fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 फूल बेच्ने केटी

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 17037 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-25-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भन त म आज कस्ती देखिएकि छु होला ?

फोन सुधाले नै गरेकी थि ।बिहानै त मैले उसलाई देखेको हो ! अब तिन घण्टा मै के परिवर्तन आयो होला र उसमा ? उ अझै पनि गोरी चौडा निधार भएकै होली , त्यहि निधारमाथी सानो टिका लगाई होली । सँधै जस्तै स्ट्रेट गरेको कपाल लाई खुल्लै छोडेकै होली , अनि कुनै हिन्दि सेरियलको रोमान्स हेरेर त्यसैमा डुबेर भावुक भएर मलाई फोन गरेकी होली । मलाई भने यस्तो प्रदर्शन देखि झर्को लागेर आउँछ । अब अफिसमा काम गरिरहेको बेला पनि के म आफ्नो प्रेमको प्रदर्शन गर्दै चिच्याउँ म तिमीलाई एउटा मुर्ख जत्तिकै माया गर्छु , पक्कै तिमीलाई सहने मान्छे मुर्ख नै हुनु पर्छ भनेर ?

 

एकदमै राम्री देखिएकी छौ होला। मैले बिस्तारै भनेँ यता उता हेर्दै । मलाई आफ्नो रिस देखाएर उसको चित्त दुखाउन पटक्कै मन लाग्दैन । नजिकैको टेबलको नारद मलाई क्वारक्वार्ति हेर्दै थियो। उसको ध्यान भने आफ्नो टेबलका फायल र कामहरु भन्दा अर्काका सेलमा आएका कलहरु , बोल्दाखेरिको एक्स्प्रेसन मा हुन्छ । त्यसबाट उनि कस्ले कससँग गफ गरेको हो त्यसमा हुन्छ । त्यसमा उनलाई पारंगत हाँसिल छ  ! तर म यसमा उसको दोष देख्दिन । उसले उसको बुढि बाट माया पाएको छैन र नपाएको चिजको इर्ष्या सबैलाई हुन्छ ।

 

तिमी कति खेर आउँछौ कोठा ? उसले सँधै जस्तै यहि प्रश्न राखी ।

 

म अफिस सिधि्धिने बित्तिकै कोठा आउँछु । मैले पनि सँधै जस्तै जवाफ फर्काएँ । म मुस्कुराउने कोशिस गरिरहेको थिएँ मानौँ फोन बाटै भए पनि मैले सुधालाई मेरो मुस्कान देखाउनु पर्छ । मैले बुझिसकेको थिएँ अब यो वार्ता लामो हुनेवाला छ , मैले अब उसको तिन घण्टाको सारान्श कम्तिमा पनि पन्ध्र मिनट लगाएरै भए पनि सुन्नु पर्नेछ । त्यसैले मोबायल काँध र बाङ्गिएको टाउकोको भरले  समातेर फायल हेर्नु मेरो बाध्यता थियो । साँच्चै बिहे पछि केटाहरु मल्टि डाईमेन्सनल हुन्छन् ,ढाँट्न सिक्छन् ,  बाहिरका समस्याहरु साना लाग्न थाल्छन  किनकि घरभित्र नै उसले सबैभन्दा ठूलो समस्या सँग सम्झौता गरेको हुन्छ । तर जब जब त्यहि समस्याले सिन्दुर लाएर मेरो अगाडि आएको , चुरा बजाउँदै किचन मा चर्को नै भए पनि साग पकाएको र खुवाएको राति मेरो अँगालोमा त्यहि साग जस्तै लपक्क भएर हराएको अनि जाडोका बिहानमा पनि सरक्क मेरो न्यानो अँगालो छोडेर मेरो लागि चिया बनाएको पाउँछु त्यो समस्या पनि आफ्नि लाग्छे प्यारी लाग्छे ।

कहिलै चाँडो आउनु छैन ,कहिले काहिँ त चाँडो आएर मलाई सर्प्राईज दिए पनि त हुने नि ! कत्ति न अफिस को सबै काम गर्ने ठेक्का नै उसैले लिए जस्तो । उ थोरै लाडिई ,यदि उसको मुड भरे सम्म पनि बिग्रिएन भने त्यो मेरो लागि बोनस नै हुनेछ मैले मनमनै सोचेँ ।

तिमीलाई थाहा नै छ भने सर्प्राईज कसरि हुन्छ त ? आफ्नो कुर्सि मा ढल्किएर फाईल टेबलमा थाँति राख्दै एउटा हातले घडि हेर्दै मैले सुधालाई सोधेँ ।

थाहा छैन मलाई , म बुझ्दिन तिम्रा कुरा ! मलाई थाहा छ उ रिसाएकि होईन मात्र थोरै घुर्कि लगाएकि हो । कहिले काहिँ हाँस उठेर आउँछ मलाई उसको स्वभाव देखि !

एकछिन सम्म उहि साधारण हामीलाई बोल्न झर्को नलाग्ने अरुलाई सुन्न झर्को लाग्ने गफ भएपछि सुधाले फोन राखि । मैले कम्प्युटरको आफुले काम गर्दै गरेको एक्सेल फायल सेभ गरेँ अनि सोचेँ यो काम पर्सि सम्म सक्नु पर्ने भने पछि म सँग अझै पुरा भोलि बाँकि छ ।

.......................  ............................   ..........................  ...........................

 

 

बहाना बनाएर हाकिम बाट कोठा जान स्विक्रिति लिए पछि  म आफ्नो कोठा तिर लागेँ । पानी सिमसिम परिरहेको थियो बाइकको सिट भिजेको रहेछ डिक्कि मा राखेको कालो कपडाको टुक्राले पुछेँ अनि रेनकोट लगाएर आफ्नो कोठा तिर हुईँकिएँ । बाटो आज पानी परेकाले होला ट्राफिक त्यति धेरै थिएन । बाटामै पर्ने नयाँ खोलेको फूल पसलमा मेरो आँखा गयो , अनि सोचेँ सुधालाई रातो गुलाफ असाध्यै मन पर्छ  , बाइक रोकेर भित्र छिरेँ ।

 

लम्बाई भन्दा चौडाइ कम भएको कोठा थियो धेरै लामो ! पर पर सम्म फूल राखेको । एउटा रातो गुलाब काउन्टरको को एउटा कुनाको ठिक्क माथि राखेको थियो ।

त्यो गुलाब सजाउनलाई मात्र हो or is it for sale ?” मैले आफ्नो हेलमेट काउन्टरको अग्लो काठले बनाएको भागमा राख्दै औँलाले त्यो गुलाबलाई देखाउँदै सोधेँ ।

“It is for sale “ काउन्टरमा भएकि केटीले जवाफ फर्काई । आवाज मधुरो थियो । यति मधुरो कि अघि सम्म ध्यान नदिएको अनुहारमा म फेरि एक चोटि पुलुक्क हेर्न बाध्य भएँ । कालो कालो तर पनि हिस्सि परेको मुस्कुराउँदा उज्यालो देखिने अनुहार ,गला सम्म आउने घुम्रिएको कपाल अनि कपाल फैलिन रोक्न जडेको रातो चम्किलो चिम्टि , सिधा टपक्क मिलेको नाक , नाकको सानो फूलि लिपस्टिक बिनानै पनि पर्याप्त रातो अनि ग्लसले गर्दा अझ चिल्लो भएको ओठ त्यो अनुहार हत्तपत्त बिर्सिने खालको अनुहार पक्कै पनि थिएन ।

 

मलाई त्यो फूल निकालिदिनुहोस् न त ! मैले आफ्नो ध्यान फेरि गुलाफको फूलमा लगेँ ।

आफैँ झीक्नुहोस् न ल प्लिज , आज काम गर्ने मान्छेहरु पनि छैनन् दोकानमाँ !

मैले पुलुक्क उ तिर हेरेँ ।  अचम्म लाग्यो त्यो गुलाफ काउन्टरको भित्रबाट नजिक पर्थ्यो मैले त्यो झिक्न बाहिर बाट अलि बल लगाएरै लम्किनु पर्थ्यो भने उ उठ्दा मात्र पनि भेट्टाउँथी । यस्तो मान्छेले दोकान किन गर्नु होला मलाई झनक्क रिस पनि उठ्यो ।

 

तँपाई बसेको ठाउँ बाट नजिक पर्छ र पो भनेको त ? कस्टोमरलाई कसरि ट्रिट गर्ने पनि थाहा छैन तँपाईलाई ? म थोरै झर्किएँ ।

सरि तँपाईको इन्कन्भेनियन्सको लागि , मेरो दाहिने खुट्टा प्यारालाइसिस् भएको छ तँपाईले ठिकै भन्नु भएको हो हुन त म रिसेप्सन मा बस्नु नहुने हो मैले साधारण मान्छेहरुले गर्ने जब नगर्नुपर्ने हो । उसको अनुहार मा मुस्कान यथावत थियो ।

 

क्रमश:

 

 


 
Posted on 08-25-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति मधुरो कि अघि सम्म ध्यान नदिएको अनुहारमा म फेरि एक चोटि पुलुक्क हेर्न बाध्य भएँ । कालो कालो तर पनि हिस्सि परेको मुस्कुराउँदा उज्यालो देखिने अनुहार ,गला सम्म आउने घुम्रिएको कपाल अनि कपाल फैलिन रोक्न जडेको रातो चम्किलो चिम्टि , सिधा टपक्क मिलेको नाक , नाकको सानो फूलि लिपस्टिक बिनानै पनि पर्याप्त रातो अनि ग्लसले गर्दा अझ चिल्लो भएको ओठ त्यो अनुहार हत्तपत्त बिर्सिने खालको अनुहार पक्कै पनि थिएन ।

aba k k hune ho? dar laagyo malai ta!


 
Posted on 08-25-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>तर जब जब त्यहि समस्याले सिन्दुर लाएर मेरो अगाडि आएको , चुरा बजाउँदै किचन मा चर्को नै भए पनि साग पकाएको र खुवाएको राति मेरो अँगालोमा त्यहि साग जस्तै लपक्क भएर हराएको अनि जाडोका बिहानमा पनि सरक्क मेरो न्यानो अँगालो छोडेर मेरो लागि चिया बनाएको पाउँछु त्यो समस्या पनि आफ्नि लाग्छे प्यारी लाग्छे ।<<

फुच्चे लाई त मान्नै पर्छ, लेख्ने त लेख्ने हो,
कथा राम्रो छ भनेर भन्न पर्दैन होला है, ल थप्दै जाउँ हामी पढ्दै गरौला

 
Posted on 08-25-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुद!! भेरी गुद ।

गो अन!!


 
Posted on 08-25-08 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसले उसको बुढि बाट माया पाएको छैन र नपाएको चिजको इर्ष्या सबैलाई हुन्छ

तर जब जब त्यहि समस्याले सिन्दुर लाएर मेरो अगाडि आएको , चुरा बजाउँदै किचन मा चर्को नै भए पनि साग पकाएको र खुवाएको राति मेरो अँगालोमा त्यहि साग जस्तै लपक्क भएर हराएको अनि जाडोका बिहानमा पनि सरक्क मेरो न्यानो अँगालो छोडेर मेरो लागि चिया बनाएको पाउँछु त्यो समस्या पनि आफ्नि लाग्छे प्यारी लाग्छे

सदा झै यो कथा पनि भब्य जाला जस्तो छ। राम्रो सुरुवात ।


 
Posted on 08-26-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कस्तो कस्तो लेख्न जान्छ यो फुच्चे पनि। ल ल थपम् अरु। 

 
Posted on 08-26-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चै बिहे पछि केटाहरु मल्टि डाईमेन्सनल हुन्छन् ,ढाँट्न सिक्छन् ,  बाहिरका समस्याहरु साना लाग्न थाल्छन  किनकि घरभित्र नै उसले सबैभन्दा ठूलो समस्या सँग सम्झौता गरेको हुन्छ फुचेको आफ्नै अनुभभ हो कि क्या हो?

उ अझै पनि गोरी चौडा निधार भएकै होली , त्यहि निधारमाथी सानो टिका लगाई होली । सँधै जस्तै स्ट्रेट गरेको कपाल लाई खुल्लै छोडेकै होली

 कालो कालो तर पनि हिस्सि परेको मुस्कुराउँदा उज्यालो देखिने अनुहार ,गला सम्म आउने घुम्रिएको कपाल अनि कपाल फैलिन रोक्न जडेको रातो चम्किलो चिम्टि , सिधा टपक्क मिलेको नाक , नाकको सानो फूलि लिपस्टिक बिनानै पनि पर्याप्त रातो अनि ग्लसले गर्दा अझ चिल्लो भएको ओठ त्यो अनुहार हत्तपत्त बिर्सिने खालको अनुहार पक्कै पनि थिएन

मैले जती पनि फुचेको कथा पढे, उस्ले केटी को प्रसंशा गरेर कहिले नै थाक्दैन 


 
Posted on 08-26-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

just a reader जि नडराईकन पढ्नु भए हुन्छ ।
serial thanx for the complement म थप्दै जानेछु तिमी पढ्दै जाउ है !
 somewhere on d earth  दाई  , मात्रै गुड ? तँपाईको मलाई कमेन्ट कत्ति छोटो ?
yes_k ji , chipledhunga धन्यवाद कथालाइ भब्य बनाउने सकेसम्मको प्रयास गर्नेछु ।
prabatya , thanx कथा पुर्ण रुपमा काल्पनिक हो अनि जहाँ सम्म प्रशंसाको कुरा छ  I guess they r the best objects to b praised in this world होईन र?




 
Posted on 08-26-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्दै छु म नि, असाध्यै मन पर्छ फुच्चेका कथाहरु
 
Posted on 08-26-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिलै चाँडो आउनु छैन ,कहिले काहिँ त चाँडो आएर मलाई सर्प्राईज दिए पनि त हुने नि ! कत्ति न अफिस को सबै काम गर्ने ठेक्का नै उसैले लिए जस्तो । उ थोरै लाडिई ,यदि उसको मुड भरे सम्म पनि बिग्रिएन भने त्यो मेरो लागि बोनस नै हुनेछ मैले मनमनै सोचेँ

 

 

ha ha. .. nice bro nice. We need more..


 
Posted on 08-26-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good going...

Keep it up!!

 

Nepali Thita


 
Posted on 08-27-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ!

छिटो जावस प्रभु अरु!


 
Posted on 08-27-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे ज्यु को कथा सधैं जस्ताइ राम्रो  छ। शुरुवात नै दामी छ

 
Posted on 08-27-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे गुरु कस्तो स्वाद लि लि पढिरा बेलामा ठ्याक्क रोकिद्या भन्या।
सुन्दर छ् सुरुवात।
अनी कल्पनाकुन्ज कि सुधा त पारीनन इनी ?
ल अलिक लामो भाग राखम गुरु अब छिट्टै।
 
Posted on 08-31-08 5:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty thanx for the complement ,i know u always read my stories

brain malfunction thanx n now i m convinced u have the same psychology as mine

nepali thita thanx

mahila dai n spring thanx,trying with my optimum speed hai

bistakajji thanx ,यिनी अर्कै सुधा हुन् कि जस्तो लाग्यो मलाई !भाग राख्दै छु लामोछोटो चाहिँ अर्को भागमा प्रतिक्रियामा लेखिदिहोला !


 
Posted on 08-31-08 5:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सरि !" धेरै बेरको प्रयास पछि बल्ल मैले यि शब्दहरु निकालेँ ।

" माया र सहानुभुतिमा एउटा झिनो अन्तर हुन्छ , तँपाईले म माथि सहानुभुति देखाउन खोज्नु भएको हो भने मेरो भन्नु केहि छैन तर यदि माया देखाउन खोज्नु भएको हो भने सरि नभन्नु भएको भए म ज्यादा खुशि हुने थिएँ ।" उसले आफ्नो मुस्कान यथावत राख्दै भनि ।काँडा बिचमा फूलेको फूलझैँ मुस्कान ।

 

म उसलाई हेरिरहेँ अनि काउण्टरको भित्रि भागमा छिरेर त्यो रातो गुलाफ झिकेर बाहिर निकालेँ र त्यहाँ लेखिएको प्राईस ट्याग अनुसारको पैसा पर्स बाट झिकेँ ।उसले आफ्ना  लामा औँलाहरुले नजिकैको कालो कलम समाति र मेरो रिसिप्ट बनाईदिई । उसको औँलापनि कुशल नर्तकि जस्ता लाग्दथे जब रिसिप्टमा कुद्दथे कस्ले भन्छ उसलाई प्यारालाईसिस भएको छ भनेर !

 

.................  ......................... .......................... ........................ ...............

