Posted by: ktmpost January 29, 2018
काठमाडौंका पाँच अस्पतालमा प्रहरी छापा, १२ जना ‘नक्कली डाक्टर’ पक्राउ
Login in to Rate this Post:     0       ?        

फाइल फोटो

१५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंका पाँच अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।

पाँच अस्पताल सञ्चालक पनि पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलमा छापा मारेको हो ।

पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । मेडिकल काउन्सिलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘१२ जना पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।’

२०७४ माघ १५ गते १८:०९ मा प्रकाशित
https://www.onlinekhabar.com/2018/01/655729
Read Full Discussion Thread for this article