Posted by: ktmpost April 5, 2017
यस्तो अबस्थामा देखिए पारस शाह
Login in to Rate this Post:     0       ?        


काठमाडौं, १८ चैत । नेपाल फर्किएपछि पूर्वयुवराज पारस शाह सुध्रन थालेको पाइएको छ । अनेक घटनाले चर्चामा आइरहने पारस पछिल्लोपटक सुध्रन थालेको चर्चा गर्न थालिएको छ ।

राजतन्त्रको अन्त्यपछि लामो समय थाईल्याण्डमा बस्दै आएका पारस दुईबर्ष यता नेपालमै छन् । नेपालमा बसेर स्वास्थ्यमा ख्याल गर्नुका साथै पारिवारिक जमघटमा समेत उनी सहभागी हुन थालेका छन् । उनीमाथिका आरोप र भ्रमलाई समेत मेट्न थालेका छन्, उनले ।

बिहीबार आफ्ना छोराको ब्रतबन्धमा समेत पारस उपस्थित नहुने भन्दै गाइँगुईं चलेको थियो । तर, ती भ्रमलाई तोड्दै पारस ब्रतबन्धमा सहभागी मात्रै भएनन्, पाहुनाको स्वागत सत्कारमा समेत व्यस्त भए । अझ उनी ठूली छोरी पूर्णिकाका साथमा हाँसीखुसी तस्वीर खिचिरहेका थिए ।

राजधानीमै बसे पनि पारस आफ्नो घरमा समेत बसेका छैनन् । केही समय धुम्बाराहीस्थित कुण्डलिनी हाउसमा बस्दै आाएका पारस आजकल सुनाकोठीस्थित एउटा घरमा भाडा बस्दै आएको स्रोतले बतायो ।

http://www.dainiknepal.com/2017/03/224558.html

Read Full Discussion Thread for this article