर्थे र? खाना स्वाद लीइ-लीइ खाए पछी भाडा माझ्न करै लाग्थ्यो उस्लाई। तर अली अली फाट्ट फुट्ट चाइ बनाउथी र धेरै नै सिकिसकेकी थीइ। 

एकदिन मेरो काम ले गर्दा राती आउन ढिलो हुने भयो। उस्ले आज चाइ मै पकाउछु भनी। नपका भनेर पनि के गर्ने आफुले नभ्याय पछी? हुन्छ भने। "हेर आज म तैले कहिले बिर्सन नस्कने गुन्द्रुक बनाउछु, फेरी मलाई जहिले बना चै नभन नि"-- उ जिस्किदै थीइ, म काम मा जान हतार हतार गरिराथेँ। उस्को कुरा सुनेर हासो उठ्यो तर अब त धेरै सिकिसकी भनेर ढुक्क भएँ। खाना पकाउन लागेकी घरि घरि फोन गर्थि काममा कहिले मसला देखिन भन्थि कहिले नुन। "धेरै फोन नगर तेरो बाजेले निकालिदिन्छ मलाइ कामबाट" भनेको रिसाएर तेस्पछि फोन नै गरिन। मैले पछि गरे तर उस्को फोन उठेन। राति डेरामा पुग्दा उ सिनेमा हेरेर मलाइ कुरिरारेछे। "कस्तो बनाइस त गुन्द्रुक र भटमास"--मैले जिस्काउदै सोधे। "खाएर त हेर तेरो आमाले पकाको पनि बिर्सिन्छेस"-- उस्ले पनि ठाडै उत्तर दीइ। हात मुख धोएर खाना खान बस्यौ। प्रेसर कुकरमा पकाएकि रहिछ, जत्रो कुकर तेइ भरि। दुइ जना लाइ पकाएकि हप्तै भरि पुग्ने गरेर। भटमास त कतै देखिदैन थ्यो, दुइ तिन वोटा आलुका टुक्रा हरु पिधमा डुबिरा अनि एक दुइ वोटा साना टुक्रा गुन्द्रुक चै पौडि खेलिरा। अलिकति चाखेको गुन्द्रुक को केहि स्वाद नै छैन। धाक भने चै आमाले पकाउनु भएको पनि बिर्सिने गरेर पकाएको छु भन्थि। मलाइ त गुन्द्रुक नै पकाको हो कि होइन पनि सन्खै लाग्यो। कुन गुन्द्रुक पकाएको देखा त भनेको त "धेरै थिएन जति थियो सबै नै पकाएँ" भन्दै खालि सिसि देखाइ, हेर्छु त नेपाल देखी कालो दाल झान्न भनेर मगाएको जिम्बु को सिशि रित्तै।

Last edited: 13-Jun-08 08:50 AM

 
Posted on 06-13-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau dipika ji arko lekhnu paryo bhanya......m getting bored here yar.
 
Posted on 06-13-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ क्रेज के हो, कस्को अहिले को दिन सग मिल्यो लौ भन त
ए अनी  अस्ती कती घुरेर सुतेकी, राहुलदाइको सम्झना दिदिको बिरामी बुढानै तर्सिने गरेर
प्रेरणा त मास्टर पिस लेखिराछे, अली धैर्य धारन गर्नु पर्ला जस्तो छ? कोठा भरी कागज नि कागज छ उस्को

सरु भक्त ज्यु अब चै क्रेजी लाई भन्नुस है कथा लेख भनेर


 
Posted on 06-13-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau aba jasle lekhde pani hunthyo ni baai....yehaa maanchhelai kasto bore lairaa chha bhanya

Lau Crazy naani dipikale bhaneki aba timro paali re.....lekhdeu lekhdeu na baai


 
Posted on 06-13-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipps and saru_bhakta,

I have just posted one of my "yatra sasmaran", katha hoina ni.

Enjoy!

Last edited: 13-Jun-08 02:23 PM

 
Posted on 06-13-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahahahha..

taal taal ko roomie huncha yar..

so funny

Thanks Deepika for making me laugh.


 
Posted on 06-13-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चेली हो नि मैले झ्याल बाट सुनिराहुन्थे। एक चोटि त इस्कुस खन्न भन्दा झन्डै पिटाइनै भेटेको थियौ नि आमाको" ,

लौन!! बाहिर बसेर किन सुनेकी त भित्रै आएकी भए भैहाल्थ्यो नि

 !!!


 
Posted on 06-13-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले माथि धन्यवाद लेख्दा आफ्नै माइला दाईलाई पो छुटाइछु 

माइला दाई हजुरलाई बहिनी ले फेरी के दु:ख पाइ र लेख्न थालि भनेर तर्सिनु भएको हो? ये त्यो जिम्बु त येति मज्जा ले swimming गरिराथ्यो, आलु पनि पिधमा डुबेछ, त्यो कुकर भरिको पानिमा साना साना जिम्बु त फुत्रुक् फुत्रुक् उफ्रिरा

मोहन ज्यु, हुन पनि हो कुनै कुनै रुमिहरु नमुना चाइ नमुना नै हुने हो। धन्यवाद टिप्पणी को लागि

चेली, भित्र आएको भए त मैले पनि पिटाइ भेट्ने डर भएर नआएकिनी। फेरी तिमी घरको त बाघ नै भनेको हो क्या रे, मलाई ठोक्लाउ भनेर डर लाग्यो क्या


 
Posted on 06-13-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तल बेसिमा एउटा खोलो छ। चुच्चा ढुंगाहरुले भरिएको तिखो ओरालो झर्नुस्। किनरामा पुगेर झोला टाउकोमा राख्नुस् र घाटी घाटी आउने जंघार तर्नुस्। अनी पारीको नाक ठोक्किने उकालो चडनुस्। माथि टुप्पिको चौटारोमा पुगेपछी लामो सास तान्नुस्। अब बाटो तेर्सै तेर्सो छ, सितल। पछाडि फर्कनुस् र अगिनको त्यो पारीको बिकराल ओरालो तिर निहाल्नुस्। कती अबिस्मरानीय अतित बहेको छ त्यहाँ, सलल, तलको ओडारे खोला जस्तै।

जीवन यसरीनै बर्तमानहरु बिगतहरु बनेर मौलाउने हो। बिगतको यो सुन्दर संझनाले मन हलुका बनाइदिएकोमा दिपइकालाई धन्यवाद।


 
Posted on 06-13-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I do frequently visit sajha from then but dont log in these  days tht much. But after reading your essay Depika ji , i couldnot stop login myself and comenting it. As i was going through your article, i couldnt  stop laughing and smilling of those memores you brought in and shared here. Hahaha it was just a neat piece of work you have shared. Love to hear it more and after a hectic day work it sure feel relief reading such humourous piece. Thanks for making my day and wish to hear you more in future. Best. nivan
 
Posted on 06-13-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप्स खालि साथिले बद्मासि गरेको कथा लेख्छे, अब खुरुक्क आफुले गर्या पनि लेक्छयोउ कि म लेखेर टास्दिम हँ ?

सारै हसयोउ बा त्यो हटडग मा झोल हाल्या सुनेर - मैले नि ट्राइ गर्या हो एक पटक नढाटि भन्ने हो भने --हिहिहिहिहि
गूड जब दिपु

(अब क्रेज को कथा पढ्न गए)


 
Posted on 06-13-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha, it was really fun to read your experience with your room mate. The way you have written is really impressive, keep on posting.


 
Posted on 06-13-08 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिकाजी,

म त 'पुराना दिनहरु' भनेपछी सुखद स्‍मृति हरुको सँगालो होला  भनेर पढ्दै गएको त सार्है हसाउने कथा पो रहेछ ।
भाँडा सधैं माझ्न त अल्छि लाग्छ, खानै पकाउन सिक्छु क्या बाठी
त्यो फायर अलार्म को काहानी पनि कमन् रहेछ,  मेरो मा त झन दाल बसालेर तरकारी किन्न गएपछी एक घण्टामा फर्किदा के भयो होला? अझ ढोका खोलेर छिटो धुवा हटाउनी हुँदा दुनियाँ को गाली

स्ले त मस्यौरा मा हालेर अझ अरु खानेकुराहरु राख्ने ठाउँमा राखिछे पिठो भनेर

जिम्मुको झोल !!

अनी यसमा चाँही पूजाको नाम नराखी किन सारीका को नाम राख्नु भएको नि? "कती पूजा लाई मात्र चान्स दिनु अरुलाई पनि चान्स दिनु पर्‍यो मेरो कथा को पात्र मा"   भनेर?

जे होस् अर्को राम्रो प्रस्तुती पढ्न पाइयो

 


 
Posted on 06-13-08 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika, another nice one! It's hilarious and, of course, the best one. It completely reminded me of my college days even though I didn't have an opportunity to have roommates like yours. Keep on posting, you've a great writing style.
 
Posted on 06-14-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika ji dherai nai chakh lagdo katha leknu bhayako rahecha ramro lagyo. tapaima yauta samanne kuralai pani gahakila sabdaharule jodna sakne chemata rahecha. aafno yas khubilai nachodnu hola bhanne mero binti cha. aaru pani ramro lekdai janu bhanne mero subha kamna cha
 
दशैँ तिहार
Posted on 06-15-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika,

कुन गुन्द्रुक पकाएको देखा त भनेको त "धेरै थिएन जति थियो सबै नै पकाएँ" भन्दै खालि सिसि देखाइ, हेर्छु त नेपाल देखी कालो दाल झान्न भनेर मगाएको जिम्बु को सिशि रित्तै। daami chha la.

Ani malai ni building ko euti keti lay ekchoti makai dadaauda fire-alarm bajera pailo choti varyag bata hasyang fasyang gardai hindai reception ma gaera k vako vanera bujera baira gako ni samjana aayo. Keep rockin'.

 


 
Posted on 06-16-08 3:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिकाको जय होस् ,सारिकाबाट पनि हुरुक्कै हुने गरी हाँसियो(सँधै जस्तै) ।पुजा पछि भेट्नै पर्ने केटी अर्कि पनि निक्ली !  साझाका तिन ओटा लेखीकाको (क्रेजि ,दिपिका र चेली)  कथा आज पढियो !कोहि भन्दा कोहि कम छैनन् ल !तर कथा हरु अलि ढिलो ढिलो आईपुग्दै छ नेपालमाँ ,यस्तो बग्ने कलम अलि चलाउम पढ्न पाई राखूम् ।


 
Posted on 06-16-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

really nice story, love the details.. reminds me of my college days
 
Posted on 06-16-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले दाई हजुरको शब्दहरुमा भुलेर त्यो सगै आफ्नो अतितहरुलाई डोर्यौन को   आनन्द त म जस्ता पाठकलाई नै थाहा हुन्छ। हजुरबाट बारम्बार पाएको हौसला को लागि धेरै धेरै धन्यवाद
 
Nivan, welcome to Dipika's land. Thank you so much for your time, those priceless words and the inspiration.
 
Sajaan, same goes to you too. Welcome and thanx for the inspiration. 
 
 प्रेज हा हा मेरो बदमाशी लेख्छेउ?  ल हुन्छ। कम्से कम तिम्रो कथा पढ्न त पाईन्छ नि। अब त्यो love poem पुग्यो, त्यो टाँस्ने काम गरी हालत, त्यस्पछी कथा लेख्न सुरु गर्नु पर्छ के तिमीले, धेरै कुराउने होइन त्या, भन्देकी छु। फेरी अर्को कथामा दिपप्स र प्रेज को बदमाशि टाँसिदिन्छु क्रेज्लाई जिस्काउन लगाउछु।  
 
पर्बत्या ज्यु, लौन त्यो दाल को के भयो त ?
यो कथा चाइ सारीका को नै हो, पूजा को होइन। पूजा खाना पकाउन चै champion छे फेरी। तर सारीका पूजा जस्तो होइन। उस्ले जिन्दगीलाई धेरै बुझेकी थि पूजा ले भन्दा। उस्लाई भबिस्य को पिरथ्यो, पूजालाई कहिले भएन।
जिम्बु को झोलको त के कुरा गर्नु, ऊ त अझ पनि जिम्बु र गुन्द्रुक एउटै परिवार को दाजु भाईका सन्तानहरु हुन भन्छे।
 
आश्मा ज्यु, राम्रै भएछ एस्तो रूममेट्स नभएको, नत्र दु:ख पाउनु हुन्थ्यो।
 
रमेश बम ज्यु, स्वागत गरे यो धागोमा। शुभकामना का लागि धन्यवाद। म प्रयास गर्नेछु यो खुबिलाई निरन्तरता दिन।
 
दशै तिहार ज्यु,स्वागत गरे यो धागोमा। अनी त्यो केटी ले पछी थाहा पाइत? त्यस्तो हुन्छ सुरु सुरुमा। मैले अरु पनि सुनेकी छु। कती कुराहरु त हामीहरु बिच पनि घटेका छन, अहिले सम्झदा त्यो रमाइलो स्‍मृति बनेर आँखामा आउछन। 
 
फुच्छे, आफु कमल ढिलो चलाऊने अनी हामीलाई भन्ने। हामी कुरेको कुरेकै हुन्छउ। म त लेखे पनि पुरै कथा लेखेर टाँसिदिन्छु। आफु त बल्ल बल्ल लेख्ने अनी  त्यो पनि कती थोरै धित नै नमर्ने गरेर।
 
टीना, स्वागत गरे यो धागोमा। खुशी लाग्यो हजुरलाई आफ्नो अतितमा पुराउन सक्ष्यम भएछु। अमुल्य शब्दहरुका लागि धन्यवाद। 
 
सबैलाई आफ्नु समय दिनु भएको मा धेरै धेरै धन्यवाद
 
दिपिका
 
Last edited: 16-Jun-08 09:54 AM

 
सान्नानी
Posted on 06-16-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो दिपिका मैले नि आफ्नै दिनहरु सम्झे। मेरा रुमी हरु त झन कस्ता भने खाली प्रेसर कुकर लाई नि फ्रिज मा हाल्दिने, लास्टमा युज गर्नेले  माझ्नु पर्छ भनेर। खान बच्या छ भने टपर्वेर मा राख्ने चलनै थेन जे मा बना हो तेइ भाडा फ्रिज मा जान्थ्यो के, अनी फ्रिज्मा भाँडा देख्दा भोक ला बेला खान पाइयो भन्या जस्तो लागेर खोल्यो भाँडा त रित्तै। कत्ती चोटि त भाँडा नभएर दुध पनि प्यानमा उमालेको छु के मैले कल्ले माझिरहोस् हैन?

एकदम रमाइलो लाग्यो तिम्रो लेखाइ
 
Posted on 06-16-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sathi timro Katha feri aayechha. Padhnai nabhyairaha...... la balla padhe..........
Aba ke bhanne timro lekh ta babal chha ni AS USAL :-) Keep rocking yestai gari hai......
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters