[Show all top banners]

Houston
Replies to this thread:

More by Houston
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gyandure: Kanak Dixit
[VIEWED 4831 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै बेला थियो, नीतिगत हिसाबले कानूनी राज र संवैधानिक परिधि बाहिर बस्न चाहने तथा बन्दुकको आडमा सत्ता जित्न खोज्ने अराजक शक्तिलाई हामी माओवादी भनेर चिन्दथ्यौँ । आज आएर सरकारको अध्यक्षता ग्रहण गर्ने व्यक्तिलाई नै त्यो संज्ञा दिनुपर्ने भएको छ । सद्दे मुलुकलाई भत्काएको आरोप माओवादीलाई लाग्दथ्यो भने आज त्यो भत्किएको मुलुकलाई ध्वस्त पारेको आरोप सत्ता प्रमुख, अध्यक्ष ज्ञानेन्द्रमाथि लगाउन मिल्ने भएको छ । नेपाली राजसंस्था खत्तम पार्न लागेका माओवादी नै थिए भने १०-१० वर्षा व्रि्रोहीले गर्न नसकेको राजसंस्थाको इमान र मर्यादाको गिरावट अध्यक्ष राजा स्वयंबाट हुनगएको छ । यतिसम्म कि राजालाई नै राजसंस्थाप्रति भरोसा नभएको सङ्केत देखिन थालेको छ । नत्र किन यत्रो उपद्र ?


अध्यक्ष ज्ञानेन्द्रबाट जनताको प्रस्ट अपहेलना मात्र भइरहेको छैन, त्यस्तो अपहेलना गरेको देखाउने तत्परता पनि देखाइएको छ । माडीमा माओवादी र नगरकोटमा सैनिकद्वारा नरसंहारका भयावह घटना हुँदा पनि सरकारप्रमुख न माडी गए न नगरकोट, मौन रहे, मानौँ यो कोही अरूकै समस्या थियो । एकातर्फशाही खान्दानको गाम्भर्ीय दूरी, हातमा भने प्रधानमन्त्रीको पद जसअर्न्तर्गत सरकारप्रमुख जुझारु भई लाग्नुपर्ने थियो । तर सत्ताप्रमुख लाग्दैनन् । जनताको ढुकुटीबाट एकाएक पच्चीसौँ करोड निकालेर शाही नेपाल वायुसेवाको दर्ुलभ हवाईजहाज तीन-तीन हप्ता खुलेयाम निर्रथक अप्रिmका दौडमा लग्ने नाङ्गो कार्य गरेर अध्यक्ष ज्ञानेन्द्रले जनतालाई "हेर मैले जे पनि गर्न सक्छु" भन्ने सन्देश दिन खोजेको देखियो । यस्ता उदाहरण अब त कति छन् कति, कुनै इतिहासकारले रुजु गर्ला ।

उत्तरदायित्वबोध, पारदर्शिता र सुशासनको कुरा गर्ने हो भने त्यो अप्रिmका यात्राको आवश्यकता तथा खर्च विवरण नारायणहिटीले जनतासामु बुझाउनुपर्ने हो - त्यो भ्रमण सम्बन्धमा अख्तियारको आँखा लाग्नुपर्ने कि नपर्ने - देश यस्तो दुःखदायी मोडमा छँदा अप्रिmका केका लागि गएको र के हासिल भयो - के नेपाल १७ औँ शताब्दीमा रहेको रैतीको देश हो, जहाँ आधुनिक सभ्यताका मापदण्डहरू लागू हुँदैनन् - अध्यक्ष ज्ञानेन्द्रको सोच त त्यस्तै होला । तर नेपाली जनता भने २१ औँ शताब्दीमा नै उभिएका छन्, र तिनले शान्तिपर्ूण्ा आन्दोलनद्वारा लोकतन्त्रको पर्ुनर्वहाली गराइछाड्ने छन् ।

कहिले देश र कहिले विदेश गर्दै हप्तौँसम्म राजकाजबाट टाढा बस्न चाहने अध्यक्षको सबैसँग दूरी बढेको छ, भरपर्दा मित्र कोही छैनन् । तैपनि किन यो हठ, एक्लै हिँड्ने यो रहर - के मध्ययुगीन पाराले अधिनायकवादी सत्ता चलाउन सकिन्छ भन्ने भ्रम अझै छ अध्यक्ष ज्ञानेन्द्रमा - या नेपालमा, संयमित, मर्यादित राजसंस्था टिक्न सक्छ भन्ने विश्वास नभएर आफ्नो पाराले चलाउन नसके बरु छोडेर जान्छु भन्ने मनसाय छ - बुझनै गाह्रो छ- दर्ुइ शताब्दीभन्दा पुरानो राजसंस्थालाई किन यसरी अन्तिम अवस्थामा पुर्‍याएको - अध्यक्ष ज्ञानेन्द्रलाई के थाहा छ जुन हामीलाई थाहा छैन ?

