Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Dibya -----------

[Please view other pages to see the rest of the postings. Total posts: 57]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 19848 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-12-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dibya

 

"सुरेस, यार आज आउन नमिल्ने भो -- यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान ---" फोनमा उसलाई भन्दै थिएँ उस्ले "त्यस्तो कुरा नगर -- बोर नगर तँ -- झन तँ आउँछस भनेर कुरीरा -- जसरी भए पनि आईजभन्यो।

 

"हिंजो आईहालेँ नी -- धन्न आएको आएकै भएछ -- नत्र आउनै नपाउने हेर् -- बोर बोरै भो नी -- पनि अब भरे त्यैं आउने हो -- फेरी मासु-भात गोदने अरु गफ लडाउने भन्या -- के गर्ने अफिसको काममा आएको उनीहरुले भनेको नमान्ने कुरा पनि भएन --भोली फेरी फर्किनु परीहाल्यो-- अब अर्को चोटी आउँदा बस्छु नी फेरी -- बरु तिमीहरु आओ अब मेरो गाम तिर -- है?" मैले कुरा सक्दै भनें।

 

सुरेसले धेरै कर गर्यो--नरमाईलो मान्यो मलाई थाह थ्यो तर मैले आफ्नो ईच्छालाई बिबसताको नाममा उभ्याईरहेँ --मेरो गाम तिर उनीहरु दुबै जनालाई आउन लगातार निम्ता दिदैं उस्काँ अहिले आउन नमिल्ने बाध्यतालाई किच्न खोजें। उस्ले मन नलागि नलागि मेरो असमर्थतालाई उभिने मौका दियो। धन्य भएँ तर एक किसिमको अन्तरबोझले थिचिएँ पनि।

 

भोकले हैरान पार्दैथ्यो--सोचेँ अब भात खानै पर्यो -- देशी भोजनालय होला यता कतै पक्कै पनि यत्रो ठुलो शहरमा भन्दै कम्प्युटरमा खोज्न थालेँ। 

 

केही समय अघि मलाई दखिन तिरको एउटा राज्य जानु पर्या थ्यो कामको सिलसिलामा। पुरानो बिद्यालय देखिको एउटा साथि त्यतै घरजम गरेर बस्या थ्यो। बिद्यालय छोडे देखी भेट भएको थिएन संग भने हुन्छ। १२ पछि भारत तिर लाग्या थ्यो, चैं समुन्द्रपार। पुग्या बेलाँ भेट गर्दिम भनेर बुझ्या धुनधान खुसी भो।

 

खान बस्न हुटेल देकै कामले, तर भेटघाट गर्न पक्कै आउँछु भनेको मान्दै मानेन। "घर किन्या छु यार मैले यहाँ-- अब तँ काँ हुटेल हुँदी बस्नी? हुँदैन कि हुँदैन" भनेर जोड गर्यो। लौ त भन्दें।

 

हवाईजहाज उडान नम्बर अनि समय पनि भन्देँ। लिन आउने भो मलाई। उस्ले " अब यहीँ आएर कुरा गरम्ला" भन्यो।

 

अफिसबाट बिमानस्थल तिर जानै लाग्या थिएँ सुरेसको फोन आयो "बुझिस तँलाई लिन आउने भन्या है तर हैन देबदाई लिन आउँछन तँलाई एअरपोर्ट-- के लार आउनलाछस भन् ?"

मलाई असजिलो लाग्यो भनें "हैन को देबदाई? तँलाई आउन मिल्दैन भने आउँछु नी ट्याक्सीमा -- अरुलाई किन दु: दिने बेक्कारमा?"

 

"म आउन नमिल्ने हैन -- नै आउँछु भन्या हो बुझिनस -- तर एअरपोर्ट उता माथि उत्तरमा मेरो काम् चै यता दछिन तिर क्या अनि देबदाई त्यै एअरपोर्टैमा काम गर्ने भने नी हुन्छ दुई मिनेट लाग्छ -- हिँजो तँ आउने लिन जाने कुरा सुनाको थिएँ उनले मिले ल्याईदिम्ला भन्थे -- अहिले फोन गरे मिल्छ रे--"

 

"को देबदाई?" मैले नी चिन्छु कि भनेर सोधें।

 

"देबदाई भन्या मैले मेरो घरमा बेसमेन्टमा राख्या छु क्या -- भलादमी छन मान्छे -- त्यस्तो अप्ठ्यारो केही मान्नु पर्दैन तैले-- तँ भरे त्यै :५३ मा आईपुग्ने हैन ? " उस्ले भन्यो।  

 

मैले हो भने उस्ले चाहिएको जानकारी दिएँ।  

 

