Posted by: Deep December 12, 2007
Dibya -----------
Login in to Rate this Post:     0       ?        

Dibya

 

"सुरेस, यार आज आउन नमिल्ने भो -- यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान ---" फोनमा उसलाई भन्दै थिएँ उस्ले "त्यस्तो कुरा नगर -- बोर नगर तँ -- झन तँ आउँछस भनेर कुरीरा -- जसरी भए पनि आईजभन्यो।

 

"हिंजो आईहालेँ नी -- धन्न आएको आएकै भएछ -- नत्र आउनै नपाउने हेर् -- बोर बोरै भो नी -- पनि अब भरे त्यैं आउने हो -- फेरी मासु-भात गोदने अरु गफ लडाउने भन्या -- के गर्ने अफिसको काममा आएको उनीहरुले भनेको नमान्ने कुरा पनि भएन --भोली फेरी फर्किनु परीहाल्यो-- अब अर्को चोटी आउँदा बस्छु नी फेरी -- बरु तिमीहरु आओ अब मेरो गाम तिर -- है?" मैले कुरा सक्दै भनें।

 

सुरेसले धेरै कर गर्यो--नरमाईलो मान्यो मलाई थाह थ्यो तर मैले आफ्नो ईच्छालाई बिबसताको नाममा उभ्याईरहेँ --मेरो गाम तिर उनीहरु दुबै जनालाई आउन लगातार निम्ता दिदैं उस्काँ अहिले आउन नमिल्ने बाध्यतालाई किच्न खोजें। उस्ले मन नलागि नलागि मेरो असमर्थतालाई उभिने मौका दियो। धन्य भएँ तर एक किसिमको अन्तरबोझले थिचिएँ पनि।

 

भोकले हैरान पार्दैथ्यो--सोचेँ अब भात खानै पर्यो -- देशी भोजनालय होला यता कतै पक्कै पनि यत्रो ठुलो शहरमा भन्दै कम्प्युटरमा खोज्न थालेँ। 

 

केही समय अघि मलाई दखिन तिरको एउटा राज्य जानु पर्या थ्यो कामको सिलसिलामा। पुरानो बिद्यालय देखिको एउटा साथि त्यतै घरजम गरेर बस्या थ्यो। बिद्यालय छोडे देखी भेट भएको थिएन संग भने हुन्छ। १२ पछि भारत तिर लाग्या थ्यो, चैं समुन्द्रपार। पुग्या बेलाँ भेट गर्दिम भनेर बुझ्या धुनधान खुसी भो।

 

खान बस्न हुटेल देकै कामले, तर भेटघाट गर्न पक्कै आउँछु भनेको मान्दै मानेन। "घर किन्या छु यार मैले यहाँ-- अब तँ काँ हुटेल हुँदी बस्नी? हुँदैन कि हुँदैन" भनेर जोड गर्यो। लौ त भन्दें।

 

हवाईजहाज उडान नम्बर अनि समय पनि भन्देँ। लिन आउने भो मलाई। उस्ले " अब यहीँ आएर कुरा गरम्ला" भन्यो।

 

अफिसबाट बिमानस्थल तिर जानै लाग्या थिएँ सुरेसको फोन आयो "बुझिस तँलाई लिन आउने भन्या है तर हैन देबदाई लिन आउँछन तँलाई एअरपोर्ट-- के लार आउनलाछस भन् ?"

मलाई असजिलो लाग्यो भनें "हैन को देबदाई? तँलाई आउन मिल्दैन भने आउँछु नी ट्याक्सीमा -- अरुलाई किन दु: दिने बेक्कारमा?"

 

"म आउन नमिल्ने हैन -- नै आउँछु भन्या हो बुझिनस -- तर एअरपोर्ट उता माथि उत्तरमा मेरो काम् चै यता दछिन तिर क्या अनि देबदाई त्यै एअरपोर्टैमा काम गर्ने भने नी हुन्छ दुई मिनेट लाग्छ -- हिँजो तँ आउने लिन जाने कुरा सुनाको थिएँ उनले मिले ल्याईदिम्ला भन्थे -- अहिले फोन गरे मिल्छ रे--"

 

"को देबदाई?" मैले नी चिन्छु कि भनेर सोधें।

 

"देबदाई भन्या मैले मेरो घरमा बेसमेन्टमा राख्या छु क्या -- भलादमी छन मान्छे -- त्यस्तो अप्ठ्यारो केही मान्नु पर्दैन तैले-- तँ भरे त्यै :५३ मा आईपुग्ने हैन ? " उस्ले भन्यो।  

 

मैले हो भने उस्ले चाहिएको जानकारी दिएँ।  

 

उडान भरी त्यै पुरानो स्कुल, साथिहरु, सुरेस मैले गरेका बदमासीहरु सबै सम्झिरहेँ -- सुरेसको घर बत्तिसपुतलीमा थियो -- धेरै चोटी गएको छु--तेस्को छिमेकीको साईकलको हावा फुस्कार भ्याल्टु स्याल्टु हुर्याईमात्रै के देको थेँ एक चोटी त्यो छिमेकीले  समातेर मलाई गर्दनाँ हात अर्कै ठाममा लात कस्या थ्यो। छिमेकीको छोरी राम्री बाउ दुस्ट भन्यो सुरेसेले -- अनि गर्नी के? हामी सँग दुस्ट्याईँ? भनेर मैले छिमेकीलाई पाठ सिकाईदिम भन्या आफ्नै जात्रा भै रा -- त्यो घटना सम्झेर हवाईजहाजमा एक्लै हाँस उठ्यो। केही समयको उडान पछि त्यो शहरको बिमानस्थलबाट बाहीर निस्किँदा अलमल गर्दै गर्या हाम्रा गामको जस्तो जो देखिने जो सुकै सँग पनि आँखा जुधाउँदै थें एउटाले छेउमै आएर नेपाली मै "तपाईँ दीप हो?" भनेर सोध्यो। बेस्मेन्टका दाई खाँट्टी पक्का रहेछन।

 

हो भनी सके पछि थपें "दाईलाई सित्तैमा दुख भो है -- मैले ट्याक्सीमा आउँला भन्या सुरेसले मानेन"

 

"हैन केई छैन -- यहिँ नजिकै काम गर्छु नी --दुई मिनेट पर-- " उनको आबाजमा कुनै झर्को थिएन।

 

"कति पर घर यहाँ बाट?" मैले सोधें।

 

"लाग्छ आधि घण्टा जति" उनले भनें।

 

हामी उनको मोटरमा बसेर बाटो लागिम। महाथोत्रो मोटर फेला पार्या रे छन ति दाईले काँबाट हो। हेलिकप्टर जस्तो नजिकै कराको सुनेर मैले यसो बाहिर हेर्या -- उनले "मफलर घाँटिमा बान्ने गर्या थ्यो हाम्ले , यता साईलेन्सरलाई मफलर भन्ने रेछन किन हो --हेरी त्यै मफलर भन्नेमा प्वाल पर्या भन्छ -- त्यै करा हो - के के भा जसरी कराउँछ कराउनलाई, तर पर्या चै त्यै दुई चारटा प्वाल रे- केई हुन्न -- फेर्या सय रे -- लागिराछ  भनेर फेर्या छैन। कुदने काम हो मोटरको कुदीराछ क्यारे।" उनले हाम्ले चढेकै हो गुडने हेलिकप्टर भन्ने बुझाए।

 

"अनि दाईको नाम चै के नी?" मैले सोधें।

 

"हुन दिब्यध्वज हो यता सबैले डेभ डेभ भन्छन -- सुरु सुरुमा सच्याउँथे अब मरुन भनेर छोडदिन्छु" उनले भनें।

 

उनको गाडी चलाउने शैली अलि डरलाग्दै थियो। छिन छिनमा लेन सर्थे-- बाटो खाली नै थ्यो पनि�

Read Full Discussion Thread for this article