Posted by: fucheketo September 3, 2008
फूल बेच्ने केटी
Login in to Rate this Post:     0       ?        

आज बिहानको आकाश बाट उदेयमान प्रकाश अचम्मको थियो एकदम नै चर्को ,हिजो रात भरि चट्याङ्ग ,हावाहुण्डरि  आएर एउटा ठुलै युध्दको समाप्ति पछि बल्ल बिहान आकाश खूलेकोले होला । म आलस्य मानेर ओछ्यानमै पल्टिरहेँ । सुधा भने उठिसकेकि थिई  , तर सँधै जस्तै उसको पुजापाठ सिध्धिएको थिएन । मलाई यस्तै यस्तै सुधाका  बानिले अचम्म लाग्छ  , आजकल को जमाना मा पनि मैले यस्ति ब्रतालु ,भगवानमा आस्था राख्ने पत्नि पाएको छु । वास्तवमा धेरै कुराको फ्युजन छ सुधामा ! म हरेक दिन उसमा नयाँ गुण पाउँछु , उसको नयाँ प्राक्रितिक स्वरुप देख्छु र जत्ति उसको नयाँ  गुणलाई म पुरानो गुण सँग दाँज्दछु मलाई नयाँ सुधा एकदम प्रिथक लाग्छे पुरानी सुधा भन्दा , उ हरेक चौतारिमा पुरानि सुधा छोडेर नयाँ काँचुलि लिएर अघि बढे जस्तो ।

 

"के हेर्नु भएको त्यस्तरि क्वारक्वार्ति , खाउँला जस्तो गरेर , रातभरि पनि सुत्न दिनु छैन ,बिहानै उठेर पनि हेरेको हेरै !"

 

उसले पुजाको थालि सँधै थन्क्याउने कुनामा नै थन्क्याउँदै मलाई आरोप लगाई । मलाई थाहा छ रात मेरो मात्र होईन उसको पनि हो । उसको समर्पण र मेरो ग्रहणको हो । यति समर्पित हुन्छे उ म मा कि उसले आफुलाई बिर्सन्छे त्यहि भएर त उ मेरी प्यारी हो । मलाई यो पनि थाहा छ उसको र मेरो सम्बन्धमा मात्र रात छैन , मलाई दिउँसो अफिस जाने बेलामा देखाउने उसको घुर्कि , उसको सानो सानो कुरामा ठुस्किने बानि ,अनि अनावश्यक बेलामा प्रकट हुने उसका बालापन पनि प्यारो छ  र शायद यो उसलाई पनि थाहा छ कि उ रिसाएको मलाई मन पर्छ , उसको घुर्कि हेर्नलाई मात्र भए पनि बेला कुबेला म उसको अनुहार नियालिरहन्छु  र त्यहि भएर त उ भित्र भित्रै आनन्दित नै भए पनि म सँग असन्तुष्टि जनाईरहन्छे , म सँग रिसाएझै ढोङ्ग गरिरहन्छे । उसको र मेरो अघोषित सम्झौता जस्तो म त्यहि मात्र मनपराउने छु जे सुधाले गर्नेछे र सुधा त्यहि मात्र गर्नेछे जे म मन पराउँछु भने जस्तो ।

 

"मेरो हेर्ने नै तिमी बाहेक अरु के छ भन त !" मैले उसलाई चिल्लो घस्दै भनेँ ,मलाई थाहा छ आईमाई मान्छेहरु प्रशंसाका भोका हुन्छन् । सुधा पनि ति मध्येका अपवाद पक्कै पनि होईन ।

 

"चेपारे !"

 

सुधा किचन तिर लागि ।म भने नजिकैको कान्तिपुर ओल्टाई पल्टाई गर्न तिर लागेँ । मेरो कान्तिपुर ओल्टाई पल्टाई गर्ने कुनै रहर हैन यो मेरो दैनिक बिवशता हो जति खेर सुधा म भन्दा थोरै नै सहि तर पनि टाढा हुने गर्छे । टेलेभिजन र दैनिक समाचारपत्रहरु मलाई दैनिक बिवशता मात्र लाग्छ आजकल । यहाँसम्मकि मलाई आजकल हरेक समाचार उस्तै लाग्छन् । मलाई लाग्छ मेरो सम्बन्ध आजकल कुनै समाचारसँग छैन । म आफुमै , आफु भित्रै र आफ्नो परिधिमैँ खूशि छु सन्तुष्ट छु । तै पनि म समाचारपत्रहरु पल्टाउँछु ।यो हरेक साधारण मान्छेको नियति होला  

 

....................  ..........................  .........................  ..................................

 

 

म आफ्नो उहि पुरानो तर पनि जतन गरेर चलाएको बाईक लिएर अफिस तिर लागेँ ।  सुधा मलाई झ्याल बाट हेरीरहेकी थिई । उ मलाई प्रायजसो म अफिस लाग्ने बेलामा झ्याल बाट हेर्न छुटाउँदिन । यो पनि हिन्दि सिरियलहरुको असर हुनुपर्छ ।  कहिले काहिँ लाग्छ एक्लै वाक्क हुँदि होला कोठामा बसेर । पढ्न लाई नै पनि मेरो लेभल मै पुग्न भ्याउने गरि नै पढेकि छे । अहिले ब्याचलर कम्प्लेट गरेकी केटी भनेपछि त  , सि अभ्भिअसलि डिजर्भ्स ए जब !  जागिर खोज खा ,वा मैँ खोजिदिन्छु पार्ट टाईमनै भए पनि काम गर । खालि बस्नु भन्दा मान्छेहरु भेटिन्छ रमाईलो हुन्छ भन्छु भन्छु तर उ मान्दिन । यो पनि मैले सुधा मा अहिले सम्म बुझ्न नसकेको पाटो मध्येको एक होला ! शायद उसलाई समय कटाउन उसका आफ्ना सिरियल हरु नै प्यारा लाग्छन् ।

 

 

.........................  ..............................  .......................  ...........................

 

 

आज हाम्रो बिवाह पश्चातको धेरै यस्ता कम दिन हरु मध्येको एक दिन थियो जसमा न मैले सुधालाई अफिसबाट फोन गरेँ न सुधाले मलाई घरबाट फोन गरी । मेरो ब्यस्तता लाई म दोष दिन्न । किनकि मैले समय निकालेर चिया खान जान भ्याएकै हो ।मैले उसलाई फोन गर्नु पर्छ भनेर सम्झेको पनि हो ।

"के हो सर आज फोन आएन भनेर टेन्सन मा हुनुन्छ कि कसो ?" नारद ले मलाई जिस्क्याउँदै सोधेको पनि थियो ।

"हैन ! सँधै सँधै गर्नुपर्ने के नै गफ हुन्छ र ?"

मैले उसलाई जवाफ फर्काएको थिएँ । र शायद त्यसैले गर्दा होला मैले आज सुधालाई आफिसबाट मन हुँदा हुँदै पनि फोन गरिन । उसको चियो बाट थोरै मात्र बच्न पाएको भए पनि म सुधालाई फोन गर्ने थिएँ । तर त्यहि हो सुधा र मेरो बिच  के गर्दैछौ ? ठिकै छ ? ल राखे !  जस्तो सानो गफ त अवश्य पनि हुने थिएन । त्यसैले उसको चियो बाट बच्नु आज सम्भव थिएन । साँचै साँचो मायाका शत्रु हरु कारण अकारण बाटो बाटोमा भेटिन्छन् । आज मेरो माया को शत्रु नारद होईन मेरो आफ्नो समाजवाद भयो । मैले उसको सामु हार मात्रै मानेको भए पनि म सुधा सँग निर्लज्ज भएर गफ गरिरहेको हुन्थेँ उसलाइ जलाई जलाई । मलाई आज अफिस सिध्धिउन्जेल थुकथुकि लागिरह्यो ।

 

.............................  ..............................  .................................................

 

अफीसबाट फर्किँदै गर्दा बाटोमा फेरि आज पनि त्यहि फूल पसलमा गएर आँखा अडियो । हुन त बाईक चलाउँदा यता उता भन्दा बाटोमा ध्यान दिनु भन्छन् तर बिवश आँखाले हेर्न कर गरे । मेरो चेतन मनमाँ धेरै समय त्यो फूळ पसल नआएको भए पनि मेरो अर्ध चेतन मनमाँ त्यसले धेरै ठाउँ बनाएको हुनुपर्छ । त्यसैले त बाईकको थोरै स्पिड भने स्लो गरेको थिएँ जब म उस्को पसलको नजिकै बाट गुज्रिरहेको थिएँ ।त्यो पसलको वरिपरिको हावामा पनि फूलको बासना छरे झै लाग्थ्यो आज । 

 

बाहिरबाट देख्नैलाई प्रष्ट त देखिएन तर उ रिसेप्सन मै रहेको उसको धमिलो आक्रिति ले नै पनि पत्ता लाग्यो । हुन पनि उ कहाँ नै जान सक्थि र ? म दिउँसो  अफिस मा नभेटिने पोसिबिलिटि कति नै हुन्छ होला र ? मलाई उ सँग एकचोटि राम्ररि कुरा गर्ने रहर थियो । उसको बोलिचालि र मुस्कान त अचुक थियो ।  मैले झलक्क रिसिप्ट मा नाच्दै गरेका उसका औँलाहरु  पनि सम्झेँ । उ सर्लक्कै मेरो नजिकै आएको भान भयो मलाई अघि देखिएको उसको धमिलो आक्रिति बिस्तारै मानसपटलमा नेगेटिभ बाट चित्र निक्ले जस्तै स्पष्ट हुँदै हुँदै आयो । मैले बाईक बिस्तारै रोकेँ ठिक्क उसैको फूल पसल अघि ।   सुधालाई फेरि एउटा रातो गुलाफ लिएर जानुपर्ला मैले मनमनैँ सोचेँ ।

 

क्रमश:

 

Read Full Discussion Thread for this article