R B Adhikari
Replies to this thread:

More by R B Adhikari
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SEVEN PARTY OUT FROM THE COUNTRY........

[Please view other pages to see the rest of the postings. Total posts: 58]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 14403 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 04-12-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Desh lai aaja ko abasta ma puraune nai eenai hun.
Maobadi lai terorist bhanne pani enai hun.
Democracy ko nam ma desh ko dhukuti kumlaune pani eenai hun.
5 barsa ma 5 choti sarkar dhalaune ra bar bar election garauna khojne pani eenai hun.
1 choti mantri bhayepachi ...arko election ma 50-60 lakh kharcha garne neta pani eenai hun.
2046 sal pachi 30-40 haja janata marne pani eenai hun.


tesaile please think think think
 
Posted on 04-12-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ARUN TESRO HYDRO POWER JARAI DEKHI NIMAS PARNE PANI EENAI HUN (HERA AHILE DES MA ANDHARO BHAYEKO)
MELAMCHI KURLAPAI KHANE PANI EENAI HUN( HERA KTM MA PANI KO HAHAKAR HE PRABHU) KARTA NETA LE JANMA LIYECHHAN MERO DESH MA.
 
Posted on 04-12-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RB Bro tyo taa thikai ho tara.........

Dai marne pani yenai hun
Bahuju marne pani yenani hun
Bhai buhari lai rara ma lagera khasalne pani yenai hun
Desh ko dhukuti ma bidesh ghumne pani yenai hun
murti bechne pani yenai hun
hiroin ko byaapar garne pani yenai hun

Yenlai (Gyan Bahadur lai ) chai ke garne ni...........
TUDIKHEL MA RAKHERA GOLI THOKNE
 
Posted on 04-12-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SPEECH DINU PARO BHANE:
PUTIN LE BHANDA RAMRO
BUSH LE BHANDA RAMRO
BLAIR LE BHANDA PANI RAMRO
 
Posted on 04-12-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AAFAI LE AATANKAKARI BHANNE SANGA AHILE 12 BUDE SAMAJDARI RE( YO KESH MA MAOBADI DID GREAT 4 THEM SELF)

HAVE U SEEN NETA,S FACE NOW A DAYS SABAI TV LAGE JASTA BHAISAKEKA CHHAN.

SATTA MA HUNDA DESH KO DHUKUTI OVEREAT HUNE GARI KHAYEHA MOTAYEKA HARU

PAJERO PANI TA BADETHYE KYARENI.
 
Posted on 04-12-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TB lageko jasto ta yo pani chha ni yar
herdai chintit chha bichara
Sabaile murdaa banai sake yeslai

 
Posted on 04-12-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KUNAI PANI DESH BIKASH HUNA KO LAGI DEMOCRACY ATI AABASYAK CHHA TARA NEPALMA PAHILA BHAYEKO JASTO HOINA


I AM DEMOCRATE, I LOVE DEMOCRACY, MA PANI DIN MA 1 PAHAR MATRA KHAYER HURKEKO NEPALI HU,GARIB NEPALI JANATA HU.
 
Posted on 04-12-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANYBODY KNOWS K KA LAGI ANDOLAN BHAIRAHEKO CHHA DESH MA
1 PARTI SAYS; SAMSAD BIUTAUNE
2 PARTI SAYS; RAJA KO POWER ALIK KAM GARNE( NIRANKUSATA HATAUNE)
3 PARTI SATS; SARBA DALIYE SARKAR BANAUNE (NETA HARU FEFI PAHILADO SATTAMA JANE)
4 PARTI SAYS; SAMBIDHAN SHABHA GARAUNE (K KA LAGI)
5 PARTI SAYS; PURNA PARJATANTRA KO BAHAI GARNE
6 PARTI SAYS;MAOBADI SANGAKO 12 BUDE SAMAJDARI ALIK THIK HOINA( MOUKA MILE RAJA KAI SARKAR MA JANE)
7KAHILE RAJA THIK KAHIKE BETHIK BHANNE PARTI 10 CHOTI FUTNE RA JUTNE

AANDOLAN K KA LAGI THERE IS DIFFERENT VIEW ( WHO IS COMMANDER WHERE IS TETAS HAVE U SEEN ANY TETAS IN THE PROTEST?)
 
Posted on 04-12-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाही सत्ताको आयु अब महिनादिनमात्रै
कुसुम भट्टराई, ३० चैत २०६२, काठमाडौं

"एक महिनाभित्र शाही सत्ता ढल्छ," शाही नेपाली सेनाका पूर्वसहायक रथी दिप्तप्रकाश शाह भन्छन्। "यसलाई राजा/नेता कसैले रोक्न सक्दैन। आन्दोलनको मैदानबाटै नयाँ नेतृत्व तयार भइसकेको छ।"

नेपालमा निरंकुश राजतन्त्रको अन्तिम प्रतिनिधिको रुपमा इतिहासमा नाम लेखाउने सौभाग्य पाएको छ, वर्तमान शाही सत्ताले। तर पनि उसको आयुलाई केही दिन अरू लम्ब्याउन यतिखेर शासकहरूले झुठ, चुट, फुट र लुटको लाचार रणनीति अपनाइरहेका छन्। यस्ता रणनीति हाल चिहानमा परिणत भइसकेका विश्वका प्रायः सबै निरंकुश शासकहरूले आफ्ना अन्तिम दिनहरूमा अपनाएका थिए।

सरकारका प्रवक्ता श्रीष राणाले २३ चैतमा सर्लाहीमा भएको माओवादी आक्रमण, दर्जनौं नेपालीको मृत्यु, सेनाको एमआई-१७ हेलिकोप्टर ध्वस्त र प्रजिअसहित दर्जनौंको अपहरणको घटनालाई "सामान्य" बताए। आफ्नो मुखबाट निस्किएको यस्तो सफेद झुठलाई शायद राणाको अन्तरमनले समेत पत्याएन। तर टीठलाग्दो पक्ष के हो भने जनआन्दोलन उत्कर्षमा पुगेको बेला राजाको प्रत्यक्ष शासनको औचित्य सावित गर्न वा यसको आयु केही दिन अरू लम्ब्याउन झुठको खेती गर्नुबाहेक शासकहरूसँग अर्को उपाय छैन।

गृहमन्त्री कमल थापा हरेक दिन नेपाल टेलिभिजनमा झुठका नयाँ-नयाँ "तुक्का" लिएर प्रस्तुत हुने गर्छन्। सात दलको शान्तिपूर्ण संर्घषमा "माओवादी घुसपैठ" को पुष्टि गर्न उनले अनेक असफल प्रयत्न गरिरहेका छन्। थापा "झुठ कल्पना" मा माहिर छन्। कल्पनाशीलताले भरिपूर्ण कविलाई कुनै नयाँ कविता फुरेझैं २७ चैतमा उनलाई अर्को झुठ फुर्‍यो। उनले सात दलको शान्तिपूर्ण जुलुसबाट बन्दुक प्रहार गरिएको र त्यसको गोलीसमेत बरामद गरिएको दाबी गरे। तर त्यसको ठीक भोलिपल्ट सात दलको शान्तिपूर्ण कार्यक्रममा उल्टै सेनाको घुसपैठ भएको समाचार आयो। सेनाको घुसपैठको पुष्टि सात दलले होइन, संसारले विश्वास गर्ने संस्था संयुक्त राष्ट्रसंघले गरेको छ। २८ चैतमा बाँकेको कोहलपुर बजारमा सात दलले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेका सादा पोशाकका सैनिकहरूलाई त्यहाँस्थित संयुक्त राष्ट्र संघ मानवअधिकार प्रमुख एनडुग्रेगरको टोलीले ग्रिनेटसहित फेला पारेपछि गृहमन्त्री थापाको झुठको घैंटो फुटेको छ। नेपालगञ्जमा भएको सैन्य घुसपैठका कारण अब अन्यत्र साँच्चिकै माओवादी घुसपैठ भएछ भने पनि जनताले त्यसलाई सरकारकै षड्यन्त्र ठान्नुपर्ने परिस्थिति उत्पन्न भएको छ।

