Posted by: ktmpost July 21, 2017
कन्सल्टेन्सी बिजिनेसबाट मिल्लियोनेर बनेका गौरी जोशी किन एन आर एन को निर्वाचनबाट बाहिरिए?
Login in to Rate this Post:     0       ?        
20th Jul 2017, Thursday | २०७४ श्रावण ५, बिहीवार २२:३३
हिमालयखवर संवाददाता
वासिंटन डिसी (अमेरिका)- एनआरएन अमेरिकाको निर्वाचनमा नेतृत्वका लागि सबैभन्दा बलियो मानिएका गौरी जोशी अध्यक्ष पदको दौड वाट वाहिरिएका छन् । एनआरएन अमेरिका निर्वाचन समिति द्धारा बिहीबार राती सार्वजनिक गरिएको उम्मेदवारको सूचीमा गौरीको नाम राखिएको छैन । यस सँगै गौरी एनआरएन अमेरिकाको नेतृत्वको दौडदौडबाट बाहिरिएका हुन् । 
 
उनको उम्मेदवारीलाई रितपुर्वक नभएको भन्ने आधारमा हटाईएको हो । निर्वाचन समितिले व्यक्तिगत रूपमा गौरीलाई के जानकारी दिएको छ यो सार्वजनिक भएको छैन । गौरीले यो साता कोलोराडो र न्यूओर्कमा चुनावी भेटघाट राखेका थिए । तर, विभिन्न अफवाह आएकाले शुक्रवार कोलोराडोमा हुने भनिएको कार्यक्रम रद्द गरिएको थियो ।
 
अनौपचारिक रूपमा ६ महिना अघिवाट नेतृत्वका लागि अनौपचारिक रूपमा तयारी गरेका गौरीले अहिलेसम्म आईपुग्दा लहर जस्तै आएको थियो । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले आफू पुन उम्मेदवारी नदिने भनेपछि गौरी उनकै सल्लाहमा अध्यक्षमा उठ्ने निर्णयमा पुगेका थिए । गौरीले आफू उठ्ने चाहना सार्वजनिक गरेको केही महिना पछि डा पौडेलले उनलाई वरिष्ठ उपाध्यक्षमा बस्ने आग्रह गरेका थिए ।
 
अहिले वरिष्ठ उपाध्यक्षमा सहमतिमा आउन र तीन महिना पछि कार्यवाहक अध्यक्ष दिने प्रस्ताव डा पौडेलको थियो । पौडेलले आफू केन्द्र अर्थात् एनआरएनए आईसीसीमा जाने र त्यस बेला गौरीलाई कार्यवाहक दिने प्रस्ताव गरेका थिए । तर, गौरीले भने आईसीसीमा आफू डा केशवलाई सघाउन पुरा तयार रहेको हुदां अहिलेनै अध्यक्षमा समर्थन गर्न आग्रह गरेका थिए । डा पौडेलले सुरक्षित अवतरण खोज्दा दुई बिच सहमति हुन सकेन् । 
 
गौरीलाई यो चुनावी प्रतिस्पर्धामा जनसम्पर्क समिति, प्रवासी मञ्च लगायत युवा समूहको व्यापक समर्थक थियो । एनआरएन अमेरिकामा परिवर्तन चाहेका प्राय गौरीका पक्षमा थिए । गौरीले पनि अमेरिकामा बस्ने नेपालीका लागि एनआरएन अमेरिका भन्ने मुख्य एजेण्डा बनाएका थिए । 
 
गौरी समूहको अबको रणनीति के हुन्छ ? यो आउन बाँकी छ । गौरीको पक्षमा एनआरएन अमेरिकाको न्यायिक समितिमा निवेदन भने परेको छ । न्यायिक समितिले न्याय दिने आसमा गौरी पक्षधरहरु बिहीबार नै न्यायिक समिति गएका हुन् । 
 
उम्मेदवार को हुन पाउने को नपाउने भन्ने विवादमा क्षेत्रीय संयोजक सोनाम लामा पनि तानिएका छन् । निर्वाचन समितिलाई उनले पठाएको पत्र पछि एनआरएन पूर्व अध्यक्ष खगेन्द्र जीसीले क्षेत्रीय संयोजक लामालाई आफ्नो दायरा क्रस नगर्न इमेल मार्फत सुझाव दिएका थिए । 
 
जोशीलाई अन्याय भएको धेरैले अनौपचारिक प्रतिक्रिया दिएका छन् । हिमालयखवरले गौरी जोशीसंग प्रतिक्रिया लिने प्रयास गरिरहेको छ । कुनै पनि वेला सम्पर्क भए लगत्तै राखिने छ । 
 
टेक्सस ड्यालसमा बस्ने जोशी सफल व्यवसायी पनि हुन् । उनले समाजिक क्षेत्रमा पनि थुप्रै लगानी गरेका छन् । जोशी अहिले एनआरएन अमेरिकाका सल्लाहकार छन् । उनी नेपाली समाज टेक्ससका अध्यक्षपनि भएका थिए । 
 
निषेधको राजनीति  र विवादले एनआएन आउनेदिनमा झन् कमजोर हुनेमा धेरैले शंका गरेका छन् ।  निर्वाचन समिति प्रमुख वन्दिता दाहालले बिहीबार दिउसो आफ्नो फेसबुकमा दबाब परेको संकेत गर्दै अव छिट्टै उम्मेदवारको सूची आउने र आफूले स्वतन्त्र भएर काम गरेको दाबी गरेकी थिइन ।
 
 यो पनि पढ्नु होला >>एनआरएन अमेरिकाको नेतृत्वका लागि अध्यक्षमा चार सहित १६७ जनाको उम्मेदवारको नाम सार्वजनिक
 

 

एनआरएन अमेरिकाका उम्मेदवार बिच शनिवार अगष्ट ५  मा ड्यालसमा प्रत्यक्ष बसह हुने  
भिजन फर नेपाल फाउण्डेशन, हिमालयखबर डटकम, नेपाली समाज टेक्सस, युनाइटेड नेपलिज फेलोसिप लगायतका संयुक्त आयोजनामा अगष्ट ५ तारिख शनिवार ड्यालसमा  एनआरएन अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस हुने भएको छ ।
 
त्यस बेला सम्म आउने नेतृत्वका लागि उम्मेदवारी दिनेको अन्तिम सूचीपनि आईसक्ने हुनाले यस्तो नेपाली समुदायलाई भोट हाल्न सहयोग पुग्ने गरी बहस राखिएको भिजन फर नेपालका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । 
 
अहिले अध्यक्ष पदमा उम्मेदवारी दिने सबैले उक्त बहसमा आउने बताएको आयोजकले जानकारी दिएका छन् । यो बहस सबै मिडियाका लागि खुला गरिएको छ । 
 
भिजन फर नेपाल फाउण्डेशनले दुई वर्ष अघि पनि एनआरएनका अध्यक्ष पदका उम्मेदवार बिच प्रत्यक्ष बसह कार्यक्रम सञ्चालन गरेको थियो । यस पटकपनि प्रारिम्भक बहस कार्यक्रम गरिसकेको छ । बहसले मतदातालाई आगामी नेतृत्वका लागि योग्य प्रतिनिधि छान्नका लागि सहयोग गर्ने भिजन फर नेपालले जनाएको छ ।

http://www.himalayakhabar.com/detail/65661.html
Read Full Discussion Thread for this article