Posted by: fucheketo August 31, 2008
फूल बेच्ने केटी
Login in to Rate this Post:     0       ?        

"सरि !" धेरै बेरको प्रयास पछि बल्ल मैले यि शब्दहरु निकालेँ ।

" माया र सहानुभुतिमा एउटा झिनो अन्तर हुन्छ , तँपाईले म माथि सहानुभुति देखाउन खोज्नु भएको हो भने मेरो भन्नु केहि छैन तर यदि माया देखाउन खोज्नु भएको हो भने सरि नभन्नु भएको भए म ज्यादा खुशि हुने थिएँ ।" उसले आफ्नो मुस्कान यथावत राख्दै भनि ।काँडा बिचमा फूलेको फूलझैँ मुस्कान ।

 

म उसलाई हेरिरहेँ अनि काउण्टरको भित्रि भागमा छिरेर त्यो रातो गुलाफ झिकेर बाहिर निकालेँ र त्यहाँ लेखिएको प्राईस ट्याग अनुसारको पैसा पर्स बाट झिकेँ ।उसले आफ्ना  लामा औँलाहरुले नजिकैको कालो कलम समाति र मेरो रिसिप्ट बनाईदिई । उसको औँलापनि कुशल नर्तकि जस्ता लाग्दथे जब रिसिप्टमा कुद्दथे कस्ले भन्छ उसलाई प्यारालाईसिस भएको छ भनेर !

 

.................  ......................... .......................... ........................ ...............

 

 

बाहिर निस्किँदै गर्दा पनि मैले उसलाई फर्केर हेर्न सकिन । अथवा भनौँ उसको छाप यसरि गाडियो कि आँखा अगाडि नै थिइ बाहिर निस्किँदा पनि ! बाटो पनि उसको बारेमा  नै सोच्दा सोच्दै कसरि बित्यो पत्तै भएन ।कोठा पुग्ने बित्तिकै मैले सुधालाई अँगालो मारेँ । उसले एकछिन मलाई साथ दिई त्यसपछि  टावेल लिएर आई मेरो कपाल पुछिदिन ,  म खासै भिजेको त थिईन तर पनि उसको आत्मियता लाई म नाई पनि त भन्न सक्दिन !

 

"आज त साँच्चै चाँडो नै आउनु भएछ नि ! कहिले काहिँ त मैले भनेको पनि मान्नुहुन्छ जे होस् । " उसको अनुहारमा अनौठो किसिमको दिप्तता आउँछ जब म उसले चाहेका कुराहरु पुर्याउने गर्छु । मानौ उसको सम्पुर्ण खुशिको दायित्व म मा छ र उसले पाउने दुखको जिम्मेवारि पनि मैले लिनुपर्छ । उ म बाट शुरु भएर म मा नै अन्त्य हुन्छे । आफ्नो काखमा मेरो टाउको राखेर उ मेरो कपाल खेलाईरहेकि थिई । उसले पालेका नङ्ग हरुको तिखो स्पर्श मेरा केस्रा केस्रा केशमा पसिरहेको थियो , एउटा एनेस्थेसिया जस्तो , बिस्तारि बिस्तारै उसर गर्ने कुनै दवाई जस्तो !

 

"भन न त किन बोलाएकि आज चाँडै ? चाँडै आएर पनि कुनै उपलब्धि त भएन मलाइ , भयो भन त ?  " मैले उसलाई जिस्क्याउँदै भने ।

"किन नि त्यसै नि ,आफ्नो लोग्ने मा पनि अधिकार जताउन नपाउनु ?" उसले उत्तर फर्काई ।

"पाउँछौ बाबा पाउँछौ ! " मैले आफ्ना दुई हात उसको कम्मर मा बेर्दै भनेँ ।

"छाड्नुस त मलाई एकछिन , म तात्तातो चिया खुवाउँछु ,पानीमा भिजेर आउनुभएको त्यहि पनि बाईकमाँ , जाडो भइरहेको होला ! "

 

उ हत्तपत्त उठी कपाल को जुरो मिलाउँदै ,वास्तवमै बाठि छे सुधा जब थाहा पाउँछे उसको स्पर्शको , उसको अँगालोको उसको न्यानोपनको सबैभन्दा बढि आवश्यकता छ मलाई उसलाई चिया , बिहान नमाझेका भाँडाहरु , टेलेभिजन माथिको धुलो सफा गर्नुपर्ने , बिहानको निउजपेपरको कुनै सडेको निउज , अनि भख्खर सिक्न खोजेको कुनै डिसको रेसिपि जस्ता कुराहरु याद आउँछ । हुन त यो उसको म माथि आधिपत्य जमाईराख्ने एउटा नया उपाय पनि हुनसक्छ । उ किचन तिर लागि । म समय कटाउन रिमोट बटार्न तिर लागेँ । हुन त मलाई त्यहाँका कुनै च्यानलमा खासै चासो छैन तै पनि एउटा नयाँ म्याराथन मा भाग लिए  जस्तो चिया नआउन्जेल म रिमोट बटारिरहेँ ।

 

सुधा चिया लिएर भीत्र छिरी , मैले रिमोट खेलाउन छोडिन ।

"चिया आयो हेर्नुहोस् त हरर बास्ना आउने तात्तातो ,,,,,,,,,,,,,,,,,,,,कत्ति केटाकेटीले जस्तो रिमोट खेलाउनुभएको ?" सुधाले मेरो हातको रिमोट खोस्दै भनी !

"अब प्लिज सिरियल चाहिँ नहेर है ! अफिस बाट चाँडो बोलाएर  सिरियल हेराउने प्लान त हैन होला तिम्रो !" मैले पनि उसको हातबाट रिमोट खोसेँ ।

"हेर त सध्येको केटाकेटी जस्तो जिस्केको !" उसले यसपालि फेरि मेरो हातबाट रिमोट खोस्दै मुस्कुराउँदै जवाफ फर्काई ।

"न केटाकेटि हुन दिन्छ्यौ न ठुलोमान्छे हुन दिन्छ्यौ !" मैले टेलेभिजन तिर अनुहार फर्काएँ ।

"मैले कहिले तिमीलाई ठूलो मान्छे हुन दिईन भन त ? " सुधाले मेरो अनुहार आफ्ना दुई हातले मेरो तिर फर्काउँदै प्रश्न सोधी ।मैले उसको अनुहार हेरेँ उसको अनुहार मा बल्ल आग्रहको भाव देखियो ।

"ल भयो मलाई रिमोट चाहिएन ,जे हेर्नु छ हेर न त ! " मैले सोफामा अडेसा लाग्दै सुधाले बनाएको तात्तातो हरर बास्ना आउने मिठो चिया सुरुप्प पार्दै जवाफ फर्काएँ ।

 

सुधाले टेलेभिजन निभाईदिई रिमोट सोफा मा फ्याकिदिई अनि बिस्तारै मेरो छातिमा अडेसा लागि ।उसको आग्रह बढ्दै गयो । यसपालि केश सुम्सुम्याउने पालो मेरो थियो ।

 

................... ......................... ...................... ....................... ..................

 

"मैले तिमीलाई केहि ल्याईदिएको छु ।" ओछ्यान बाट अलिकति तन्केर मेरो झोला तानेँ । सुधाले त्यो मेरो अफिसको झोला सँधै मेरो सिराने को छेवैमा राखिदिने गर्छे । बिहान खोज्नलाई सजिलो हुन्छ अरे । मैले झोला बाट प्लास्टिकमा बेरिएको रातो गुलाफ निकालेर उसलाई दिएँ  । मन त मलाई त्यो रातो गुलाफ सँग जोडिएको घटना पनि भन्ने थियो तर किन किन भन्न सकिन । सुधा अझै मेरो छातिमै टाँस्सिरहेकि थिई ।

 

"यो गुलाफ कत्ति राम्रो छ हगि ?" धेरै बेर खेलाएपछि सुधाले मलाई प्रश्न राखि !मलाई भने त्यो गुलाफ ले फेरि आज दिउँसोको घटना ,त्यो फूल बेच्ने केटी , उसको बिवशता ,बिवशतामा पनि मुस्काउन सक्ने उसको साहस याद दिलाईरहेको थियो  

"छन त छ केहि यसमा ,काँडा बिचमा पनि मुस्कुराउँछे ,चोट खपेर तै पनि तिमी जति राम्री छैन । " मैले उसको केश खेलाउँदै जवाफ फर्काएँ । सुधाले अझ मलाई जोरले कसी । म भने उसको कसाई लाई दाँजिरहे । मलाई आज एउटा प्रश्नले धेरै सताईरहेको छ  मेरो खुशीको सिमा सुधा बाट शुरु हुन्छ वा सुधामा  गएर अन्त्य हुन्छ ?

 

क्रमश:

 

 

 

 

 

 

 

 

Read Full Discussion Thread for this article