शाही सत्ता टिकाउन दमन जरुरी छ। दमन चर्काउन शान्तिपूर्ण आन्दोलनलाई आतंककारी गतिविधि सावित गर्नु आवश्यक छ र यसका लागि झुठ अति आवश्यक तत्व हो। नेपाली जनता राणाकालमा झैं अनपढ र गवाँर हुन्थे भने मन्त्रीहरूले "राजाले प्रत्यक्ष शासन हातमा लिएपछि शान्ति-सुरक्षाको अवस्थामा सुधार आएको, भ्रष्टाचार घटेको, मान्छे मर्ने क्रम रोकिएको, जनताले राहत पाएको, उपभोग्य वस्तुको भाउ सस्तो भएको, देशको राष्ट्रिय अखण्डता जोगाउन पोखरामा भीमसेन दाहाल र चितवनमा तुलसा क्षेत्रीको हत्या गरिएको" जस्ता झुठहरूको खेती गर्न पनि बेर लाउँदैन थिए। तर यी झुठहरू जनताले पत्याउने पटक्कै संभावना नभएकाले सरकारले झुठको अर्कै शैली अपनाएको हो। अर्थात् यस्तो झुठ, जसलाई अरूको के कुरा, झुठ बोल्नेले समेत पत्याउँदैन।

शाही सत्ता टिकाउने लाचार प्रयत्नअनतर्गत यतिबेला "चुट अभियान" पनि तिब्र बनाइएको छ। २६ चैतको कुरो हो। राजधानीको बुद्धनगरमा अधिवक्ता रामचन्द्र अर्यालमाथि उनको घरमै पसेर सशस्त्र प्रहरीले निर्मम कुटपिट गरे। पर्खाल चढेर कम्पाउण्डमा पसेका प्रहरीहरू ढोका फोरेर घरभित्र पसेका थिए। जनताको करबाट तलब र जनताकै सुरक्षाको शपथ खाएका बहादुर तर बलिया-बांगा सुरक्षा जवानहरूले सोही दिन कपनको सरस्वतीनगरमा राकेश घतान, अमृत श्रेष्ठसहित एक दर्जन सर्वसाधारणलाई उनीहरूको घरमै पसेर कुटे। सुरक्षाकर्मीले कुटदा ती सर्वसाधारण घरमा चिया खाइरहेका थिए। बालाजु माछापोखरीमा आफ्नो ट्याक्सी सफा गरिरहेका साइँला तामाङलाई पनि बिनाकारण कुटियो र भ्यानमा हालेर लगियो। सोही दिन घट्टेकुलोको लालीगुराँस मार्गस्थित एक घरमा पसेर भाडामा बस्ने रञ्जन भण्डारी, अञ्जन भण्डारी, निरञ्जन भण्डारी र रोशन ओलीमाथि सशस्त्रका जवानहरूले निर्मम कुटपिट गरे। बन्दुकका कुन्दाले प्रहरीहरूले आफ्नो "सभ्य भाषा" प्रयोग गर्दै उनीहरूलाई कुटेका थिए। यसरी घरभित्रै पसेर सर्वसाधारणलाई कुट्ने क्रम तीव्र पारिएको छ। यतिले पुगेन, २८ चैतमा प्रहरीहरू त्रिवि शिक्षण अस्पतालको छात्रावासमा प्रवेश गरेर विद्यार्थीहरूलाई निर्ममतापूर्व कुटेर नौजना विद्यार्थीलाई सख्त घाइते पारे, जसमा सन्तोषकुमार ढुंगाना, खिमनारायण पोखरेल र शंकर अवस्थीको अवस्था गम्भीर रहेको छ।

यतिमात्र होइन, मोरङमा तस्बिर खिच्दै गरेका पत्रकार सुवास कार्की, विराटगरका विद्यार्थी मुकेश बुढाथोकी, पोखराका अपांगसहित २० सर्वसाधारण, विजय एफएमका स्टेसन म्यानेजर हरि सापकोटा, काठमाडौं गोंगबुका एक ९ वर्षीय बालक र एक भट्टीपसल्नी, पत्रकार महासंघका केन्द्रीय सचिव बलराम बानियाँदेखि महासंघकै बागलुङ शाखाका सचिव हरिनारायण गौतम, पत्रकारहरू तेजप्रकाश पण्डित, गोपाल खनाल, अखिलेश त्रिपाठीलगायत मुलुकका हजारौं नागरिक शाही सत्ताको "चुट रणनीति" को सिकार भएका छन्।

