Posted by: timi_mero_sathi August 25, 2017
शिर्सक आँफै राख्नुस्
Login in to Rate this Post:     0       ?        

भाग ६

पढन जाने तिन दिन अगाडी आफुले कमाएको पैसाले उसले ठुलो भोज गर्यो, दुइ दिनको भोजएकदिन नातागोताको लागि एकदिन साथी भाइको लागि

उसको दिदि लुरीको परिवारपोखरा बाट ठुलो मामाको परिवारसानोमामाको  परिवार सबै आएका  थिए पाटन सानिमा कहाँ भोज खान. साथि हरु पनि लगभग १०० जना जति थिए.

तेस्रो दिन उ इलाहाबादको लागि गयो भैरवबा तिर.

 ++++++++++++++++++++++++++++

 इलाहाबादम़ा पढ्दा  पनि बसन्त छुट्टिम़ा काठमान्डू  आउथ्योआउदा जादा गोरखपुरम़ा एक रात बस्न बिर्सदैना थ्यो

 गोरखपुर मठम़ा आफु बसेको पाटिबाल्ने गरेको धुनी अझ कहिले कहिँ त उ आफुले माग्ने  जाने गरेको घरहरुको पनि एक चक्कर लगौथ्यो

 +++++++++++++++++++++++++++

 बसन्त डाक्टर बनेर पनि आयोडाक्टर बनेको खुसियालीम़ा उसले ठुलो भोज गरेको थियो.  आको एक महिना भित्र जागिर पनि पायो. जागिर सुरु गरेको दुइ वर्ष भित्र MD  गर्नको लागि छ्त्रब्रित्ति पायो लन्डनम़ा .

हेमराज को बिबाह  भै सकेको थियो भने बसन्तले अझ सम्म बिबाह गरेको थिएन

 ++++++++++++++++++++++++++++

 लन्डन गको एक वर्षम़ा उसले खबर  पठायो काठमाडौँम़ाउसले लन्डनम़ा एक जना गोरी केटि  संग बिबाह गर्दै छ दुइ महिना पछिनिमन्त्र्ना कार्ड पठाएको थियोउसको र हुने वाला  दुलहीको फोटो समेत राखेर,  सबै नातेदार लाई. तर बिबाहको लागि आफ्नो पैसा खर्च गरेर लन्डन सम्म जाने हैसियेत थिएन कुनै नातेदार को

 ++++++++++++++++++++++++++++

 MD सकेर फर्केर आउदाबसन्तले आफ्नी श्रीमती पनि ल्याएको थियोउनीहरु अझै पाटन सानिमाकै बस्थे

फर्केको छ महिना पछि बशन्तले बस्ने क्वाटर पायो अस्पताल माउनीहरु तेही बस्न गए अर्को छ महिना भित्र एक छोरी भयो

छोरी जन्मेको दुइवर्ष पछी  के भो कुन्नि बसन्तको divorce  भयो गोरी संगगोरी छोरी लिएर लन्डन फर्की, बसन्त फेरी एक्लै भो.

__________________________
लगभग दुइ वर्ष पछि बसन्तले अर्को बिबाह गर्यो
धनि बाबु कि छोरी थि यो पालीको केटि.  उसले नया घर बनायोघरम़ा सरे पनि. तिन वर्ष सम्म बच्चा भएनपछि केटि लाई फोक्सोको cancer  भयो तेस्को तिन वर्षम़ा केटिको मृतिउ भयोबसन्त फेरी एक्लै

___________________

दुइ वर्ष पछि उसले फेरी अर्को केटि संग बिबाह गर्योपहिले बनाको घर लक्चिनको भएन भनेर त्यो बेचेर अर्को घर बनाउन  सुरु गर्यो

उ फेरी वर्तमान मा आइपुग्छउ अचम्म मान्छ  २० वर्ष मा उसले एती अनुभब गर्यो कि भनि साध्य छैन

गोरखपुरको माग्ने देखि आज अस्पताल को सिनिएर  डाक्टर सम्म भयो उउसको हात अनायास पिठिउ मा जान्छ किन हो कुन्नि कहिले कहिँ त्रिशुलले डामेको  ठाममा चस्किन्छहुन त उ आफै पनि डाक्टर हो

रक्सि को अर्को पेग थप्दै  उ  फेरी अतित मा डुब्छ. उसको सोभाब  स्वाभिमानी थियो सानै देखिसकेसम्म कसै लै दुखः नदिने. स्कुल मा पढ्दा  उ सबै होमेवोर्क गर्थ्यो तेसकारण उसलाई अरुलाई भन्दा बढी कपि चाहिन्थ्यो मामाले नाकिन्दिने त होइन तर उ आफ्नो दाजु र मामाका छोरा भन्दा उसको लागि बढी कपि किन्न चाहदैन थ्यो. एक दिन उ स्कुल बाट फर्किदा बाटो मा एक जना अधबैसे मान्छे भित्ता मा केहि तास्दै  थ्यो,  के रेछ  भनेर हेरेको त जनगराना को पोस्टर रेछएक पट्टि रास्त्रिये जनगरानामा सहभागी हुनुहोस  भन्ने नारा थ्यो तेस्माअर्को पट्टि खालीसाएद सबै पोस्टरमा  अर्को पट्टि खाली हुन्छ क्यारे.  त्यो मान्छे संग दुइ टिन bundle  तेस्ता पोस्टर थिएउसलाई त्यो पोस्टर पाए काटेर कपी बनाउन हुन्छ भन्ने लाग्यो. खाली पट्टि त लेख्न  मिलि हाल्छ भनेर सोच्यो उसले 

 

ये दाई त्यो एक बन्डल पोस्टर मलाई दिनुस न

 

के काम यो तिमि हरु स्कुले  बच्चा हरु लाईटास्न   पठाको हाकिम हरुले

होइन दाई म संग कपि किन्ने पैसा छैन यो पोस्टर लाई काटेर कपि बनाउछु र खाली पट्टि लेक्छु

मेरा छोरा हरु पनि एती बुध्हिमान भएता कति खुसि हुन्थे म भन्दै त्यो मान्छे ले एक बन्डल पोस्टर दिएर पठायो

 

एउटा पोस्टर को चार पाना बन्ने रेछकपि को size  मा काट्दा. तर फेरी पाना हरु जोड्ने कसरि अहिले को जस्तो स्ताप्लेर कहाँ हुन्थ्यो र तेसबेला

तेस्को लागि पनि उसले एउटा जुक्ति निकाल्योमाइजु संग सियो  धागो मागेर कपि को एक पट्टि लुगा सिएको जस्तो गरेर सियोबसकाइदाको कपि तयार. यो ९ क्लासको कुरा हो साएद.

१० क्लासमा उसले एउटा अर्को जुक्ति गर्यो कापीको लागिएस एल सी  दिन पर्ने थ्यो उसलाई धेरै कपि चाहिन्थ्यो

त्यो बेला सिमेन्ट अहिले जस्तो जूट को बोरामा औदैना थ्योखैरो कागजको बोरामा आउथ्योकागजको बोरा धेरै कागजको पत्र हरु मिलाएर बनाएको हुन्थ्योउसको स्कुल भन्दा केहि पर कृषिको सरकारी घर बन्दै थ्यो त्यहा तेही कागजको बोराको सिमेन्ट प्रयोग हुन्थ्यो

 

उ  स्कुल बाट फर्किदा नबिग्रेका बोरा हरु लिएर फर्किन्थ्योघरमा लेराएर सिमेन्टको धुलो झाद्कालेर  फाली सकेपछि बोराको पत्र हरुलाई काट्थ्योकपिको size  मा अनी एकापट्टी सियोले सिएर कापी बनौथ्योएस्तो कापीको त दुवै पट्टि लेखना मिल्नेएकदिन तेस्तै कापीमा हिसाब गरेर हिसाबको मास्टर लाई जाच्न देको त,

"एस्तो सिमेन्टको बोरामा लेखेको म जाच्दीन" भनेर कापी फालिदेको पनि याद छ उसलाईतर उ कहिले बिचलित भएन

 

कागज बेचेर उसले समाज सेवा पनि गर्न भ्याएको  छ तेसबेला.

ठुला मामाका छोरा हरु र उसको दाई स्कुल बाट घर फर्कन्थे तर उ चाही बाटोमा पर्ने किताब पसल बाट किताब मागेर पढ्थ्यो.   एक घण्टा किताब पढेपछि मात्रै उ घर जान्थ्योकिताब पसले साएद ४०-५० वर्षको हुदो होउसको साथी जस्तो भै सकेको थ्यो .

किताब पसल बाट  उसको मामा जादा  बीचमा एउटा सानो घर पर्थ्यो  त्यहाँ एकजना थकालनी बुडी बस्थिनदुइ छोराइंडियामा लाहुरे रेछोरी ब्या गरेर दिसकेकोश्रीमानको पाच वर्ष अघि मृतेउ भाकोति थकालनी बुडी दिन भर घर को पिडिमा बस्थिन,

उ स्कुल जादा जहिले पनि तिनलाई "खाना खानु भो आमै"भनेर सोध्थ्यो 

तिनी "खाए बाबु" भनेर जबाफ दिन्थिन जहिले पनि

एक दिन उसले स्कुल जादा ति थकालनी लाई देखेनबेलुका स्कुल बाट फर्किदा पनि देखेनकतै गकी होलिन भनेर उसले तेती वास्ता गरेन

भोलि पल्ट पनि बिहान तिनलाई नदेखे   पछि बेलुका फर्कने बेलामा उ तिनको घर भित्र पस्योबिचरी सुकुलमा एकै डल्लो भएर सुति रकी रेछिं

के भो आमै ?

को ह?

म बसन्त आमैतपाई दुइ दिन भो बाहिर देखिनु भएन तेसैले हेर्न अको

के गर्नु बाबु दुइ दिन देखि जरो आको आकै  छखाना  बनाउन त सक्या छैनकसरि बाहिर निस्कनु ?

"बाबु मलाई औसधि पसलमा गएर जरो निको हुनी औसधि ल्याइदेउन" 

"हुन्छ आमै अहिले जान्छु"  भनेर उ निस्क्यो

तर उ संग पैसा थिएनतेस्तो बिरामी संग कसरि पैसा माग्नेफेरी छ कि छैन

जसरि भएपनि औसधि लेरौछु भनेर औसधि पसल तिर लाग्यो

औसधि पसले ले उसको मामा लाई चिनेको थियो

ये दाई एक जना बुडी आमा लाई दुइ दिन देखि जरो आको आकै  छ रेके भाको होला?,के  औसधि दियो भने निको होला?

दुइ दिन देखि जरो आको  छ रे ?

"बैसाख जेठको महिना हिजो आज टाईफाइड   फैल्या छल यो antibiotic  खाना दिनु १४ दिननिको हुन्छ"

पैसा कति ?

११  रुपिया पचहत्तर पैसा

अहिले पैसा छैन पछी दे हुन्छ?

"तिमि चिन्तामणिको भान्जा होइनपछी दे हुन्छ बिर्सन चाई  न बिर्सनु नि"

"का बिर्सन्छु मएक हप्ता मा दिउला पैसा"

तेती भनेर उ औसधि लिएर थकालनीका गयोपानी तताई दियोऔसधि दियो 

थकालनी संग  खाजा बिस्कुट रेछ तिन पकेट

भगवानले बाबुको सधै भलो गरुन भनेर तिनले  आशिस दिईनउ घर फर्क्यो

औसधिको पैसा उसले न मामा संग माग्यो न थकालनी संग

त्यो बेला अहिले जस्तो प्लास्टिकको झोलाको चलन थिएनपसलमा समान किन्न गयो भनेकागज को झोलामा दिन्थ्यो पसलेलेउसले सिमेन्टको बोराको कागजको झोला बनायो२० वोटा सिमेन्टको बोराको १२०  वोटा झोला बनायो  उसलेदुइ  दिन लगाएर,

पसलमा  एउटा झोलाको १० पैसा दिन्थ्योतेसरी उसले  औसधिको पैसा चुकाएको थ्यो

"कति पुरानो कुराको सम्झना आको मलाई आज"

 उ घडी हेर्छरातको एघार बजेको छभोलि ठेकेदार लाई घरको पैसा चुक्ता गर्नु छभएको  पैसा श्रीमतीले खर्च गरि हालीअलि  अलि  होइन दसलाखकहाँ बाट ल्याउने भोलिरक्सि एक पेग थपेर उ शारदा बसेको कोठामा जान्छ

 

"तेत्रो पैसा खर्च गर्दा मलाई एक बचन सोध्न पर्दैन" उसले रिसाउदै  भन्छ  

"कति कराई राको यो जड्या"

"तेत्रो पैसा जथाभाबी खर्च अझ उल्टो मलाई जड्या भन्नेकस्तो दुष्ट आइमाई त"

शारदा  टेबेल टेनिसको ब्याट हातमा लिएर आफु तिर आएको उसले चाल पाउछ,

शारदाको हात उ तिर  बढिरहेको छ

****************************

रातको दुइ  बजेको हुदो हो

पाटन सानिमाको घरमा कसै ले जोड जोडले धोका ढकढकौछा

को ह बाहिर?, सानिमाको जेठो छोरा बिउझेर झ्याल बाट तल तिर हेर्दै सोधछन

ये,  हामि बालाजु बाट डा. बसन्तको खबर लेर आको

के खबर?

डा. साहब हिजो राति बेस्करी रक्सि खाएर सुत्न जानु भा रेछाराति कुन बेला हो पलंग बाट लड्नु भएछ

पलंग बाट लड्दा भइमा टाउको ठोक्केछ श्रीमती अर्को कोठामा सुत्न भा रेछबार्ह बजेतिर उठेर हेर्न जादा त मृतेउ भै सकेको रैछ 

 अब उहाको नजिकको  भनेको तपाई हरु नै होउहाकी  श्रीमती रोएर बेहोस् हुन भा छलास उठाउन लाई मद्दत माग्न आको

Read Full Discussion Thread for this article