Posted by: Ok January 21, 2006
Gyandure: Kanak Dixit
Login in to Rate this Post:     0       ?        
उम्मेदवार खोज्न मनोनीतहरू गाउँ-गाउँ डीआर पन्त डडेल्धुरा, माघ ८ - नगर निर्वाचनमा उठ्न कुनै व्यक्ति तयार नभएपछि जिविस सभापति, उपसभापति र सदस्यहरू सुरक्षाकर्मी लिएर उम्मेदवार खोज्न गाउँ-गाउँ गएका छन् । चार दिन डुल्दा पनि उम्मेदवार नभेटेपछि यहाँको नगर निर्वाचन निर्विरोध हुने सम्भावना बढेको छ । 'कति भौंतारियौं, कुनै पनि व्यक्ति उम्मेदवार हुन चाहँदैनन्,' त्यही दौडाहाका एक सदस्य भन्छन्- 'नगर प्रमुखबाहेक कुनै पनि पदमा उठ्ने कोही भेटिएका छैनन् ।' बरु उम्मेदवार हुने चाहना राखेका केही व्यक्तिले निर्वाचनमा भागै नलिने विज्ञप्ति जारी गर्न थालेका छन् । अमरगढी नगरपालिका उपमेयरमा लड्ने घोषणा गरेका प्रकाश जैरुले अब उम्मेदवारी नदिने पत्रकारहरूलाई बताए । चर्चामा रहेका उम्मेदवारहरू तप्तबहादुर खडायत, दानसिंह निदाल र गोविन्दराज पन्त पनि हाल आएर मौन भएपछि स्थानीय प्रशासनको निर्देशनमा मनोनीतहरू उम्मेदवारको खोजीमा निस्किएका हुन् । उम्मेदवार नपाइएपछि प्रशासनले विगतमा मनोनीत वडा अध्यक्षहरूलाई नै जबर्जस्ती उम्मेदवारी दिन लगाउने प्रयास गरिरहेको एक पूर्ववडा अध्यक्षले कान्तिपुरलाई बताए । 'माओवादीले मार्ने धम्की दिएका कारण मात्र होइन सामाजिक बहिष्कारको डरले पनि हामी उम्मेदवारी दिन चाहँदैनौं,' एक पूर्वमनोनीत वृद्ध भन्छन्- 'निर्वाचनको कुनै अर्थ पनि देखिँदैन ।' तर पनि मनोनीतहरू जिविसबाट दैनिक भ्रमणभत्ता लिएर गाउँ चहारिरहेकै छन् । http://www.kantipuronline.com/kolnepalinews.php?&nid=63320
Read Full Discussion Thread for this article