Posted by: _____ February 5, 2017
पोर्न साइट हेर्नमा कुन देश अगाडि ? पछिल्लो रिपोर्टका केही रोचक तथ्यहरु
Login in to Rate this Post:     0       ?        


पोर्न साइट हेर्नमा कुन देश अगाडि ? पछिल्लो रिपोर्टका केही रोचक तथ्यहरु


चर्चित पोर्न साइट पोर्न हबले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार इन्टरनेटमा पोर्न सामाग्री हेर्ने मानिसहरुमध्ये सयमा २६ जना महिला छन् । रिपोर्ट अनुसार सन् २०१५/१६ मा उक्त साइट भिजिट गर्ने पोर्नप्रेमी महिलाको संख्यामा २ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्ट अनुसार भारतमा पोर्न सामाग्री हेर्ने कुल इन्टरनेट प्रयोगकर्तामा महिलाको हिस्सा ३० प्रतिशत छ । अर्थात् कुनैपनि देशमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै पोर्न हेर्ने महिला भारतका हुन् ।

त्यस्तै क्यानडा र अमेरिकामा पोर्न हेर्ने उपभोक्ताहरुमा २५ प्रतिशत महिला रहेका छन् भने बेलायतमा २४ प्रतिशत ।

रिपोर्ट अनुसार सन् २०१६ मा पोर्नहब वेबसाइटमा ९२ अर्ब पटक पोर्न फिल्म हेरिएको छ ।

पोर्नहबका अनुसार इन्टरनेटमा सबैभन्दा धेरै पोर्न सामाग्री हेर्ने मानिसहरुको संख्याका आधारमा अमेरिका पहिलो,

 बेलायत दोश्रो र क्यानडा तेश्रो स्थानमा रहेका छन् । भारत भने चौथो स्थानमा रहेको छ ।

चीनमा भने पोर्नहब प्रतिबन्धित रहेको छ र पोर्न प्रेमीहरु स्थानीय पोर्न साइटबाट चित्त बुझाउन बाध्य छन् ।

पोर्नहबको नयाँ रिपोर्टका केही रोचक तथ्य यस्ता छन्ः

सन २०१६ मा पोर्नहबमा पोर्न फिल्म हेरेर मानिसहरुले ४ अर्ब ६० करोड घण्टा बिताएका छन् ।

हरेक दिन ६ करोड ४० लाख इन्टरनेट प्रयोगकर्ताले पोर्न हब वेबसइट लगअन गरेका छन् ।

पोर्न साइट हेर्नेमध्ये ६१ प्रतिशतले मोबाइलबाट, २८ प्रतिशतले डेस्कटपबाट र ११ प्रतिशतले ट्याबलेटबाट हेर्ने

 गरेका छन् ।

पोर्नहब साइटमा पोर्न सामाग्री हेर्नेमध्ये ७ प्रतिशत ५५ वर्ष भन्दा माथिका हुने गरेका छन् । सबैभनदा धेरै १८ देखि २४ वर्ष उमेरका रहेका छन् ।

पोर्नहबमा पोर्न सामाग्री हेर्नका लागि एक पटकमा औषतमा ९ मिनेट ३६ सेकेण्ड बिताउने गरेका छन् पोर्नप्रेमीले ।

पोर्नसाइटमा पोर्न हेर्दा एकपटकमा धेरै लामो समयसम्म हेर्नेमा दक्षिण अफ्रिकीहरु अगाडि देखिएका छन् । अफ्रिकीहरु एक सत्रमा औषतमा १० मिनेट १५ सेकेण्ड सम्म पोर्न साइट हेर्छन् । अमेरिकीहरु १० मिनेट १५ सेकेण्ड र फिलिपिनोहरु ९ मिनेट ३६ सेकेण्ड सम्म पोर्न साइट खोल्छन् एक पटकमा ।

 

२०७३ माघ १८ गते १०:५४ मा प्रकाशित
Read Full Discussion Thread for this article