[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "के छ ?"

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 29312 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-24-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कसैले के छ? भनेर सोध्यो भने तपाइ के भन्नु हुन्छ?

कसैलाइ भेट्दा वा फोनमा कुरा गर्दा सोधीने बाक्य नै हो यो। कुराकानि बढाउन सजिलो, औपचारिकता निभाउन सजिलो, अझ त्यो भन्दा बढी नयाँ कुरा थाहा पाउन सजिलो। समाजको एउटा चलन, कुरा गर्ने तरिका। नेपालमा हुँदा "हालखबर के छ? "भनेर कसैले सोधी हाल्यो भने "आरामै छ" भनिन्थ्यो वा "राम्रो छ" भनिन्थ्यो। सन्चो नभए पनि सन्चै छ भनिन्थ्यो, बाटोमा बसेर के लामो कुरा गर्नु भनेर।  सकेसम्म औपचारिक्ता छोटै होश् भन्ने इक्ष्या हुन्थ्यो मेरो। केहि कुरा नै छ भने पनि पछि आफै थाहा पाइहल्छ नि हल्ला चले पछि भन्ने लाग्थ्यो। तैपनि कोहि कोहि १५ मिनेट लामो "के छ?" भनेर सोध्थे, भएभरको रामकहानी सकेपछि पनि "अनि?" भनेर सुनिरहने। सानैदेखि अरुसङ नरम भएर बोल्नु पर्छ भन्ने मन्त्र सुनिरहेकोले "के छ?" को मुख्य मुख्य र सहायक बिशय बस्तु सक्दा पनि फुल बुट्टा भरेर कथा सुनाउनु पर्थ्यो। तेहि भएर "के छ?" भन्ने प्रश्नको उत्तर गार्हो थिएन, केहि नैं केहि भैरहेकै हुन्थ्यो। टोलमा रोचक घटनाहरु हुन्थे। एकपटक बिहानै छिमेकीको घरमा "शुभ बिबाह" को रातो तुल देखेर बिहान "वाक" जाने सम्मानिय ब्यक्तिको मुटु झन्डै रोकिएको थियो। त्यो घरमा बिबाह योग्य कोहि थिएनन्, दुइटा छोरा बिदेशमा पढेर उतै घरजम गरिसकेका र घरमा आमा र बुबा मात्र थिए। पछि थाहा भयो राति कहाँबाट उपद्र्या केटाहरुले बिबाहको तुल ल्याएर राखिदिएका रहेछन्। त्यो घटनापछि "के छ?" को मुल बिशय कति दिन सम्म त्यहि भयेको थियो।

अब अहिलेको कुरा गरौं। कसैले के छ? भने म "उस्तै छ" भन्छु। "उस्तै भन्नाले।" फेरि प्रश्न आँउछ भन्ने डरले नैं "केहि छैन" भन्छु। "कस्तो केहि छैन भन्या? बोल्न पनि पैसा पर्ने जस्तो।" भनेर एकजना दिदीले चित्त दुखाउनु भएपछि म फेरि के छ ? को पुरै उत्तर दिन थालेको छु।
मेरि एउटी साथीले अस्ति फोन गरी, फेरि प्रश्न उहि थ्यो "के छ ?"

"रुघा लागेर नाक बन्द छ।"

"अनि?"

"जाँच छ।"

"अनि।"

"भोक लाग्या छ।"

"अस्ति पनि तैले यहि भन्या थिइस् मलाइ। अस्तिको होइन, अहिले को हालखबर सोधेको तँलाइ। अहिले के छ?"

"मैले पनि अहिलेको कुरा गर्या। अस्तिको होइन।" मलाइ नि रिस उठ्यो भएको कुरा गर्दा पनि फेरि "अहिले के छ रे?"
"तंलाइ त लामै रुघा लाग्दो रहेछ, २ महिना अघि पनि रुघा नैं लागेको थ्यो, बोल्न मन छैन भन न खुरुक्क।" निक्कि झर्की फोनमा।

" २ महिना अघि रुघा लाग्याथ्यो, क्लारिटिन खाँए, १ हप्ता नाक सुख्खा भयो, अर्को हप्ता फेरि चिसो भयो, फेरि नाक बग्न थाल्यो, घाँटि चिलायो, खोकि लाग्यो, रुघाले ग्रस्त बनायो।" पूर्ण बिबरण दिंए, सके मेरो रुघाको रिपोर्ट नै बनाउछे कि भनेर।

"बेसार पानी खाइस्?"

"खाँए।"

"नाइकुइल ट्राइ गर।"

"गरें"

"अरु के के गरिस्?"

"एलर्जी र रुघाको सबै औसधी खाइसके। तैपनि  उस्तै छ।" आफुलाइ टिस्स्यु पेपर लिन हतार भैसकेको थ्यो। नाकबाट गंगा जमुना बग्दैथ्यो। निक्कि ठुलै सोचमा थी उता।

"अनि अरु के छ त?"

"अहिले मलाइ हाछिँउ आउन लागिराको छ।"

"तेस्तो जाबो नाक काटेर फालिदे।" निक्कि हाँसी मज्जाले मेरो रुघा लागेको नाकमा उपहास गर्दै। देख्नु भयो "के छ?" कति असंबेदनशिल हुन पुग्दो रहेछ कहिलेकाहि। चुपै लागें, अब त कुरा सके हुन्थ्यो नि। फेरि सुरु गरी।

"अस्ति पनि जाँच नैं भन्थिस् नि।" कति लामो कुरा गर्नु पर्‍या हं आफुलाइ यस्तो गार्हो भाको बेला।

"फेल भये नि।"

"राम्रो पढ्नु छैन।" फेरि उल्टै अर्को आरोप।

"प्रश्नै नपढेको आये पछि के त?"

"ल ल ! राम्ररि पढ!" भन्दै बल्ल फोन राखी। मैले भगवानलाइ धन्यबाद दिए। यो "के छ?" ले मलाइ धेरै सतायो प्रभु अरु "के छ?" को उत्तर दिन नपरोस्।

मलाइ मात्रै यस्तो हो कि अरुलाइ पनि। सोचे मिनिलाइ मेल नलेखेको धेरै भाको थ्यो। उसले पनि "के छ?" भन्ली भन्ने डर। यो बेला म सङ खाली उहि पुरानै उत्तर मात्र छन्, नयाँ केहि भाको छैन भन्दा पनि कोहि पत्याउदैनन्। मिनि त होइन मैले सारालाइ मेल लेखेर सोधें "के छ?"
साराले तुरुन्तै रिप्लाइ लेखी। "खुशीको खबर छ।" मेरो आफ्नै नभएपनि साथीको भएपनि केहि त भएकै रहेछ भनेर मलाइ पनि खुशी लाग्यो तर अर्को लाइनमा लेखिएको थियो।" मिनि छिट्टै आमा बन्दैछे।"
मलाइ ठुलो झट्का लाग्यो। आफुलाइ मात्र होइन अरुलाइ  "के छ?" भनेर सोध्दा पनि अनपेक्षित उत्तर आँउदो रहेछ।

मिनि १८ बर्स मुनिकि होइन, बच्चा नै जन्माउन नसक्ने पनि होइन। तर तेत्रो २ बर्स संगै बस्दा पनि मैले उसको ब्वाइफ्रेन्ड देखेकी थिइन, न त उ बिबाहित थी। एक बर्स अघि मात्र उ र सारालाइ बैंककमा छोडेर आँउदा मिनिले त्यस्तो खुशीको खबर सुनाएकी थिइन। असंभव! यस्तो हुनै सक्दैन। मैले अनुमान लगांए, अड्कल काटे। मलाइ बिस्वास लागेन। फेरि सारालाइ मेलमा सोधे "मिनिको बिहे भयो?" "छैन।" साराले यसरी उत्तर दिइ, मानौं यो कुनै ठुलो कुरा होइन। म झनै दुबिधामा परें। अरु कुरा सोध्न मिल्ने कि नमिल्ने? मलाइ लाग्यो सारा म संग जोक गर्दैछे। अर्को मेल लेखे "प्लिज सारा! यस्तो कुरामा म संग जोक नगर।"

अब त मलाइ अरुले "के छ?" भनेर सोध्दा पनि पीर, अरुलाइ "के छ?" भनेर सोध्न पनि डर लाग्न थाल्यो।

क्रमश:

Last edited: 24-Jan-09 04:58 PM
Last edited: 24-Jan-09 04:59 PM
Last edited: 30-Jan-09 02:23 PM

 
Posted on 01-24-09 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो कथा , बाँकी चाडै पस्किनु पर्‍यो ।
 
Posted on 01-24-09 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto reality paskeko Crazy le, gajab chha. Ma pani wakkai bhaisaken "ke chha?" question le, sathi haru sanga matra hoina ghar (Nepal) ma kura garda pani. na aafno naya naulo kehi hunchha, na ghar tira nai kehi hunchha, na sathi haru le nai testo kehi gareka hunchha, tai pani 4-5 din ma routinely gaaf ta garnu paryo. ani sathi haru sanga gaff garnu paryo bhane ta tesai 2-3 ghanta janchha, ani tyo "ke chha?" question 20-25 patak doharinchha from either side even when the other side replies like "nothing new" every time.

la la aru pani padna paum hai, Mini, Sara, chameli, gauthali, ko ko chhan sathi haru, "ke ke chha" tini haru ko?
 
