Posted by: crazy_love January 25, 2009
"के छ ?"
Login in to Rate this Post:     0       ?        
भाग -२

मलाइ कहिले काहिं लाग्छ "के छ?" भनेर सोध्यो भने "नाक छ" भन्दिउँ। नाक त सबैको छ नि भन्ने जवाफ आउला भन्ने डर। तेसो होइन, मेरो नाक आजकल बिशेष भाको छ भन्न खोजेको। फेरि उसको मात्र नाक बिशेष हाम्रो नाक चाहि निशेष भन्नु होला नि। त्यो पनि होइन क्या, मेरो नाकले मलाइ २४-७ खालि नाकको सेवामा खट्टाँउछ। म बिहान उठेदेखी "क्लिनेक्स्"को बट्टा नजिकै हुन्छु, केहि कथंकदाचित त्यस्तै एमरजेन्सी पर्ला भनेर खल्तीतिर पनि कोच्छु। कतिखेर छिँउ आँउछ भनेर बेसिनतिर कुद्छु। हुदाँ हुदाँ राति पनि सिरानि नजिक 'क्लीनेक्स्" राखेर पल्टिन्छु। निद्रालाइ नाकले सकेसम्म छेक्छ, अति भएपछि मुखले नाकको काम गर्छ। किरा फट्याङ्रा पस्ला भन्ने डर पनि लाग्छ, एउटा जाली जस्तो कपडा मुखमा राख्छु। कहिलेकाँहि लाग्छ, यस्तो नाकको के काम, निक्कीले भनेझैँ काटेर फालिदिउ। फालि हाल्न त मिल्दैन बिहान उठेर फेरि जोडेर काम चलाउन पाए हुन्थ्यो जस्तो लाग्छ। नाकै फाल्द्यो भने कालो चस्मा कहा लाउने भन्ने पनि पीर पर्छ। म यस्तै सोचिरहेको हुन्छु, मेरो नाकको बारेमा।

मुखैले नाकको काम गर्न थालेपछि अलि अलि निद्रा पर्‍या मात्र के थियो। फोन आयो, यो आधा रातमा पनि कस्लाइ कुरा गर्नु पर्ने भन्दै स्विच अफ गर्न उठ्छु। अन्तररास्ट्रिय कल देख्छु।

"हेलो।"

"के छ?" फेरि त्यहि कुरा। आधा रातमा फोन गरेर पनि हुन्छ त के छ? सारा रहिछ।

"यहाँ आधा रात छ।" मैले उसले छिटो कुरा सकाउली भन्ने आशा गरें।

"के भो त?" मिनि पनि रहिछ कन्फेरेन्स कलमा। अफिसको फोन राम्रै उपयोग गर्ने भये।

"मैले त सङ मिनिको कुरा जोक गर्‍या रे? सोध मिनिलाइ हो कि होइन भनेर।" सारा गर्जी।

"त्यस्कै लागि तिमीहरु मलाइ यो आधा रातमा फोन गर्‍या। अरु बेला समय थिएन?" मलाइ के मत्लब मिनिले जे सुकै गरोस् मेरो नाक भन्दा ठुलो केहि कुरा नभएको बेलामा।

"क्रेजी! साराले भनेको कुरा साँचो हो। मैले "आर्टिफिसिअल् इनसेमिनिसन" गरें। म बच्चा जन्माँउदैछु ३ महिना पछि।" मिनिले शान्त तरिकाले भनी।

"ए! अँ।। अनि बच्चाको बाउ अथवा तेरो ब्वाफ्रेन्ड खोइ त? के हो मैले कुरै बुझिन तेरो।" म अकमकिए।

"कुन युगमा छस् तं क्रेजी?" सारा चम्की फेरि।

"कलियुगमा छु। तर पनि सत्ययुगको जस्तो बिना बाउको बच्चा जन्माएर देवी भइदैंन अहिलेको कालमा। मान्छे हरु कुरा काट्छन्। पछि त्यहि बच्चाले बाउ खोइ भनेर सोध्यो भने।"मैले पनि मनमा लागेको कुरा भने।

"एक्ली आमा भएपछि बाउ किन चाहियो? तेस्तै पर्‍यो भने र राम्रो केटा पाइयो भने पछि बिहे गरौंला। अहिले त्यो सबैको लागि समय छैन। त्यसैले मैले बेलैमा बच्चा पाउने निर्णय गरेको। समाज र मान्छेहरुको कुरा सुनेर बस्यो भने त जिवनमा हामी केटीहरु कहिले बढ्न सक्दैनौ। के भयो तेरो सोचलाइ? के भयो तंलाइ अहिले?" मिनिले उस्तै गम्भिर भएर सम्झाइ मलाइ।

"त्यो तेरो बिचार, तेरो जिवन, तेरो निर्णय। म त ब्यर्थै किन झन्झटमा पर्न लागिस् भनेर चिन्तित थिँए।" मेरो नाकले सारै दुख दिन थालेको थियो। दुइटै बन्द , मुखले स्वास फेर्न गार्हो। नाकैले प्रयाश गर्न थाँले।

"नाक किन ठुइं ठुइं गर्न थालेकी? हाम्रो कुरा मन परेन जस्तो छ यसलाइ। पहिला पनि कुरा मन परेन भने यस्तै गर्थी यो।" सारालाइ मसङ निंउ खोज्न मन लागेको रहेछ।

"हेर सारा! पहिला मैले नक्कल गरें हुँला, अहिले मलाइ बाध्यता छ। अहिले त मेरो नाक कुरा मन परे पनि नपरे पनि र कुरै नभए पनि सधै यस्तै "ठुइं ठुइं" गर्छ स्वचालित रुपमा। तँ मिनिलाइ बेकारमा नउचाल त।" मैले सकेसम्म राम्रै कुरा गरें।

"तँ जहिले पनि नाककै कुरा गरिरहेकी हुन्छेस्, अस्ति पनि तैंले नाकैको दुख कहेर १ घन्टा सकेकी थिइस्। आज पनि फेरि त्यहि नाकको कुरा छ। कतै तंलाइ मानसिक समस्या त हुन लागेको होइन?" मिनिले अर्कै प्रहार गरी मलाइ।

"मिनि! मैले कहिं पनि दिमागको समस्याले गर्दा नाक बगिरहन्छ भनेर पढेको छैन। तेरो शंकाको लागि धन्यबाद!"

"तेसो भये एउटा कुरा भन्त!" सारा फेरि बोली।

"के?"

"अमेरिकाको रास्ट्रपतिको नाम के हो?" साराले हद गरी।

"थाहा छैन मलाइ" भनेर झर्किदाँ दुबै उता मरि मरि हाँसी रहेका थे।

मैले आफै फोन बन्द गरिदिएँ। भोलिपल्ट देखि मेलमा खालि "डिप्रेसन र त्यसबाट बच्ने उपायहरु बारे इमेल आउन थाल्यो। सारा र मिनि मात्र होइन, उनिहरुको संजालमा रहेका सम्पुर्ण साथीभाइहरुले "सान्त्वना, धैर्य र उपचार" का सन्देशहरु पठाउन थाले। अति भये पछि मैले "स्पाम" भन्दै "डिलिट" गर्न थाँले। तर सकिन, अचानक एक्दिन अचम्मको मेल आयो। मेल यस्तो थियो।
"के तपाइ डिप्रेसनको शिकार हुनु भएको छ? चिन्ता नगर्नुस! तपाइको मुख्य जिनिसको लम्बाइ बढाउने औसधी हामीसङ छ। ढुक्क भएर बस्नुस्।"

मलाइ रिस उठ्यो, जंक मेल पनि कस्तो कस्तो आउने। एकाबिहानै खोल्दा पहिलो नैं तेही हुने। मैले नरमपुर्बक उनिहरुलाइ लेखें। "हेर्नुस्! तपाइंहरुको ब्यापारको लागि गर्नु भयेको बिग्यापनको म उपयुक्त उम्मेद्वार परिन। तपाँहरुले भन्नु भएको जिनिस नैं म सङ छैन, मलाइ तंपाइहरुको औसधीको के काम? तपांइ त्यस्तो समाचार अबदेखि मलाइ नपठाउनुस्। बरु अरु ग्राहकलाइ पठाउनुस्।" केहि दिन पछि उताबाट एक्दमै सभ्य भाषामा उत्तर आयो। "महोदया! तंपाइको मेलले हामीलाइ धेरै सोचमग्न बनायो र हामी तंपाइलाइ यो कुराले बिस्वस्त पार्न चाहन्छौ कि संसारमा अब त्यस्तो कुनै समस्या छैन। त्यसैले महोदया चिन्ता नगर्नुस्। हरेक दिन यो औसधी प्रयोग गर्नुस्। तपाइसङ अहिले त्यो जिनिस नभय पनि केहि दिन पछि आफै भयेर आँउछ। औसधी खाएपछि त्यो आफै पलाएर आँउछ।"

ल हेर्नुस् त! कस्तो वाहियात! त्यो मेल पढेपछि म एकछिनसम्म मुर्ति जस्तो भएँ। बिग्यापन पनि कस्तो कस्तो! मलाइ लाग्छ मेरै साथी मध्य कुन चाहिँको करामत हुनु पर्छ त्यो।

अहिलेलाइ चाँहि नाक ब्रेक है!

(नाक ब्रेक भनेको नाकै भाँच्ने चाँहि होइन। नाकको लागि बिश्राम मात्र भन्या है। )

क्रमश:


Last edited: 25-Jan-09 06:01 PM
Read Full Discussion Thread for this article