Posted by: paladin January 5, 2018
रामेश
Login in to Rate this Post:     0       ?        
कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म 
कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म 
तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म 
त्यो माथि माथि आकाश नीलो छ 
डुंगा मुनिको नदी को दह अझै नीलो छ 
यी दुवैको बीचको बहना लिएको म 
 सेतै सेतै भइसकें 
तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म 
कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म 
माछा मार्ने जाल फाक्दा मेरो एउटा आयु खस्छ 
 नाउ वारी पारि गर्दा मेरो जम्मै आयु खस्छ 
 नदि पनि सुकेको छैन आकाश पनि झरेको छैन 
यी दुवैको बीचको बहना लिएको म 
मृत्यु नजिक भइसकें 
 तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म 
कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म 
एक दिन म मरुँला संसारमा नरहुँला 
 मेरो सिमल काठको डुंगा पानीमा खिएर जाला 
 तर युग युगसम्म यो नदि यो आकाश रहिरहंला 
 नदि तार्ने बुढो माझीको काम यो संसारमा रहिरहंला 
ओ हो जीवन भन्नु के हो र? बाँच्दा गरिने काम न हो 
अघि अघिका पुर्खाहरु, पछि आउने सन्ततिहरु 
यी दुबैको बीचको मोह नलिएको म 
एकदम बुढो भइसके, सेतै सेतै भइसकें 
तेहि सिमल काती बनेको डुंगा जतिनी बाँच्दिन म 
 कोशी छेउ उभेको सिमल जतिनी बाँच्दिन म 
https://www.youtube.com/watch?v=SMMjPfFRTRA



एक लस्कर भरियाहरु 
असारको उर्लदो भेल चिप्लो बाटो दोबाटोहरु 
 पहिरो गएको पाखा रुज्दै भिज्दै हिड्नेहरु 
 एक लस्कर भरियाहरु एक लस्कर भरियाहरु 
भदौको चर्कदो घाम पानी बिनाको ठाडो उकालो 
 बेलुका भो सतिर बयेरको ओछ्यान
 पसिना पुछ्न टेकाउनेहरु 
 एक लस्कर भरियाहरु
.............................
.............................
https://www.youtube.com/watch?v=F4R1NzFLeyM


बाबा ले भन्थे
https://www.youtube.com/watch?v=OG2AxEkvHvc
Last edited: 05-Jan-18 10:33 PM
Read Full Discussion Thread for this article