Posted on 01-24-09 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कान्छा बौ ! अनी त्यस्पछी अर्को भाग मा के छ ?
 
Posted on 01-24-09 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो क्रजी के छ झक्कास कथा आएछ आएछ नि,  अरु के के छ सबै पस्कौ ल,       

 
Posted on 01-25-09 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

just great!! simply great!!


keep it up!!


Im too glad to see such a intellect!!


 
Posted on 01-25-09 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग -२

मलाइ कहिले काहिं लाग्छ "के छ?" भनेर सोध्यो भने "नाक छ" भन्दिउँ। नाक त सबैको छ नि भन्ने जवाफ आउला भन्ने डर। तेसो होइन, मेरो नाक आजकल बिशेष भाको छ भन्न खोजेको। फेरि उसको मात्र नाक बिशेष हाम्रो नाक चाहि निशेष भन्नु होला नि। त्यो पनि होइन क्या, मेरो नाकले मलाइ २४-७ खालि नाकको सेवामा खट्टाँउछ। म बिहान उठेदेखी "क्लिनेक्स्"को बट्टा नजिकै हुन्छु, केहि कथंकदाचित त्यस्तै एमरजेन्सी पर्ला भनेर खल्तीतिर पनि कोच्छु। कतिखेर छिँउ आँउछ भनेर बेसिनतिर कुद्छु। हुदाँ हुदाँ राति पनि सिरानि नजिक 'क्लीनेक्स्" राखेर पल्टिन्छु। निद्रालाइ नाकले सकेसम्म छेक्छ, अति भएपछि मुखले नाकको काम गर्छ। किरा फट्याङ्रा पस्ला भन्ने डर पनि लाग्छ, एउटा जाली जस्तो कपडा मुखमा राख्छु। कहिलेकाँहि लाग्छ, यस्तो नाकको के काम, निक्कीले भनेझैँ काटेर फालिदिउ। फालि हाल्न त मिल्दैन बिहान उठेर फेरि जोडेर काम चलाउन पाए हुन्थ्यो जस्तो लाग्छ। नाकै फाल्द्यो भने कालो चस्मा कहा लाउने भन्ने पनि पीर पर्छ। म यस्तै सोचिरहेको हुन्छु, मेरो नाकको बारेमा।

मुखैले नाकको काम गर्न थालेपछि अलि अलि निद्रा पर्‍या मात्र के थियो। फोन आयो, यो आधा रातमा पनि कस्लाइ कुरा गर्नु पर्ने भन्दै स्विच अफ गर्न उठ्छु। अन्तररास्ट्रिय कल देख्छु।

"हेलो।"

"के छ?" फेरि त्यहि कुरा। आधा रातमा फोन गरेर पनि हुन्छ त के छ? सारा रहिछ।

"यहाँ आधा रात छ।" मैले उसले छिटो कुरा सकाउली भन्ने आशा गरें।

"के भो त?" मिनि पनि रहिछ कन्फेरेन्स कलमा। अफिसको फोन राम्रै उपयोग गर्ने भये।

"मैले त सङ मिनिको कुरा जोक गर्‍या रे? सोध मिनिलाइ हो कि होइन भनेर।" सारा गर्जी।

"त्यस्कै लागि तिमीहरु मलाइ यो आधा रातमा फोन गर्‍या। अरु बेला समय थिएन?" मलाइ के मत्लब मिनिले जे सुकै गरोस् मेरो नाक भन्दा ठुलो केहि कुरा नभएको बेलामा।

"क्रेजी! साराले भनेको कुरा साँचो हो। मैले "आर्टिफिसिअल् इनसेमिनिसन" गरें। म बच्चा जन्माँउदैछु ३ महिना पछि।" मिनिले शान्त तरिकाले भनी।

"ए! अँ।। अनि बच्चाको बाउ अथवा तेरो ब्वाफ्रेन्ड खोइ त? के हो मैले कुरै बुझिन तेरो।" म अकमकिए।

"कुन युगमा छस् तं क्रेजी?" सारा चम्की फेरि।

"कलियुगमा छु। तर पनि सत्ययुगको जस्तो बिना बाउको बच्चा जन्माएर देवी भइदैंन अहिलेको कालमा। मान्छे हरु कुरा काट्छन्। पछि त्यहि बच्चाले बाउ खोइ भनेर सोध्यो भने।"मैले पनि मनमा लागेको कुरा भने।

"एक्ली आमा भएपछि बाउ किन चाहियो? तेस्तै पर्‍यो भने र राम्रो केटा पाइयो भने पछि बिहे गरौंला। अहिले त्यो सबैको लागि समय छैन। त्यसैले मैले बेलैमा बच्चा पाउने निर्णय गरेको। समाज र मान्छेहरुको कुरा सुनेर बस्यो भने त जिवनमा हामी केटीहरु कहिले बढ्न सक्दैनौ। के भयो तेरो सोचलाइ? के भयो तंलाइ अहिले?" मिनिले उस्तै गम्भिर भएर सम्झाइ मलाइ।

"त्यो तेरो बिचार, तेरो जिवन, तेरो निर्णय। म त ब्यर्थै किन झन्झटमा पर्न लागिस् भनेर चिन्तित थिँए।" मेरो नाकले सारै दुख दिन थालेको थियो। दुइटै बन्द , मुखले स्वास फेर्न गार्हो। नाकैले प्रयाश गर्न थाँले।

"नाक किन ठुइं ठुइं गर्न थालेकी? हाम्रो कुरा मन परेन जस्तो छ यसलाइ। पहिला पनि कुरा मन परेन भने यस्तै गर्थी यो।" सारालाइ मसङ निंउ खोज्न मन लागेको रहेछ।

"हेर सारा! पहिला मैले नक्कल गरें हुँला, अहिले मलाइ बाध्यता छ। अहिले त मेरो नाक कुरा मन परे पनि नपरे पनि र कुरै नभए पनि सधै यस्तै "ठुइं ठुइं" गर्छ स्वचालित रुपमा। तँ मिनिलाइ बेकारमा नउचाल त।" मैले सकेसम्म राम्रै कुरा गरें।

"तँ जहिले पनि नाककै कुरा गरिरहेकी हुन्छेस्, अस्ति पनि तैंले नाकैको दुख कहेर १ घन्टा सकेकी थिइस्। आज पनि फेरि त्यहि नाकको कुरा छ। कतै तंलाइ मानसिक समस्या त हुन लागेको होइन?" मिनिले अर्कै प्रहार गरी मलाइ।

"मिनि! मैले कहिं पनि दिमागको समस्याले गर्दा नाक बगिरहन्छ भनेर पढेको छैन। तेरो शंकाको लागि धन्यबाद!"

"तेसो भये एउटा कुरा भन्त!" सारा फेरि बोली।

"के?"

"अमेरिकाको रास्ट्रपतिको नाम के हो?" साराले हद गरी।

"थाहा छैन मलाइ" भनेर झर्किदाँ दुबै उता मरि मरि हाँसी रहेका थे।

मैले आफै फोन बन्द गरिदिएँ। भोलिपल्ट देखि मेलमा खालि "डिप्रेसन र त्यसबाट बच्ने उपायहरु बारे इमेल आउन थाल्यो। सारा र मिनि मात्र होइन, उनिहरुको संजालमा रहेका सम्पुर्ण साथीभाइहरुले "सान्त्वना, धैर्य र उपचार" का सन्देशहरु पठाउन थाले। अति भये पछि मैले "स्पाम" भन्दै "डिलिट" गर्न थाँले। तर सकिन, अचानक एक्दिन अचम्मको मेल आयो। मेल यस्तो थियो।
"के तपाइ डिप्रेसनको शिकार हुनु भएको छ? चिन्ता नगर्नुस! तपाइको मुख्य जिनिसको लम्बाइ बढाउने औसधी हामीसङ छ। ढुक्क भएर बस्नुस्।"

मलाइ रिस उठ्यो, जंक मेल पनि कस्तो कस्तो आउने। एकाबिहानै खोल्दा पहिलो नैं तेही हुने। मैले नरमपुर्बक उनिहरुलाइ लेखें। "हेर्नुस्! तपाइंहरुको ब्यापारको लागि गर्नु भयेको बिग्यापनको म उपयुक्त उम्मेद्वार परिन। तपाँहरुले भन्नु भएको जिनिस नैं म सङ छैन, मलाइ तंपाइहरुको औसधीको के काम? तपांइ त्यस्तो समाचार अबदेखि मलाइ नपठाउनुस्। बरु अरु ग्राहकलाइ पठाउनुस्।" केहि दिन पछि उताबाट एक्दमै सभ्य भाषामा उत्तर आयो। "महोदया! तंपाइको मेलले हामीलाइ धेरै सोचमग्न बनायो र हामी तंपाइलाइ यो कुराले बिस्वस्त पार्न चाहन्छौ कि संसारमा अब त्यस्तो कुनै समस्या छैन। त्यसैले महोदया चिन्ता नगर्नुस्। हरेक दिन यो औसधी प्रयोग गर्नुस्। तपाइसङ अहिले त्यो जिनिस नभय पनि केहि दिन पछि आफै भयेर आँउछ। औसधी खाएपछि त्यो आफै पलाएर आँउछ।"

ल हेर्नुस् त! कस्तो वाहियात! त्यो मेल पढेपछि म एकछिनसम्म मुर्ति जस्तो भएँ। बिग्यापन पनि कस्तो कस्तो! मलाइ लाग्छ मेरै साथी मध्य कुन चाहिँको करामत हुनु पर्छ त्यो।

अहिलेलाइ चाँहि नाक ब्रेक है!

(नाक ब्रेक भनेको नाकै भाँच्ने चाँहि होइन। नाकको लागि बिश्राम मात्र भन्या है। )

क्रमश:


Last edited: 25-Jan-09 06:01 PM

 
Posted on 01-25-09 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u  for your comments!
 
Posted on 01-25-09 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी महोदय नाक काटिदीए हुन्छ - नाक नभएपछी चस्मा कहाँ राख्ने भन्ने समस्या तपाई को रहेछ
अब चिन्ता लिनु पर्ने कुनै कारण छैन
यि यो लेन्स लगाउनुस् चस्मा लगाउनै परेन - अनी त्यो नाक को के काम भो र - हुन्छ काटेर फाल्नुस् -

नाक काट्ने चक्कु पनि उपलब्ध छ - अनी साथ साथै नाक निकालेपछी खाली भाग मा प्लास्टर गर्ने सर-समान पनि सस्तो मुल्य मा छ हामीसँग पठाइदिउँ


अब नाक नभयपछी क्रजी को अर्को नाम हुने भयो - "न्ह्या मरु"
 
Posted on 01-25-09 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare!

ausadhi khayau? operation pachi? jhan badhi karaune bhaecha yo lahare ta.

O Biste! Thuldai! k garyaa yo?
 
Posted on 01-25-09 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी एउटा लाई फोन गरेर "के छ?" भनेको त "मलाई हैन क्रेजी लाई सोध" भनेर सुरु मै हासेर झसँग बनाइदियो । आफुले कती दु:ख गरेर जोगाएको नाम बाट क्रेजी को कथा मा कमेन्ट लेखेको थाहा पाएछ कि क्या हो भनेर "को क्रेजी?" "मेरो के सम्बन्ध?" किन सोध्नी" भनेको त अझ "तैले के छ भन्दा साझा को क्रेजी सम्झेर हासो उठेको छ उतै पढ्" भन्छ । म त क्रेजी ले "अपरेसन २००९" को नाममा आफ्नो कथामा कमेन्ट गर्नेको फेहरिस्त लेखेर आज पक्राउ परिएछ कि भनेर डराइ डराइ साझा खोल्दा त यस्तो पो रहेछ । धन्न बचिएछ । जे होस् समसामयिक् छ । अझ जन्क मेल को त के कुरा गर्नु र हैन ?
 
Posted on 01-25-09 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो न्ह्या मरु वेँ, औषोधी मलाई होइन तिमीलाई चाहिने -
नाक ले दु:ख दिएर जात्रा छ अझ कराउने भाको

तिम्रो नाक सँग मित लगाउन मन लाग्यो -

कस्तो दु:ख दिएको है तिम्रो नाक ले तिमीलाई  
गूड् जब क्रजी को नाक कीप डुइङ योर असम जब
 
Posted on 01-25-09 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्ती जानेकी ए यो डल्लि ले लेख्नु लाई पनि मुसो चलाएर ।
परगती  प्रोगेस  बिकास सप्पै गरिछे होइ । 
अनी साच्ची त्यो जन्क  मेल वाला को  ठेगाना मेल बाकस मै कतै अझै रही रहेको भए  मलाई यसो लेखी पठाएस है डल्ली मुसो चलाएर। 


 
Posted on 01-25-09 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पागल प्रेमी"- नाजवाफ म त! अब यता मात्र होइन, प्रकाशन म लाग्ने हो कि? सुझाब मात्र हो है। निक्की को नाम दोस्रो भाग मा पढे पछी उस्लाई मैले पनि गाली गरेँ कस्तो कुरो को चुरो नबुझेकी भनेर।
तर त्यो विज्ञापन को कुर चाहिन क्लासिक छ- खुब हासिंयो- मज्जा ले.