घर-घरमै पसेर कुट्ने काम जारी रहेको छ। दैलेखमा २८ चैतमा प्रहरीको कुटाइबाट ६ बालक घाइते भए। सोही दिन बाँकेको महेन्द्र बहुमुखी क्याम्पसको छात्रावासमा पसेर सेनाले विद्यार्थीमाथि कुटपिट गरे। पोखरामा एक जापानी नागरिकले समेत सुरक्षाकर्मीको कुटाइ खाएपछि नेपाल आएका पर्यटकसमेत लोकतन्त्रका लागि संर्घषमा होमिएका छन्। लोकतन्त्र नल्याएसम्म नेपालमा "चुटतन्त्र" जारी रहने ठहर सो दिन मैनबत्ती जुलुस निकाल्ने पर्यटकको थियो। उता सुरक्षाकर्मीको कुटाइबाट कोरियाली फोटो पत्रकार ली रेयुखेलसमेत घाइते भइन्। यसबाट शाही सत्ताको "चुटनीति" संसारभर फैलिएको छ। सुरक्षाकर्मीले हिजो २९ चैत्रमा पनि कुटपिट अभियान जारी राखे। बालाजुमा आफताव नाम गरेका एक १४ वर्षीय बालकलाई समेत निर्घात कुटियो। विराटनगरमा क्रिकेट खेलको अभ्यास गरिरहेका खेलाडी कुटिए।

"झुट" र "चुट" का साथै अन्तिम दिनहरू गनिरहेको शाही सत्तालेले "लुट" र "फुट" को नीति पनि अंगालिरहेको छ। मुलुकको राष्ट्रिय ढुकुटीमा अपारदर्शी ढंगले लुट कायमै छ। आन्दोलन दबाउने नाममा गृहमन्त्रीले करोडौं रुपैयाँ निकासा गराएका छन्। दैनिक ५ लाख रुपैयाँ त सुराकी खर्चका नाममा उनले जथाभावी खर्च गरिरहेका छन्। राजाले प्रत्यक्ष शासन हातमा लिएपछि अपारदर्शी ढंगले ५० अर्बभन्दा बढी रकम हिनामिना गरिएको तथ्य सप्रमाण यसभन्दा अगाडि नै बाहिर आइ सकेको छ। कसले कुन प्रयोजनका लागि कति पैसा राष्ट्रको ढुकुटीबाट खर्च गरिरहेको छ भन्ने कुराको कुनै हिसाबकिताब छैन। "हुकुम" का भरमा मण्डलेहरूलाई पैसा बाँड्ने काम भइरहेको छ।

Contd...........
 
Posted on 04-12-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालैमात्र सञ्चार राज्यमन्त्री श्रीशशम्शेर राणाले "सुराकी पत्रकार" देवेन्द्र गौतम, गैरपत्रकार रामहरि चौलागाईं र रिपोर्टर्स क्लब नामको पसल थापेर बसेका ऋषि धमला लगायतका "राजा र राजमुकुटप्रति प्रतिबद्ध" पत्रकारहरूलाई जनही ४-४ लाख रुपैयाँ बाँडेका छन्। राज्यकोषको यस्तो दुरुपयोगको सर्वत्र विरोध भइरहेको छ। मुलुकमा लोकतन्त्र स्थापना नभएसम्म यस्तो "लुटतन्त्र" कायम हुने देखेर राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् र ढुकुटी बन्द भएको छ। तर शाही नेपाली सेना र प्रहरीहरूलाई तलब खुवाउन माथिल्लो स्तरका कर्मचारी आफैँ गएर ढुकुटी खोल्ने गरेको टीठलाग्दो दृश्य देखिन थालेको छ।

"फुटनीति" चाहिं निरंकुश सत्ताको पुरानो शैली हो। अरू कुनै उपाय काम नलागेपछि आन्दोलनकारी शक्तिमा फुट ल्याएर उनीहरूलाई कमजोर बनाउने शैली पुरानै हो। तर अब यस्तो शैली कामै नलाग्ने भएको छ। तापनि शाही सत्ताले "फुटनीति" लाई छाडेको छैन र आन्दोलन चरम उत्कर्षमा पुगेको बेलामा पनि "गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच विवाद चर्किएको, कोइरालाले राजासँग भित्रभित्र वार्ता गरिरहेको, दरबार संसद् पुनर्स्थापनामा लागेको, माओवादीले सात दलको आन्दोलन बिथोल्ने कोसिस गरिरहेको" जस्ता हल्लाहरू चलाइरहेको छ। यस्ता हल्लाहरू सात दलभित्रैका "घुसपैठिया" हरूले चलाइरहेका छन्।

तर यस्ता हल्ला चलाएर सात दल र माओवादीबीच फुट, अविश्वास र शंका उत्पन्न गराउन खोज्नेहरूले के बुझ्नु जरुरी छ भने जनता सडकमा आइसकेका छन्। अब कोइराला, प्रचण्ड, महरा वा बोहराले बीचमा कुनै सम्झौता गर्दैमा जनताले मान्नेवाला छैनन्। गगन थापा, खिमलाल भट्टराई र किशोरसिंह राठौर जस्ता सशक्त युवा नेता तथा कार्यकर्ताहरूलाई छातिमा गोलि थाप्न सडकतिर पठाएर कोठामा रसरमाइलो गर्दै बस्ने पेशाधारी ठालू नेताहरूले भन्दैमा आन्दोलनको उभार थामिनेवाला छैन। चिकित्सक, कर्मचारी, वकिल, पत्रकार र सम्पूर्ण पेशाकर्मीहरू नेताहरूको मुख हेरेर आन्दोलनमा उत्रिएका पटक्कै होइनन्। परिवर्तन २ करोड ५० लाख नेपाली जनतालाई चाहिएको हो। त्यसैले खड्ग ओलीको बोली र कमल थापाको गोलीले आन्दोलनको ज्वारलाई रौं पनि हल्लाउने छैन।

हो, कुनै पनि सत्ताले जब झुठ, लुट, चुट र फुटको सहारा लिन थाल्छ, तब ठान्नुपर्छ, त्यो सत्ता चाँडै नै ढल्दैछ। सत्तामा बस्ने नैतिक, चारित्रिक, सहज र स्वीकृत आधार नभएको शाही सत्ताले पनि यही चार कुराको सहारा लिइरहेको छ। त्यसैले शाही नेपाली सेनाका पूर्वसहायक रथी शाहको ठहर छ, "वर्तमान सत्ताको आयु अब धेरै छैन।"

सेनामा लामो अनुभव हासिल गरेका शाहको भनाइमा वर्तमान सत्ता अब चाँडै ढल्दैछ र मुलुक नयाँ संविधान निर्माणको चरणमा प्रवेश गर्दैछ। "वर्तमान सत्ताको आयु अब घटीमा १५ दिन र बढीमा एक महिना मात्र छ। एक महिनाभित्र मुलुक नयाँ संविधान निर्माणको चरणमा प्रवेश गर्ने छ।"

लेखक देशान्तर साप्ताहिकका सहसम्पादक हुन्। सौजन्यः घटना र विचार।
 
Posted on 04-12-06 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I KNOW WE DON,T NEED THIS GOVERNMENT.

ARKO 7 PARTI KO GOVERNMENT AAYERA PANI K GARNE HOTA.

GYANENDRA SARKAR KO THAU MA ARKO ABC AAYE PANI USLE K GARNE HOTA

YESARI JANATA KO RAGAT BAGAI RAHANE.
 
Posted on 04-12-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

7 PARTIS RA MAOBADI KASARI MILCHAN PACHI HAVE U EMAGINE?
 
Posted on 04-12-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WE NEED NEW DEMOCRACY NEW LEADER
JASLE DESH RA JANATA KO LADI MATRA SATTA KO SADUPAYOG GAROS
 
Posted on 04-12-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jsari yemaale ra other parties mileka chan,
tesari nai maobadi pani milne cha..
 
Posted on 04-12-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

R B tero aamalai Ki ta Gabbar Singhle marchha ki ta Mogambole bhanne thaha pais bhane...ke ta chup lagera baschhas?
 
Posted on 04-12-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RB Adhikari, don't worry. 7-party leaders will be kicked out in a long run, probably in 5 years, which is only possible when we kick Gyane out. so, let's do that first.

down with: Gyane
down with: Girija, Makune, Oli, and sabai daka haru
down with: maos
Up with: Nepal and Nepali Janta!
 
Posted on 04-12-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......................
 
Posted on 04-12-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...................
 
Posted on 04-12-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....................................
 
Posted on 04-12-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

................................................
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters