Posted by: magorkhe1 June 13, 2017
डर लाग्न थालेको छ |
Login in to Rate this Post:     4       ?         Liked by
डर लाग्न थाल्यो , अलिक भिड भाड हुने ठुला सहर तिर हिड्दा पछाडी बाट कसैले प्वाक्क हिर्काउछ कि जस्तो लाग्छ तेसैले होला बेला बेला पछाडी फर्केर हेर्दो रहेछु |
सेलको नम्बर आफ्नो लिस्टमा भए देखि बाहेकको नम्बर आउदा पनि रिस उठ्न थालेको छ | साझा छिराई पनि कम हुदै गएको छ , आमाचाक्ली देखि हरियो बास समेत लेख्ने संग देखि रिस मात्र उठ्नु पर्ने अब त डर पनि थपिएको छ |
घर परिवार इस्ट मित्र संगको ब्यबहार अनि सम्बन्ध रखाई बिजगणित को समीकरण जस्तै मिलाउनु पर्ने भएको ले समिकरणको हल निकाल्न नसकी टाढिदै जादै छ | मुल घरमा टिका नलगाई अन्यत्र टिका लगाउन नजाने चलन झैँ भएको छ | यहि समिकरणको हिसाब किताबमा मलाइ आमाले झैँ माया गर्ने मामा संग कुरा गछु भन्दा भन्दै बितेछन | उमेर पुगेकै हो बित्नु भयो भन्दा पनि आसिर्बाद लिन पाइएन भनेर दुख लाग्छ अनि किन फोन गरिएनछ भनि खोजि नीति गर्दा मूल कुरो डर नै रहेछ |
नारा जुलुस मा सधै अगाडिनै हुन्थे , बंगारा हल्लाई पाउने पनि मै हुन्थे , कठाला समात्न आउने हाकिमको बंगारमा मुक्का बजार्न पछि नपर्ने मान्छे आज भोलि कसैले हर्न बजाए पनि आंग सिरिङ्ग हुन्छ |
मुटु कम्जोर हुने मान्छे लाइ डर धेरै लाग्छ भनि डर भगाउन कहिले मचान , पालि घर मा एक्लै सुताउथे ,कहिले मुर्धा लैजाने बाटोमा राति राति हिडाउथे र मुटु बलियो बनाइएको थियो |
अहिले यो लेख्दै गर्दा पनि submit गरौ नगरौ भनि दोधार होइन कस्ता कस्ता कमेन्ट आउने हुन् भन्दै ,  डराउदै submit गरेको छु | 
Last edited: 16-Jun-17 11:13 AM
Read Full Discussion Thread for this article