अरू पनि छिट्टै जावोस है "प्रेमि-पागल्"।
उही हित्तेछुक
धरान


 
Posted on 01-26-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Love , how is your nose doing , good one funny ..........


arko bhaag kahile ho ?


 
Posted on 01-26-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजी पहिला त स्वागतम, घडा राखेर।
कथा राख्ने पनि शुक्रबारको दिन, त्यो पनि ५ बजे,आज सोमबार आएर बल्ल देखे,मा ८औ मा परेछु,अब देखी एस्तो नगर्नु ल।
म के छ् भनेर सोध्दिन,कथा साह्रै नै रोचक र नौलो छ्,२ भाग पढ्न पाइयो एकैदिन्मा सोमबार बिहान पनि रमाइलो लाग्यो।
ल अर्को भाग छिट्टै राखुम ल।

क्रेजी रिडर बिस्टे

 
सान्नानी
Posted on 01-26-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kati hasauna sakya ... gajjab chha sathi.
 
Posted on 01-26-09 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pacific_Salmon,


धन्यबाद!


ctal


आफ्नो अनुभव बांड्नु भएकोमा धन्यबाद!


यो लहरेलाइ त के गर्नु र? सराप्न नि नमिल्ने। मेरो नाक होइन तिम्रो नाक काटेर पोलेर खाउ।


बुडोबाजे,


हेर त्यस्ता दाँत सबै फुक्लेका बुढा मान्छे भएर अर्काको नाम बिगार्ने हो। डल्ली नभन्नु है, उसै त हिल लाउन सक्दिन म। अँ, मर्ने बेलामा अनेक थरी किन चाहियो तपाइलाइ। खुरुक्क न राम नाम जप्दै बस्नुस्।


अहिले बजै आएर डाढमा डाडुले बजाउनु हुन्छ अनि थाहा पाउनु होला।


zigkbcnp
धन्यबाद साथि यस्तो रम्रो तारिफ मैले हजम गर्नै गार्हो भयो।


stat'
कस्तो गफाडी भएछ यो स्ट्याट त। फेहरिस्त भनेको के हो?


धरान!
सुझाबको लागि धन्यबाद! तर मेरो नेपाली अझै असुद्ध छ नि साथी। पखनुस् न रिटार्यर्ड् भए पछि सोचौला रे क्या। हितेछुक भनेको के हो साथी?


हिजो पनि भाग् लेख्दा तपाइको सुझाब याद आयो।


हर्के,


नेपालबाट  मलाइ डिकोल्ड ल्याउनु भएन?


बिस्टे!


मैले शनिबार शुरु गरेको हो रुघाले दुख दिएर। अब म वीकडेजमा पनि लेखुला हैं। सानो बिस्टेलाइ कस्तो छ नि?


सान्नानी!
तिमी देखेपछि मलाइ दाल भात अचार तरकारी सबै पुग्या जस्तो हुन्छ। सन्चै छ है?


अरु सबै चुपचाप पढ्नु हुने साथीहरुलाइ पनि धन्यबाद!



 


 
Posted on 01-26-09 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर त उस् उस् डल्ली नभन्नु रे । मात्तेकी नक्कली
अनी  अँ होला नि कही नभएर । के के जाती पो बुडो भएर तान्द्राङ तुन्द्रुङ झुन्ड्या   हो त  । मन त तग्डै छ  नि हो । अलिकती औषधी उपोचार पुगे त तङ्ग्रिने थियो होला नि । बेलाई मा  उपोचर गर्न पायेत तिमेर्की  बजै को सेखी झार्न हुन्थ्यो के रे


 


 
Posted on 01-26-09 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-३


तपाइलाइ थाहा छ? नाक पनि धेरै प्रकारले बज्दो रैछ नि रुघा लाग्दा त! मैले रिसर्च नैं गर्या चाहि होइन, मेरी साथीले पत्ता लगाएकी।


एकदिन एकाबिहानै मेरो साथीले सोधी " यति बिहानै के पकाउन लागिस्  हँ?"



"केहि पकाको छैन त।" मैले नाकबाट बग्न लागेको तरल पदार्थलाइ माथि तान्दै भने।



"त्यो प्रेसर कुकरको सिटि कसरी बज्यो त?" उसलाइ झन आस्चर्य लागेछ। गएर किचेनमा हेरें, केहि पनि बसाको छैन। बेलुका माझेर राखेको कुकर तेतिकै घोप्टाइएको छ। स्टोव त बल्या छैन तेतिकै अर्कालाइ बिहान बिहान टेन्सन।



"तँ आफै गएर हेर न किचेनमा" मेरो कुरा उसले नपत्याए पछि भने। उ आफैले केहि नदेखेपछि फर्केर आइ र चिन्तन मनन गरी। उसले निंदमा कुकरको एक सिटि बजेको सुनेकी थी। त्यो मेरो नाकबाट निस्केको आवाज रहेछ। उसले अझै प्रस्ट परी। एकछिन "छिस ssssssssछिसsssssss" गर्दै " सुँइयsssssssssss" आवाज निस्किएको थियो रे मेरो नाकबाट। हुन त त्यो गफाडी नैं छे। तै पनि आफ्नो नाकबाट अनेक किसिमको ध्वनि निस्किने हुनाले मैले प्रतिरोध गरिन।


रुघाको याममा कतै बाट खानको लागि निमन्त्रणा पाइयो। घरमा बसेर नाक र रुघा सोच्दा सोच्दा दिमाग खराब हुन लागेको थ्यो। त्यसैले "क्लिनेक्स" को  बट्टा बोकेर गएं। ढोकैमा टाढाको साइनोमा फुपु पर्ने महिला भेंटें। देख्ना साथ मुख नैं कच्याक कुचुक पारेर सोध्नु भयो। "लौ न? काँ लडिस्? कसरी लडिस्?" कस्तो अचम्म। म त राम्रै उभिएको छु। राम्रै हिंडेको छु। कहिं लड्या छैन, हात खुट्टा दुख्या छैन। के भन्नु हुन्छ यो फुपु पनि। "म लडेकै छैन, फुपु पनि तेतिकै के के भन्नु हुन्छ के के?"
"तेरो आँखा माथि कसरि निलो भयो त नानि? रगत जम्या जस्तो छ नि?" फुपुले जिस्काउनु भाको रहेछ। निलो आइ स्याडो लगाको थें, बाथरुममा गएर मेटें।


कसैले कस्तो दुब्लाको भन्छन्, खुशी लाग्थ्यो फेरि कोइ चाहि कस्तो फुलेको भन्ने। मोटाको मात्र भने पनि हुने नि। के भएर सुन्नेको नानि तिमी? भनेपछि चित्त दुख्छ कि दुख्दैन। अर्कालाइ रुघाले गर्दा गुलियो मन पर्ने भएर कस्तो। त्यहि भिंडमा एउटा मामा भेटिए। सरकारी जागिरमा पेन्सन पकाएर
अमेरिकामा छोरा बुहारीका आएका रहेछन्। उनको कुरा सुन्ने श्रोता बनें। खुशीको कुरा उनको नाक पनि तरल रहेछ। छिन छिनमा रुमालले सुखा गर्नु पर्ने। मलाइ जस्तो दिर्घकालिन पिरोलेको रहेनछ रुघाले मामालाइ। भर्खर् २/३ भएको रहेछ। कुरा शुरु गर्नु भयो।



"छोरो इन्जिनिएर, बुहारी नर्स।नाति नातिना असाध्यै सभ्य नानि। मलाइ त केहि पीर छैन मर्नलाइ।" उनलाइ रुघा लागे पनि मलाइ जस्तो टेन्सन पर्या रहेछ। हो त नि कति भाग्यमानि। सबै सुखी सम्पन्न उन्को परिवार। छोरी पनि बेलायतमा भनेको सुन्याँथे हुलमुलमा।



"बिहान प्राणायाम गर्‍यो भने फाइदा हुन्छ नानि" नाक सुइं सुइं गर्दै भने।



"कसरी गर्ने ("चुइँ" -यो मेरो नाकको ध्वनि) मामा ("चुइँ ") प्राणायाम?"



"एउटा नाक बन्द गर्ने "सुइँ" अनि अर्को ले "सुइँ" हावा ताने।" उनले त्यसरी प्रतक्ष्य देखाँउदा उनको नाकको तरल पदार्थ सुलुलुलु बगेर मुखभित्र पसिसकेको थियो। मलाइ आपत पर्‍यो, त्यस्तो बेलामा के भन्नु के नभन्नु? मैले नदेखेको जस्तो गरें। मामाले पनि थाहा नपाएको जस्तो गरे शायद। पस्ने कुरा मुखभित्र गैसक्यो अब के गर्नु?


"मामा मेरो त एउटा होइन दुइटै नाक बन्द हुन्छ प्राणायाम त मुख बाट गर्नु पर्ला है?" भनेर मैले पनि "चुँइय" नाक बजाँय। त्यसरी नाक सफा गर्दा वरिपरि खेलिरहेका भुराभुरिहरु दौडेर आए। मलाइ टुलुटुलु हेर्न थाले। मामाले मुख आँ गर्नु भयो, नाक खुम्च्याउनु भयो र दुइटै आँखा चिम्म गर्नु भयो। केटाकेटीहरुलाइ त्यो रमाइलो लागेछ। बाहिरबाट उनिहरुको साथीले बोलाए पनि नसुन्या जस्तो गरेर मामालाइ हेर्न थाले फेरि। मलाइ अनौठो लाग्यो। यो मामा पनि के चमत्कार देखाउन थाले फेरि अहिले। २ मिनेटसम्म मामाको त्यो रुपमा परिबर्तन नभएपछि मैले मामालाइ भने। "मामा! के भयो? के गर्नु भयेको?"



"छिँउ आउन आउन लागेको थ्यो नानि! आएन।" त्यो सुनेर भुराभुरीहरु हलल हाँसे, कोहि बाहिर गए कोहि फेरि मामाले त्यस्तो मुख कहिले बनाउनु होला भनेर कुरी बसे।



कोहि खाना खाएर फर्किन थालेका थिए। म पनि मौका हेर्दै थिए। त्यतिकैमा हाम्रो सामुबाट एउटा ४/५ बर्सको बच्चा समातेर आमा बाबु नमस्ते "गर्दै" बिदा माग्न आए मामासङ। मैले पनि औपचारिकता निभाए। हिंड्न खोज्छन्, बच्चो त मान्दै मान्दैन बा। घर जानै मान्दैन, मलाइ हेर्दै बस्छ। आमाबाउले केहि उपाय गर्न नसके पछि बच्चोलाइ बोके। बच्चो रुन थाल्यो।



"किन रोएको?" भनेर आमाले सोधी।



रुँदै बच्चोले मतिर देखायो। मैले त त्यो बच्चोको गाला चिमटेको थिंएन। किन मलाइ देखाँउछ भनेर छ छक्क परें।



"आन्टि......." भन्दै रुन थाल्यो फुच्चे त।



"आन्टिलाइ पनि घर लैजाने?" आमाले फेरि सोधी।



"होइन।" फुच्चेको उत्तरले मेरो मन ढुक्क भयो। म किन जाने हँ अर्काको घर ?



"अनि के त के?" बाउले सोध्यो।



"आन्टिको नाक।" बाउ आमा दुबै चकित हुँदै फुच्चेलाइ सोध्न थाले।



लौ न, यो फुच्चेले फेरि के गर्ने भयो मेरो नाकलाइ भन्दै म नाकलाइ छाम्न थाले।



"किन चाहियो आन्टिको नाक?" बाउले अलि कडा स्वरमा सोधे।


"आन्टिको नाक लानेssssssssssss"भन्दै फुच्चे फेरि रुन थाल्यो। कस्तो मात्तेको फुच्चे रैछ बाइ। नाक पनि झिकेर लाने बस्तु हो कतै?


"किन बाबा? आन्टिको नाक किन लाने?" आमाले फकाइ।

"आन्टिको नाक त क्या मजाले चुँइsssss चुँइ ssssssss बज्छ।" बच्चोको कुरा सुनेर आमाबाबु दुबै राता भए, त्यो भन्दा बढी मेरो नाक रन्कियो। कस्तो जमाना आयो? लौ सुन्नु भयो? फुच्चेले त मेरो नाकलाइ सिटि पो भन्ठानेछ। अझ मेरो नाक लगेर बजाउने रे!


हे भगवान! मेरो नाकलाइ सिटि होइन, नाकै जस्तो बनाइदेउ प्रभु!


नाक-बिश्राम!

Last edited: 26-Jan-09 06:54 PM

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters