Posted by: Sekhar Khanal November 26, 2017
रेट मिलेन "बलात्कार"
Login in to Rate this Post:     0       ?        
चर्चको शौचालयमा शनिबार एक युवतीको बलात्कार भएको छ । बूढानीलकण्ठस्थित एक चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले भंगाल बस्ने नुवाकोट थोपरेक–२ का २२ वर्षीय परीक्षण विकलाई पक्राउ गरेको छ ।

विकले शनिबार चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेको प्रहरीले जनाएको छ । शौचालयमा लगेर थुनेर आफूलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

अभियुक्त विकले भने सहमतिमै आफूहरूबीच सम्बन्ध भएको दाबी गरेका छन् । युवतीले भने अस्वीकार गरेकी छन् । दुवैजनाबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ ।
Read Full Discussion Thread for this article