Posted by: ktmpost June 15, 2017
नेपाली कलाकार पनि हलिवुड फिलिममा टम क्रुजसंग खेल्ने
Login in to Rate this Post:     0       ?        

१५ जून, सिड्नी । प्रवासी जीवन त्यति सजिलो छैन । यस्तो ब्यस्त जीवनमा पनि प्रवासमा रहेका नेपालीहरूले बिभिन्न क्षेत्रहरूमा आफ्नो उपस्थिति जनाइहेका छन् ।

यसै क्रममा पोखरा घर भएका न्यूजिल्याण्ड निवासी दिपेश पराजुलीको जीवनमा नयाँ मोड शुरू भएको छ । उनी जीवनमै पहिलो पटक चलचित्रमा देखिएका छन, त्यो पनि हलिउड चलचित्रमा ।

हलिउडका चर्चित नायक टोम क्रुजले बनाएको चलचित्र ‘मिसन ईम्पोसिबल-६’  मा न्यूजल्याण्ड निवासी यी नेपाली दीपेशले गांउलेको भूमिका निभाउने अबसर पाएका हुन् । ‘यो चलचित्रको शूटिंग न्यूजिल्याण्डमा नै हुने र एउटा कस्मिरी अनुहारको खोजी भैरहेको थाहा पाए पछी मैले फोटो सहित दरखास्त दिए । अन्ततः त्यही फोटोले नै मलाई हलिउड चलचित्रमा पुर्‍यायो ।’ दिपेशले न्यूजिल्याण्डबाट भने ।

यो चलचित्रको जून १६ बाट न्यूजिल्याण्डमा छायांकन शुरू भएको छ भने दिपेशले अब क्रमश अभिनय यात्रालाई निरन्तरता दिदै जाने बताए ।

२०७४ असार १ गते ९:११ मा प्रकाशित
http://www.onlinekhabar.com/2017/06/598247/
Read Full Discussion Thread for this article