Posted by: ktmpost February 7, 2018
फेक न्यूजपछि अब फेक पोर्न
Login in to Rate this Post:     0       ?        

नताली पोर्टम्यानको यो नक्कली तस्वीर उनका धेरै तस्वीरहरुको प्रयोगबाट कम्प्युटरमा बनाइएको हो ।

२३ माघ, काठमाडौं । ‘फेक न्यूज’को बारेमा त तपाईंले थाहा पाउनु भएकै छ । अब ‘फेक पोर्न’को पनि विगविगी भएको छ ।

हालैका हप्तामा ‘डिपफेक्स’को  धेरै घटनाहरु सार्वजनिक भएका छन् । त्यसमा कुनै अभिनेत्रीको अनुहार अरु कसैको शरीरमा जोडिदिएर पोर्न भिडियो बनाउने गरिएको छ ।

यसप्रकारको भिडियो बनाउन झन् सजिलो भएको छ । मानिसहरुको यौन कल्पना पूरा गर्नका लागि यस प्रकारका भिडियोहरु बन्दै आएका छन् । यसले गम्भीर परिणाम पनि आउनसक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारलाई जोडेर कयौं भिडियोहरु बनाइएको छ । यसलाई स्पूफ भनिन्छ । तर यसलाई कुनै खास उद्देश्यका लागि प्रचारमा प्रयोग गर्दा त्यसले पार्न सक्ने प्रभावको कल्पना गर्न सकिन्छ । संस्था र कम्पनीहरु यसबारेमा जागरुक भएका छैनन् । जुन वेबसाइटमा यस्ता सामाग्रीहरु आइरहेका छन् त्यसलाई हेर्न त हेर्छन् तर धेरैलाई के गर्ने भनेर थाहा छैन ।

डीपफेक प्रविधिबाट बनाइएको एक भिडियोमा डोनाल्ड ट्रम्पलाई खलनायकको रुपमा प्रस्तुत गरिएको छ ।

कसरी बन्छन् डिपफेक्स ?

यसबाट चर्चित अनुहारहरु अचानक सेक्स टेपमा देखिन थालेपछि यसमा उत्सुकता पनि छ । यस्ता भिडियो बनाउन प्रयोग हुने सफ्टवेयर डिजाइनरका अनुसार सफ्टवेयर सार्वजनिक हुनासाथ एक महिनाको अन्तरमा एक लाख भन्दा धेरैपटक डाउनलोड भइसकेको छ ।

सेक्सुअल भिडियोबाट छेडछाड गर्ने काम एक शताव्दीदेखि भइरहेको छ । त्यतिबेला यस्तो बनाउन निकै मुश्किल हुन्थ्यो ।

अब यो एडिटिङ केबल तीन स्टेपमा पूरा हुन्छ । कुनै व्यक्तिको फोटो संकलन गर्‍यो, एक पोर्न भिडियो रोज्यो र एकछिन पर्खियो । बाँकी सबै काम कम्प्युटरले गरिदन्छ । तर एउटा सानो क्लिपको लागि ४० घण्टासम्म समय लाग्छ ।

धेरै लोकप्रिय डिपफेक्स अधिकांश हस्तिहरुका छन् । तर यो जोसुकैको लागि पनि प्रयोग गर्न सकिन्छ, धेरैभन्दा धेरै क्लियर तस्वीर उपलब्ध भयो भने । यो पनि अप्ठेरो रहेन अब । किनकी मानिसहरुले सामाजिक सञ्जालमा आफ्ना धेरै सेल्फी फोटाहरु राख्दछन् ।

यो प्रविधिले विश्वभर धेरै व्यक्तिको ध्यान खिचिरहेको छ । हालै दक्षिण कोरियामा इन्टरनेटमा ‘डीपफेक’को खोजी बढिरहेको छ ।

सेलेब्रिटीका अनुहार प्रयोग

डिपफेकका लागि कुनै हस्तिहरुका अनुहार बढी प्रयोग गरिएको छ । हलिउड अभिनेत्री एमा वाटसनको डिपफेक धेरै नै प्रयोग भएको छ ।

उनी बाहेक मिसेल ओबामा, इवान्का ट्रम्प र केट मिडलटनको पनि डिपफेक बनाइएको छ ।

वन्डर उमनकी अभिनेत्री गेल गेडोटको अनुहारको प्रयोग पनि डिपफेक भिडियोमा गरिएको छ ।

वन्डर वुमनको भूमिकामा निभाएकी गेल गेडोटको डिपफेक यस प्रविधिको असरबारे जानकारी दिने पहिलो डिपफेकमध्येको एक थियो ।

यस प्रकारका सामाग्रीलाई शेयर गर्ने सुविधाहरु दिने वेबसाइटहरुले अब यसको विकल्पबारे सोचिरहेका छन् । फोटो होस्टिङ साइट जिपकेटले त्यस्ता पोस्टहरु हटाइदिएको छ जुन डिपफेक्स भएको पत्ता लागेको थियो ।

गुगलले पहिले पनि यस प्रकारका सामाग्रीलाई खोज्न गाह्रो बनाउन केही कदम उठाएको थियो । तर अब यो भन्न मुस्किल छ कि यस मामलामा सुरुवाती चरणमा जस्तै गुगलले यस्ता कुनै कदम उठाउने छ ।

हालैका वर्षमा यी वेबसाइटले तथाकथित ‘रिवेन्ज पोर्न’को सामना गरेका थिए । यसमा कुनै व्यक्तिलाई बदनाम गर्नका लागि विनाअनुमति उसको वास्तविक तस्वीर पोस्ट गरिन्छ । डिपफेक्सले यस्ता गतविधिलाई अझै मुस्किल बनाइदिएको छ । भिडियो झुठो भए पनि त्यसले दिने मानसिक पीडा असल नै हुने गर्दछ ।

२०७४ माघ २३ गते ९:५४ मा प्रकाशित
https://www.onlinekhabar.com/2018/02/657464
Read Full Discussion Thread for this article