 

 

बाहिर निस्किँदै गर्दा पनि मैले उसलाई फर्केर हेर्न सकिन । अथवा भनौँ उसको छाप यसरि गाडियो कि आँखा अगाडि नै थिइ बाहिर निस्किँदा पनि ! बाटो पनि उसको बारेमा  नै सोच्दा सोच्दै कसरि बित्यो पत्तै भएन ।कोठा पुग्ने बित्तिकै मैले सुधालाई अँगालो मारेँ । उसले एकछिन मलाई साथ दिई त्यसपछि  टावेल लिएर आई मेरो कपाल पुछिदिन ,  म खासै भिजेको त थिईन तर पनि उसको आत्मियता लाई म नाई पनि त भन्न सक्दिन !

 

"आज त साँच्चै चाँडो नै आउनु भएछ नि ! कहिले काहिँ त मैले भनेको पनि मान्नुहुन्छ जे होस् । " उसको अनुहारमा अनौठो किसिमको दिप्तता आउँछ जब म उसले चाहेका कुराहरु पुर्याउने गर्छु । मानौ उसको सम्पुर्ण खुशिको दायित्व म मा छ र उसले पाउने दुखको जिम्मेवारि पनि मैले लिनुपर्छ । उ म बाट शुरु भएर म मा नै अन्त्य हुन्छे । आफ्नो काखमा मेरो टाउको राखेर उ मेरो कपाल खेलाईरहेकि थिई । उसले पालेका नङ्ग हरुको तिखो स्पर्श मेरा केस्रा केस्रा केशमा पसिरहेको थियो , एउटा एनेस्थेसिया जस्तो , बिस्तारि बिस्तारै उसर गर्ने कुनै दवाई जस्तो !

 

"भन न त किन बोलाएकि आज चाँडै ? चाँडै आएर पनि कुनै उपलब्धि त भएन मलाइ , भयो भन त ?  " मैले उसलाई जिस्क्याउँदै भने ।

"किन नि त्यसै नि ,आफ्नो लोग्ने मा पनि अधिकार जताउन नपाउनु ?" उसले उत्तर फर्काई ।

"पाउँछौ बाबा पाउँछौ ! " मैले आफ्ना दुई हात उसको कम्मर मा बेर्दै भनेँ ।

"छाड्नुस त मलाई एकछिन , म तात्तातो चिया खुवाउँछु ,पानीमा भिजेर आउनुभएको त्यहि पनि बाईकमाँ , जाडो भइरहेको होला ! "

 

उ हत्तपत्त उठी कपाल को जुरो मिलाउँदै ,वास्तवमै बाठि छे सुधा जब थाहा पाउँछे उसको स्पर्शको , उसको अँगालोको उसको न्यानोपनको सबैभन्दा बढि आवश्यकता छ मलाई उसलाई चिया , बिहान नमाझेका भाँडाहरु , टेलेभिजन माथिको धुलो सफा गर्नुपर्ने , बिहानको निउजपेपरको कुनै सडेको निउज , अनि भख्खर सिक्न खोजेको कुनै डिसको रेसिपि जस्ता कुराहरु याद आउँछ । हुन त यो उसको म माथि आधिपत्य जमाईराख्ने एउटा नया उपाय पनि हुनसक्छ । उ किचन तिर लागि । म समय कटाउन रिमोट बटार्न तिर लागेँ । हुन त मलाई त्यहाँका कुनै च्यानलमा खासै चासो छैन तै पनि एउटा नयाँ म्याराथन मा भाग लिए  जस्तो चिया नआउन्जेल म रिमोट बटारिरहेँ ।

 

सुधा चिया लिएर भीत्र छिरी , मैले रिमोट खेलाउन छोडिन ।

"चिया आयो हेर्नुहोस् त हरर बास्ना आउने तात्तातो ,,,,,,,,,,,,,,,,,,,,कत्ति केटाकेटीले जस्तो रिमोट खेलाउनुभएको ?" सुधाले मेरो हातको रिमोट खोस्दै भनी !

"अब प्लिज सिरियल चाहिँ नहेर है ! अफिस बाट चाँडो बोलाएर  सिरियल हेराउने प्लान त हैन होला तिम्रो !" मैले पनि उसको हातबाट रिमोट खोसेँ ।

"हेर त सध्येको केटाकेटी जस्तो जिस्केको !" उसले यसपालि फेरि मेरो हातबाट रिमोट खोस्दै मुस्कुराउँदै जवाफ फर्काई ।

"न केटाकेटि हुन दिन्छ्यौ न ठुलोमान्छे हुन दिन्छ्यौ !" मैले टेलेभिजन तिर अनुहार फर्काएँ ।

"मैले कहिले तिमीलाई ठूलो मान्छे हुन दिईन भन त ? " सुधाले मेरो अनुहार आफ्ना दुई हातले मेरो तिर फर्काउँदै प्रश्न सोधी ।मैले उसको अनुहार हेरेँ उसको अनुहार मा बल्ल आग्रहको भाव देखियो ।

"ल भयो मलाई रिमोट चाहिएन ,जे हेर्नु छ हेर न त ! " मैले सोफामा अडेसा लाग्दै सुधाले बनाएको तात्तातो हरर बास्ना आउने मिठो चिया सुरुप्प पार्दै जवाफ फर्काएँ ।

 

सुधाले टेलेभिजन निभाईदिई रिमोट सोफा मा फ्याकिदिई अनि बिस्तारै मेरो छातिमा अडेसा लागि ।उसको आग्रह बढ्दै गयो । यसपालि केश सुम्सुम्याउने पालो मेरो थियो ।

 

................... ......................... ...................... ....................... ..................

 

"मैले तिमीलाई केहि ल्याईदिएको छु ।" ओछ्यान बाट अलिकति तन्केर मेरो झोला तानेँ । सुधाले त्यो मेरो अफिसको झोला सँधै मेरो सिराने को छेवैमा राखिदिने गर्छे । बिहान खोज्नलाई सजिलो हुन्छ अरे । मैले झोला बाट प्लास्टिकमा बेरिएको रातो गुलाफ निकालेर उसलाई दिएँ  । मन त मलाई त्यो रातो गुलाफ सँग जोडिएको घटना पनि भन्ने थियो तर किन किन भन्न सकिन । सुधा अझै मेरो छातिमै टाँस्सिरहेकि थिई ।

 

"यो गुलाफ कत्ति राम्रो छ हगि ?" धेरै बेर खेलाएपछि सुधाले मलाई प्रश्न राखि !मलाई भने त्यो गुलाफ ले फेरि आज दिउँसोको घटना ,त्यो फूल बेच्ने केटी , उसको बिवशता ,बिवशतामा पनि मुस्काउन सक्ने उसको साहस याद दिलाईरहेको थियो  

"छन त छ केहि यसमा ,काँडा बिचमा पनि मुस्कुराउँछे ,चोट खपेर तै पनि तिमी जति राम्री छैन । " मैले उसको केश खेलाउँदै जवाफ फर्काएँ । सुधाले अझ मलाई जोरले कसी । म भने उसको कसाई लाई दाँजिरहे । मलाई आज एउटा प्रश्नले धेरै सताईरहेको छ  मेरो खुशीको सिमा सुधा बाट शुरु हुन्छ वा सुधामा  गएर अन्त्य हुन्छ ?

 

क्रमश:

 

 

 

 

 

 

 

 


 
Posted on 08-31-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली मलाई पिरोल्यौ भाई,
म हजार घुम्ती हरु, बाटाहरु कटेर अघि बढिसकेको हुन्छु । म न्यास्राहरु, भोगाईहरु, जीवनहरु  बुझेर साधु भै हिडेको ढोङ गर्छु।  तिमीले मलाई हरेक लेखाई हरु संगै नङ्याइदिन्छौ । हो, सपना हरु मेरा जीवनका आधारहरु हुन, तर पनि म गहिरो निद्रामा बिना स्वप्न निदाएको बयान सुनाउँछु । तिमी मलाई अफसोच दिलाई दिन्छौ । सपना र जीवन  अलग्याएर शान्ति पाईदैन भनेर । म माया गर्दिन भन्छु । तिमी मलाई अर्थाई दिन्छौ, कति बानी हरु कसै गरे पनि छुट्दैनन् भनेर ।
म भागि रहन्छु, म पढदिन भन्छु तिम्रा कथाहरु । हेर्दिन, बुझ्दिन भन्छु । तिमी मलाई तानी रहन्छौ  ।  म संधै आफुलाई भुल्न खोजि रहन्छु , तिमी मेरा बिम्बहरु कोरिरहन्छौ ।

-somewhereondearth




 
Posted on 09-03-08 5:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई , कहिले काहिँ मलाई लाग्छ म मात्र सतह कोर्छु त्यसमाँ डुबुल्कि तँपाई लगाउनुहुन्छ ! thanx for such a sweet compliment
 
Posted on 09-03-08 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहानको आकाश बाट उदेयमान प्रकाश अचम्मको थियो एकदम नै चर्को ,हिजो रात भरि चट्याङ्ग ,हावाहुण्डरि  आएर एउटा ठुलै युध्दको समाप्ति पछि बल्ल बिहान आकाश खूलेकोले होला । म आलस्य मानेर ओछ्यानमै पल्टिरहेँ । सुधा भने उठिसकेकि थिई  , तर सँधै जस्तै उसको पुजापाठ सिध्धिएको थिएन । मलाई यस्तै यस्तै सुधाका  बानिले अचम्म लाग्छ  , आजकल को जमाना मा पनि मैले यस्ति ब्रतालु ,भगवानमा आस्था राख्ने पत्नि पाएको छु । वास्तवमा धेरै कुराको फ्युजन छ सुधामा ! म हरेक दिन उसमा नयाँ गुण पाउँछु , उसको नयाँ प्राक्रितिक स्वरुप देख्छु र जत्ति उसको नयाँ  गुणलाई म पुरानो गुण सँग दाँज्दछु मलाई नयाँ सुधा एकदम प्रिथक लाग्छे पुरानी सुधा भन्दा , उ हरेक चौतारिमा पुरानि सुधा छोडेर नयाँ काँचुलि लिएर अघि बढे जस्तो ।

 

"के हेर्नु भएको त्यस्तरि क्वारक्वार्ति , खाउँला जस्तो गरेर , रातभरि पनि सुत्न दिनु छैन ,बिहानै उठेर पनि हेरेको हेरै !"

 

उसले पुजाको थालि सँधै थन्क्याउने कुनामा नै थन्क्याउँदै मलाई आरोप लगाई । मलाई थाहा छ रात मेरो मात्र होईन उसको पनि हो । उसको समर्पण र मेरो ग्रहणको हो । यति समर्पित हुन्छे उ म मा कि उसले आफुलाई बिर्सन्छे त्यहि भएर त उ मेरी प्यारी हो । मलाई यो पनि थाहा छ उसको र मेरो सम्बन्धमा मात्र रात छैन , मलाई दिउँसो अफिस जाने बेलामा देखाउने उसको घुर्कि , उसको सानो सानो कुरामा ठुस्किने बानि ,अनि अनावश्यक बेलामा प्रकट हुने उसका बालापन पनि प्यारो छ  र शायद यो उसलाई पनि थाहा छ कि उ रिसाएको मलाई मन पर्छ , उसको घुर्कि हेर्नलाई मात्र भए पनि बेला कुबेला म उसको अनुहार नियालिरहन्छु  र त्यहि भएर त उ भित्र भित्रै आनन्दित नै भए पनि म सँग असन्तुष्टि जनाईरहन्छे , म सँग रिसाएझै ढोङ्ग गरिरहन्छे । उसको र मेरो अघोषित सम्झौता जस्तो म त्यहि मात्र मनपराउने छु जे सुधाले गर्नेछे र सुधा त्यहि मात्र गर्नेछे जे म मन पराउँछु भने जस्तो ।

 

"मेरो हेर्ने नै तिमी बाहेक अरु के छ भन त !" मैले उसलाई चिल्लो घस्दै भनेँ ,मलाई थाहा छ आईमाई मान्छेहरु प्रशंसाका भोका हुन्छन् । सुधा पनि ति मध्येका अपवाद पक्कै पनि होईन ।

 

"चेपारे !"

 

सुधा किचन तिर लागि ।म भने नजिकैको कान्तिपुर ओल्टाई पल्टाई गर्न तिर लागेँ । मेरो कान्तिपुर ओल्टाई पल्टाई गर्ने कुनै रहर हैन यो मेरो दैनिक बिवशता हो जति खेर सुधा म भन्दा थोरै नै सहि तर पनि टाढा हुने गर्छे । टेलेभिजन र दैनिक समाचारपत्रहरु मलाई दैनिक बिवशता मात्र लाग्छ आजकल । यहाँसम्मकि मलाई आजकल हरेक समाचार उस्तै लाग्छन् । मलाई लाग्छ मेरो सम्बन्ध आजकल कुनै समाचारसँग छैन । म आफुमै , आफु भित्रै र आफ्नो परिधिमैँ खूशि छु सन्तुष्ट छु । तै पनि म समाचारपत्रहरु पल्टाउँछु ।यो हरेक साधारण मान्छेको नियति होला  

 

....................  ..........................  .........................  ..................................

 

 

म आफ्नो उहि पुरानो तर पनि जतन गरेर चलाएको बाईक लिएर अफिस तिर लागेँ ।  सुधा मलाई झ्याल बाट हेरीरहेकी थिई । उ मलाई प्रायजसो म अफिस लाग्ने बेलामा झ्याल बाट हेर्न छुटाउँदिन । यो पनि हिन्दि सिरियलहरुको असर हुनुपर्छ ।  कहिले काहिँ लाग्छ एक्लै वाक्क हुँदि होला कोठामा बसेर । पढ्न लाई नै पनि मेरो लेभल मै पुग्न भ्याउने गरि नै पढेकि छे । अहिले ब्याचलर कम्प्लेट गरेकी केटी भनेपछि त  , सि अभ्भिअसलि डिजर्भ्स ए जब !  जागिर खोज खा ,वा मैँ खोजिदिन्छु पार्ट टाईमनै भए पनि काम गर । खालि बस्नु भन्दा मान्छेहरु भेटिन्छ रमाईलो हुन्छ भन्छु भन्छु तर उ मान्दिन । यो पनि मैले सुधा मा अहिले सम्म बुझ्न नसकेको पाटो मध्येको एक होला ! शायद उसलाई समय कटाउन उसका आफ्ना सिरियल हरु नै प्यारा लाग्छन् ।

 

 

.........................  ..............................  .......................  ...........................

 

 

आज हाम्रो बिवाह पश्चातको धेरै यस्ता कम दिन हरु मध्येको एक दिन थियो जसमा न मैले सुधालाई अफिसबाट फोन गरेँ न सुधाले मलाई घरबाट फोन गरी । मेरो ब्यस्तता लाई म दोष दिन्न । किनकि मैले समय निकालेर चिया खान जान भ्याएकै हो ।मैले उसलाई फोन गर्नु पर्छ भनेर सम्झेको पनि हो ।

"के हो सर आज फोन आएन भनेर टेन्सन मा हुनुन्छ कि कसो ?" नारद ले मलाई जिस्क्याउँदै सोधेको पनि थियो ।

"हैन ! सँधै सँधै गर्नुपर्ने के नै गफ हुन्छ र ?"

मैले उसलाई जवाफ फर्काएको थिएँ । र शायद त्यसैले गर्दा होला मैले आज सुधालाई आफिसबाट मन हुँदा हुँदै पनि फोन गरिन । उसको चियो बाट थोरै मात्र बच्न पाएको भए पनि म सुधालाई फोन गर्ने थिएँ । तर त्यहि हो सुधा र मेरो बिच  के गर्दैछौ ? ठिकै छ ? ल राखे !  जस्तो सानो गफ त अवश्य पनि हुने थिएन । त्यसैले उसको चियो बाट बच्नु आज सम्भव थिएन । साँचै साँचो मायाका शत्रु हरु कारण अकारण बाटो बाटोमा भेटिन्छन् । आज मेरो माया को शत्रु नारद होईन मेरो आफ्नो समाजवाद भयो । मैले उसको सामु हार मात्रै मानेको भए पनि म सुधा सँग निर्लज्ज भएर गफ गरिरहेको हुन्थेँ उसलाइ जलाई जलाई । मलाई आज अफिस सिध्धिउन्जेल थुकथुकि लागिरह्यो ।

 

.............................  ..............................  .................................................

 

अफीसबाट फर्किँदै गर्दा बाटोमा फेरि आज पनि त्यहि फूल पसलमा गएर आँखा अडियो । हुन त बाईक चलाउँदा यता उता भन्दा बाटोमा ध्यान दिनु भन्छन् तर बिवश आँखाले हेर्न कर गरे । मेरो चेतन मनमाँ धेरै समय त्यो फूळ पसल नआएको भए पनि मेरो अर्ध चेतन मनमाँ त्यसले धेरै ठाउँ बनाएको हुनुपर्छ । त्यसैले त बाईकको थोरै स्पिड भने स्लो गरेको थिएँ जब म उस्को पसलको नजिकै बाट गुज्रिरहेको थिएँ ।त्यो पसलको वरिपरिको हावामा पनि फूलको बासना छरे झै लाग्थ्यो आज । 

 

बाहिरबाट देख्नैलाई प्रष्ट त देखिएन तर उ रिसेप्सन मै रहेको उसको धमिलो आक्रिति ले नै पनि पत्ता लाग्यो । हुन पनि उ कहाँ नै जान सक्थि र ? म दिउँसो  अफिस मा नभेटिने पोसिबिलिटि कति नै हुन्छ होला र ? मलाई उ सँग एकचोटि राम्ररि कुरा गर्ने रहर थियो । उसको बोलिचालि र मुस्कान त अचुक थियो ।  मैले झलक्क रिसिप्ट मा नाच्दै गरेका उसका औँलाहरु  पनि सम्झेँ । उ सर्लक्कै मेरो नजिकै आएको भान भयो मलाई अघि देखिएको उसको धमिलो आक्रिति बिस्तारै मानसपटलमा नेगेटिभ बाट चित्र निक्ले जस्तै स्पष्ट हुँदै हुँदै आयो । मैले बाईक बिस्तारै रोकेँ ठिक्क उसैको फूल पसल अघि ।   सुधालाई फेरि एउटा रातो गुलाफ लिएर जानुपर्ला मैले मनमनैँ सोचेँ ।

 

क्रमश:

 


 
Posted on 09-03-08 5:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आगमनसँगै फूलहरुको बिचमा उसको मुस्कान पनि देखियो त्यो फुल पसलमाँ ! मनमा लाग्यो भनिदिउँ म आज तिम्रो मुस्कान किन्न आएको यहाँ फूलको सट्टा  । तर मेरो कुनै बिशेषता छैन यसमाँ जसले उसको मुस्कान लाई तानेर त्यहाँ ल्याएको होस् , मेरो सट्टा जो सुकै नै भएको भए पनि उ एउटा क्रित्रिम मुस्कान उपहार दिई दिने थि गेट बाट छिर्ने बित्तिकै ! मलाई थाहा छ उसको मुस्कान बिवशता हो उसको जीवनको , त्यो मुस्कान शतप्रतिशत झुटो हो ।  तर कुनै कुनै झुट झुट नै हो भन्ने थाहा हुँदा पनि सुन्दर लाग्छन् । मलाई उसको मुस्कान राम्रो लाग्यो अचुक लाग्यो । म पनि मुस्कुराउन बाध्य भएँ ।

 

"चिन्नु भयो ?" मलाई थाहा छ तँपाई उसको कलिलो उमेर को पर्याय होईन तै पनि परिचय जति औपचारिक रह्यो त्यति पछिका कुरा हरु सजिला बन्दै जान्छन् ! उसका निधारमा थोरै सोचका धर्का कोरिएँ । उ सोच्दै थिई मलाई उसले कहाँ देखेकी हो भनेर । शायद उ सिधै अहँ चिनिन त भन्न चाहन्नथि । उ मैले चिने भन्दा मात्रै पनि आजको फूल ब्यापार मा केहि सहयोग भई नै पो हाल्छ कि भन्ने सोचिरहेकि थिई ।

"हिजो यहिँ आउनु भएको थियो होइन , गुलाफ किन्न ?" अन्य केटीहरुको भन्दा भिन्न जवाफ । उसले मलाई चिनेरै छाडी । सामान्यतय केटीहरु मेरो अनुभव मा चिनेकैलाई पनि नचिनेको अथवा स्वाङ्ग पारेर मात्र चिनेको देखाउन चाहन्छन् । उ भिन्न थिइ । मैले स्विकारोक्तिमा टाउको हल्लाएँ ।

 

"आज पनि केहि किन्न भनेर आउनु भएको ?" उसको बोलिमा स्वाभाविक आग्रह थियो ।

"हो हुन त , तर खोई हिजो जस्तो गुलाफ आज देखीएन !" मैले यता उति हेरे जस्तो गरी जवाफ फर्काएँ ।

"त्यो फूल पनि राम्रो छ त !"  उसले परको सेतो रङ्गको फुल देखाई । कुनै बिदेशि फूल हुनुपर्छ त्यो । म जान्दिन त्यसको नाम !

"हिजोको भन्दा कम दाम अनि धेरै दिन सम्म ओइलिन्न । " उसले फूलको बिशेषता थप्दै भनी ।

"होईन मलाई गुलाफ नै चाहिएको !"मैले आफ्नो जिद अगि सारेँ ।

 

 

मलाई थाहा छ यी सबै तुक नभएका कुरा हुन् । मेरो उ सँग रहर पुर्याउने गरी गफ गर्न मात्र म भित्र छिरेको हुँ र अन्त्यमा सान्त्वना स्वरुप उसको केहि न केहि मेरी सुधाको लागि अवश्य लागिदिनेछु यहाँ बाट । तर उसको र मेरो बिचको गफ लम्ब्याउनको लागि गफलाई फूल भन्दा अन्य टपिक्सहरु मैले सार्न सकिन ।

 

" आखिर के देख्छन लोग्ने मान्छे हरु गुलाफमा ? "

"के हुँदैन र भन्नुहोस त गुलाफमा ?" मलाई उसको प्रश्न अचम्मको लाग्यो त्यहि भएर मैले प्रश्नको उत्तर पनि प्रश्न नै दिएँ ।

 

"काँडा हुन्छ !" उ सोचमग्न थिई जब उ बोलिरहेकी थिई । के उ मलाई आफ्नो यथार्थ सँग परिचित गराएर मेरो नजिकै नआईज भन्न चाहन्थी । तर उसले कसरि थाहा पाई र म उसको नजिक आउन चाहन्छु वा उसलाई बुझ्न चाहन्छु भनेर ?  यो पक्कै मेरो भ्रम मात्र हो ।

"मलाई काँडा भएकै फूल मन पर्छ । " मेरो ईशारा उ तिरै थियो ।तर शायद उसले त्यो बुझिन । उसको र मेरो गफमा म पहिलो चोटि मुस्काएँ । उ पनि हाँसि ।

"तँपाई गफ गर्न सिपालु हुनुन्छ ।"

"धन्यवाद । दुई दिन भेट भयो लगातार तँपाईको नाम के हो जान्न सकिन्छ ? " यसपालि मैले निर्लज्ज भएर मुख फोरेँ , कुनै माग्ने ले हात फैलाएर मागे जस्तो मैले उसको नाम मागेँ ।

"छाड्दिनुहोस् नाममा के नै राखेको छ र !" उसले हाँसी हाँसी मेरो आग्रह पचाईदिई । मानौँ मेरो आग्रहको केहि मुल्य छैन उसको अघि ! होस् पनि कसरी , क्रेता र बिक्रेता बिच नामको आदानप्रदान हुन पक्कै पनि धेरै समय लाग्छ , मैले अरु कुनै पसलमा गएर तँपाईको नाम के हो भनेर सोधेको छैन ।

 

"म एउटा कुरा सोध्छु नढाटिकन भन्नुहोस् है !" उसले फेरि हामी दुई बिच को मौनता भङ्ग गरी ।

"सोध्नुहोस न !"

"के तँपाई आज मेरो पसलमाँ साँच्चै फूल किन्न नै भनेर आउनुभएको ?" म पहिलो चोटि त्यहाँ पक्राउ खाए झैँ भयो । हो म त्यो पसलमा फुल किन्नै आएको हो , साँचो वा झुटो दैव जानोस् ।

"कोहि मान्छे फूल पसलमाँ फूल किन्न नभएर किन आउँछ त ?"मैले आफ्नो मुस्कानले आफ्नो नर्भसनेस लुकाउन खोज्दै जवाफ फर्काएँ ।

"हेन तै पनि जुन किसिमले तँपाई गुलाफ खोजिरहनु भएको छ , फुल किन्न आउनु केवल बहाना हो कि जस्तो लागेको मात्रै हो ! "

उसको बोलि साँच्चै एउटा अचुक हतियार जस्तै नै थियो , अब मैले बाहिर निक्लिने बेला मा केहि न केहि लिएरै निस्किनु पर्नेछ कम से काम उसलाई झुटो साबित गर्न लाई नै भए पनि ।हुन त म एउटा न एउटा फूळ अवश्य लिएर जाने थिएँ सुधाको लागि ।

 

"खासमा मलाई मेरि स्रिमति लाई गुलाफ बाहेक अरु कुन फूल मन पर्छ भनेर थाहा नभएर मात्र हो ।" मैले सुधालाई सम्झिदै भने । सुधा बिहान दुवै हात आफ्नो गालामा राखेर मेरो बाईक उसको नजर बाट हराउँदै गरेको कसरि एक टक हेर्ने गर्छे । यदि पुरुष र नारीको सम्पुर्ण अभिभारा परिवर्तन गरियो भने शायदै सक्छु होला म सुधा जस्तै झ्यालमा बसेर एक टक हेर्न ।

"तँपाईले आफ्नो स्रिमतिलाई बुझ्नु भएकै छैन !" उसे मेरो तन्द्रा भंग गर्दै भनि । उसले ठिक भनी । हो मैले सुधालाइ बुझेको छैन । म मात्र के संसारमा कुनै लोग्ने ले पनि उसकि स्वास्निलाई बुझेको छैन । उसले देखेको रुपहरुमा नै उ दङ्ग पर्छ मैले सबै कुरा बुझेको छु भनेर । उसले बिर्सिन्छ स्वास्निमान्छेको नदेखिएका रुपहरु पनि हुन्छन् भनेर । जो लोग्ने मान्छेले आफ्नि बुढिलाई माया गर्छ उसलाई मात्र पिर हुन्छ उसले आफ्नि स्वास्नि लाई बुझेको छैन भनेर !

 

"किन ? तँपाई कसरि भन्न सक्नुहुन्छ मैले मेरी स्रिमतिलाई बुझेको छुईन भनेर ? "  म उसको जवाफ चाहन्थेँ किन मैले मेरी स्रिमतिलाई बुझेको छुईन भनेर ।

"तँपाइले कसरि थाहा पाउनु भयो त तँपाईकि स्रिमतिलाई रातो गुलाफ मन पर्छ भनेर ?"

" उसले कहिल्यै नाक खुम्च्याएकि छैन जब मैले उसलाई रातो गुलाफ लगेर दिएको छु । " यसपालि मैले उसका शब्दहरुको तुलनामा थोरै हलुका गफ गरेँ ।

"तँपाई जे दिनुहोस् तँपाईको स्रिमतिलाई मन पर्नेछ फगत त्यसमा खोट र स्वार्थ मिसिएको हुनुहुँदैन ।"  उ पनि यसपालि मुस्काई । उसका शब्दहरु ले नजानिँदो तरिकाले मलाई उठ्न कर गरे । म बिस्तारै उठेर त्यहि फूल तिर गएँ जुन उसले शुरु मा देखाएकि थिई । त्यो फूल बिदेशि हुनु पर्छ ,मलाई त्यो फूलको नाम थाहा छैन ।

क्रमश:

 

 

 

 

 

 

 

 


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters