Posted by: sajha onion September 14, 2017
iPhone X हातमा लगाउन नेपाल लगाएत समुद्र पारिका नेपाली बीच प्रतिस्प्रधा
Login in to Rate this Post:     1       ?         Liked by


हालसालै बजारमा आएको आइ फोन एक्सले नेपाली समुदायहरुमा होहल्ला मचाएको समाचार छ | अहिले सम्म कसैको हातमा नपरेकोले सबै भन्दा पहिले कसको हातमा पर्ने हो भनेर नेपालीहरुका बीच बेजोड प्रतिस्प्रधा चलेको विभिन्न संचार माध्यम बाट जानकारी गरिएको छ |

अमेरिकाको बजारमा पहिले निक्लिने भएपनि नेपाल लगाएत विभिन्न देशमा बसोबास गरि आएका धनाद्य अरब पति नेपालीहरु पनि यस प्रतिस्प्रधामा बराबरका साझेदार बनेका छन् | कहिले महंगा गाडी, घर र लुगा फाटामा प्रतिस्प्रधा हुने येस्पाली पहिलो चोटी फोनका लागि आइ फोनका भक्तहरु मैदानमा उत्रेका हुन् |

यस्तो अवस्थालाई मुल्यांकन गरि नेपाल सरकारले पनि पहिलो नेपालीको हातमा आइ फोन पर्ने दिन सार्वजनिक बिदाको घोषणा गरेका छन् | यस अतिरिक्त छिट्टै वर्तमान सरकारको विस्थापन बाद स्थापित हुने नयाँ प्रधान मन्त्रिको हातबाट पनि गोर्खा दक्षिण बाहु प्रदान गरिने निर्णय पनि आजै बसेको सरकारी बैठकले सदनमा पास गरेको छ |

यसरी मान सम्म पाउन खाडी नेपाली संघ, मलेसिया नेपाली महासंघ, कतार एरपोर्ट नेपाली मजदुर समुदाय, न्यु योर्क र डल्लास घण्टा हान्ने बीर नेपाली संस्था लगायत अरु पनि संघ संस्थाको सहभागिता रहेको समाचार प्राप्त भएको छ |

यस्तो सुनौलो मौका र गरिमामय चुनौती नगुमाउन हरेक देश प्रेमी नेपालीहरुलाई आब्हान गरिएको छ |

जय आइ फोन
जय साझा
जय नेपाल

यस लेख बैकल्पिक हो - सत्य घटना संग मिल्न गएमा लेखक जिम्मेवार हुने छैन |
Read Full Discussion Thread for this article