Posted by: ktmpost September 8, 2017
आइ फोन - ८ (Iphone 8) को मूल्य १२०० डलर
Login in to Rate this Post:     0       ?        

नयाँ आइफोनको औपचारिक उद्घाटन हुन एक हप्तामात्र बाँकी रहेका बेला यसका लगभग सबै विशेषता बाहिर आइसकेका छन् । अब यसले कुनै ठूलो ‘सरप्राइज’ बोकेर आउने सम्भावना छैन ।

बरु एप्पलको पछिल्लो स्मार्ट फोनको मूल्यले सबैलाई अत्याउने छ । यसको अधिकतम मूल्य हो, १२ सय डलर । लागेन त झट्का ?

अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफोनको बिन्यास र मूल्यका लागि विभिन्न विकल्पहरु भएको अवस्थामा थ्री स्टोरेज अप्सन र चर्को मूल्य लगभग निश्चित भइसकेको छ ।

अहिलेसम्मका रिपोर्टहरु अनुसार आइफोन ८ को इन्ट्री लेभल ६४ जीबी मोडलको मूल्य करबाहेक ९ सय ९९ डलर पर्ने छ । यस्तै मध्यमस्तरको २५६ जीबी मोडलको मूल्य १ हजार ९९ डलर र सबैभन्दा उच्च कोटीको ५ सय १२ जीवी मोडलको मूल्य ११ सय ९९ सय डलर राखिएको छ ।

सँधैजस्तो एप्पलले स्टोरेज अनुसार मूल्यमा १ सय डलरको अन्तर कायम गरेको छ, जसले १ सय ९२ जीवी स्टोरेजमा पनि २ सय ५६ जीवीकै मूल्य पर्ने रोचक अवस्था सिर्जना भएको छ । एप्पलले पक्कै पनि ‘अर्को १९२ जीवी किन्नुस र ६४ जीवी बोनस पाउनुस’ भन्ने छैन ।

एप्पलले आइफोन ८ को नाफादरलाई कायम राख्नेमा शंका छैन, जुन ३५ देखि ४० प्रतिशत हुने अनुमान गरिएको छ । तर, ‘एप्पल पि्रमियम’ तिर्दाखेरी के पाइन्छ भनेर ग्राहकहरु अन्योलमा परिरहेका छन् ।

टिम कुक र उनको टिमले आइओएस इकोसिस्टममा ल्याउन आँटेको थुप्रै नयाँ विशेषताहरु उच्च मूल्यका एन्ड्रोइड सबैमा पाइन्छ । ओएलइडी स्किन, कर्भ ग्लास, डुअल लेन्स क्यामरा र वायरलेस चार्जिङ एप्पलका प्रतिस्पर्धि मोवाइलमा पनि आएकै हुन् ।

यी फिचरहरुमध्ये केही सिमित हुन गइरहेका छन् । ताररहित चार्जिङ प्रणाली क्यूआइ मापदण्डमा आधारित हुन सक्छ तर, यस्तो देखिन्छ कि एप्पलले कुपर्टिनोद्वारा लाइसेन्सप्राप्त थर्ड पार्टी डिभाइसबाट मात्र चार्ज स्वीकार गर्ने गरी आइफोन हार्डवेयरलाई लक गर्नेछ ।

२०७४ भदौ २२ गते ८:३० मा प्रकाशित (२०७४ भदौ २१ गते १९:५६मा अद्यावधिक गरिएको)
https://www.onlinekhabar.com/2017/09/624091
Read Full Discussion Thread for this article