Posted by: nepalicuties September 1, 2017
सन्सनीपूर्ण नव -नायिका दीपिका प्रसाइ - बलिवुड देखि हलिवुड सम्म पुग्न सक्ने मुल्यांकन
Login in to Rate this Post:     0       ?        


नव-नायिका दीपिका प्रसाइ अहिले चर्चामा छिन् । विशेषगरि, उनले अभिनय गरेको पहिलो चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत चर्चामा रहेपछि उनको पनि चर्चा भएको हो ।

उनै, दीपिका चलचित्रको टिजर सार्वजनिक भएपछि हाइलाइटमा छिन् । यो चलचित्रको टिजरमा दीपिकाले विकिनी लगाएको दृश्य मात्र समावेश गरिएको छ । सुपर मोडलको भूमिकामा देखिएकी दीपिका मोडलिङ पेशामा आवद्ध मोडलको भूमिकामा छिन् ।

जहाँ, उनको विकिनी अवतारमा फोटोसुट गरिएको दृश्य टिजरमा समावेश छ । कात्तिक ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी, प्रशान्त ताम्राकार चलचित्रको मुख्य कलाकार हुन् ।

२०७४ भदौ १५ गते १२:१२ मा प्रकाशित (२०७४ भदौ १६ गते ८:३१मा अद्यावधिक गरिएको)


https://www.onlinekhabar.com/2017/08/622301

Last edited: 01-Sep-17 08:38 AM
Read Full Discussion Thread for this article