व्यक्तिविशेषको विचार बुझन गाह्रो हुन्छ । बाहिरबाट हर्ेर्नेले यति मात्र भन्न सक्छ, अब नेपालको राजसंस्था बचाउन कठिन छ । नागरिकहरू टाढिइसके । क्षेत्रीय भ्रमणमा निमुखा जनताले हातमा हालिदिएका बोटबिरुवाका अङ्गले र्समर्थन जनाउँदैनन् । संवैधानिक राजतन्त्रको जग बसिसकेका युरोपेली र अन्य देशहरूमा कुनै एक राजा मात्तिए पनि संस्था वरिपरिको संस्कारले उनलाई बाँध्दछ । तर २०४६ सालपश्चात्को नयाँ व्यवस्थामा राजकीय हुकुमीशासन चलाउन भनेर जसरी अध्यक्ष ज्ञानेन्द्र अगाडि सरे, त्यसपछि सम्झौताको बाटो नै देखिन छाडेको छ । संसदीय प्रणाली समक्ष पर्ूण्ा आत्मर्समर्पण नगरेको खण्डमा राजसंस्थाको केही अंश बचाउन पनि गाह्रो हुने देखिन्छ ।

'जनता मोटा भया दरबार बलियो हुन्छ' भन्ने पृथ्वीनारायणको उपदेश र्सवसाधारणका बच्चालाई स्कूलमा पढाइन्छ । तर यता देश सञ्चालन गर्ने शाही व्यक्तित्व भने तिनै जनतालाई आतङ्कति बनाएर अर्थतन्त्र सङ्कटमा पारेर, राष्ट्रिय सम्भावनालाई दबाएर आफूले राज गर्न पाए सन्तुष्ट हुने देखिँदैछन् । जनताको पेट सुकेर के भो र, र्सवसाधारणको पर्वाह नै नगरी बर्माका जनरलहरू जस्तो आफू र आफ्ना आसेपासेहरूको फाइदाको लागि राज गर्न पाए पुगिहाल्यो- जति समय पेलेर लग्न सकिएला त्यही काफी ।


राजतन्त्रको अवसानै हुँदा पनि आज देश टुक्रिने अथवा माओवादीको जित हुने सम्भावना कतै देखा पर्दैन । जित जनताको र हिंसामा विश्वास नराख्ने राजनीतिक पार्टर्ीीे हुने कुरामा द्विविधा छैन । त्यस्तो जितमा सहभागी हुन माओवादीले पनि हिंसा चाहिँ त्याग्नुपर्ने हुन्छ । बहुदलीय प्रणाली अँगाल्ने माओवादीको स्वीकारोक्तिले उनीहरूको नेतृत्वको नयाँ बाटो लिने अठोट प्रस्ट पारिसकेको छ । हो, उनीहरूको हातको बन्दुक अझै यथावत् छ । तर त्यो बन्दुकसँग यसअघि 'जनयुद्ध' को केही सैद्धान्तिक पक्ष गाँसिएको थियो भने अब त त्यो बन्दुक मात्र शक्तिको नाङ्गो यन्त्र बन्न पुगेको छ । माओवादीको हिंसा गर्ने क्षमता अझै होला तर सैद्धान्तिक तवरमा उनीहरूको हार भइसक्यो । तर यसको लागि अहिलेको काठमाडौँको सत्ताले श्रेय नलिए हुन्छ । त्यो किनभने, वर्तमान सत्ता निम्न दर्ुइमध्ये कुनै एउटा बाटोको खोजीमा रहेको भान हुन्छ- या त युद्धलाई निरन्तरता दिने आफ्नो पञ्जा अझै फिँजाउने, या व्रि्रोहीसँग गोप्य रूपमा शक्ति बाँडफाँड गरेर जनता र दलहरूलाई गलहत्याउने । दुवै मनसाय पूरा नहोस् ।

बाँकी रहृयो, आउँदा केही महिनाको सम्भाव्य त्रासदीपर्ूण्ा अवधि कटाउने कुरा । जसले जनतालाई आउने दिनमा डर र त्रासबाट बचाउँछन् उनीहरू नै देशलाई भविष्यतर्फलम्काउने व्यक्तित्व हुनेछन् । नागरिकलाई शान्ति तथा लोकतन्त्र एकसाथ चाहिएको छ र यस्तो पर्ुनर्बहालीको लागि 'अध्यक्ष' ज्ञानेन्द्रको पराजय एउटा जरुरी खाँचो बनेको छ । राजनीतिक पार्टर्ीी अध्यक्ष राजाको अशुभ योजना भण्डाफोर गर्न लागेका शान्तिपर्ूण्ा जुलुस र सभाको गडगडाहट पर्ूवाञ्चलको कुनाकन्दरासम्म पुगोस् । कान थुन्दा पनि सुनिने होस् ।
 
Posted on 01-21-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-21-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have lot of respect to Kanank however he is closely related to Girija there are times when I feel that Girija is speaking in Kanak's tone.
-Shiv
 
Posted on 01-21-06 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उम्मेदवार खोज्न मनोनीतहरू गाउँ-गाउँ
डीआर पन्त

डडेल्धुरा, माघ ८ - नगर निर्वाचनमा उठ्न कुनै व्यक्ति तयार नभएपछि जिविस सभापति, उपसभापति र सदस्यहरू सुरक्षाकर्मी लिएर उम्मेदवार खोज्न गाउँ-गाउँ गएका छन् ।
चार दिन डुल्दा पनि उम्मेदवार नभेटेपछि यहाँको नगर निर्वाचन निर्विरोध हुने सम्भावना बढेको छ । 'कति भौंतारियौं, कुनै पनि व्यक्ति उम्मेदवार हुन चाहँदैनन्,' त्यही दौडाहाका एक सदस्य भन्छन्- 'नगर प्रमुखबाहेक कुनै पनि पदमा उठ्ने कोही भेटिएका छैनन् ।'

बरु उम्मेदवार हुने चाहना राखेका केही व्यक्तिले निर्वाचनमा भागै नलिने विज्ञप्ति जारी गर्न थालेका छन् । अमरगढी नगरपालिका उपमेयरमा लड्ने घोषणा गरेका प्रकाश जैरुले अब उम्मेदवारी नदिने पत्रकारहरूलाई बताए ।

चर्चामा रहेका उम्मेदवारहरू तप्तबहादुर खडायत, दानसिंह निदाल र गोविन्दराज पन्त पनि हाल आएर मौन भएपछि स्थानीय प्रशासनको निर्देशनमा मनोनीतहरू उम्मेदवारको खोजीमा निस्किएका हुन् ।

उम्मेदवार नपाइएपछि प्रशासनले विगतमा मनोनीत वडा अध्यक्षहरूलाई नै जबर्जस्ती उम्मेदवारी दिन लगाउने प्रयास गरिरहेको एक पूर्ववडा अध्यक्षले कान्तिपुरलाई बताए ।

'माओवादीले मार्ने धम्की दिएका कारण मात्र होइन सामाजिक बहिष्कारको डरले पनि हामी उम्मेदवारी दिन चाहँदैनौं,' एक पूर्वमनोनीत वृद्ध भन्छन्- 'निर्वाचनको कुनै अर्थ पनि देखिँदैन ।' तर पनि मनोनीतहरू जिविसबाट दैनिक भ्रमणभत्ता लिएर गाउँ चहारिरहेकै छन् ।
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=63320
 
Posted on 01-22-06 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Be aware of with Kanak, He has lost his mind, Just tries to save his RatoBangala School which is run by his wife and Girija promised to him for FM post ..
 
Posted on 01-22-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh, Yeah, I know Kanak very closely, he is totally changed after having close meeting with Girija, 6 monhts ago.. He is very keen to became a future FM of Nepal simply a Girijas chamcha, and creating rumors against Royal Regime..
 
Posted on 01-22-06 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you HOUSTON for bringing Kanak Dixit thought to Sajha community. I don't know who kanak dixit is but his thoughts depict the reality. Nepal dont want "ADAKSHYA" Gyan kumar and his "SANDHE" son, paras.
 
Posted on 01-22-06 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We need more people like Kanak who can think and analyze clearly and also articulate that fearlessly.
Way to go!!!
 
Posted on 01-22-06 5:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kanak is one of a kind.

The reason he gets attacked anonymously is that:

a) he takes risks,
b) speaks up his mind,
c) is not afraid to challenge the status quo,
d) has spent the last 20 years furthering the cause of Nepali democracy, development and freedom of speech in and out of Nepal.
e) and he is surely the most globally influential Nepali journalist working in Nepal today [When CNN and BBC and the New York Times need Nepal-related analyses, the first person they call is usually Kanak. Often he tells them who to contact for specific input.]

Kanak is, to borrow the words of Malcolm Gladwell of "Tipping Point" fame, a uber-connector of ideas and people.

And I might add: Though I have had my own idea-level disagreements with him on certain issues here and there over the years, I have always found him to be
someone who plays straight, with a great sense of humor.

Kanak could have been just another professional playing golf at Gokarna, sipping sherry with foreign envoys, and back-slapping with businessmen at the Rox bar. But he takes the difficult path of raising pertinent issues, making Nepal see itself as a part of South Asia and championing lonely and unpopular positions.

No wonder there are people who hate his guts.

Way to go!!

oohi
"if you have no enemy in Nepal and among Nepali community, then, you, my friend, have not done anything worthwhile."
ashu
 
Posted on 01-22-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great! Why not to publicise this article as much as we can?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Are you ready to know the truth?
Does the 180 day auto extension apply for TPS?
lost $3500 on penny stocks !!!
Another Song Playing In My Mind
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters