"मैले हैन --" उस्ले अनुहारमा खुसी देखाउँदै भन्यो।...
"अनि कस्ले त?" मैले सोधें।
"बुढीले -- अरु कस्ले हुन्छ?" उस्ले दङ्ग परेर भन्यो।
उस्ले बिहे गरेको त मलाई थाह थ्यो तर श्रीमती आईसकेको चै थाह थिएन।
"कैले आ त भाउजु? अस्ति नै कुरा गर्दा त खै मिल्या छैन भन्थिस त --" मैले सोफामा ढल्किदै सोधें।
"धेरै भा छैन नी -- खै यस्तै १५ दिन जति भयो होला --" उस्ले भन्यो।
"काँ रे तेरो ससुराली? ज्ञानेश्वर कि काँ रे?" ज्ञानेश्वर नै भने जस्तो लाग्थ्यो पैला त्यै पनि सोधें।
"हो ज्ञानेस्वर हो --" उस्ले भन्यो।
"बोला न त खै दर्शन गरम् भाउजुको-- सालि त होलान नी तेरा हैन? कति जना छन?" मैले निर्धक्क सोधें।
"पख न भेट भै हाल्छ नी -- मेरो पुरानो साथि आउने भन्या थें भान्छामा ब्यस्त छे --" उस्ले भन्यो।
अघिका डेभ दाई भित्र कोठामा संगै थिए अहिले फेरी कता लागेछन कुन्नी।
यत्तिकैमा ट्रेमा कफि लिएर राम्री एक जना आईन हामि भए छेउ। उमेरको सिढीं मा सुरेस र म भन्दा अलि माथिल्लो खुडकिलोमा देखिने उनलाई देखेर मैले सोचें सुरेसले उमेरको अनुभवलाई बिशेष ग्राह्यता दिएछ क्यारे।
मैले उठेर नमस्ते गरें उनले ट्रे नै अलिकति उठाएर नमस्ते फर्काईन।
"खै त उ?" उनलाई हेरेर सुरेसले सोध्यो।
म अलिकति अलमलिएँ।
"सन्चो भएन भनेर माथि जानु भो" उनले भनीन।
डेभ दाई त्यै बेलामा आई पुगे र कफि दिनेलाई मेरी बुढी भनेर चिनाए। सुरेस माथि तिर लाग्यो। म कफी पिउँदै कोठामा यता उता हेर्दै थिएँ सुरेसको बिहेको फोटो ठुलो पारेर राखेको रहेछ। नियालेर हेरेँ -- दुलही त दिब्या नै हो। फोटो अझै नियाल्दै थिएँ सुरेस ओर्लियो एक्लै। "भाउजुको नाम चै के नी?" मैले सोधें। "दिब्या -- " उस्ले भन्यो र भन्दै गयो "थाकेर होला एक छिन ढल्किन गा रे छ माथि--- आउँछे एक छिनमा--" ***************