Posted by: sajha onion February 15, 2017
फेसबुकमा फ्रेन्ड रिक्वेस्ट असेप्त गरेन भनेर कुटाकुट
Login in to Rate this Post:     1       ?         Liked by
काठमाडौँ पार्टी प्यालेस
हिजो राति ठमेल पार्टी प्यालेसको बिहे भोजमा बिहे भोजको अतिरिक्त अरु पनि निक्कै तमाशा देख्न पाएको प्रत्येक्ष्य दर्शिहरुले बताएकाछन् | भोजको रमझममा नाचगान भैराखेको बेला एक जना महानुभाब रक्सीको सेवन गरि अलि भाबुक भएर एक जना नाचिराखेको अथितिलाई खिचातानी गरेको समाचार छ | समाचार अनुसार फेसबुकमा पटक पटक फ्रेन्ड रिक्वेस्ट पठाउदा पनि अत्तेरी गरि वास्ता नगरेको भनेर जाइलागेको रहेछ | रक्सि सेवनको झोकमा एक दुइ मुक्का पनि प्रहार भएको उनकै नजिकका साथीहरुले फेसबुक लाइभ मार्फत प्रसारण गरेका थिए |

लास्टमा बिहे गरेका दुलाहा र दुलहीको आग्रहमा दुबैलाई सम्झाई हात मिलाउन लगाए अनि सबैको अगाडी फ्रेन्ड रिक्वेस्ट पनि असेप्त गर्न लगाए पछि सबै जना फेरी नाच गान गरि सभा बिर्सजन गरे |

साभार: बैकल्पिक समाचार समिति

Last edited: 15-Feb-17 12:23 PM
Read Full Discussion Thread for this article