Posted by: prabhat41 December 3, 2017
शुन्यता
Login in to Rate this Post:     3       ?         Liked by
आऊ येतै कतै कुरी बस.
अलिकति धैर्य गर्न सिक ,
कान थुनेर हल्ला रोकिन्न.
आँखा चिम्लेर भुल्न सकिन्न ,
मनै थुन्न सक्नु पर्छ
काट मार गर्ने हरु , आफै काटिन छन्
तिम्ले ओम मणि पद्मे हुम भन्नु पर्छ |

ढोंगी हरु ले बोक्रा हात पार्ने हुन्
गुदी तिम्रै लागि हो ,
तिमि आफु नै बन , असल बन्नु पर्दैन ,
नम्बरी सुनलाई , पालिस चल्दैन ,
आफ्नो आयाम र आयतन न बिर्स ,
ज्ञान ज्ञानेद्र मै रहन देउ ,
हराउने कुरै न गर ,
बरु अरु जस्तै मुर्ख बनिदेउ |


Read Full Discussion Thread for this article