उडान भरी त्यै पुरानो स्कुल, साथिहरु, सुरेस मैले गरेका बदमासीहरु सबै सम्झिरहेँ -- सुरेसको घर बत्तिसपुतलीमा थियो -- धेरै चोटी गएको छु--तेस्को छिमेकीको साईकलको हावा फुस्कार भ्याल्टु स्याल्टु हुर्याईमात्रै के देको थेँ एक चोटी त्यो छिमेकीले  समातेर मलाई गर्दनाँ हात अर्कै ठाममा लात कस्या थ्यो। छिमेकीको छोरी राम्री बाउ दुस्ट भन्यो सुरेसेले -- अनि गर्नी के? हामी सँग दुस्ट्याईँ? भनेर मैले छिमेकीलाई पाठ सिकाईदिम भन्या आफ्नै जात्रा भै रा -- त्यो घटना सम्झेर हवाईजहाजमा एक्लै हाँस उठ्यो। केही समयको उडान पछि त्यो शहरको बिमानस्थलबाट बाहीर निस्किँदा अलमल गर्दै गर्या हाम्रा गामको जस्तो जो देखिने जो सुकै सँग पनि आँखा जुधाउँदै थें एउटाले छेउमै आएर नेपाली मै "तपाईँ दीप हो?" भनेर सोध्यो। बेस्मेन्टका दाई खाँट्टी पक्का रहेछन।

 

हो भनी सके पछि थपें "दाईलाई सित्तैमा दुख भो है -- मैले ट्याक्सीमा आउँला भन्या सुरेसले मानेन"

 

"हैन केई छैन -- यहिँ नजिकै काम गर्छु नी --दुई मिनेट पर-- " उनको आबाजमा कुनै झर्को थिएन।

 

"कति पर घर यहाँ बाट?" मैले सोधें।

 

"लाग्छ आधि घण्टा जति" उनले भनें।

 

हामी उनको मोटरमा बसेर बाटो लागिम। महाथोत्रो मोटर फेला पार्या रे छन ति दाईले काँबाट हो। हेलिकप्टर जस्तो नजिकै कराको सुनेर मैले यसो बाहिर हेर्या -- उनले "मफलर घाँटिमा बान्ने गर्या थ्यो हाम्ले , यता साईलेन्सरलाई मफलर भन्ने रेछन किन हो --हेरी त्यै मफलर भन्नेमा प्वाल पर्या भन्छ -- त्यै करा हो - के के भा जसरी कराउँछ कराउनलाई, तर पर्या चै त्यै दुई चारटा प्वाल रे- केई हुन्न -- फेर्या सय रे -- लागिराछ  भनेर फेर्या छैन। कुदने काम हो मोटरको कुदीराछ क्यारे।" उनले हाम्ले चढेकै हो गुडने हेलिकप्टर भन्ने बुझाए।

 

"अनि दाईको नाम चै के नी?" मैले सोधें।

 

"हुन दिब्यध्वज हो यता सबैले डेभ डेभ भन्छन -- सुरु सुरुमा सच्याउँथे अब मरुन भनेर छोडदिन्छु" उनले भनें।

 

उनको गाडी चलाउने शैली अलि डरलाग्दै थियो। छिन छिनमा लेन सर्थे-- बाटो खाली नै थ्यो पनि�

 
Posted on 12-12-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु राम्रो लाग्यो। अनी bange खै त। म त bange लाई कुरिराको


 
Posted on 12-12-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनको गाडी चलाउने शैली अलि डरलाग्दै थियो। छिन छिनमा लेन सर्थे-- बाटो खाली नै थ्यो पनि। उनी भन्दा धेरै अघिको ले ब्रेक लायो भने गालि गर्थे --त्यो ब्रेकले उनलाई केही असर नगरे पनि। मैले बिचार गरें उनलाई ब्रेक लाउन मन लाग्दैन रे क्यारे। हतपत ब्रेक लाउँदैन थे। "दिब्यदाईलाई ब्रेक लाउन मन लाग्दैन कि के हो?" एक चोटी मैले सोधें पनि। अगाडीको मोटर नजिकै आईसक्यो दिब्यदाई चैं ब्रेक लाउनु सट्टा अगाडीको मोटर सराप्दै लेन सर्न खोज्दै थिए। सिमसिमे पानीमा उनको मोटर चलाईले मलाई अत्याउँदै थ्यो।

 

 "हैन ब्रेक खिइया रे के मेरो -- कुईं कुईं गर्छ -- यसै खिईया ब्रेक अनि त्यो पनि छिन छिनमा लाईरहेर हुन्थ्यो के --तेसमाथि पाङ्ग्रा खिईया छन ब्रेक लार रोक्न खोज्यो भने चिप्लेर झन् छिटो सुईकिन्छ।" उनले भनें।

 

 उनको गाडी चलाई देखेर कता के मा जाक्ने हुन कि कुन चैले ठोक्ने हो भन्ने पीरमा थें म। कामले पैसा दिईहाल्थ्यो -- बिनिसित्तीमा के झंझटमा पार्देको हो सुरेसेले भन्दै गम्दै थिएं। उनको घर कता हो नेपालमा त्यो सुनाए। मलाई सोधे मैले नी भन्दें। के काम गर्ने हो मैले -- मेरो के स्ट्याटस हो त्यो पनि चाहियो उनलाई। घुमाउरो हिसाबले तलब पनि सोधे। कुरा गर्दै जाँदै थिम हामी।

 

 लेन सर्दा उनलाई झ्यापझ्यापे बत्ती बाल्न मन लाग्दैन रे छ। त्यसै भन्थे। "यो झ्यापझ्यापे बत्ति--साईड लाईट क्या साईड लाईट बालेन भनेर यसै यसै मान्छे रीसाउँचन भन्या-- पनि अनि लौ भनेर झन बाल्दै बाल्दिन--सुईँ सुईँ सर्दिन्छु लेन।" उनले गर्ब सँग सुनाए।बत्ति बाले ईज्जत जान्छ कि झै गर्थे।

 

त्यसै क्रममा जबर्जस्ति लेन सर्दा त्यो सर्या लेनमा बत्तेर आउँदै गर्या मोटरले ब्रेक लाउँदा नागबेली खायो रे भन्दै थिए उनी -- नागबेली खानेले कानै खाने गरी हर्न बजायो। मैले हेर्दा पनि हेरीन औलो देखीएला सित्तैमा भनेर।

 

"बत्ति नबाली लेन सर्दा फेरी पछाडीको ले देला नी दनक" मैले भनें।

"हैन पछाडीबाट दनक दियो भने पैसा आउँछ रे -- अस्ति एउटा त्यै सँग काम गर्ने उता कता पस्चिम को -- उस्को १५ सयमा किन्या मोटर रे एउटाले पछाडीबाट जोतेछ -- १००० तिरायो। अब एक चोटी एउटाले छोईदे देखुन पैसा उठार नाफा नी हुन्थ्यो भन्थ्यो --खै आफ्नो केही हुन्न --उनी एकोहोरो सुनाउँदै थिए।

 

 मैले बत्ति बाल्नु पर्छ दाई भन्या भएर हो कि किन हो बेला बेला एक चोटी पिलिक्क बाल्न खोज्थे तर बत्ति निभ्दा ननिभ्दै उनी अर्को लेनमा पुगी सक्या हुनी--कैले त लेन सरीसके पछि बत्ती बाल्थे अर्को लेनमा जाने हुन कि झै गरी पछाडीकोलाई अलमलाउन। अहिले सम्म मोटर कसो ठोक्क्या रैन्छ यिनको भन्ठाने।

 

 "आउन लायो दाई घर?" मैले सोधें। कैले ओर्लिम जस्तो भै राथ्यो आफुलाई त्यो भैंसीबाट --यमराजको बान भैसी हैन ?

 

"आउन लायो अब " उनले भनें। अलि राहत भो।

 

 एक्कै छिन पछि एउटा घर छेउ मोटर रोक्दै उनले भने " आईयो भाई"

 

 सुरेस छिनमै आईपुग्यो -- अखिल स्टाईलमा हात मिलाईयो। आफ्नो उमेर बढ्या बिर्सेछु छिप्पेको देखें। ठाडो बढ्न पुगेरै होला तेर्सो बढ्न थालेछ। मेरो झोला उसैले बोकेर अघि लाग्यो।

 

घर भित्र निक्कै सफा सुग्घर अनि सजिसजाउ रहेछ।

 

"घर निक्कै सजाईछस नी" मैले सरसरती हेर्दै भनें।

 

"मैले हैन --" उस्ले अनुहारमा खुसी देखाउँदै भन्यो।

 

 


 
Posted on 12-12-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मैले हैन --" उस्ले अनुहारमा खुसी देखाउँदै भन्यो।...

 

"अनि कस्ले ?" मैले सोधें।

 

"बुढीले -- अरु कस्ले हुन्छ?" उस्ले दङ्ग परेर भन्यो।

 

उस्ले बिहे गरेको मलाई थाह थ्यो तर श्रीमती आईसकेको चै थाह थिएन।

 

"कैले भाउजु? अस्ति नै कुरा गर्दा खै मिल्या छैन भन्थिस --" मैले सोफामा ढल्किदै सोधें।

"धेरै भा छैन नी -- खै यस्तै १५ दिन जति भयो होला --" उस्ले भन्यो।

 

"काँ रे तेरो ससुराली? ज्ञानेश्वर कि काँ रे?" ज्ञानेश्वर नै भने जस्तो लाग्थ्यो पैला त्यै पनि सोधें।

"हो ज्ञानेस्वर हो --" उस्ले भन्यो।

 

"बोला खै दर्शन गरम् भाउजुको-- सालि होलान नी तेरा हैन? कति जना छन?" मैले निर्धक्क सोधें।

 

"पख भेट भै हाल्छ नी -- मेरो पुरानो साथि आउने भन्या थें भान्छामा ब्यस्त छे --" उस्ले भन्यो।

अघिका डेभ दाई भित्र कोठामा संगै थिए अहिले फेरी कता लागेछन कुन्नी।

 

यत्तिकैमा ट्रेमा कफि लिएर राम्री एक जना आईन हामि भए छेउ। उमेरको सिढीं मा सुरेस भन्दा अलि माथिल्लो खुडकिलोमा देखिने उनलाई देखेर मैले सोचें सुरेसले उमेरको अनुभवलाई बिशेष ग्राह्यता दिएछ क्यारे।

 

मैले उठेर नमस्ते गरें उनले ट्रे नै अलिकति उठाएर नमस्ते फर्काईन।

"खै ?" उनलाई हेरेर सुरेसले सोध्यो।

 

अलिकति अलमलिएँ।

 

"सन्चो भएन भनेर माथि जानु भो" उनले भनीन।

डेभ दाई त्यै बेलामा आई पुगे कफि दिनेलाई मेरी बुढी भनेर चिनाए। सुरेस माथि तिर लाग्यो।

कफी पिउँदै कोठामा यता उता हेर्दै थिएँ सुरेसको बिहेको फोटो ठुलो पारेर राखेको रहेछ। नियालेर हेरेँ -- दुलही दिब्या नै हो।

 

फोटो अझै नियाल्दै थिएँ सुरेस ओर्लियो एक्लै।

 

"भाउजुको नाम चै के नी?" मैले सोधें।

 

"दिब्या -- " उस्ले भन्यो र भन्दै गयो "थाकेर होला एक छिन ढल्किन गा रे माथि--- आउँछे एक छिनमा--"

***************

Last edited: 12-Dec-07 01:25 PM

 
Posted on 12-12-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै ?" उनलाई हेरेर सुरेसले सोध्यो। अर्कै केटीलाई दीप ज्युले भाउजु भन्थान्नु भो जस्तो छ।

 
Posted on 12-12-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

padhdai chu keep going........

baru bangelai pani katha mai visa lagare yatai lyaune ho ki deep.


 
Posted on 12-12-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai ramro laagyo, tapainko lekhne style ekdam ramro cha Deep ji..
 
Posted on 12-12-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ दाइ, जावस् जावस्
 
Posted on 12-12-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanna prabhu kati din pachhi deep jee ko katha ko raswadan garna pahiyo. Indreni ra Amantran pachhi arko prastuti kahile hola bhanera baseko.
 
Posted on 12-12-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji is "back with a bang". Dibyadhoj ji ko gadi ko kura sunera hanso roknai sakiyena|

Deepji ko katha haru malai sarai ramailo lagchha..especially bange ra handigaunle sathibhaisanga sambandhit| Aphu kalopool ko pariyo..handi gaun ra maligaun ka bata haru ta dainik jhain hindinthyo| Tesmathi Bhandareswor pachhadi basera dhobi khola pari dekhine nai tehi maligaun ra handigaun| Mileko bela aru pani tyo saisab kal ka handigaun ra maligaun ka katha jawos!


 
Posted on 12-12-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"ठाडो बढ्न पुगेरै होला तेर्सो बढ्न थालेछ"

मलाई यो कुरा चै खुब मन पर्‍यो, धेरै जसोको त्यही मर्म देखेँ यहाँ,

ए अनी एउटा को बुढीलाई अर्को को देख्दा कसो ठोकेन् डेभ ले, अनी झपझप बत्ती देखिन्थ्यो

एकदम राम्रो लाग्यो साँच्चिकै दसैंमा मामाघर गए जत्तिकै ल छिट्टो अरु पनि थप्नु पर्‍यो दीप।





 

 

 
Posted on 12-12-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal,

ल हेर तिमी बाङ्गेलाइ यता कुर्ने उ उता तिमीलाई -- यसरी त सेन्टी हुन्छ नी --

pjna007,

लौ न के भन्या होला? नदुख्या टाउको दुखाउने काम गर्नु हुन्थ्यो के त? बाङ्गे उतै ठिक छ।

kancha01,

बसिबियाँलो नी यसो। सदभावको लागि आभार।

SurNaTal ,

जान त जाओस है ब्रो तर फेरी जाँदा जाँदै बेपत्तै होला भन्ने डर भन्या कैले काईँ त -- के त्यो ओख्रे हो कि बाख्रे कुन चै खोलामा आको जस्तो बाढीमा परेर --

prem chopda,

प्रभो -- जय होस।

kalopoolbasi ,

लौ न कालोपुलको रे? त्यो कालोपुल त कति तरीयो तरीयो त्यो पुल भरी कसेका यत्ति ठुल्ठुला ती सबै पेचहरुले चिन्छन जस्तो लाग्छ आफुलाई।

भण्डारखालको पर्खाल छेउको ढिस्कोमा बसेर मैतिदेबी तिर कुन चै घर हो भन्दै धेरै हेरीयो गाँठे -- जाने चै त त्यै ढोकै सम्म हो हेर्ने चै झ्याल र कौसी हुँदी धेरै गर्ने गर्या थ्यो त्यो घरको --

dipika02 ,

डेभदाईले नठोकी झ्याप झ्याप भै सक्या थ्यो आफुलाई के नी-- दुलहीको फोटो देखेर -- के के हुने के के --

 

 

ल साथिहरु यस्तै रे छ जिन्दगी --


 
Posted on 12-12-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina Deepji...yahan ko sarkari jagir ho ki ke ho...saptahanta ma gayab ani sata ko madhya ma chahin pathak harule office ka aru karmachari ko ankha chhalera luki luki hernu parne? Saptahanta ma ali samaya bhayeko bela pani yo khurak aaye hunthyo ni| Ki Rastrapati mahodaya lai bhannu paryo...sarkari office ta Nepalma pani yahan pani ustai rahechhan bhanera?

Risani maph...arupani chandai prakasit garnu hola bhanne kamana....


 
Posted on 12-12-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दीप प्रभु को अर्को धमाकेदार प्रस्तुती आएछ। प्रभु को लेखाइ को बयान त भएभर का साझा बासी देखी हजार जिब्रो भएका शेशनाग ले त गर्न सक्दैनन भने म जस्तो एउटा जिब्रो भको साधारण मनुस्य ले के गर्न सकुला र? प्रभु का कथा हरु त २-३ चोटी न पढी त धित नै मर्दैन भन्या। लेख्दै गर्नुस, पढ्ने हामी जस्ता नियमीत पाठक छदै छम के रे। अब त एउटा किताब नै तयार हुने बेला भो होला नि, किताब नै पो छाप्ने बिचार पो गर्ने हो कि? 


 
Posted on 12-12-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरि त्यो हिन्दी सिरिअल सकिएको जस्तरी सकिएछ यो कथा पनि।

यह दिब्या कौन थी?
क्या दीप दिब्या को जान्ता था?
सुरेश और दिब्याका मुलाकात कैसे हुआ?

यो जम्मै प्रस्न को उत्तर पाउन चाइ कहिले सम्म कुर्नु पर्ने हो कुन्नि?


 
Posted on 12-12-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

गाडिको बर्णण  ले हँसाउनु हँसायो । दिब्या किन गै छिन नि त ढल्किन ?त्यै ज्ञानेस्वरमा बांगे संग हिड्ने दिपको बानि संझेर हो कि ?

Last edited: 12-Dec-07 07:10 PM

 
Posted on 12-13-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले ओर्लिम जस्तो भै राथ्यो आफुलाई त्यो भैंसीबाट --यमराजको बान भैसी हैन ? 

 

aniअब दिब्या भाउजु पक्कै, दीप,बाङे,सुपारि,ट्वाके ले घुरान,कुरान दिएर पस्पति मा चन्दन मागेर, बादर लगाइ दिर हैरान पार्या मधे एक हुनु पर्छ

Nice deep! next?


 
Posted on 12-13-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया भाग अर्को हप्ता मात्र हो, हिन्दी सिरिएल जस्तै? 
 
Posted on 12-14-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दिब्या भाउजु लाइ तल नल्याउने भन्या?
हाम्लाइ (readers haru) घरभित्र हुलेर, भाउजुलाइ माथि पठाएर आफु बेपत्ता

 
Posted on 12-14-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tespachi k bho??

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters