[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हिँडेर छोडेको बाटो !!!

[Please view other pages to see the rest of the postings. Total posts: 36]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 18229 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-03-10 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलंकीमा आज पनि बिहान घुइँचो थियो । कलंकी सबैभन्दा चाँडो जाग्ने ठाउँ
होला काठमाण्डौको वा भनौँ कहिल्यै नसुत्ने । गाडीहरु ट्राफिक जाममा परेर
बाटोको चौडाईलाई शंकाको घेरामा पारिदिन्छन् । घडी ब्यापारी समय बेच्दैथियो
बिहान बिहानै ! चियाको बाफले कलंकीलाई पक्कै पनि अरु ठाउँ हेरी अली तातो
बनाउँछन् होला । छेउछाउ मा चुरोट खाएका मान्छेहरुले मेरो तलतल बढाए । मैले
गोजीबाट सुकुमेल निकालेर चबाएँ आजकल चुरोट छोड्ने प्रयास गर्दैछु । कलंकी
आजको मेरो बाध्यता थियो ।चिप फेयर मा प्लेनको टिकट भेट्टाए पनि दुइ दिन
मौसमले गर्दा नउडेपछि बहिनीको बिहे भ्याउनलाई कलंकी को एयरपोर्ट रोज्नै
पर्ने भयो ।


बस भित्र आजको दिन राम्ररी जाओस् भनेर शिवजीको फोटोमा धुप जलाएछन् । म
भित्र छिर्दा धुपको बासना ढोका सम्म थियो । मन नलागी नलागी माथि ब्याग
राख्दै सिट हेरेँ । खोल थोरै च्यातिएको थियो । कुनै सडकछाप प्रेमीले दिपक
लभ्स रोश्नी लेखेर मुटुमा तिरको नक्सा बनाएर छोडेछ ।छेवैमा अरू कुनैले
दिपक र रोश्नी यस्ता होलान् भनेर चित्र कोरिदिएछ । त्यहाँ लेख्नुको सट्टा
रोश्नीलाई गएर भनेको भए केहि भइ पो हाल्थ्यो की , मनमनै सोचेँ । घडी हेरेँ
बिहानको पाँच चालिस ,थोरै थोरै उज्यालो हुन थालेको थियो । काठमाण्डौ उठ्ने
तैयारीमा थियो ,आज उठिसक्दा मैले उसलाई छोडिसकेको हुनेछु ।


“तिमी मनोज हैन ?” आवाज मैले चिने चिने जस्तो लाग्यो ।मैले पछि फर्केर
राम्ररी नियालेँ ।
 रातो कुर्ता , कलेजी स्वेटर माथि पस्मिनाको शल ! उसले
अनुहारमा मास्क पनि लगाएकी थिइ ।कति चलेको मास्क , मान्छे किन मुहार छोप्न
चाहन्छन् ? मलाई छोपेका मुहारहरु मन पर्दैनन् ,बिशेषत राम्री केटीको !

मैले टाउको हल्लाएँ ।

“आम्मामा कस्तो मोटाको !” उसले हार्दिकता पोखी !

उ ठिक थिइ । इन्जिनियरिंग सिध्याएपछि म अचानक ह्वात्त मोटाएको छु ।अब त बिहान बिहान हिँड्नुपर्ने भइसकेको छ आफ्नो वेट घटाउनलाई !

म मात्र मुस्काए !मलाई त्यसको जवाफ के दिने थाहा छैन !

“मलाई चिनेनौ कि के हो , म रचना के ,आइ.एस.सी सँगै पढेको हैन ?”

उ यसपाली भने गलत थीई , उसले बोल्ने बित्तिकै मैले उसलाई चिनीसकेको थिएँ ।
उसको आवाज मात्र काफि थियो मैले उसलाई चिन्नलाई उसको मुहार मेरो मनसपटल मा
नमेटिने गरी छापिएको छ ।

मैले नकार्दै टाउको हल्लाएँ


“अनी के नचिने जस्तै ट्वाल ट्वाल हेरेको त?”

“भेटिन्छौ भन्ने विश्वास थिएन !” मैले बिस्तारै भनेँ

“मलाई पनि ,कुन सिट हो ?”

“यहि हो !” मैले च्यातिएको खोल ,दिपक रोश्नीको अमुर्त कला तिर औँला तेर्स्याउँदै जवाफ फर्काएँ

“म तिन सिट अगाडी छु !”

आईएससि जस्तै , मैले मनमनैँ सोचेँ । पछिको बेन्चबाट मात्र उसको कालो लामो
कपाल देखिन्थ्यो ।त्यो पनि ब्ल्याक बोर्ड बाट उतिर मन डोर्याउनलाई
पर्याप्त थियो !

“कहाँ छौ त आजकल ? के गर्दैछौ ?” धेरै पछी भेट्दा को पहिलो प्रश्न म पनि त अपवाद थिइन


“अस्ट्रेलिया ! एक हफ्ता अघि नेपाल आएको , घर जाने भनेको पनि नेपालमाँ
प्लेन पनि उड्न छाडेछ !अनि बसमैँ भए पनि जान्छु भनेर हिँडेको !”

उसको बिडम्बना पनि मेरो जस्तै , बिराटनगरको प्लेन उडेन !!!आज विडम्बना हरु
जुधेछन् । छुट्टिएका मोडहरु मन नलागी नलागि फेरि जुधेछन् । मलाई थाहा छ
दोबाटो त्यति टाढा छैन ।



घर भनेर उसले माइतलाई भनेकी होला !उसको बुढोको त काठमाण्डौ नै हो जस्तो
लाग्छ । बिहे काठमाण्डौ मा नै भएको थियो ।करिब चार वर्ष अघि । साथीहरु
गएका थीए । आएर तँ जति ह्यान्सम त थिएन रचनाको बुढो भनेर सान्त्वना पनि
दिए ।मेरो मनले त्यो अधुरो अध्याय समाप्त भएको घोषणा गर्यो । कहिले काहिँ
धेरै खाएर लागेपछि बाहेक उसको कुरा आउन छाड्यो । आज अचानक उ फेरि भेटिई !

“एक्लै हिँडेको घर ?”

“अँ चेतनको थोरै काम छ रे काठमाण्डौमा ! “ उ रहेनछ बसमा ।कसरी छोड्यो
बुढीलाई ,यस्ति राम्री तै पनि ! यो भन्दा इम्पोर्टेन्ट काम हुन्छ कुनै ?
मेरो लागि त हुन्न कम से कम !

“चिया खाने ?” मैले प्रसंग बदलेँ ।

“गाडी हिँड्न टाइम धेरै छैन ! छोडदेउ !” उसले हाँस्दै मेरो आग्रह टार्दी ।
उ सँधै यस्तै गर्छे । उसको अनुहारमा मुस्कान यथावत रहन्छ । अनि मास्क
लगाउँदा पनि उसको मुस्कान थाहा हुन्छ ।

“म गए है बस्न ! आउच !” गाडी घ्यार घ्यार गर्न थालेको थियो । आउने जानेको
भिँड थियो । उसलाई पछाडी जाने कसैले थोरै ढकेल्यो शायद । फेरि धेरै पछि
सपनामा बाहेक मैले उसलाई यदि नजिकै बाट देखेँ , भन्न मन लाग्यो !


“एक चोटी मास्क हटाउन मिल्छ ?” तर मैले आफ्ना शब्दहरु रोकेँ !

उ आफ्नो सिट तिर लागि , मैले उसलाई हेरीरहेँ उसको कपाल थोरै छोटो लाग्यो
पहिलेको भन्दा ,काटिछे । म भएको भए उसलाई काट्न दिन्नथेँ ।उसलाई लामो कपाल
सारै नै सुहाउँछ । समय कति चाँडै बित्छ ! छ वर्ष , छरिएछन् यादहरु आज उ
सँग को भेट धागो बन्यो छरिएका यादहरुलाई जोडिदिने ।


गाडी हिडिसकेछ । थाहै भएन । अचानक थानकोट को चेकपोष्ट देखेपछि पो झस्यांग
भएँ ।तल सम्म गाडीहरु गोलघुम्ति घुमिरहेका थिए । मैले आफ्नो आइपोड झिकेँ ।
कानमा एयरफोन घुसारेँ , तर म अरु आवाज चाहन्न म आफैमा थोरै हराउन चाहन्छु
मेरो मनले शायद आज धेरै कुरा म सँग सोध्नेछ । म त्यसका उत्तरहरु चाहन्छु !
उसलाई नियाल्न नसकिने रहेछ ।तिन सिट पछि बाट !


“ चिया खाजा खाउँ है खाना ढिलो हुन सक्छ !” कसैले बाहिर बाट आवाज दियो !
उसले चिया खान बोलाएको हो वा खाना ढिलो हुन्छ भनेर तर्साएको मैले पत्ता
लगाउन सकिन । मलाई त्यहाँको चिया मिठो लाग्दैन तर पनि म बाहिर निस्के , म
तिन सिट अघी बसेकी रचनाको अनुहार हेर्न चाहन्छु ।


उ बाहिर निस्कन खोज्दैथिइ , मास्क फुकालिछे । मेरो मनको आवाज सुनीछे भनौँ
।उसमा केहि परिवर्तन थिएन उत्ति नै राम्री मात्र त्यो सिउँदो रातो भएको छ ।

“मलाई सारै अल्छि लागिसक्यो त्यो तिम्रो सिटमा बसेको मान्छे यहाँ सर्छ कि सोध न ! गफ त गर्न पाइन्थ्यो !”


मैले आफ्नो सिट हेरेँ भनौँ भनेर । पछि सम्झे हिँड्ने बेलामा त्यो त खाली
नै थियो साँची । आफु भित्र यति हराएछु कि छेउको सिट याद भएनछ ।








 
Posted on 02-03-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह कस्तो मिठो बहाव, फेरी बिलाउने गरी आ त हैन नि है प्रभु। ब्यग्रताका साथ अर्को भागको प्रतिक्षामा

 
Posted on 02-03-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! फुच्चे नि साझाको बाटो बिराउन थालेछ, म त हिडेर छोडेको हो कि छोडेर हिडेको होला भनेर अलमल्ल पर्‍या थिए।


क्रमश: देखिन नि साथी, मेरो आँखा कमजोर भाको कि तिमीले लेख्नै बिर्स्या हो, भाग,२,३,४.............. धेरै लेख है। तिम्रो कथा पढेर चित्तै बुझ्दैन क्या।


अनि तिम्रो उपन्यास सक्यो त ? सुधालाइ सन्चै ?


 
Posted on 02-03-10 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist..thanx....यसपालि नहराउँ कि भनेको।।।
साहिँली जे पाए त्यहि भन्न नपाई....हेर न क्रमश: चाहिँ लेख्नै छुटेछ चाँडो पोष्ट गर्ने हतारमा।।।।छ छ अर्को भाग पनि छ।।।।

 
Posted on 02-03-10 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम राम्रो छ फुच्चे केटो। अमेरिका आएर एति मीथो लेख पढ्न पाइयो साह्रै खुशी लाग्यो। ल अर्को भाग छिटो छिटो पोस्ट गर्नु पर्‍यो। कसरी बिराटनगर पुग्गियो अनी बिराटनगर बस पार्क पुगेर छुट्ने बेलाको अनुभव साह्रै सुन्न मन लाग्यो। ल छित्टो है छित्टो।


 
Posted on 02-03-10 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaspali rachana? ramro chha fucheketo jyu :)

 
Posted on 02-03-10 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kyaa ramro writings. Kaam bata ekchin time chorera sajha chireko.. mazza aayo..

sabai drisya haru jhal jhali aankha aagadi aaye.. ati uttam lekhai.

 
Posted on 02-03-10 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो लेखाई | नतमस्तक भए म त !!


 
Posted on 02-05-10 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shere thanx....Ur name reminded me one u-tube link ;-) .....
khushi यसपाली रचना अर्को पालि खुशि पनि राम्रो नाम रहेछ !!! प्रशंसाको लागि धन्यवाद....
Ans...shaswat thanx....
And thanx to all readers...........
Hoping I m not too late this time .............Here Goes my second part.............









Last edited: 05-Feb-10 08:59 AM

 
Posted on 02-05-10 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ फुच्चे ! मलाई त आफुले मन पराएर नपाएका केटीहरु कहिलेइ नभेटिउन जस्तो लाग्छ ।
ल ल छिटो लेख है
 
Posted on 02-05-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“हुन्छ ।“
“झोला यहिँ माथि नै हुँदा पनि फरक नपर्ला है !” उसको झोला उसैको सिट माथि थियो ।रातो छेउमा चाबि लगाएको !
“किन हराउने सामान छ र !” चाबी देखे पछि मैले प्रश्न गरेँ ! त्यति राम्री मान्छे खुला घुमिरहेकी छे ,किन चाहियो चाबी झोलामा ?
“हामी तिमी जस्तो हराउने सामान बोकेर यात्रा गर्दैनौ ! हिफाजत गर्न आउँदैन नि त !!!” उसले जिस्क्याई ,मलाई थाहा छ हिफाजत गर्न नआउने मान्छेले झोलामा चाबी लगाउँदैनन् ।
“मैले पनि एक चोटि हराए देखी चेतेको छु !” मनमनैँ सोचेँ । शब्दहरु रोकिए फेरि घाँटीमै !
“छोडदेउ त्यसो भए !” मान्छेलाई कहिलेकाहिँ हाँसे जस्तो गर्न पनि गाह्रो हुन्छ !

उ आएर मेरो सिटको छेउमा बसी । अनौठो सुवाष पोखिए जस्तो भयो । मैले उसलाई झ्यालको सिट छोडिदिएको थिएँ । बाटो हरु घुमी नै रहे घुम्ति माथि घुम्ति । उज्यालो प्रकाश बाहिर फैलिदै गयो ।रातो बाट प्रभात पहेँलो हुँदै गयो ।
    
“चकलेट्स ?” उसले म तिर आफ्नो हात तेर्स्याई !लामा औँलाहरु भएको हात । अष्ट्रेलिया बाट लिएर आएको होला , घर तिर लगेको मध्येको होला !
“अष्ट्रेलिया कै हो ?”
“अँ घर लगिदेको ! सजिलो छ एब्रोड बाट आउँदा चकलेट बोके पुग्छ !”
“म पनि घर जाँदा चकलेट नै लान्छु !”
“किन को छ र खाने ?”
“छन् नि दाजुका छोराछोरी ! चकलेट खाने तिम्रो घरमा मात्रै छन् र ! ”
“तिम्रो त बिहे भएको छैन है ?” कति सजिलै उसले यो प्रश्न राखी !
छ भनेँ भने उसलाई पनि सन्तोष हुन्थ्यो होला ,उसको नो ले ममा फरक परेको रहेनछ भनेर ! तर अफसोच अहिले सम्म भएको छैन । सबै केटी मा शायद म उसलाई नै खोज्छु , उ भेटिन्न अनि कोहि मन पर्दैनन् ।
“तिमीले अहँ भने पछी अर्कीलाई सोध्ने आँट ने आएन !” यसपाली मैले हाँसी हाँसी उसलाई आफ्नो ब्यथा पोखेँ !
“खाली जे पायो त्यहि ,चाँडो गरीहाल अब !”
“को सँग ?”
“भेट्टिई हाल्छन् नि एक से एक ! इन्जिनियर पो त तिमी त !”
“पत्याउँदैनन् , कसैले हामीजस्ता अल्लारेलाई !”
मलाई याद छ उसले मैले तिमीलाई राम्रो साथी ठानेको थिएँ तिमीले जे सोच्यौ गलत सोच्यौ भनेको !म अहिले सम्म छुट्याउन मै ब्यस्त छु ,आखिर त्यति खेर म कहाँ चुकेँ , म गलत कहाँ थिएँ भनेर !
“त्यसो नभन ,आखिर तिम्रो बेस्ट फ्रेण्ड हो म , म खोज्छु तिमीलाई बेहुली !” मलाई सबैभन्दा मन नपर्ने शब्द बेस्ट फ्रेण्ड !!!!
“आफु जस्तै खोज है !”
“म भन्दा राम्री खोज्छु , यस्ती राम्री कि तिमीले मलाई बिर्सिन्छौ !” कसरी बिर्सीउँ उसलाई त्यो पनि उसैलाई नै सोध्नु पर्ने हो !तर त्यो प्रश्न सोध्ने न मेरो साहस छ ,न सामर्थ्य !!!


“गित सुन्छ्यौ ?” मैले आफ्नो आइपोड उ तिर तेर्स्याएँ ।
“कुन ?” उसले अचम्म मान्दै मलाई सोधी !!!
“तिमीले कुन खोजेको , डेढ सय वटा जति छ होला !!!”
“मैले सुनेको थीएँ एउटा गितको बारेमा कलेज पढ्दा नढाटी भन है !”
हल्ला धेरै भएको थियो उसको र मेरो बारेमा कलेजमाँ । मलाई आँट पनि आउने थिएन होला भन्ने साथीहरुले धेरै चढाएपछि मात्र मैले उसलाई सोधेको थिएँ । त्यो बाहेक रचनाले के सुनेकी थिई मलाई थाहा छैन । यो रचनाको मात्र हैन धेरै केटीहरुको विशेषता हो , धेरै हल्ला हुन्जेल सम्म पनि उनीहरुमा परिवर्तन आउँदैन !!!
“के भन त ?” मैले बिस्तारै सोधेँ , मलाई थाहा छ उसले के सोध्ने वाला छे !!!
“तिमीले मलाइ भनेर गीत लेखेको थियौ अरे नी !”     
मैले उसको नाममा करिव आफ्नो छ वर्ष नै लेखेको उसलाई के थाहा !!!
“कस्ले भन्यो भन त ?” मैले हाँस्ने प्रयास गर्दै सोधेँ
“त्यति सानो त कलेज थियो सुनी हाल्छु नि , त्यो छ भने सुनौँ न!” साँच्ची नै केटीहरु प्रशंसाका भोका हुन्छन् । राम्री लाई पनि राम्री छ्यौ भनेर चित्त बुझाउन प्रशंसा गरीरहनु पर्छ !
“त्यो त छैन !”                                    
गाडी थोरै जंगल तिर छिर्यो , बाटो भरि पहेँला सुख्खा पात हरु छरिएछन् ,सुख्खा रुखका बिचबाट घाम का किरण हरु बाटो लाई धुँदै थिए उसका शब्दहरुले मेरो मन छोए जस्तै ! नारायणघाट आइपुग्न आँटेको होला !बाटो हरु तेर्सिदैँ थिए । अचानक उसको मोबायलको घण्टी बज्यो !
“हेलो !.......... मैले तिमीलाई अस्ती पनि भनेको हैन..............................हराएको को म कि तिमी ?......................................नारायणघाट ,बस्छु मन लागे जति !................................तिमीलाई म अष्ट्रेलिया मा मात्रै त चाहिएको रैछ नी !!!!!!”
उसले फोन राखी , धेरै बेर झ्याल बाट बाहिर हेरीरही !!!!!!
“आखिर मान्छे किन स्वार्थी ,किन अबुझ हुन्छ ?”
मैले उसको आँखा नियालेँ । उसले आफ्नो ठूलो आँखा भिज्न दिएकी थिइन । अघिको फोन शायद रचनाको बुढोको थियो । भनेपछि उ खुशि छैन । किन ?? मैले मनलाई सोधेँ जीवन किन यति सरल छैन ?मलाई थाहा छ मनले भन्नेछ सरल भए त्यो अरु नै केहि होला जीवन हैन !!!!





 
Posted on 02-05-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

stat thanx.....
san n crazy thanx for helpin me out in formattin issues...!!!!

 
Posted on 02-05-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sakkiyo? aucha hola aru pani.... babbal ramro chha lekhai,.... ani thanks hai :)

 
Posted on 02-05-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानलाइ धन्यबाद भने पुगि हाल्यो नि मैले त के नै मद्दत गरेको छु र ? म पनि त्यस्तै समस्या पर्‍यो भने गुहार्ने सानलाइ नैं हो।


एउटा कुरा नि फुच्चे, I mean कथाको पात्र "फुच्चे" क्या। प्रंशसा कसलाइ मन पर्दैन र? को भोको हुँदैन र प्रंशसाको? तिमीलाइ पनि फुच्चे त क्या क्युट भन्यो भने के हुन्छ? दिनभरी एइना हेर्या हेर्यै गर्छौ हो कि हैन? बच्चा देखि बुढो सम्म सबैलाइ प्रंशसा मन पर्छ जस्तो लाग्छ। तर त्यो कथाको फुच्चेले अलि बढी नैँ केटीहरु प्रशंसाको भोका हुन्छन् भन्या चाहि चित्त बुझेन मलाइ त। लौ, मैले त मनमा लागेको कुरा भन्दे।


यो भाग पनि द्रुतगतिमा बढ्दैछ, बिचमा ब्रेक नलागोस।


 
Posted on 02-05-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khushi thanx again......thats deal..story yet to be finallized but female charectors name.....already
साहिँली if u remember this is the second time I m writing this phrase and this is the second time u r commentin....म त ऐना हेर्न थाली नै सकेँ



 
Posted on 02-05-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha I can't wait fucheketo... u can see i m so excited hai? lol

crazy tyahi ta prashansha kaslai na man parla haina?

 
Posted on 02-05-10 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्चिको प्रस्तुती छ लामो समयपछि फुच्चेकेटोको लेखाई पढ्न पाईयो!


फोनको संवाद सुनिसकेपछि,  कथाको 'म' को मनभित्रको उथलपुथलमा केहि 'दुखद खुसी' छाएको थियो होला! अर्को भागको प्रतिक्षामा!


 
Posted on 02-05-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ २ भाग पढियो , ल अब उसको बिजोग मा आफ्नो बियोग मिसाएर बिगान्तक कथा नलेखु है , बरु पुराना दिन हरु सम्झिम , माया प्रिती का कुरा सम्झिम ।


लौ लौ गुर्लाम गुर्लाम


 
Posted on 02-05-10 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhane ni maile naam matra phuchhe bhanera!!


Prashamsa ko kura ma chhin I second Crazy hai!!!


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
lost $3500 on penny stocks !!!
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters