गृह राज्यमन्त्री आफैं फर्जी नम्बरप्लेटको गाडीमा"/>
Posted by: nanchy August 28, 2017
गृह राज्यमन्त्री आफैं फर्जी नम्बरप्लेटको गाडीमा
Login in to Rate this Post:     0       ?        

भाद्र १२, २०७४- गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्देश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नै पदमा बहाल भएको दिनदेखि फर्जी नम्बर प्लेटको गाडी चढ्न थालेका छन् ।

श्रेष्ठले बा १ झ १००९ नं. को ल्यान्डक्रुजर प्राडो गाडी चढ्दै आएका छन् । यो गाडीको वास्तविक नं. बा ६ च १००९ हो । यो नम्बरको गाडी चमेलिया जलविद्युत आयोजनाको नाममा बागमती यातायात साना तथा ठूला सवारी कार्यालय, एकान्तकुनामा दर्ता छ


What's your opinion on the subject? Please, discuss!!



Read Full Discussion Thread for this article